जमनाको कुरा: गोटा खेल

जमनाको कुरा भित्र- पुरानो खेल को चर्चा

जमनाको कुरा: गोटा खेल

आजको जमनाको कुरा भित्र हामीले एकदमै पुरानो नेपाली गाउँले खेलको बारेमा चर्चा गर्ने छौ। यो खेलको बारे मा जानकारीहरु दिने छौ। यो खेल खास गरी केटा केटी खेल्ने गर्दथे। पानी परेको बेला गोठ या ओडार मा पनि खेल्न सक्थे तर घर भित्र खेल्न चाही यो खेल मनाही जस्तै थियो।

गोटा खेल

पाँच मसिना मुठी भित्र अटाउने स-साना ढुंगाहरुलाई बिभिन्न चरणमा छुट्टा छुट्टै तरिकाले पार गरेर बाजी लगाउने खेल हो गोटा, गट्टा पनि भनिन्छ कतै कतै । यो खेल मा पाँच ओटा ढुंगालाई फरक फरक आठ तह पार गरिन्छ ।

दुई या दुई भन्दा बढि जतिजना पनि खेल्न सकिने यो खेलमा कस्को पहिलो पालो निर्धारण गर्न को लागी पुरानो तरिका अपनाईन्छ। दुई या तिन जना मात्र खेलाडी छन भने त्यो बेला मा गोटा लाई ओल्टाङ पल्टाङ गरिन्छ। ओल्टाङ पोल्टाङ भनेको गोटा खेलमा प्रयोग हुने गोलो ढुँगालाई सुल्टो हत्केला मा राखेर माथी फाल्ने/उराल्ने र उल्टो हात पछाडी अडाउने र फेरी फर्काएर माथी फाल्ने/उराल्ने र सुल्टो हत्केलाले छोप्ने गरिन्छ। जस्ले धेरै गोटा अडायो त्यो नै पहिलो पालो आउछ। यदि खेलाडी हरुले बराबर गोटा अडाए भने यो पुन दोहरिन्छ। यसरी को पहिलो भन्ने छुट्टाउने प्रकृया लाई भल्नु/भल्ने भनिन्छ। ठाँउ बिषेश फरक फरक तरिका पनि हुन्छ। म्याले, छुच्चा जस्ता तरिका हरु छन जोडि निर्धारण गर्ने र को पहिला खेल्ने भन्ने निर्णय गर्ने प्रकृयाहरु, यो पुरानो तरिका भए पनि बिबाद रहित तरिका हो। यस्मा कसरी कस्ले जित्ने भन्ने खेलाडी सबैलाई थाहा हुन्छ र बिबाद हुदैन। नियम बाहिर को कुरा भयो भने झेली भयो भनिन्छ। यस्तो खेल खेल्ने बेला मा कहिले कहि नेपाली भाषा मा नसुनिएका शब्दहरु पनि सुनिन्छन। म्याले, बत्तरै, बरम्तरी यि शब्दहरु पक्कै पनि पुरानो जमनाका भाषा का अबशेषहरु हुन। बत्तरै, बरम्तरी जस्ता शब्दले बराबर भयो भन्ने जनाउछन भने म्याले यो जोडी छुट्टाउने बेलामा बोलिने शब्द हो।
यो खेल फराकिलो ढुँगा माथी बसेर खेलिन्छ। कहिले कहि बाटो, जमिन, पिडि जता पनि खेल्न सकिन्छ। यो खेल बिभिन्न ८ लेबल मा खेलिन्छ

पहिलो लेबल – एक्टी

पाँचै ओटा गोट्टालाई एक आपसमा नजोडिने गरि भुईमा छर्ने र एउटा गोटा हातमा टिपेर माथी हावा मा उराल्दै पालै पालो भईका गोटा हरु एक एक गरेर क्रमश मुठी मा टिप्ने यो क्रममा भुईको गोटा टिप्दा अर्को गोटा छोयो भने पनि पालो जान्छ। माथी उरालेको गोटा भुईमा खस्यो भने पनि पालो जान्छ। यसरी भुईको अरु गोटा नछोईकन र माथी उरालेको गोटा नखसालीकन सबै गोटा मुठीमा टिप्यो भने पहिलो चरण एक्टी पुरा हुन्छ र दोस्रो लेबल मा जान्छ।

दोस्रो लेबल- दुईटी

एक तिर दुई र अर्को तिर तीन पर्ने गरी गोटा छरिन्छ तीन गोटा तिर को एउटा गोटा टिपेर पहिलो मा जस्तै क्रम दोहरिन्छ। तर यसपटक दुईटा गोटा एकै चोटी तिपिन्छ। यसरी पालै पालो दुई पटक सम्म गोटा माथी फालेर तलको दुई गोटा टिपेर माथी फालेको गोटा मुठीमा राख्यो भने दोस्रो लेबल पनि पुरा हुन्छ अनि तेस्रो लेबल खेल्न पाउछ।
तेस्रो लेबल – तीनटी
पाँच गोटालाई भुईमा छरेर पहिलो पटकमा एउटा गोटा र अर्को पटकमा तीन गोटा अधिल्लो पटक जस्तै माथी गोटा उरालेर भुईको टिप्न सक्यो भने यो लेबल पुरा हुन्छ र चौथो लेबल मा खेलाडी जान्छ। यस्तो गर्न सकेन भने त्यो खेलाडी को पालो सकिन्छ अर्को खेलाडी ले खेल शुरु गर्छ।

चौथो लेबल – चुप्पी, चौथी

चार गोटालाई भुईमा राख्ने र एउटा गोटालाई माथी उरालेर भुईको चार गोटालाई टिप्ने र माथी उरालेको गोटा छोप्नु पर्छ यो लेबल पुरा गर्न को लागी।

पाचौ लेबल- ओल्टाङ पल्टाङ

पाँचै ओटा गोटालाई सुल्टो हत्केला ले माथी फाल्ने र उल्टो हत्केला मा अडाएर फेरी उल्टो हत्केला ले नै माथी उराल्ने र फेरी सुल्टो हत्केला ले छोप्नु सक्यो भने यो लेबल पार हुन्छ। यो गाह्रो लेबल भएको ले पुर्ब निर्धारित निर्णय अनुसार २ पटकमा या ३ पटकमा पुरा गर्नु पाउनु पर्ने छुट हुन्छ यो लेबल र खोप्पा लेबल का खेलमा।

छैठो लेबल – खोप्पा

यो लेबल मा ओल्टाङ पोल्टाङ जस्तै नै हो तर फरक यो चोटी माथी उरालेको गोटा सुल्टो हातले थाप्नु पाईदैन तल झर्दा झर्दै खोपेर छोप्नु पर्छ।

सातौ लेबल – घोडी

यो लेबलमा देब्रे हातको चोर औला दाहिने औठी औला (सबै भन्दा लामो औला) माथी चढाईन्छ र भुईमा गेट जस्तो बनाईन्छ। पाँच ओटा गोटालाई भुईमा छरेर एउटा हात मा टिपेर माथी उराल्दै पालै पालो एउटा एउटा अरुलाई नछुने गरि गेट भित्र छिराए पनि यो लेबल पुरा हुन्छ

आठौ लेबल (अन्तिम) –गुफा

यस पटक देब्रे हातले गुफा आकार बनाईन्छ र घोडी मा जस्तै पाली पालो एउटा एउटा गोटालाई भित्र छिराईन्छ। र चुप्पी मा जस्तै गोटा माथी उरालेर भुई को सबै गोटा एकै पटक टिपिन्छ।

अब बाजी लगाउने पालो आउछ। बाजी दुई प्रकार ले लगाईन्छ यो खेल शुरुहुनु भन्दा पहिले नै निर्धारण गरिएको हुन्छ।

बाजी लगाउने पहिलो गरिका – ओल्टाङ पल्टाङ मा जस्तै हातमा जति गोटा एक पटक मा अडाउन सक्यो उति बाजी अर्को ले बोक्छ।

बाजी लगाउने अर्को तरिका – अर्को ब्याक्तिले कान्छि औलाले जमिन मा टकेर बुढी औला माथी तिर पर्ने गरी हात्केला फैलाउछ र बाजी खेल्ने ले पाँचै ओटा गोटालाई माथी बाट खसाल्छ। यसरी खसालेको गोटा मा हत्केला फैलाउने ब्याक्तीले रोज्न पाउछ कुन ले कुन लाई हिर्काउनु पर्ने। उस्ले दिएको गोटालाई क्यारेम बोर्डको स्ट्राईकर ले जस्तै गोटा ले ने औला ले ढकलेर लगायो भने बाजी लाग्छ नत्र लाग्दैन। यसरी बाजी लागेन भने अरु खेलाडी खेली सके पछि अर्को पालो मा त्यसरी नै बाजी को पालो आउछ र एउटा गोटा ले हाने को अर्को गोटालाई लागे मा मात्रै बाजी हुन्छ। गोटा को बाजी खाने स्टेज को परिमार्जित रुप नै अहिले को क्यारेमबोर्ड, स्कुनर, बिलियर्ड जस्ता खेलहरु हुन।

यो खेल केटा हरु भन्दा बढि केटीहरु खेल्ने गर्दथे।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s