सम्झनाका स्पर्शहरु :एउटै खाजा असर बिपरित – स्यानु पाईजा

 

जमनाको कुरा

सम्झनाका स्पर्शहरु :एउटै खाजा असर बिपरित

(जमनाका स्पर्शहरु भित्र आफैले देखेका र भोगेका युग को सम्झनाका छुवाई हरु हुन्छन,। आज को छुवाईमा नारायण रोका को बिहेको बेला दाउरा कात्ने दिनको सम्झना समेटिएको छ।)

नारायण रोका को बिहे को दाउरा कात्दा

पाखा होईराजा पाखा प्रधान मामा को घर नजिक को उत्तीसको रुख नारायण रोका को बिहेको लागी दाउरा बनाउन मागिएको थियो। जरा तिर को सोझो गिड लाई आरा लगाएर काठ बनाउने र बाकीलाई दाउरा बनाउने गरी २ बटा रुख बनसमिति बाट किनिएको थियो। भेमराज रोका, भबिन्द्र र म बाहेक सबै केटि र महिलाहरु थिए डाउरा को गिड बोक्ने। ४ खेप सम्म मुढा बोकियो।

अरु बेला जे जस्तो भए पनि मर्दा र पर्दा सहयोग गर्ने चलन गाउँ अझै जिबित छ। त्यति धेरै मुढाहरु सजिलै ओसारियो।

दिउँसो खाजाको खाजा मा भाङग्गो को छोप(अचार) लगाएको तोरी को साग र पुरी खाईयो। यति मिठो भयो कि कति वटा पुरी खाईयो थाहा भएन। रहेछ त्यो पुरीमा भएको भाँगो को असर तत्कालै थाहा भएन। पहिले बोकन नसकेको मुढा पनि जुरुक्कै बोकेर आउँदा अरुहरु पनि तर्सेका थिए। २ वटा गीड बनाउने भनेर बन्चरो बोकेर गएको भबिन्द्रले एक्लैले बोकेर आयो त्यो मुढा। बेला भएको ले अलिकति मुढा चिर्ने भनेर लागेको भाङगो को असर थपिदै गएछ। भोलि चिर्ने भनेको दाउरा ३ जनाले त्यहि दिन नै चिरेर सकियो। अनि बेलुका नारायणको घर मै खाना खाएर उकालो लागियो भबिन्द्र र म। बाटो मा जीउ अप्ठ्यारो भए जस्तो पाईला छिटो छिटो सरे जस्तो त भएको थियो। दिन भरिको कामले थकाई लागेर धुमायो भन्दै घर मा पुगियो र सुतियो।

रात को १२ बजेको हुदो हो भाँगो को असर ले भबिन्द्रलाई रुवाउन थालेछ। भबिन्द्रको भाई ईन्द्र मलाई दाईलाई के भयो रोएको रोई गर्नु हुन्छ एक छिन तल जाम भनेर बोलाउन आयो म मस्त सुतेको थिए। मुखमा चाही केहि भए जस्तो लाग्यो। पछि थाहा भयो कखुरा को पखेता चपाएको निल्न नसकेको छोक्रा हड्डी पो रहेछ। तल पुगेर हेर्दा उस्को आँखा रोएर सुन्नी सकेको थियो। उ रोएको देखेर म हाँस्न सुरु भयो।
कान्छी आमा ले त्यो थाडो खोला मा कुवा मा ननिको बस्छ भन्थे त्यहि कुवा को पो लाग्यो कि के हो। हेराई चेराई गर्नु पर्यो भन्नु भयो। न रोई भन्यो उ रुन छाड्डैन मेरो हाँसो रोकिदैन। उल्टो असर भयो। किन रोएको देखेर झन हाँस्छ सबै छक्कै परे। म पनि छक्कै परे। त्यहि पनि अब भनेको त मान्नै पर्यो। झाँक्री त्यो बेला कोहि पनि हेमे को मामा मन्दिर मा बाहेक नजिक मा अरु थिएनन। मन्दीर मा बोलाउनु जाने भनेर लागियो मन्दिर तिर। बाटो मा मेरो खुट्टाको औला पेन्ट को टुप्पा मा पसेर अल्झेको अल्झै गर्दथ्यो। हाँसो पनि लागेको लागै गर्दथ्यो। मैले अनुमान गरे यो त पक्कै भाँगो लागेको हो। दिन मा हामीले तोरी को साग मा भाँगो को छोप लगाएको तरकारी र पुरी खाएको थियौ । जानु पर्दैन झाक्री लिनु यो त भाँगो लागेको हो। भन्दा पनि छराबोट पुगि सकेको ले होईन आईयो आईयो झाँक्रीलाई लगेर जाम भनेर मक्कीना काट्दै मन्दीर मा नै पुगियो। साईनो पनि पहिले मामा र पछि फुलमाया बैनी को बिहे च बहादुर सेर्पन्जा सँग भए पछि साईनो मामा बाट भेनामा नामसारी भै सकेको थियो। तर उहाँको परिवारलाई चाही गाउँकै पुरानै साईनो ले माईजु नै भनिन्थ्यो। माईजु को बुढा भएको ले नै मामा भनेको हो पछि साईनो रिन्यु भएर भेना भयो।

घर मा पुग्दा सुति सकेका थिए सबै। दमन थापा को घरमा उज्यालो थियो र कुकुर भुकि रहेको थियो हामीलाई देखेर। भेना कि भेना भनेर बोलाएर उठायौ। झाक्री भेना दमन को मा दमन को छोरी को सातो छेप्नु, पात्लो फाल्नु जानु भएको रहेछ। उल्तिर जानु भाको छ उतै गएर भन्नु भने पछि हामी उक्लियौ दमन को घरमा। काम चल्दै थियो। यस्तो भयो उस्तो भयो भनेर हामीले पनि सबै बतायौ। अव लागेको भाँगो नै हो साला तै पनि यति टाढा सम्म आउनु भयो लौ लौ यो काम सक्छु र जाम्ला भनेर भन्नु भयो त्यही बस्दा बस्दै दिन भरि दाउरा काटेर थाकेको म त ढोका मै निदाएछु। पछि त्याहाँ को काम सकिए पछि मलाई भाई ले जगायो र ३ जना आयौ। तिन चुला को खरानी र कटौरा मा पानी मन्तरेर खान दिनु भयो झाँक्री ले। उस्ले पनि खायो । नरोउ भाँगो लागेको हो भन्छु उ चाहि कन्ट्रोल नै हुदैन भनेर रोएको रोए छ। म चाही हाँसेको हाँसै छु। ठ्याकै निद्रा नलाग्दै सम्म चल्नी को नशा दुख्दै सम्म म हाँसे उ रोएछ। भोलि बिहान पनि मलाई हाँसो लाग्दै थियो भने उ रुन छाडेको थिएन।

बुहारीलाई रिस उठे छ।बिहानै नारायण को घरमा गएर हिजो को भाँगो को छोप एकदम मन पर्यो रे कति छ र अलिकति दिनु न भनेर भाँगो माग्नु भएछ। नारायण को बुढिले साँचै जस्तो लागेर यति ‍हो लौ झिकेर लैजाउ भनेर पोका नै दिनु भएछ। भाँगोको पोका पाए पछि आँगनमा ल्याएर फ्याँक्नुदिनु भयो रे अनि के यस्तो भाँगो नि किन राख्ने तिम्रो भाईहरु एउटा रोएको रोए छ एउटा हाँसेको हाँसै छ यहि भाँगो लागेर भन्दै र भाँगो आँगन बाट तल बारी मा फाले पछि सरा सर घर फर्कनु भएछ।

ताजा तोरी को साग उसेने को र भाँगो को अचार दलेको तरकारी पुरीमा सँग खाएको गर्नु गर्यो नि। एउटै परिकार ले एउटा लाई रोएको रोएई गर्ने बनायो। अर्कोलाई हाँसेको हाँसै गर्ने बनायो। जे होस नारायण को बिबहा को याद चाही त्यही सम्झेर भए पनि जुनी भरि याद आई रहनेछ।

भाँगो (भाङगो) के हो ?

हामीलाई रुवाउने र हँसाउने भाँगो के हो ? भन्ने बारे मा पुरानो पुस्तालाई भन्नै पर्दैन यो सबैलाई थाहा छ। तर नयाँ पुस्ता लाई थाहा नहुन पनि सक्छ त्यसैले छोटो परिचय । भाँगो कुनै समायमा मानिसको एकदमै नजिक मा थियो। यो ४-८ फिट सम्म अग्लो हुने एक बर्षिय बाली हो। यस्लाई बारी को डिल डिल मा लस्करै रोपिन्छ। परम्परागत खेती मा यस्को प्रयोग अचार को लागी गरिन्थ्यो र बोटको बोक्रा फाईबर को रुपमा प्रयोग गरेर नाम्लो, दाम्लो र कपडाका लागी धागो सम्म यसै को बनाईन्थ्यो।

पछि भाँगो को यस्तै नशा लाग्ने गुण को कारण मानिसले गलत प्रयोग गरे । चरेश, अट्टर जस्ता मानिसलाई हानी गर्ने अबैध बस्तु मानिसले यसै बाट बनाउन थाले।

भाँगो सबैले यस्तै असर गर्ने भने हुदैन। यो अझै पनि स्वादिस्ट अचार खाने खाध्य बस्तु नै हो।

कस्तो भाँगो ले मानिसलाई रुवाउछ या हँसाउछ ?

भाँगो को फल तैयार भए पछि यस्लाई हाँगा कातेर खुल्ला ठाउँ मा फैलाएर सुकाउनु पर्छ। कहिले कहि यो सुकाउने बेला मा यो थुप्रो भयो र पातहरु मा बाफियो भने भाँगो यस्तो जहरिलो बन्छ। खुल्ला ठाउँमा सुकाएको भाँगो ले मानिसलाई फाईदा नै गर्छ। स्बादिलो अचार बन्छ। अलिकति ध्यान दिएन भने यो हानिकारक हुन्छ। अचेल भाँगोलाई सोझै गेडा झारेर सुकाउने गरिन्छ।

तराईमा गाँजा,चरेश बनाउने भाँगो र हाम्रो अचार खाने भागो प्रजाति एउटै भए पनि फरक छ। पहाड मा गाँजा कै लागी भनेर खेती गरिदैन। अचार खान को लागी एउटा बारी को डिल मा लगाईन्छ।

(नारायण को बिबहा सम्झनु पर्ने अर्को कारण पनि छ त्यो अर्को खण्डमा भनौला)
(जमनाको कुरा भित्र बाट)

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s