सम्झनाका स्पर्शहरु: सानै मा शिकारी र उपचारक

जमनाको कुरा भित्र

सम्झनाका स्पर्शहरु: सानै मा शिकारी र उपचारक

आजको जमनाको कुरा भित्र हामीले सानो छदा गरेका उत्पटाङ सम्झनाहरु को सँगालो रहेको छ ।

पाँच बर्ष कै हुदा खेरी नै गुलेली बनाउनु लाई कसैले हाफ पेन्टको ग्याटिस कसैले बाजे को गमबुट (रबरबुट) काटेर सत्यनाश पार्ने शिकारी रहर पलाई सकेको थियो। अरु बेला पाप गर्नु हुन्न भनेर सिकाउने अभिभाबक जति असार-साउन को रोपाईमा लागे पछि हामी त बहुदल आए पछि को जनता र नेता जस्तै जता जे गर्नु मनलाग्छ गर्यो गरियो।

हाम्रो पहिलो शिकार : कान्टिन बाजे को डाङ्गरे (रुपी) को बच्चा

गाउँ गाउँ नै भए पनि सबैका गोठहरु गाउँ भन्दा टाढा हुन्थे। तर घरको छेउमा सबैले असार मा जोत्न झारेको एक हल गोरू भने बाध्ने ठाउँ राखेका हुन्थे। कतिपय ले घरकै आँगनलाई रोपाई चलुन्लेज भकारो बनाउथे। भकारोको गोबर मा परेको किरा खोज्न आउने कान्टिन बाजे को घर को पाली मा गुँड बनाएर भर्खरै हुर्केका डाङ्गरे (रुपी)का बच्चाहरु। एक दिन हाम्रो फेला पर्यो ख्याल ख्यालै मा गुलेली ले लगाएको निसाना ले एउटा बच्चा ठहरै मर्यो। जम्मा जम्मी पाँच जना जति दौतरी हरु एउटा चरा ले के पुग्ला अर्को मार्न लाई लखेटेको त्यो पनि हाम्रो शिकारी समुह को कब्जामा पर्यो । अनि शुरु भयो पानी तताएर भुत्लाउने काम भर्खरै मारेको शिकार लाई। सानै मा चेत चाही पसि सकेको थियो। पोल्यो भने बस्ना फैलिन्छ अनि कान्टीन बाजे हेर्नु आउनु हुन्छ भनेर एउटा घर कै फरक मा रहेको अर्को घर मा कान्टीन बाजे को डाङ्गरे (रुपी) बच्चा पाक्यो। सुप बनाएर थाल थाल मा भाग लगाएर खाईयो। भात चाही पकाईएन मासु मात्रै खाईयो। त्यो पकाउने घर चाही हाम्रै थियो। खादै सम्म कसैलाई नि थाहा भएन खाएर भाँडा माझ्दा चाहि थाहा भयो। एक कान दुई कान कान्टिन बाजे ले डाङ्गरे (रुपी) बच्चा हराएको खबर पाउनु भयो। बाजे ले त केहि पनि भन्नु भएन बजैले चाहि “कोरेरु बुदुरुसी उठेर मर्चस आबा खुब गतिलो कुरा खाछस। नहुने नहुने गर्चा कोरेरू”। एकपात नि नहुदै दुई पात दुईपात गर्चा पाँच जना कै टाउको मा धारेहात लगाउदै गाली गर्नु भयो। बुदुरुसी भन्ने त ठुलै गाली होला भनेर बुदुरुसी भन्ने के रहेछ पत्ता लगाउन तिर लाग्यौ गाली खाने जति।

बुदुरुसी भनेको के हो ?

बुदुरुसी भनेको गाली  होला भनेको त बिमार पो रहेछ। पत्ता लाग्यो। एउटा केटा ले बजै बजै मलाई त बुदुरुसी उठ्यो भनेर बजैलाई भनिछ। बजै पालो कोदो को अल्लो पिठो बोकेर खै कहा उठ्यो भनेर आएको मौका मा सोधे छ। बजै बुदुरुसी भनेको के हो ? बजैले सिकाई दिनु भए छ। बुदुरुसी भन्ने कलिलो चरा, कुखुरा को स्यानो बच्चाको मासु खायो भने छाला मा आउने मसिनो बिमिरा हो। यो धाँउ बन्छ र मान्छे मर्छ । चरा को बच्चा मार्नु हुदैन र मासु खानु हुदैन बुदुरुसी उठेर मरिन्छ। अब चाहि हामीलाई कान्टिन बजैको भन्दा पनि बुदुरुसी उठेर मरिएला भन्ने डर बढि लाग्यो। बिहानै उठेर सबैले आफ्नो ज्यान मा मसिनो बिमिरा उठ्यो कि भनेर हेर्ने गर्दथ्यौ। धन्न कसैलाई पनि बुदुरुसी उठेन। तर फेरी चरा को बच्चा को मासु खाने आँट चाहि आएन।

क्यानटिन बाजे बजै

मैले पछि सम्म पनि थाहा पाएन। क्यान्टिन भन्ने रक्सी हो कि खाना खाने ठाउँ ? ईण्डिया को दुईटा लाहुरे पेन्शन पकाएर फर्के पछि बाजेले गाऊँमा मान्छे जम्मा हुदा खाजा साजा बनाउने ठाउँ आफ्नै घरमा बनाउनु भएको थियो। नाम नै बस्यो क्यान्टिन बाजे । कसैलाई बोलाउनु पर्यो भने कान्टिन बाजेको मा आईजा। कसैले कहि सोध्यो भने कान्टिन बाजेलाई सोध्नुस । एक किसिमले बाजेको नाम ब्राण्ड नेम नै हो कि जस्तो भै सकेको थियो। मान्छेहरु भेला हुन थाले पछि बाजेले रक्सी पनि बेच्नु थाल्नु भयो। खै कता बाट आउने हो। त्यो बेला खच्चरले बोकेको कालो ग्यालिन मा रातो रँग को रक्सी आउथ्यो। क्यान्टिन बाजे अब कान्तिन बाजे बन्नु भयो। यो कडा रक्सी हो रे खायो भने कान तिनिन्न हुन्छरे त्यहि भएर कान्तिन हो रे यो रक्सी को नाम स्यानै मा हामीले आफैले लगाएको कान्तिन को अर्थ र हाँसो। पछि पछि बजैले आफैले हाँसेर भन्नु हुन्थ्यो केराटी ले खाने होईन यो त कानतिन्न गर्छ। बहिरा हुन्छ अनि लाहुरे हुन्न। पुग्यो त्यति भए कसैले खान्चस ? भनेर सोध्यो भने पनि मुख भरि को थुक निलेरै खान्न भन्दै दुगुर्थे केटा केटी। बरु खाजा खाने ठाउँलाई क्यान्टिन भन्छ भन्ने चाहि थाहा पाएनौ। रक्सी सँग मासु पनि हुन्थे। केटा केटीले मासु खाई सक्दिने हुनाले बुढाहरुले यस्ले त पाड्यो उता जा भन्दै केटा केटीलाई लखेट्थ्थे। पछि त्यो क्यान्टिन पनि बन्द भयो । रक्सी पनि हरायो। आउन छाड्यो। तर बाजे र बजै को नाम मात्रै होईन नातीनातीनी को नाम अझै पनि क्यान्टिन बुढा(रा) को नाती भन्ने छ।

शिकार गरेर मासु खाने बानी बस्यो हाम्रो । शिकार को नयाँ नयाँ तरिका अपनाउन थाल्यौ। बच्चा चरा त खानु हुदैन भन्ने चेत पाई सकेका हामी हरु माउँ मार्ने दाउमा हुन्थ्यौ। तर माउँ मार्नु बच्चा मार्नु जस्तो सजिलो थिएन।

डोको को आसन मा डोरी बाँधेर डोकोको चरा छोप्ने धराप

कुखुरा छोप्ने तरिका नै भयो हाम्रो अर्को शिकार तरिका ।स्यानैमा कुखुरा को माउलाई डोको भित्र चारो हालेर चारो खान भित्र पसेको बेला मा डोको ले तोर्नु जाने को हामीले डाङ्गरे र ढुकुरलाई पनि यसरी नै तोर्नु पाए भनेर अनेक जुक्ति लगाउथ्यौ। गोरु को भकारो मा डोको मुनि कनिकाहरु छरेर डोको को  आसनको काप्रामा लामो डोरीले बाँधेर डोकोलाई आधा उचालेर दौतरीहरु शिकार को पर्खाई मा बसेको बसै हुन्थ्यो।  दिन मा ढुकुरहरु डोको मुनु तोरिन्थे तर छोप्नु निक्कै मुस्किल हुन्थे साह्रै बाठो हुन्थे उनिहरु छोप्न हात छिराउदा छिराउदै उम्केर भाग्थे। पछि अईडिया त निकाले के हो यसरी ढुकुर ठुलो टन्ना ले छोपेर अध्यारो बनाउने अनि छोप्ने तरिका सफल भयो। मासु पनि खाईयो निकै। कहिले कहि भँगेरा पनि तोरिन्थे। तर भँगेरा चाहि हामी खादैन्थ्यो। किन भने क्यान्टिन बाजेले भँगेरा र डांङ्ग्रे खाने होईन यिनि हरु अधिल्लो जुनी मा खुट्टासुकेको कामीको बाउ थे। उनी हाम्रो बाजे को मित थे। यिनीहरु मित को सन्तान पर्छन। आफ्नै सन्तानको मासु खाने होईन भनेर बाजे ले शिकाएको ले भँगेरा लाई हा हा भनेर लखेट्ने। ढुकुर लाई आईज आईज भन्ने भन्दै शिकारी हरु डोको को पासो थापेर बस्दथ्यौ। कहिले कहि ढुकुर आइन भने भँगेरा भए पनि छोप्थ्यौ।

सुनेको कुरा लागु गर्दा: आमा बाउ ले थाहा नपाउदै कान पाकेका बच्चा को कानमा भँगेरा काटेर रगत

हामी सानो छदा कान पाक्यो (कान भित्र घाउ हुने र पीप निस्कने) भने भँगेरा को रगत ले सन्चो हुन्छ भन्दथे। पछि हामीले यसरी छोपेका भँगेरा को उपयोग तिनै कान पाकेका नानीहरु को कान मा रगत हाल्नलाई गर्न थाल्यौ। एक किसिम ले यो गलत थियो। तर बिचरा हरु कान पाकेको हुन्थ्यो सन्चो हुन्छ बाबु भने पछि कान थाप्थे। रगत तातो हुन्छ यस्ले सँक्रमण गर्ने किटाणु मारे होला ? या रगत जम्दा बाहिर को सँक्रमण भित्र फैलिन नपाएर सन्चो भए होला। उनीहरु को कान सन्चो हुन्थे। आमा बाबा ले नै कसैको कान पाक्यो भने भँगेरा छोप्न लगाउथे।

जमना त्यस्तै थियो। मानिस एक पेट तातो सुप खान दियो भने जुनसुकै बिमार लागेको किन नहोस सन्चो हुन्थ्यो। “ढुँगा रातो पेट तातो” त्यो बेला को झाँक्री बिधीको उपचार पनि यहि मान्यता भित्र को थियो। किन कि त्यति बेला मान्छे बिमारी खाना मा खुराक कै कमिले हुने गर्देथे। खुराक कै लागी देउतालाई पुजा गरेको बहाना मै कसैले बिमारीलाई कुखुराको मासु खुवाएको हुनु पर्छ। पछि यहि क्रम दोहोरिएर सँस्कार मै पस्यो। हाम्रा सँस्कारका सुरुवाट गलत रुपमा भएका छैनन। तर हामीले पछिल्ला प्रयोगहरुलाई गलत तरिकाले उपयोग र ब्याख्या गरेका छौ।

बिमारीलाई खुराक (न्यट्रटिशन) पुगेको छैन खुराक खुवाउनु पर्छ भन्ने बुझाउनु त्यो बेला को समायमा गाह्रो थियो होला। त्यसैले बन देउता लागेको हो लौ पुजा गर्नु पर्छ भन्ने बाहाना बनाएर बिमारीलाई तातो सुप खुवाएर होला। कुखुरा को मासु बाट खुराक (न्यट्रटिशन) पाए पछि बिमारी सन्चो भए होला। पछि का मानिसले यहि मान्यतालाई दोहोराउदै जाँदा जटिल बिमार लाई पनि यस्तै गरिन थाले र पछि झाँक्री बिधा नै अन्धबिश्वास भित्र को चलन हुन पुग्यो। किन भने समाय सँगै मानिस खुराक (न्यट्रटिशन)को अभाव मा मात्र होईन सँक्रमण बाट पनि बिमार हुन थाले थिए।

कुनै जमना थियो जति बेला बिमार को उपचार खरानी ले गरिन्थे। मानिस ले पुराना कुराहरुलाई अन्धबिश्वास नै माने पनि खरानी मा त्यो गुण चाहि अझै पनि छ। अहिले पनि बुँगुरलाई खुवाउने खोले (सिस्नो) मा अटेर्ना भन्ने किरा पर्यो भने बँगुर ठहरै मर्छ। अटेर्ना को बिष मार्नलाई अहिले पनि बुँगुर को खाना मा खरानी नै मिसाईन्छ।

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s