जमनाको कुरा: लुटो पुटो (राँके सँराती, साउने सँक्रान्ती) – स्यानु पाईजा

जमनाको कुरा: लुटो पुटो (राँके सँराती, साउने सँक्रान्ती) – स्यानु पाईजा

आज को जमनाको कुरा भित्र हामीले लोप भै सकेको लुटो पुटो फाल्ने चलन को बारेमा चर्चा गर्ने छौ। समाय परिबर्तनशिल छ कतिपय कुरा हराउछन कतिपय परिमार्जन भएर निरन्तरता पाउछन। कुनै गाउँ ठाउँ मा मात्रै जिबित लुटो पुटो फाल्ने चलन को बारेमा आजको जमनाको कुराको टपिक हुनेछ। आज हामीले बिर्सिसकेका चलनहरु भित्र को साङगो पाङगोलाई केलाउने छौ।

आँगन मा हात मा अगुल्टो उचालेर —
चर्को स्वर मा औरास्दै “टाउको दुख्ने, आधा चल्ने, पखला लाग्ने, हाँडो आउने, पिलो आउने, रगतमासी पर्ने (फलानो गारा लैजा भनेर) लामो भन्न रुचाउने हरुले अझै मुखमा आउने जति बिमार को नाम भन्ने गर्दथे।

उत्तर मा झेले, पूर्बमा दग्नामे, दक्षिणमा राखुले, पश्चिम मा कुँहुवाले तिर फर्के र अगुल्टो फाल्ने गर्दथ्यौ हामी सानो छँदा। किन कि हाम्रो छिमेकी गाउँहरु यिनै पर्ने गर्दछन। उनिहरुले हामी तिर उस्तै भन्दै अगुल्टो फाल्ने गर्दथे।

लुटो पुटो (राँके सँराती, साउने सँराती, साउने सँक्रान्ती ) के हो ?

साउने सँक्रान्तीको बेलुका साँझ को खाना खाई सके पछि मौलिक प्रचलन अनुसारको बिधीले पुजा गरी रोग बिमार यता न आईजा भनेर बलेको अगुल्टोलाई उत्तर-दक्षिण, पूर्ब-पश्चिम चारै दिशामा लुटो पुटो फलानो को तिर लैजा भन्दै फाल्ने दिन या पूजाहो। यो पूजा को युनिकता भनेको सबै पूजा खाना नखाई गरिन्छ खाली पेट उपबास बसेर भने यो पूजा तन्न खाना खाएर गरिन्छ। र यसरी अगुल्टोहरु चारै दिशा फाले पछि ढोका थुनेर बत्ती बुझाईन्छ। यसरी रोग ब्याधीलाई भगाउन / लेखेट्न लाई आगो को बलेको अगुल्टोहरु हरेक घर घर बाट साँझ को खाना खाए पछि चारै दिशा मा फाल्नु नै लुटो पुटो फाल्नु हो। गाउँभरि को घर बाट यसरी अगुल्टोहरु एकै साथ फल्दाखेरी गाउँको आकाश अगुल्टोहरुको झिल्काले फयर वर्क गरे जस्तै देखिन्थे। बर्षा को बेला हुनाले र बस्ती अहिले को भन्दा पातलो हुने हुनाले अगलागी र दुर्धटनाहरु भएको रेकर्ड छैन।

लुटो पुटो पूजा हो कि पर्ब ?

लुटो पुटो को शुरुवाट को गहिराई सम्म खोज्ने हो भने यो पूजा पनि होईन पर्ब पनि होईन। पुर्खाको पाला देखी एउटा चलनको निरन्तरता मात्र हो।

किन बस्यो लुटो पुटोको चलन ?

कतिपय कुराहरु समाय सँगै पुरानो भएर जान्छन र असान्दर्भिक पनि लाग्छन तर यो त्यो जमनाको आधुनिक सोच भित्रको एउटा भिन्न चलन थियो। भलै अहिले आएर यो मिठ्या जस्तो र बेकार जस्तो लाग्छ। त्यो बेला यो दिन को आफ्नै बिशेषता थियो। किन बस्यो यो चलन भन्ने प्रश्न समाएर त्यो बेला को चलन भित्र छिर्ने हो भने यो चलन पछाडी को रहस्य अझै पनि खोजमुलक बन्न सक्छ। यो चलन ले दिन खोजेको शन्देश र यस्ले बचाउन खोजेको शिक्षा अनुशन्धानको बिषय बन्न सक्छ। आखिर किन चल्यो यो चलन ? यो त्यो समाय को चलन हो जति बेला बर्षा को तातोले जमिन बाट प्रकृतिक ग्याँसहरु निस्कने गर्दथे र आगोका बबलहरु उडे जस्तै गरी यता उती छरिन्थे। जस्लाई उनिहरुले राँके बोक्सा नामाँकरण गर्दथे। पछिल्लो समायमा राती उड्ने जुनकेरीका बथानहरु यसरी नै आकाशमा उड्ने गर्दथे। बिस्तारै बिस्तारै बर्षा मा गाउँ बस्तींमा केटाकेटिहरुलाई लुटो को सँक्रमण हुन थाल्यो भने यति नै बेला उड्ने जुकेरीका बथान र पारी भित्ताहरु बाट निस्कने प्रकृतिक ग्याँसहरु ले केटाकेटीहरु भयभित हुन थाले यहि समायमा सबै घरहरु बाट आगोको अगुलटो निकालेर जनुकेरी लखेत्ने चलन नै कलान्तर मा लुटो पुटो फाल्ने चलनको रुपमा नेपाली समाज मा थुप्रै समाय सम्म बस्यो। बिस्तारै यो चलन हराउन थाल्यो पुर्खा देखि चलेको चलन हराउन थालेको ले केहि बुढापाका ले यसमा कमेडी पन थपे- जस्तै : लुटो पाटो, टाउको दुख्ने, आधा चल्ने, पखला लाग्ने वर परका गाउँ मा लैजा भनेर कराउदै लुटो पुटो फाल्न केटाहरुलाई सिकाए पछि उनिहरुले रमाईलो को रुपमा लिए र निकै पछि सम्म निरन्तरता दिए। अझै पनि कुनै कुनै गाउँ मा यो चलन छ र त्यो गाउँ हाम्रो गाउँ पनि पर्छ।

के के हुन पूजाका समाग्रीहरु ?

परम्पराको गहिराई नबुझ्ने हो भने यो बकबास चलन हो। तर यस्ले दिन खोजेको सन्देश र शिक्षालाई मनन गर्ने हो भने यो अझै पनि काम लाग्ने परम्परा हो। मात्र आगो का अगुल्टोहरु प्रतिकात्मक गराएर छोटो दुरिमा मात्र फाल्ने हो भने अझै पनि यो चलन काम लाग्ने चलन नै हो। शुरुका दिनहरुमा यो चलन प्रकृतिक ग्याँस को ज्वाँला र ठुला जुनकेरीहरु बाट त्रस्त (जस्लाई राँके बोक्सा मान्दथे) बालबालिकालाई आत्मबिश्वास जगाउन लाई सो दिन केटा केटी लाई नै आगो को अगुल्टो फाल्न लगाउदथे। यसरी आगो फाल्नु मात्रै लुटो पुटो थिएन। यो दिन घर को चार चुङका (कुनो) मा खामेढाल का बोट पनि सार्ने गर्दथे। लुटो पुटो को पूजा समाग्री ठाउँ बिशेष फरक फरक हुने गरे पनि मोटामोटी पूजा समाग्री निम्न खाले हुने गर्दथे।

1. चार वटा बोट जरा सहित उखलेको खामेढाल- घरको चार कुना मा सार्नलाई (खामे ढाल नहुने ठाउँका ले कुश सारे पनि भेटिन्छ)
2. भलायो को हाँगा र ४ अगुल्टो
3. सरेटो जरा सहित उखेलेको
4. बाँको जरा सहित उखेलेको
5. भालु पाईला जरा सहित उखेलेको
6. बिरालो पाईला धाँस को बोट
7. हुनुमान पुच्छर (धोटी)
8. कुरिलो को काँडा

बास्तबमा लुटो पुटो फाल्नु मात्रै अगुल्टो फाल्नु थिएन। यो त आफ्ना केटा केटीलाई खामेढाल लगायत अन्य बोट बिरुवा को गुण बारे बुझाउनु पनि थियो। भलायो छोयो भने फोका उठ्छ भनेर सिकाउनु पनि थियो। त्यस्तै सबै बोट बिरुवा को औषधी र हानिकारक गुण को बारेमा बच्चाहरुलाई बुझाउनु पनि यो दिन को मुख्य उद्देश्य थियो।
कुनै समाय मा खामेढाल लाई अचुक औषधी को रुप मा उपयोग गरिन्थे। गर परेको, कुखत परेको मानिसलाई खामे ढालको जरा जुन बेसार जस्तै पहिलो हुन्दथ्यो घोटेर खुवाउने गरिन्थ्यो। गर, या कुखत भनेको अहिले को बुझाईमा अल्सर या आन्द्रा को भित्री घाउ हुन। आपत परेको बेला मा घर नजिकै सजिलै भेटियोस भनेर नै घरको चार कुना मा यो रोपिन्थे। गानो हुने हुनाले यो प्राय को घरमा सर्दथे। तै पनि मानिस हरु हरेक साल खामेढाल आफ्नो घरको चार कुना मा सार्ने गर्दथे।
लुटो पुटो चलन लाई मानिसले पुरानो चलन भनेर मनाउन छाडे पनि हामीले पनि हाम्रो बाल बच्चालाई प्रकृतिक बोट बिरुवा यो यस्तो हो यस्को गुण र हानी सिकाएर निरन्तरता चाही दिनु पर्छ। अगुल्टो नै फाल्नु अहिलेको स्थितिमा आगोलागी का कारण पनि बन्ला र अरुको छानो माथी लागेर झगडाको कारण पनि बन्ला यस्लाई प्रतिकात्मक बनाउदा बेस होला। सबै जसो ठाउँ मा यो हराउने स्थिति मा पुगेको थियो त्यसकारणले नै बच्चाहरुलाई कमेडी पारा लुटो पुटो फाल्ने सिकाई दिए। बच्चाहरु चर्को स्वर मा औरास्दै “टाउको दुख्ने, आधा चल्ने, पखला लाग्ने, हाँडो आउने, पिलो आउने, रगतमासी पर्ने (फलानो गारा लैजा भनेर) उत्तर मा झी (झेले), पूर्बमा दग्नाम (दग्नामे) , दक्षिणमा राखु (राखुले), पश्चिम मा कुँहु (कुँहुवाले) तिर फर्के र अगुल्टो छिमेकी गाँउ तिर फाल्ने गर्दथ्यौ ।

यस मा प्रयोग हुने शब्द गारा बारे मा फरक फरक मत छ । कसैले पुरानो समायमा “गारी” भनेको साथी, सोल्टी र गारा भनेको छिमेकी हो भन्दथे। कसैले बारी या गह्रालाई नै गारा भनेको हो भन्थे भने कसैले गढ – खोला, नदी मा गढ बाट गाढा भएको हो भन्थे। हामीले थाहा पाउने बेला सम्म पनि कुनै कुनै ठाउँ मा साथी भन्ने शब्द बुझाउने शब्द कै रुपमा “गारी” लाई प्रयोग गरिन्दथ्यो। लुटो पाटो सँगै हराउन लागेको शब्द गारी पनि हो।

यो दिन को अर्को बिशेषता पनि छ रोपाई सकिने ठाउँ मा यस दिनलाई हिलो ले खाएको हात गोडा उपचार गर्न को लागी टिउरे झार लाई माडेर लगाउने पनि गरिन्छ। यस्ले हात गोडालाई रातो रँग को बनाउदछ। साउन मा मेहेदी लगाउने चलन अचेल खुब बढेको देखिन्छ। जानी नजानी मेहदी जस्तै रँग दिने टिउरे झार उति बेला पनि प्रयोग मा थिए। पूर्बका गाँउहरुमा जाने हो भने अझै पनि यो टिउरे झार लगाएर केटा कटी ले हात रातै पार्ने गर्दछन।

(जमनाको कुरा भित्र बाट)

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s