जमनाको कुरा : कथा भित्र को लुकेको अर्को कथा- (भाग-१)

जमनाको कुरा : कथा भित्र को लुकेको अर्को कथा- (भाग-१)

आज को जमनाको कुरा भित्र हामीले कथा भित्र लुकेको अर्को कथा हरु को फरक तथ्यहरु को बारे मा सुन्ने छौ।
जमनाको कुरा हरु हामीलाई कथा जस्तै लाग्छ। ति कथा नभएर समायका साँचो छापहरु पनि थिए। हामीले आज यस्तै कथा पछाडी का कथा हरु लाई समेटेका छौ।

बार्ने बार को चलन

बार्ने बार चलन हाम्रो समाज मा एक दमै पुरानो चलन हो। पछिल्ला समाय मा आएर हप्ता को १ दिन सरकारी अफिस हरुमा छुट्टि हुन्छ यो पनि बार्ने बार चलन कै परिमार्जित रुप हो। बार्ने बार ठाउँ बिशेष फरक फरक दिन हुने गर्दथे। कसैले आईतबार लाई बार्नेबार मान्दथे भने कसैले सोमबार, मँगल बारलाई बार्ने बार मान्दथे। यि सबै समाज का मान्यताहरुमा आधारित थिए। कसै कसैले आफु जन्मे को बार को आधार मा बार्ने बार तय गर्दथे। आफु जन्मेको बार को ३ दिन पछि लाई घातक बार मानेर बार्ने बार बार्ने चलन बढि नै प्रचलन मा थियो। यसै को निरन्तरता कै रुपमा कुनै बजार सनिबार बन्द हुन्छ भने कुनै ठाउँ को बजार आईतबार यसरी फरक फरक दिन मा बजार हरु बन्द हुनु यो पनि बार्ने बार परम्परा कै अबशेष हो।

बार्ने बार के हो ?

बार्ने बार जमनाको पुरानो चलन हो। जुन दिन बाहिर गएका समान हरु भित्र ल्याईदैनथे र भित्र का समान हरु बाहिर लगिदैनथे। जस्तै अईचो अईचो नदिने र नलिने गर्दथे भने। घर बाहिर बसेका सदस्यहरु सो दिन परिवार भित्र जोडिदैन थिए। अर्थात कतै गएको छ भने बार्ने बार र धातक बार को दिन घरमा फर्किदैनथे।
जन्म दिन को आधार मा बार्ने बार तय हुने हुनाले या कसैले फाप र अफाप को आधार मा बार्ने बार तय गर्ने हुनाले कहिले कहि थाहा नहुने परिवारले बार्ने बार परेको दिन मा माग्न आए भने या केहि मागे भने माग्ने मान्छेको घर बाट एउटा कुनै बस्तु बार्ने बार पर्ने को घरमा छोडिन्थे र अर्को दिन फर्काएर लैजान्थे। कुनै जमना मा सबै भन्दा बढि मागिने बस्तु आगो हुने गर्दथे। अहिले जस्तो सलाई, लाईटर जस्ता आगो बाल्ने साधन हरु बनेका थिएनन। सबै भन्दा जतन गरेर आगोलाई नै राखिन्थे।

आगो को आबिस्कार पछि लुकेको अर्को कथा :थर, गोत्र

आगो को आबिस्कार पछि नै मानब समाज मा समाजिक गुण अझै बिकास भएको हो। आगो को आबिस्कार हुनु भन्दा पुर्ब मानिसहरु पुरै जँगली अबस्था मा थिए। एक समुहले अर्को समुहलाई लखेट्ने गर्दथे। शिकार, आहारा को कमि हुन्छ भनेर समुह समुह बिचमा ठुल्ठुला लडाईहरु हुने गर्दथे। जस्को फलस्वरुप ढुँगा हाना हान हुदा ढुँगाहरु को ठक्कर बाट आगो को झिल्का निस्कयो र आगोलागी भयो। आगलागी पछि जँगलमा रहेका पशु पँछीहरु जलेर मरे। मानिस ले पहिलो पटक पोलेको मासु चाखे। काचो भन्दा फरक र मिठो लागेको ले नै मान्छेले आगोलाई बचाएर राख्न थाले। पुरानो समायमा जँगल र स्रोत को लागी ठुला ठुला लडाईहरु लडिएका हुन्थे। एक समुह र अर्को समुह बिचमा दुस्मनी हुन्थे। फलस्वरुप आफ्नो समुहको हो कि होईन पत्ता लगाउन को लागी हरेक समुहले एउटा एउटा कोड शब्द बनाएका हुन्थे। थुप्रै प्रयोग पछि त्यहि शब्दहरु थर, गोत्र र पछि जात जस्ता अर्थमा परिमार्जित भए। पछि सम्म पनि यहि दुस्मनी कै कारण ले कसैलाई बदला को भावना आउला भनेर त्यो बेला को कोड गोत्र कसैलाई पनि नभन्नु भनेर सिकाईन्थ्यो। कालन्तरमा कतिपय ले आफ्नो गोत्र नै बिर्से। कस्ले बिर्सेको अभिनय गरे र आफुलाई दुस्मन हरु सँग जोगाए। कसै कसैले मित लगाउने माध्यम ले अरुको गोत्र पत्ता लगाए र हामी पनि फलाना गोत्र को भनेर आफुलाई अलग रुपमा चिनाए। गोत्र मा बिबिधता आउनु को मुख्य कारण हरु यिनै थिए। पछि कर्म (काम) अनुसार को जात बने पछि त झन गोत्रहरु काम नलाग्ने जस्तै भए। कसै कसैले हेपाहा मा परिन्छ भनेर भुलेको अभिनय गरे। कसै कसै ले जात चिनिन्छ भनेर भुले को नाटक गरे। यसरी नै पुरानो कोड गोत्र एउटै पुर्खा का सन्तानहरुले पनि अलग अलग बताउन सुरु गरे । तर कोड को प्रयोग भने भै रहयो। पुलिस, सेना, हरुले पनि आफ्नो मान्छे र दुस्मन को मान्छे छुट्टाउनको लागी यहि शुत्र पछि सम्म पनि प्रयोग गरे। जस्तै – आफ्नो क्याप छाडेर जाने हरुलाई बिहानै एउटा शब्द आज को कोड भनेर सुनाईएको हुन्थ्यो। राती फर्कने बेला मा सुरक्षा गार्डले पास भनेर सोध्ने गर्दथे। बिहान सुनाएको कोड सँग मिल्यो भने त्यो मान्छे आफ्नो समुहको हो त्यो पास मिलेन भने त्यो बैरी को जासुस हो भनेर त्यो कब्जा मा पर्दथ्यो। यसरी प्रयोग भएका थिए पास कोडहरु। अहिले हामीले प्रयोग गर्ने युनिक कोड को जन्म ढुगे युग मा नै बिकास भै सकेको थियो। मात्र समाय सँगै परिमार्जन र सहजिकरण मात्र भएका हुन। पछि सन्चार माध्यम को बिकास भयो तर रेडियो फोनहरु (वाकि टकी) हरु एफ एम रेडियो हरुले पनि सुन्न सकिने भए पछि त्यति बेला पनि यहि कोड शब्द कै प्रयोग गरिए। रोजर, अल्फा, कपि, ओभर जस्ता शब्दहरु अहिले पनि हामीले सुन्दछौ। रोजर र अल्फा बार्तालाप गर्ने समुहका ब्याक्ती कोड नाम हुन्थे भने कपि— खबर बुझेको सँकेट र ओभर खबर पुरा भयो उता को बोल्ने पालो को सँकेत हुने गर्दथे। बिच बिच मा अरुले नबुझ्ने निस्चित समुहले बुझ्ने शब्दहरु बनाईएका हुन्थे। रेडियो मा सुने पनि मानिसले अर्थ लगाउन सक्दैनथे । कोड का प्रयोग हरु यसरी भएको थिए। सुरक्षाको कुरा मा ।

मुख्यता कोड समुह चिन्न कै लागी बनाईएका थिए।

कोड को प्रयोग यो आफ्नो हो भन्ने चिन्न कै लागी भएको थियो।

जस्तै उदाहरण – तारो खेल मा प्रयोग हुने सर को टुप्पो मा राखिएका प्वाँखहरु, एउटै शिकार लाई थुप्रै सिकारीले आक्रमण गरे भने कस्को बाणले लागेको भन्ने छुट्टाउनलाई नै सर को टुप्पो मा प्वाँखहरु राखिएका थिए। अहिले पनि डिकोरेशन कै रुपमा प्वाँख भएका सरहरु प्रयोग मै छन। युनिकता को सुरुवाट ढुगे युग मै भएको हो। पछि गोठाला हरुले पनि यस्तै प्रयोग गरे। आफ्ना भेडा हरु बेसी झार्ने बेला मा मिसाउनु परे कसैले भेडा बाख्रा को कुनै भाग मा कसैले कुनै भाग मा तातो आगो ले दामेर चिनो बनाउन थाले। यसैको सिको गरेर पछि टाटु फेशन कै रुपम मा बाँच्यो। अहिले पनि दशै तिहार मा (चीन) या मुस्ताङ तिर बाट आउने च्याङग्रा चेलुक का पिठ्यु मा या टाउको मा रातो, निलो, पहेलो रँग हरु तिनै कोड(चिनो) कै निरन्तरता हुन। यिनै रँग को माध्यम बाट ब्यपारीले आफ्नो खसी चिन्दछन।

आगो ले बार्ने बार को चलन मात्र चलाएन। हप्ता को एक दिन आरम गर्नु पर्छ छुट्टी हुन पर्छ भन्ने मान्यता को पनि बिकास गर्यो।

धुम्रपान: चुरोट,बिडी,तमाखु को अम्मल जन्मनु पछि लुकेको अर्को कथा

धुम्रपान आगो जोगाउने र सल्काउने अभ्यासको क्रम मै जन्मेका आधार हरु छन। जब ढुँगाहरु जुधेर आगो निस्किए। र आगोलागी भए यो जानेका मानिसहरु पछि पनि ढुँगा ठोकेर नै आगो निकाल्ने प्रयोग हरु दोहोराए। सुकेका पातहरुमा आगो सल्काउने, च्याउँ हरु माडेर झुलो बनाउने र आगो सल्काउने क्रम मा नै मानिस ले धुम्रपान गर्न सिके । पछि गएर यो अम्मल कै रुप लियो। आगो सल्काउने र बचाउने अभ्यास मा नै धुम्रपान जन्मिएको थियो । पछि अम्मल नै लागे पछि कुन पात को धुवा मिठो थुप्रै प्रयोग हरु भए। अन्त मा सुर्ती (काँचोपात) नै उत्तम स्वाद दहरियो र अझै पनि धुम्रपान सुर्ती कै बन्छ ।अझै पनि दुर दराज का ठाउँहरुमा सुर्तीलाई रुख को पात मा नै बेरेर बिडी बनाईन्छ भने पुर्बका पहाडी गाउँहरुमा पनि “एङङेर” / अँगेरी (नाम ठाउँ बिशेष फरक हुन्छ ) (पालुवा रातो लाग्ने र खायो भने भेडा बाख्रा मर्ने रुख) चिप्लो कडा पात हुने। रुख को पात मा बर्ष भरिलाई चुरोट खान पुग्ने पात तिपेर राख्ने र चुरोट कै रुपमा प्रयोग गर्ने गरिएका अबशेषहरु बाँकी नै छन।

ढुँगा भित्र फलाम, तामा, का कच्चा पदार्थ छ भन्ने कुरा पनि मानिस ले आगो को बचाउ कै क्रममा पत्ता लगाएका थिए। र तिनै कच्चा धातु धाउ बाट नै मानिसले चक्मक (अजेरु) ( झुलो लाई सेतो कडा ढुँगा मा राखेर झट्का दिदै हानेर आगो सल्काउने औजार या यन्त्र) बनाएका थिए। र आगो सल्काउन सजिलो बनाएका थिए त्यो बेला नै।

आगो यसरी जोगाएर राख्थे।

रुखका मुढाहरु मा आगो सल्काउथे। गोठ मा कहिल्यै ननिभ्ने ठुला मुढाहरु राखिएका हुन्थे। त्यहि मुढा को आगो मा सुकेका पातहरु सल्काएर आगो बाल्दथे। दाउरा नै आगोका मुख्य ईन्धन थियो खाना पकाउन को लागी। मानिस घर मा बस्न थाल्दा सम्म पनि त्यही तरिका ले आगो जोगाउथे। खरानी भित्र अलि मोटो दाउरा बालेर गाडेर राख्दथे। र बिहान त्यो दाउरा मा आगो जोगिएको हुन्थे। यसरी आगो जोगाउन पाएको बिहान मानिस हरु एकदमै खुसी हुन्थे।

(जमनाको कुरा भित्र बाट—- कथा भित्र का कथा हरु अरु पनि थुप्रै छन। क्रमश०० )

Advertisements

One thought on “जमनाको कुरा : कथा भित्र को लुकेको अर्को कथा- (भाग-१)

  1. Pingback: Mleadbeni's Weblog

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s