जमनाको कुरा: धुले मेला (म्याग्दी, बरँङजा)

जमनाको कुरा: धुले मेला (म्याग्दी, बरँङजा)

हुन त आजको टपिक बर्तमान मा पनि चलि रहेको ले परम्परा कै एउटा जिबित पातो भित्र को मेला हो। जमनाको कुरा मा हामीले परापुर्बकाल देखी चल्दै आएका परम्परा र सँस्कारहरुको पातो जुन हराई सकेका र बर्तमान मा पनि चल्दै गरेका परम्परागत कुराहरु को पृष्ठभुमि को बारे मा नयाँ पुस्तालाई केहि भए पनि जानकारी दिने र पुराना पुस्तालाई सम्झनाका स्पर्शहरु छोड्ने गर्दछौ।
धुले मेला को बारे मा आज लेख्नु को कारण – यहि जेष्ठ १६ गते मँगलबार देखी म्याग्दी बरँङ्गजामा धुले मेला लाग्दैछ। कतिपयले मेला पनि मनाउनु भएको होला कतिपयले सुन्नु मात्र भए को होला। कतिपयलाई थाहा नहुन पनि सक्छ। आज त्यहि धुलेमेला को बारे मा छोटो चर्चा आजको जमनाको कुरा भित्र सेयर गर्दैछु।  यस लेखमा मैले छुटाएका कुराहरु कमेन्ट मार्फत थप गर्नुहोला र पुर्ण जानकारी को रुपमा यो ठुटो लेखलाई पुरा गर्नु हुन सबैलाई अनुरोध छ्।
जमना को गीत एकलाईन सुरु मै

म्याग्दी बँरङजा……….
बाँचे भेट अर्को साल
मरे हराउछ ——–
हो यो गीत जमना कै हो । जुन बेला तरुनी तन्नेरीहरुलेल दोहरीमा यस्तै गीत गाउदथे। बाँचियो भने यसरी नै अर्को धुलेमा भेट हुन्छ भन्ने यो गीत को भाव हो । अर्को साल पनि धुले मेला लाग्छ र यसरी नै भेट भईन्छ भन्ने हो ।
हौला भेट धुलेमा मौका मिलेमा —
यि टुक्रेलाई ले पनि त्यहि भन्छ। अब को अर्को भेट धुले मेला मा हौला।

खास मा धुले मेला के हो ?
धुले मेला बास्तबमा ईतिहास कै ति पाना हरुको जिउँदो परम्परा हो । जुन बेला हाम्रा पुर्खाहरु ले भिर मह काँढ्न दिन टोकेका हुन्थे। मगरहरु को बाहुल्य भएको या मगर परम्परा भित्रको यो पर्व मँगलबार नै पर्नु पनि यो भुमे पूजा जस्तै भुमी को पूजा गर्ने मेला हो । छ्याङ बनाउने, भुई बार्ने जस्ता परम्परागत चलनले पनि यो भुमि पूजा नै हो । तर यो धुले मेला मात्र भुमे पुजा होईन यो मेला ले त्यो भन्दा पनि पुरानो परम्परागत चलनलाई अझै पनि जिवित नै राखेको छ त्यो हो पराङ झार्ने, पराङ हाल्ने।

पराङ के हो ?
पराङ भनेको सजिलो अर्थमा भर-याङ (सिढी) हो। तर पराङ चाही चोयाको  दुई लठो बाट बनेको हुन्छ र टेक्ने सिढी काठ लट्ठी लठो मा छिराएको हुन्छ। चोया निगालो या बाँस को बाहिरी लेयर हो । यस्तो लेयर को बाहिरी भागलाई रसचोया र भित्री भागलाई गिद्रो(रा) भनिन्छ। खास गरेर यस्तो पराङ हाम्रा पुर्खाहरुले भीर मह काड्ने बेला मा बनाउथे र मह काड्ने काम मा नै बढि प्रयोग गर्दथे।
त्यसकारण पनि धुले मेला मह मेला र भुमे पूजा मेला कै निरन्तरता हो।
के के गरिन्छ धुले मेला मा ?
पराङ झार्ने/हाल्ने
होरे – माहुरी को धार लटार्ने
मार हान्ने
अनि बल्ल सुरु हुन्छ अहिलेका मेला मा हुने अन्य कार्यक्रमहरु बास्तब मा भन्ने हो भने परम्परा को दरिलो जिबित खम्वा हो धुले मेला।
भीर मह लोप भयो तर सँस्कार अझै जिबित नै छ। पराङ झार्ने/हाल्ने चलन ले यहि नै जनाउछ। पराङ अझै पनि बनाईन्छ र यसमा तरुनीहरुले रुमाल र सेलरोटी (घुमाउने, घुमाउरे) रोटी दालीमा हालेर पराङ को लठो मा बाँधेका हुन्छन। रुमाल माया को चिनो का प्रतिक हुन या भीर मह रुमाल मा पोको पारेर माथी पठाउने चलनका प्रतिक हुन भने सेलरोटी भीर मह काढ्ने ठिटाहरुलाई अर्नी (खाजा) का हुन। अझै पनि यसरी नै पराम्परागत रुपमा धुले मेला बाँचेको देख्दा सँस्कृतिबिद हरुलाई खोजी को बिषय बन्नु पर्ने हो। तर यो भर्जिन बिषयमा खासै लेखहरु कमै भेटिन्छन। अनुसन्धान कमै भएका छन। यस्लाई जिबित रुप मै यथार्थ जानकारी दिने समाग्री बन्नु आबस्यक छ।
अहिले मह छैन। मुखिया चलन पनि छैन । तर पनि पहिले जस्तै मुखियाको आँगनमा मह लिएर आएको जस्तै गरी ३ समुहका मानिसहरु नाँच गान गर्दै मुखिया को आँगन मै आईपुग्छन र मुखियाका सन्तानहरुले पहिले जस्तै अहिले पनि नाँचगान गर्ने मानिसहरुलाई दान दिने गर्दछन।
मुखिया को हुन ?
मुखिया मगर पराम्परागत पञ्चआमुल शासनको एउटा क्षेत्रको या समुह प्रमुख ब्याक्ती हुन। मगर राज्यशासन प्रणाली जस्लाई पञ्च भनिन्थ्यो। मुखिया,जीमुवाल, गौरा, तहविल र घाबुधा पाँच जना र यिनीहरुले चयन गरेका बहिदार र कटुवाल पदहरु सहित को शासन ब्यबस्था भित्रका एउटा क्षेत्रको या समुह प्रमुख ब्याक्ती हुन। मुखिया। यो समाय मा मुखिया को निर्णय नै अन्तिम निर्णयको मान्यता पाउथे। जीमुवालले सेरमा (जमिनको कर) कुत बाली को कर उठाउथे। गौरा ले कोषको काम हेर्दथे भने तहबिलले मानिसका झैझगडा मिलाउदथे भने घाबुधाले जनसम्पर्कको काम गर्दथे। बहिदारले तथ्याङक जम्मा गर्ने काम गर्दथे भने कटुवालले खबर सन्चारको काम गर्दथे। धुले मेला यस्तै जमना देखिको  जिउदो परम्परा हो।
होरे र मार हान्ने चलनका पछाडी का यथार्थहरु खासै खुलेका छैनन। किन कि यस्लाई अलि अश्शिल जस्तै गरेर ब्याख्या गरिएको ले यसका  यो चलन पछाडीका खासै कसैले पनि ध्यान दिएका छैनन । होरे को दिन सार्बजानिक ठाउँ मा नमुना ढिकी ( जनमाको धान, अन्न कुट्ने मेशिन) बनाईएको हुन्छ र महिला र पुरुष दुबै पुरुष नै बनेर अभिनय गर्दछन। महिला हुने पुरुषले ले नाङ्लो केलाएको अभिनय गर्दछन पुरुष बनेको पुरुषले ढिकी कुट्ने गर्दछन। माकुर – पाक , माकुर – पाक यो बेला मा बोलिने सम्बाद हरु हुन। यो सम्बाद को के अर्थ छ ? खोजिनु पर्दछ । यो दिन मा त्यो क्षेत्रमा बस्ने मगर बाहेक बस्तीमा अन्य मानिस पुगे भने दण्ड (जरिवाना) तिर्नु पर्छ। यो पनि यो पर्व को युनिकता हो। यस्का पछाडीका ईतिहास हरु पक्कै होलान। यति गरि सके पछि माहुरी धारलाई डोरीले बाँधेर धारलाई लटारिन्छ। मानिस र मानिस को चेन। एउटाले अर्को को पछाडी डोरीले बाँधेका मानिसहरु बारी को काल्ला काल्ला झर्दै तल सम्म पुग्छन र मान्छेलाई नै मार हानेको अभिनय गर्दछन। यिन चलन हरुले केहिन केहि रहस्यहरुलाई जिवित राखेका छन।
यति कुरा भै सके पछि बल्ल तपाई हामीले मनाउने आधुनिक धुले मेला सुरु हुन्छ। यस पछि के के हुन्छ हामी सबैलाई थाहा भएकै कुरा हो। खेलकुद, नाँचगान, खानपिन अचेल का मेलाका समानता हुन।

(नोट—यो लेख पढि सके पछि खास गरेर बँरङजा निवासीले धुले मेलाको बारेमा  यहाँ छुटेका यथार्थ बिबरणहरु कमेन्ट मार्फत दिनु हुनेछ भन्ने आशा गर्दछु। साथै तथ्य र ब्याख्यामा गल्ती भएमा पनि कमेन्ट मार्फत नै औल्याई सच्चाउन सहयोग गर्नु होला— जमनाको कुरा भित्र बाट)
जेष्ठ-१६ देखि धुले मेला छ। ३ दिन परम्परागत पराङ हाल्ने, होरे, मारहान्ने पछि अचेलका नियमित खेलकुद र अन्य कार्यक्रम हरु हुने गर्दछन। सबैलाई निम्तो छ धुले मेला को।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s