जमाना को कुरा : रनी र ठेगो

जमाना को कुरा : रनी र ठेगो

रनी र ठेगो खोजी पछाडी दौडिदा खेरी पाईएका केहि हाँसो लाग्ने तथ्यहरु पाईएको छ र अहिले सम्म मा पनि प्रचलन मा रहेको सालैजो, अबिजाले माया, शिरफूले माया, जस्ता गीत पनि रनी नै थिए तर पछि यि गीतको रुपमा अजम्मरी भएर समाज मा स्थापित भए।

आमा पोई, बाउको जोई गाली उत्पती पछाडीका कारण खोज्दा

आम्मापोई भन्ने शब्द ले धेरै पहिले नै मलाई पोल्ने गर्दथ्यो। यस्को ओरिजनको कारण खोज्दा चित्त बुझ्ने कारण न पाईए पनि मन बुझाउनु मिल्ने कारण चाहि भेटियो। —- एक जना गोठला ले बारी मा जोत्दै थियो। उस्कै गोठको गाई लाई ताप (बहर खोज्ने बेला) आएछ। जोत्दै गरेको गोरुहरु ले गाईको पछि दगुरेर सताए पछि उस्लाई रिस उठ्यो र अचानक उस्को मुख बाट तेरो आमा को पोई भन्ने शब्द निस्केछ। किन कि त्यो गाई जोत्दै गरेको गोरूको उस्कै आमा थियो। । यो सब्द निकै क्याची लागेछ। सुन्ने हरुले गोरुलाई तेरो आमा पोई भनेर गाली गर्न थालेछन। थुप्रै समान्तर मा यो गाली त मान्छे मा पनि सरेछ। पछि यो रनी हुदै ठेगो भयो र अन्तमा गाली बनेर बसि रह्यो।

रनी र ठेगो

रनी के हो ?

निस्चित उमेर समुह या ठाउँ, भेग मा समाय समायमा प्रचलनित हुने शब्द हो सबैको मुख मा झण्डियो भने यो रनी हुन्छ भने कसै कसैले बोली चाली मा दोहोराई रहे भने त्यो ठेगो हुन्छ।

के नाम, के भन्छ, सत्ते रामा राम, तेरो थाप्ला, तिम्रो बाजे, भगुमान कसम जस्ता शब्द कसैले (ब्याक्ती) बोली चाली मा दोहोराएर प्रयोग गर्छन भने त्यो ठेगो हो। जस्तै मुखामा हान्नु जस्तो, राता मकै ईत्यादी।

तर यो ब्याक्ती बिशेष ले नभएर अलिकति समायको लागी निस्चित गाउँ भेग, टोल या उमेरको ब्याक्तीले कुनै शब्दहरु रमाईलो को लागी प्रयोग मा बढि नै प्रयोग गर्दछन भने त्यो रनी हो।

जस्तै – भएको भऐई हो, गरेको गरेई हो, पानपाते ठूला, रुई, उस, काँकुर साईली ईत्यादी शब्दहरु केहि समाय को लागी निकै प्रचलन मा रहुन्छ र बिस्तारै हराउछन। बेला बेला मा आउने र जनबोली मा दोहोरिने शब्द नै रनी हुन।

रनी हरु बन्नुको कारण त्यो बेला मानिसहरुको बिचको सन्चार भनेको केहि पनि थिएन। एउटा धारो को पानी पिउनेहरु एउटै लवज को बोल्ने गर्दथे। किन कि उनिहरु बिचमा सधे कुराकानी हुने हुनाले सबैको लवज एउटै जाने गर्दथ्यो। कहिले कहि फरक ठाउँ को मानिसहरु भेट हुदा उनिहरु बोलेको आफु बोलेको भन्दा फरक लाग्ने गर्दथे। अनि उनिहरुको बोली चाली को कुनै शब्दलाई उनिहरु उनिहरुले जस्तै साथी सँगी मा बोलेर (जिस्केर) रमाईलो गर्दथे। यो सुन्दा रमाईलो सुनिन्थ्यो र कुनै रनी बन्ने गर्दथे। कुनै गाली भने कुनै कुनै शब्द नजानिदो गरेर कसै को ठेगो बनेर जिब्रोमा झुण्डिन्थे।

जस्तै- नुननी लाग्याछ, तिननी पाग्याछ। हो क रेनी कान्छा रु, ठिक्कै पर्याछ। पुरुलच्चै पार्यो। घाटी हेर (चुप लाग, नबोली बस), लात्पार्रा,( बेसकिन, धेरै बल लगाएर,, लात्तीपार) , लिछुरुप्पै, के सार्रै, हो ईस्तो, उस्तो, तिस्तो, पात्तिरु (साथीहरु), गारीरु (साथी, छिमेकीहरु) ईत्यादी खोज्ने हो भने नेपाली भाषा मा यति धेरै रनीहरु छन कि जुन नेपाली भाषा को ब्याख्याताहरुलाई नै फेरी नयाँ शब्दकोष लेख्नु पर्ने हुन्छ।

सालैजो, शिरफूले माया, अबिजाले माया, अमिजाले माया, होर माया, हे माया जस्ता लोक भाका हरु पनि कुनै समाय का रनी बाट नै आएको हो। पुर्खेउली (ख्याली गीतको ) होर नि माया भन्ने रनी बाट नै रुपान्तरीत हुदै सालैजो, शिरफूले माया, अबिजाले माया, अमिजाले माया, होर माया, हे माया जस्ता कालजायी अमर लोक भाका को रुपमा स्थापित भए।

समाय समायका ब्याख्या जता जस्तो भेटिए पनि यो रनी र ठेगो उत्पत्ती सम्बन्धि तथ्य खोज्दा यहि नै अलि कति मन बुझाउन मिल्ने किसिम को तथ्य फेला पर्यो।

अझ केहि समाय पहिले जस्ता को तस्तै पुर्खेउली गीत को हो र नी माया भन्ने गीत सुने पछि मलाई अलिकति सन्तोष लाग्यो। तर यति मै सन्तोष मानेर बस्ने हो भने बास्तबिकता को नजिक कहिल्यै पनि पुगिने छैन। त्यसैले खोज जारी रहनु पर्छ।

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s