जमानाको कुरा: लिसो

जमानाको कुरा: लिसो

(आज को जमनाको कुरामा लिसोको बारेमा चर्चा हुने छ। लिसो के हो यस्को प्रयोग र यस्ले सिकाएका प्रबिधिहरुको बारेमा छोटकरी मा जानकारी दिने प्रयास आजको जमनाको कुरा भित्र हुनेछ।)

लिसो के हो ?

लिसो आफ्ने जरा मा नउम्रने अरु बोट मा टाँसिएर उम्रने परजिबी हाँगा हो । यो धेरै ठुलो हुदैन र एउटै रुखका थुप्रै हाँगामा टाँसिएर पलाउछ र बोट जस्तै देखिन्छ। यस्मा फल लाग्छ र त्यो फललाई छिप्पीनु अधि टिपेर हल्का उसिनेर बहिरी बोक्रा र गेडा फ्याँक्ने हो भने ग्लु जस्तै च्याप च्याप लाग्ने पदार्थ बन्दछ। त्यो नै लिसो हो। सरल रुपमा भन्ने हो भने लिसो एक किसिम को प्रकृतिक ग्लु(गम) हो। जस्को प्रयोग पुर्बकालमा चरा मार्ने प्रयोग गरिन्थे। कहिले कहि लिसोको हाँगा धेरै फैलियो भने बास्तबिक रुखलाई पोषण अभाव हुन्छ र मुख्य बोट नै मर्दछ। यो अरुको भरमा बाँचेको हुनाले लिसो पनि मर्दछ।

लिसो कसरी फैलिन्छ ?

लिसो पाके यस्को दाना पछि चराहरुले मन पराउछन। चराले खाएका दानाहरु कुनै रुखमा बसेर दिसा गर्यो भने त्यो बिज नै त्यो हाँगा मा उम्रन्छ र मुख्य बिरुबाले उत्पादन गरेको पोषण चोरेर आफु फस्टाउछ। चराले जति ठाउँमा बिउ पुराए यो उति नै छिटो जताततै फैलिन्छ।

लिसो कसरी तैयार गरिन्छ ?

लिसो दुई प्रजातिका हुन्छन। ठुलो र स्यानो जस्लाई स्थानियहरुले भैसी लिसो र गाई लिसो पनि भन्दछन। लिसो बाट लिसो पदार्थ निस्कने आधार र पात को साईज नै नामकरणका आधार हुन। भैसी लिसो को पात पनि अलि कालो र ठुलो हुन्छ भने फल पनि ठुलो लाग्छ। फल ठुलो हुनाले बन्ने लिसोको मात्र पनि धेरै हुन्छ। गाई लिसो आकारमा स्याना र पातहरु पनि भैसी लिसो को तुलनामा स्यानो हुन्छ। लिसो को फललाई टिपेर हल्का बाफ आउने गरी उमालिन्छ। यसरी उमालेको लिसोलाई चपलेटी ढुँगा (छपनी, चेप्टो ढंगा) मा एक तर्फि हल्का बोक्रा छोडिने गरि थिचिन्छ या ग्रेन्डिङ गरिन्छ। अनि पानी सँग घोलेर बोक्रा छुट्टाईन्छ। लिसो ठिक्क पाकेन भने लिसो बने पछि त्यो तुरुन्तै कालो रँगमा परिणत हुन्छ। जुन राम्रो मानिदैन। धेरै पाक्यो भने यो गुणस्तर कम भएको छिटै छोड्ने खालको हुन्छ। त्यसैले ठिक्क पकाउन जरुरी छ।

लिसो ले जन्माएका भनाई हरु

• लिसो बेरिएको दाउरा बाल्नु हुदैन रिण लाग्छ : बुढा पाका हरुले लिसो जेलिएको हाँगालाई दाउरा बाल्दैन। कारण लिसो रिण हो यो बालियो भने रिण लाग्छ। रुखले अरुको रिण खाएर तिर्न नसकेको कारणले यस्ले लिसो लाई पाल्न परेको भन्ने उदाहरण/बुझाई छ उनिहरुमा। तर कारण भने लिसो बेरिएको दाउरा बढि धुँवा निस्कने हुनाले स्वास्थको लागी पनि ठिक छैन। यो दाउरा बालेर मानिस बिमारी होलान भनेर नै यस्तो कथा सृजना गरिएको हो ।
• गर्भबति महिला ले छोयो भने या देख्यो भने लिसो मा मरुल (मरनी, मरमी) लाग्छ: लिसो राख्ने भाँडोलाई घोप भनिन्छ। यो गर्भिणी महिला ले देख्यो या छोयो भने त्यो लिसो मरुल (मरनी, मरमी) लाग्छ भन्ने भनाई छ। यो आँशिक सत्य पनि हो। उनिहरुको शरिर को तापक्रम आम मानिसको भन्दा बढि हुन्छ त्यो तापमानले लिसोलाई असर गर्दछ। जस्तो लिसो बढि पाक्यो भने लिसो को गमको मात्र पातलो हुन्छ त्यसै गरी लिसो मा बाहिरी तापक्रम सोझै बढि भयो भने पनि त्यो असर पुग्छ। लिसो जस्तै बन्दुक,पासो, जाल, हरु पनि गर्भिणीले छोयो भने मरुल (मरनी, मरमी) लाग्छ भनिन्छ। यसो भन्नु को कारण गर्भिणी महिलाहरुलाई हिँसात्मक कुराहरु बाट टाढा राख्नु पर्दछ भन्ने हो। बच्चालाई हिँसाले असर गर्दछ भन्ने मनोबैज्ञानिक असर बुझाउन को लागी नै त्यसरी उदाहरण दिएको हो।

लिसो को प्रयोग

लिसो को प्रयोग परम्परागत रुपमा शिकारीहरुले चरा मार्नलाई गरेका थिए। पानी बग्ने ठाउँमा तिर्खाएका चराहरु आउने बाटोमा स-साना कुलो बनाएर कुलोमा पुग्ने बाटो मा लिसो तेर्साएर राखिन्थे। जस्ला टाङग्लो भनिनथे। लिसो को मापन पन त्यहि टाङग्लोको हिसाबले हुन्थे। एक टाङ, २ टाङ भनेर आफुले कति लिसो थापेको छ हिसाब राख्ने गर्दथे। लिसो थापेको देख्ने ठाउँमै शिकारी लुकेर बसेका हुन्थे र ठुलो चरा पर्ना साथ उनिहरु आएर फुस्काएर मार्ने गर्दथे। यसरी लिसोमा फसेको चरा पक्रे पछि उनिहरु लिसो राख्ने भाँडाको पुजा गर्दथे। लिसो को घोपमा चराको टाउको को आधा नशा काटेर रगत निकाली घोपमा दल्दथे र अलिकति भुत्ला उखलेर त्यही रगतमा टाँस्ने गर्दथे। एउटा लठ्ठीमा पनि त्यसै गरि पुजा गर्दथे त्यो चाही बनदेउता लाई बनको चरा मारे बापत को माफी मागेको भन्दै पुजा गर्दथे। पछि मुसा समात्ने, चिल समात्ने, स्याल समात्ने, दुम्सी तर्साउने काममा पनि लिसो प्रयोग हुन्थे। काग, चिल ले कुखुरा को चल्ला चोरेर हैरान गर्यो भने त्यो बेला का मानिसहरु चौर खाडल खनेर कुखुरा को चल्ला भित्र राख्थे र बाहिर लिसो थापेर राख्दथे। चिल, बाज, कागहरु चल्ला खान लाई आउदथे र लिसोमा परेर अल्झन्थे। अनि उनिहरुले हिर्काएर मार्ने गर्दथे।

अहिले का र-याट काचर ग्लुहरु पनि लिसो कै सिद्दान्त नै आधारित उत्पादनहरु हुन। हामीले ब्यबसायिक प्रयोग नगरेका कारण नै हामी पछि छौ। नत्र हामी सँग पहिले नै सबै रोगका उपचार गर्न सक्ने झारपातहरु को शिप थियो। बाध मार्ने देखि लिएर चरा छोप्ने सम्म को कला पनि थियो। मात्र हामीले यस्लाई ब्यबसायिक रुपमा बिस्तार गर्न सकेनौ। कारण हाम्रा झारपातहरु पनि प्रयोग बिहिन भए हामीले महगो मा औषधी किन्नु पर्ने अबस्था आयो।

लिसोले सिकाएको शीप (कला), प्रबिधी

मानिस ले प्रकृतिबाट नै हो धेरै कुरा सिकेको। अहिले हामीले प्रयोग मा ल्याउने हाईब्रिट बिरुबा हरु पनि लिसोलाई नै आधार मानेर बनेका प्रबिधिहरु हुन। ग्राफ्टिङ (एउटा बोटमा अर्को रुखको हाँगा तासेर उमार्ने प्रबिधि) मानिस ले लिसो बाट नै अनुसरण गरेका हुन। अहिले मानिसले थुप्रै कुरा को बिकास गरेको छ। भेन्टाको जरामा गोलभेडा ताँसेर एउटै बोट बाट ५० केजी सम्म टमाटर फलाएको छ। एउटै रुखमा आरु, का थुप्रै जातहरु, एउटै बोटमा थुप्रै रँग र स्वादका अँगुरहरु फलाएको छ। लिसो नभएको भए साहेद नै यि कुराको आबिस्कार हुनु मा अझै बढि समाय लाग्ने थियो।

सन्सारलाई यति धेरै गुण लगाएको लिसो चाही। बोट मारेको आरोपमा अझै पनि अपहेलित नै छ। मानिसले यति धेरै गुण सिकेर पनि लिसोलाई अझै पनि त्यहि मान्यता मै छाडिएको छ। लिसोलाई नै आफ्नै जरामा उमार्ने उत्साह चाही मानिसले कहिल्यै पनि देखाएको छैन। मैले ४,५ चोटी लिसो को हागा लागेको बयस को हाँगालाई जमिन मा गाडेर लिसो को रुख बनाउन खोजेकै हो तर यस्तो गर्नु हुदैन पिर्छ (सराप लाग्छ) बनेर मेरो परिवारले मेरो सपना कहिल्यै पुरा हुनु दिनु भएन। यसो हुन सकेको भए लिसो को परिभाषा फेरिन्थ्यो होला र यस्को मौलिकता नै लोप हुन्थ्यो होला। जे हुन्छ राम्रै को लागी हुन्छ। मैले गुनासो गर्नु पर्ने कारण छैन। कहि कतै यस्तो भएको छ भने मलाई खुसि नै लाग्नेछ। मैले गर्न नपाएको प्रयोग भएछ।

(जमनाको कुरा भित्र बाट)

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s