सम्झनाका स्पर्शहरु:सानो छदा खु्ट्टामा लगाएको घन्टी र सपना

जमनाको कुरा – भित्र बाट
सम्झनाका स्पर्शहरु:सानो छदा खु्ट्टामा लगाएको घन्टी र सपना

नबुझेको सपना को अर्थ के थियो ?

म ६-१० बर्ष को उमेर सम्म थरि थरिका सपना देख्ने गर्दथे। त्यो सपना मध्ये दोहोरिने २ वटा सपना थिए। एउटा राखु भगवती को डाँडा बाट बलेको गाडी को हेडलाईट ले मेरो आँखा तिरमिराउने र अर्को गुच्चाहरुको चाङ एउटा माथी अर्को गर्दै थपिदै जाने र अन्तमा मा यो चाङ खस्छ भन्ने डर मनमा रहि रहने। साँच्चै यि दुबै सपना मेरो लागी दुखदायक सपना थिए। किन कि यि दुबै सपना ले मलाई सधै बिउझाउथे र तर्साउथे। अचेल राखु भगवती को डाँडा डाँडा मात्र होईन मेरै कौशी को अधिल्तिर दग्नाम सम्म पनि गाडी को बाटो जाँदैछ। यो बाटो मा गुडेको गाडी को फोकस मतिर पर्यो भने मलाई त्यहि सपना को याद फेरि आउने छ।

सपना मा बिउझे पछि आमाले सधै मेरो निधार छामेर भन्नु हुन्थ्यो फेरि राकस देखिस ? किन कि मैले र आमाले पनि गाडी चित्रमा बाहेक देखेका थिएनौ। पछि मात्रै हो चलचित्र (फिल्म)मा देखेको। बजैले सुनाएको कथा मा राकस को काँध (कुम) कुम मा २ वटा बत्ती जस्तो चम्किलो बल्ने आँखा हुन्छ। भन्ने सुनेका थियौ। सपना मा तर्सेर बिउझिदा ३ चार पटक त सातो नै छ्यापेको हो मेरो त्यो बेला । तै पनि सपनामा तर्सन नछाडे पछि झाँक्रीलाई पनि हेराएकै हो। मन्तर भरेको जन्तर पनि लगाएकै हो। भाग्य रेखा र जन्म कुण्डली ले २१ बर्ष नाध्दैन भन्ने देखाए पछि जे मन लाग्छ त्यो गर्ने छुट पाएकै हो ।

कति गाह्रो हुन्थ्यो होला आमा जस्लाई छोरा २१ बर्ष सम्म मात्रै बाँच्छ भनिन्थ्यो। कति गाह्रो हुन्थ्यो होला हरेक रात छोरा सपनामा त्यसरी नै तर्सिन्थ्यो।

मैले देख्ने सपनाको अर्थ त्यतिबेला आमाले र मैले कहिल्यै पनि बुझेनौ। आज ३४ बर्ष बाँचे पछि मैले लगाएको सपना को अर्थ ।

सपना सपना नै हो । जुन कुरा कस्तो होला भन्ने बढि कौतुहल हुन्छ यो सपना मा दोहरिएर देखिन्छ। चित्र मा देखेको गाडी कस्तो हुन्छ होला ? भन्ने बाल कौतुहल ले नै मैले गाडी को हेडलाईटले बिउझाएको सपना देखे हुला। शिसा का गु्च्चाहरु कमै हुन्थे त्यो बेला। त्यो गुच्चा सबै भन्दा मेरो बढि होस भन्ने रहर को कारण त्यस्तो सपना देखिएको होला ?

सपना मा हिड्ने बानी ले हैरानी (निद्रामा हिड्ने)

निद्रामा उठेर हिड्ने बानी परेको ले स्कुल जाने बेला सम्म पनि केटाकेटी मा लगाई दिएको खुट्टा मा बज्ने छ्याई छ्याई गर्ने घण्टी आमाले ६ बर्ष सम्म पनि लाई कि लाई भन्नु हुन्थ्यो। आफुलाई चाहि लाज लाग्न थाली सकेको थियो। झन मेरा साथीहरुको छ्याई छ्याई घण्टी झिकेर पनि उनिहरुका दाजु हरुले घरमा पाले को जख्खु भाले को खुट्टा मा लगाईदिएको देखे पछि त झन कति खेर निकालौ जस्तै हुन्थ्यो।

त्यसो र निद्रा मा उठेर हिड्ने म मात्र थिएन। कुम्बिर थापा लाई पनि त्यस्तै समस्या रहेछ। उनि त झन राती बिउझेर छिमेकी को ढोकामा बसेर बिहान हुदै सम्म ढोकै मा निदाएको दिन पनि छ रे । छिमेकी उठेर ए गाग्री पानी खनाई दिए पछि कुम्बिर थापा को निद्रा मा हिड्ने बानी हराएको कथा सुनेको मेरो आमा ले मलाई पनि निद्रामा हिडेको बेला एक गाग्री पानी तयार गरेर राखेको तर छ्याप्ने मौका नमिलेको ले हैरानी।

निद्रामा उठेर हिड्ने को उपचार बिधि सबैका आफ्नै आफ्नै थिए।

कसैले निद्रामा हिडेको देख्यो भने तातो कुरा ले पोल्नु पर्छ भन्थे। कस्ले सिस्नुले पोल्नु पर्छ भन्थे। कसैले के कसैले के आफ्नै आफ्नै तरिका हरु थिए सबै सँग।मलाई चाहि कुम्बिर थापा जस्तै नाँङगै हिडिएला भनेर एक जोर कपडा सम्म नै सुत्ने बानी ६ बर्ष देखि नै परेको हो । पछि ढोकामा दुई वटा चुक्कुल लगाएर सुत्नु पर्दथ्यो। कहिले कहि त यति सम्म हुन्थ्यो कि बिपना मै उठेर पिसाब फेर्न निस्के पनि अरुलाई चाहि सपना मै गयो कि भन्ने डर चाहि हुन्थ्यो।

निद्रामा सिरक (ओड्ने) आँगन को लुगा सुकाउने मा राती सुकाए पछि

हाम्रो गाउँ को त्यो बेला को सबै भन्दा ठुलो मेला हरेलो आएको थियो। मलाई चढेछ सपना कै बिमार रात मै सिरक लाई घाम मा सुकाउन मन लागेछ। निद्रा मा उठेर सिरक लाई सकि नसकि काठको टाङग्लो ( लुगा सुकाउने ठाउँ) मा सुकाएर आएर सुतिएछ। रातमा जाडो भए पछि आछु आछु गरेको सुनेर आमाले हेर्नु भएछ सिरक त छैन ? हेरलो मा कुन कुन केटाहरुले सिरक चोरेर लगेर कता सुत्नु गए होला भन्दै “के जमना आयो” ओडेको सिरक पनि चोर्ने भन्दै रिसाउदै अर्को कपडा ल्याएर ओडाई दिएर जानु भएछ। उठेको बेला मा पिसाप फेर्न जाने बेला मा सेतो लामो उभिए जस्तो देखे पछि भुत (तर्साउने आयो) भनेर आमा पिसाप नै नफेरि भित्र जानु भएछ। बिहान एक लोटा पानी ले मुख धुनु बाहिर निस्कने बेला मा पो राती तर्साउने भुत त लरी( लुगा सुकाउने) मा झुण्डाएको सिरक पो रहेछ। “उदबासु ले सातो पुटलो लग्दथ्यो” बिहानै बिहानै आमा कराएको सुने पछि अझै बाठो हुन खोजेर बिहान सुकाएको हो भन्न थाले को होला राती चाही आछु आछु गरेको नि बिहानै होला त्यसो भा।

सम्झेर हाँस्नु पनि रमाईलै हुन्छ।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s