सम्झनाका स्पर्शहरु: स्याल सँग लडाई परेको रात

जमनाको कुरा
सम्झनाका स्पर्शहरु: स्याल सँग लडाई परेको रात

एक पटक गाँउमा खरायो पालन को खुब चलन थियो। खासगरी हाम्रो टोलवरिपरि। खरायो को मासु खाने बानी नपरेका मानिसहरु र अर्धब्यबसायिकता को कारण खरायो उत्पादन भएर पनि बजार बन्न सकेन फलस्बरुप खरायो का खोरहरु कुखुरा का धोर (खोर) बन्न थाले।

एक पटक धोर थुन्न बिर्सेको मौका पारेर भबिन्द्रको खोर मा स्याल पसेछ। फुल फूल्ने माउ स्यालले मारि भ्याएछ। यो कुरा भित्र सुईको लागेछ। अनि भबिन्द्र बाहिर निस्केर छिटो छिटो खोर को ढोका बन्द गरे छ। स्याल पर्यो खोर भित्र बन्द। अब खोर भित्र थुनिएको स्याल लाई कसरी मार्ने भन्ने सल्लाह गर्ने भबिन्द्रले मलाई बोलायो। छिमेक मा बोलाए पछि ४ काल्ला तल म पनि झरि हाले। तल्तिर का भाउजु बैनीहरु पनि उक्ली सकेका थिए। सबैलेआफ्नो आफ्नो राय सुनाउनु सुरु गरे ।

मेरो राय चाही स्याल लाई खोर सँगै नै जलाएर मार्ने थियो। बन्दुक माओबादी द्ण्दको बेलामा सबै बेनी मा जम्मा गर्नु परेको ले गाँउ बन्दुक बिहिन थियो। अलि अलि मट्टितेल स्यालको जिउमा फाल्ने अनि आगो लगाई दिने। बनाउने बेला मा ४ हजार खर्च भएको खोर कहाँ आगो लगाउनु भबिन्द्रले मानेन। स्याल जारी स्वास्नी भगाएको लोग्ने मान्छे जस्तै एउटा कुना मा नचलीकन बसेको थियो। भबिन्द्रलाई के लागेछ लाटो स्याल छ। हसिया ले टाउको मा हानेर मार्छु भन्ने आँत आएछ। भित्र बाट डाले आसी ( ठुलो हरिया) धार लगाएर आयो। तल्लो घरको भाउजु ले भन्नु भयो खतरा हुन्छ ढोका खोलेको देख्दा बित्तीकै स्यालले आक्रमण गर्न सक्छ। कुरा ठिकै हो। जाने बाटो नभएर पो लाटो भएर बसेको छ । बाटो देख्यो भने त यसै ज्यानलाई डर उसै डर खतरा मोलेरै भाग्छ भन्ने कुरा यो सबैलाई हो जस्तै लाग्यो र एक छिन लाई हसियाले टाउकै मा कोपेर स्याल मार्ने योजना ठाटी बस्यो। तल्लो घरको भाउजुको मा बाजे बजै को लामो तरबार थियो। त्यही तरबार ले स्यानो चर बाट स्याललाई रोपेर मार्ने योजना बन्यो। तरबारले रोपेर बाहिर बाट तरबारको बिडमा मुग्रोले हान्दा पनि स्याल मर्दै मरेन। जस्ता को तस्तै नकराईन बस्यो। तरबार झिकेर तातो बनाएर रोप्ने भनेको भबिन्द्रलाई झनझट जस्तै लागेछ।

मलाई पहिले जस्तै तरबारले स्याल को पेट मा रोप्न लगायो र उस्ले बिस्तारै डाले आसी ले स्याल को टाउको मा आक्रमण गर्यो। तर हामीले सोचेको जस्तो सजिलो भएन। पेट छिर्ने गरी तरबारले खोर को भित्ता मा घोचेको स्याल भए भरको बल लगाएर उफ्रियो र ढोका बाट बाहिर पनि निस्कियो। हतार मा भग्न खोज्दा स्याल तल्लो घरको बैनी को दुई खुट्टा बिच बाट छिर्न खोजेछ लुँगीमा अल्झियो। कता गयो कता गयो, गयो गयो, भन्दा भन्दै बैनी आत्तिएर करायो मेरो लँगीमा अल्झेको छ। अगालो, टगालो, चिरुवा डाउरा पहिले नै जम्मा परि सकिएको थियो र भाउजु बुहारी, बैनी ले समाएर बसेका पनि थिए। हान्न चाही कसैले पनि भ्याएनन। बैनी को लुँगीमा स्याल अल्झेकोले भबिन्द्र ले स्याल को पछिल्लो खुट्टामा समाउन भ्याएछ। २०-२२ किलो को स्याल लाई पछिल्लो खुट्टामा समाएर ७-८ पटक त भुईमा पछारेकै हो। स्याल ज्याड्रो जिरे हुदो रहेछ। एक पटक अईया पनि भनेन। यति छिटो धुमाई धुमाई पछारेको थियो कि सबैले टाउको फुटेर स्याल मर्छ भन्ने सोचेका थियो। भबिन्द्र गल्दै गयो स्याल गलेन। स्याले अर्को खुट्टाले लात मार्न थाल्यो। बिचमा स्याल पछार्ने भाई उता पत्ती बुहारी यता पत्ती जेठाजु तगालोको आगालो ले हाने कै हो तर गजबार गजबार जुझेर एउटा अगालो भाच्चियो। स्याललाई छुदै छोएन। अन्त त स्यालको एक लाट्टी भबिन्द्रको टाउको मा लाग्यो उ थाकी सकेको ले स्याले अरु लात मार्ने सम्भावना थियो। त्यसैले उस्ले स्याल को खुट्टा छोडी दियो। स्याल निमेष मै गायब भयो।

स्याल मार्ने नसकेको मा हामी स्यालमारा दादा हुन सकेनौ । स्याल त्यो बर्ष भरि पाखातिर कुखुरा चोर्न आएन । भबिन्द्रलाई लागेको स्यालको एक लात्ती चाहि निको हुन १ हप्ता लाग्यो। त्यो पनि सिस्नु को जरा र मुसाको लिड सँगै कुटेको घरेलु दबाई ले।
नोक्शान चहि गरेर गयो स्यालले एउटा फुल्ने माउँ ठहरै मार्यो। दुईवटा गजबार भाँच्चियो। हामीले स्याल त कुट्यौ मार्न चाहि सकेनौ। स्याल भागे पछि तल्तिरको भाउजु र बैनी तरबार बोकेर जानु भयो म लुरुलुरु चार काल्ला उक्लिए। स्याल को लात्ती नकाएको ले मलाई चाही कतै पनि दुखेन। मैले घोचेको तरबारले पनि स्याल लाई केहि पनि भएन। ज्याद्रो बलियो पो हुदो रहेछ। चोरी चोरी कुखुरा खाएको ताकत कहाँ जाओस। एक मिनेट भित्रै ७-८ पटक भुईमा टाउको पछार्दा पनि आईया पनि भनेन। त्यो बेला मा ढुगाको छपनी कहाँ पाउनु। छपनी मा पछार्न भएको भए त त्यसको पनि राम नाम सत्य हुन्थ्यो।
दिम्मुर को रुखमा दिम्मुर समातेको चकचके बाँदरलाई टाढै बाट मिस नगरी कन एकै प्रहारले मार्न सक्ने शिकारी दाजु-भाई ले खोर मै थुनिएको स्याल मार्न नसकेको पनि जीवन भर यादगर्नु लायक सम्झना नै हो। बन्दुक भएको भए त त्यो स्याल को सात पुस्ताले खोज्दा पनि लास नपाउने गरी अन्तिम सँस्कार भै सक्ने थियो। के गर्ने बन्दुक थिएन हतार मा माले माले छाता (त्यो बेलाको लाहुरे छाता) डण्डी (स्टील) पनि भेटिएन। नत्र त हामी त स्यानैमा खुर्सानीको बोट पोलेर बारुद छाता बिगारेर बन्दुक को नाल बनाउने आबिस्कार पो त नि।

जे होस मान्छे भएको भए कुन गौडामा ढुँगा समाएर बस्थ्यो होला स्याल भएर हामीलाई ईख राख्न सकेन। तर कुटाई चाही जीवन भर भुलेन होला र पाखातिर त जीन्दगीमा जति भोक लागे पनि फर्केन होला त्यो स्याल। मान्छे न कुटी स्याल कुटेको मा कहिले कहि यो मनले पनि आनन्द मान्छ।

(जमनाको कुरा भित्र-
सम्झनाका स्पर्शहरु बाट)

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s