टोड्केमा पर्यटकिय पुर्वाधार विकास गरिने

 

अगन्धर तिवारी
म्याग्दी, २२ कात्तिक ( 7 Nov 2012)

बेनी अनलाईन बाट साभार  http://benionline.com.np/19292.html
अहिलेसम्म अर्ध पर्यटकिय क्षेत्रका रुपमा चिनिँदै आइरहेको जिल्लाको उत्तरी गाविस कुहुँको टोड्के धुरीलाई प्रमुख पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न जिल्लाका सरोकारवालाहरु जुर्मुराउन थालेका छन् । सदरमुकामदेखि करिव सात कोषको दुरीमा रहेको टोड्के धुरीलाई धार्मिक तथा पर्यटकिय रुपमा विकास गर्नका लागि पर्यटन गुरुयोगना नै बनाएर अघि बढ्ने योजनाका साथ यतिबेला जिल्लास्तरका सबै शक्तिहरु लागिपरेका छन् ।
१. टोड्केमा जडान गरिएको टेलिस्कोपबाट पहिलोपटक मनोरम दृश्यालोकन गर्दै प्रमुख जिल्ला अधिकारी चन्द्र कार्की ।
करिव वर्षदनअघि टोड्के क्षेत्रविकास कोष गठन गरेका सरोकारवाला व्यक्ति तथा जिल्लाका सम्बन्धित सरकारी कार्यालयहरुले अब टोड्केलाई जिल्लाका प्रमुख गन्त्व्यमध्येको एक उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्ने प्रतिवद्धताका साथ अघि बढेका हुन् । त्यसबारे अध्ययन गर्न जिल्लाका प्रमुख निकायहरुको एक टोली सोमबार र मंगलबार टोड्के क्षेत्रको भ्रमण गरि फर्किएको छ ।

टोड्केको पर्यटन विकासमा सहयोग गर्ने उद्देश्यले जापानस्थीत ओकोयामा युनिभर्सिटी तथा अल्पाइन क्वव जापानले संयुक्त रुपमा करिव तिन लाखभन्दा बढि मुल्यबराबरका टेलिस्कोप, ल्यापटप र प्रिण्टर उपवल्ब्ध गराएका थिए । ओकोयामा युनिभर्सिटीले उपलव्त्रध गराएको टेलिस्कोपको शुभारम्भ गर्न टोड्के पुगेका सबै सरोकारवालाले छिट्टै टोड्के क्षेत्रको पर्यटकिय गुरुयोजना तयार पारि कार्य प्रारम्भ गर्ने प्रतिवद्धता जनाए । साथै टोड्केको प्रचारप्रसार र पर्यटकिय गुरुयोजनामा सहयोग गर्नका लागि काठमाण्डौस्तीत तारा गाउँविकास समितिको एक टोली पनि सो क्षेत्रको अध्ययन गरि फर्किएको छ । गुरुयोजनामा दुइ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएर उक्त टोली फर्किएको टोड्के क्षेत्रविकास कोषका अध्यक्ष मोहनबहादुर खत्रीले बताए ।
२. टोड्के क्षेत्रबाट देखिने मनोरम हिमाली दृश्य । 
टेलिस्कोप शुभारम्भ गर्न टोड्के पुगेका सरोकारवालाहरुले टोड्के क्षेत्रमा उत्पादन हुने मुला, आलुलाई व्यवसायिक उत्पादन गर्ने, टोड्के धुरीमा भ्यू टावर निर्माण गरिने, खानेपानीको सुविधा सहज बनाउने, टोड्के क्षेत्रविकास कोषको कार्यालय स्थापना गर्ने, होमस्टे तथा सुविधासम्पन्न होटल निर्माण गरिने लगायतका पर्ुवाधार निर्माण गरिने जनाए । करिव २६ सय मिटरको उचाईमा रहेको टोड्के धुरीबाट अन्नपर्ुण्ा र धौलागिरि रेञ्जमा पर्ने करिव एक दर्जनबढि हिमालका चुचुराहरु, सुर्योदय र सुयास्तको मनोरम दृश्य देखिनुका साथै लालिगुराँसको घना जंगल, लगायत धौलागिरिका सबै जिल्लाका बिभिन्न भागहरु समेत सजिलै देख्न सकिन्छ ।

टेलिस्कोप शुभारम्भ कार्यक्रममा बोल्दै जिल्ला न्यायधिस बिनोदराज शर्माले जिल्ला सदरमुकाम नजिकै भएर पनि टोड्के क्षेत्रको प्रचारप्रसार नहुनु र पर्यटकहरुको ध्यान जान नसक्नु दुखद कुरा भएकोले यसमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । त्यस्तै प्रमुख जिल्ला अधिकारी चन्द्र कार्कीले टोड्केको प्रचारप्रसार गरि पर्यटक भित्र्याउन सकेमा म्याग्दी जिल्ला र धौलागिरिकै अर्थतन्त्रमा सुधार आउने बताए । कार्यक्रममा स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले अब टोड्के क्षेत्र पुरानो टोड्केमा पक्कै पनि नरहने बताए । ‘यो क्षेत्रको विकासका लागि हामिले तत्कालै दुइ लाख रुपैयाँ बिनियोजन गरिसकेका छौं ।’ उनले भने-’गुरुयोजनाका लागि आवश्यक पुर्वाधार निर्माण गर्न कोषसँगको सहकार्यमा जिविस जहिले पनि संगै रहने छ ।’ पुर्वाधारमध्ये सबैभन्दा पहिला भ्यू टावर र कम्तिमा पनि दश जनासम्म पाहुना बस्न मिल्नेगरि सुविधासम्पन्न होटल निर्माण गर्न जिविसले सहयोग गर्ने उनले बताए । त्यस्तै पत्रकार महासंघ म्याग्दीका सभापति सुरत केसीले सरोकारवाला निकायहरुले पुर्वाधार विकासको शूरुआत गरे सञ्चारमाध्यमबाट कुनै कमजोरीबिना नै प्रचारप्रसार गर्ने बताए ।

त्यस्तै टोड्के क्षेत्रको विकासका लागि स्थापना भएको टोड्के क्षेत्रविकास कोषका अध्यक्ष मोहबहादुर खत्रीले टोड्केको विकासका लागि कोषले गुरुयोजना तयार गरिसकेको बताए । ‘हामिले गुरुयोजनामा यो क्षेत्रका सबै पुर्वाधार समेटेर कागजि प्रकृया सबै पुरा गरिसकेका छौं ।’ उनले भने-’त्यसका लागि समितिसँग एकलाख रुपैयाँ छ । जिविसले दुइलाख र तारा गाउँविकास समितिले दुइ लाख रुपैयाँ दिनेभएको छ ।’ अहिले पाँच लाख रुपैयाँबाट पुर्वाधार निर्माणको काम शुरु गरिने र आउँदो पाँच वर्षम्ममा वाषिर्क दश हजारभन्दा बढि बाहृय तथा आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य रहेको उनले बताए ।

ऐतिहासिक हिसावले पनि प्यूठानमा अवस्थित र्स्वर्गद्वारी बाबाले यहा आएर तपस्या गरेको, उनका अनुयायीहरु समेत वषौंसम्म यहाँ बसेको लगायतका आधिकारिक अवषेसका प्रमाणहरु अझैसम्म रहेको स्थानीय दामोदर रिजालले बताए । अहिलेसम्म प्रचारप्रसार र पुर्वाधार अभावका कारण ओझेलमा रहेको टोड्के क्षेत्रको विकास जिल्लाको ऐतिहासिक काम हुने धौलागिरि पर्यटन परिषदका अध्यक्ष अमर बानियाँ बताउँछन् ।

सदरमुकाम बेनीदेखि कच्चि मोटरबाटो हुँदै करिव डेढ घण्टाको समय र पैदल यात्रा गरेमा पनि चार घण्टामा पुग्न सकिन्छ । साँझ बास बस्नेगरि जानुपर्ने टोड्केमा सुर्यास्तको मनोरम दृश्यावलोकनका लागि भने साँझ करिव चार बजेभन्दा अगाडी नै पुग्नुपर्ने हुन्छ । अब पुर्वाधारको पहिलो चरणका रुपमा टेलिस्कोप जडान गरेपछि त्यहाँबाट हिमाली रेञ्जका मनोरम दृश्यावलोकनका लागि अझै सहज हुनेभएको छ ।
तस्विरः अगन्धर तिवारी/म्याग्दी ।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s