नयाँ बर्ष २०६९ को शुभकामना

नयाँ बर्ष २०६९ को शुभकामना

…….. तर कथा पुरानो

हामी किन दुखी छौ ?

यहि प्रश्नको जवाफ धेरै पटक खोजिएको छ ।दुख: कारण पत्ता लगाए भन्ने ज्ञान पाए भनेर मख्ख परेका बुद्व भगवान बने तर दुख जस्ता को तस्तै छ। हाम्रा दर्शनहरुले सबैले कतै न कतै दुखको कारण परिवार र सँस्कार हो भन्ने गलत ब्याख्या गरेका छन। उदाहरण – घर परिवार छाडेर हिडेका शिदार्थ गौतम। शान्ती खोज्दै जोगी बनेका अलेकशङकर हरु । नन हरु, पादरीहरु अनि सबै हामी हरु सबै दुख को अन्तको लागी त लागी परेका छौ नि होईन र ?
कहिले कहि म मात्रै होईन धेरैले सँस्कारलाई गाली गर्दछन हामी सँस्कार महँगो हुनु कै कारण दुख पाउछौ। कतिलाई भ्रम हुन्छ दुख को कारण नै जिउँदो हुनु हो। यहि भ्रम कै कारण कतिले आत्महत्या गर्छन। कतिले गरिबी हो भन्छन र धनी हुनलाई जे पनि गर्दछन।

मान्छे भित्र धेरै भ्रमहरु छन। जस्को कारण नै दुख के हो खोज्न र बुझ्न मै सबै जिन्दगी लाग्दछ। जब बुझ्दछन मान्छे को बाँच्ने रहर, उमेर नै बाँकी रहदैन। मान्छे जिबनलाई सिद्वान्तमा चलाउन खोज्दछन। र शुत्रमा समस्याहरु को समधान खोज्दछन। यहाँ हरेक मान्छे कि त सम्पन्न बन्न चाहान्छ कि उदाहरण बन्न चाहान्छ। मात्र मान्छे बन्न कोहि पनि चाहदैन। किन कि आम मान्छेको गुमनाम जिवन सायद कसैलाई पनि मन नपर्नु को कारण पनि यहि होला।

दुख का कारणहरु धेरै ले यसरी पहिचान गरेका छन
प्रेम, यौन,सम्पती, सन्तान (परिवार), सँस्कार(परम्परा),देश, धर्म

प्रेम

प्रेम भनेको जस्ले जसरी अर्थ लगाउन पनि मिल्ने शब्द हो। तरल पदार्थ जस्तै यस्को अर्थ सतह र अबस्था अनुसार रुप फेरिन सक्छ। अनि रक्सी जस्तै हो जस्ले जस्तो परिस्थितिमा पनि यस्को उपयोग गर्न सक्छ। मात्र ब्याख्या गर्ने को मुड मा भर पर्छ। सत्य त्यही हो प्रेम प्रेम नभएर नै हामी दुखी छौ। प्रेम को रुपान्तर मा नै मुख्य गल्ती भएको छ।

प्रेम को रुपान्तर

प्रेम प्रेम रहनै सक्दैन। जब युवक र युवती प्रेम गर्छन। एक अर्कोको लागी ज्यान दिन तैयार रहन्छन। लुकि लुकि भेट्छन। यो उनिहरुलाई मन पर्दैन र बैधानिकता खोज्छन बिबहा गर्छन। प्रेम को प्राप्ती नै त्यति बेला बिबहालाई मान्दछन। जव बिबहा हुन्छन प्रेम को अर्थ नै फेरिन्छ। प्रेम प्रेमी – लोग्ने स्वास्नी बनि सक्छन। अव प्रेम प्रेम होईन घर(परिवार) बन्छ। जिम्मेवार बन्दछ। अनि जिम्मेबार को बर्गिकरण पनि पुरानै धर्राको छ। लोग्ने ले कमाएर ल्याउनै पर्ने, स्वास्नीले नानी पाल्नै पर्ने। हामी प्रेमी बन्नु नसक्नु को मुख्य कारण नै यहि हो। जसरी प्रेम मा युबक र युबतीले घरपरिवार सबै बिर्सेर मात्र प्रेम गरे त्यसरी नै जिबनभर लोग्ने र स्बास्नी बन्नु को सत्ता प्रेमी बनेर बस्न सकेको भए जिम्मेवार बराबर काम बराबर तिम्रो मेरो माया बराबर। तर यस्तो हुदैन। लोक्ने ले हैकम शुरु गर्छ। स्वास्नीले दिमाण्ड। यो हैकम र दिमाण्ड ले मान्छेलाई के लाग्छ भने हामी सँग भनेजति सम्पति नभएर नै दुख पाएको भन्ने लाग्छ। हो यो सम्पति भयो भने हामी सुखी हुन्छौ भन्ने भ्रम मा मान्छे सम्पती कसरी कमाउने भन्ने तिर पछि पर्छ। सम्पतिको मोहले नै मान्छेलाई बिदेश पुराउछ। कतिपयले अपराध पनि गर्दछन।तर सम्पति कमाए पछि पनि समस्या को अन्त भने हुदैन। आफ्नो र आफन्त मा नै अबिस्वास गराउछ। लोग्ने स्वास्नी बाटै असुरक्षित बन्छ। स्वास्नी लोग्ने बाटै असुरक्षित बन्छ।सहज परिवार चलाउन प्रयाप्त सम्पती खोजेको लोग्ने स्वास्नी सम्पती प्राप्त भए पछि आफ्नो आफ्नो कब्जा बलियो बनाउने द्वन्दमा फस्छ। यस्को फाईदा कुरौटे भरौटेले उठाउछन। अखिर मा दुख को कारण सम्पति पो हो कि जस्तो मान्छेलाई लाग्छ।

दुख को अर्को भ्रम यौन हो । मान्छेले यौन भएन भने जिबन अर्थबिहिन थान्छन र यौन(बासना) हबस पुरा गर्नु नै सुख हो भन्ने भ्रममा पर्दछन।यौनलाई प्राप्ती को मुख्य बिन्दु मान्छन र गल्ती गर्दछन। यौन प्रात्ती नै मुख्य सुख हो भन्ने थान्नु नै दुखको अर्को कारण हो । भनिन्छ यौन ले तनाव कम गर्छ, प्रेम बढाउछ। यौन को ब्याख्या नै हाम्रो समाज मा गलत छ। यौनलाई हाम्रो समाज र सँस्कारले बैधानिक र अबैधानिक गरी भाग लगाएको छ। हामी यौन को परिभाषा र बैधानिकतामै गल्ती गरेका छौ। एक थरिले यौन अनिबार्य हो भनिदिन्छन।चरम सुख नै यौन ले दिन्छ भनेर गलत ब्याख्या गर्दछन। त्यसको शिकार समाज र परिवार बन्छ। यौनले छिन्न भिन्न बनेका उदाहरणहरु खोज्न धेरै पर पुग्नु पर्दैन। छनिक यौन को पछि लागेर कति को जीवन नर्क बन्छ। मान्छेको भ्रम नै मान्छेको दुस्मन हो। त्यसैले यौनलाई मान्छेले दुखको कारण मान्दछन।

कतिपय अभिभावकलाई सन्तानको डिमाण्ड पुरा गर्ने मुस्किल पर्दछ। र लाग्दछन परिवार नै दुखको कारण हो। जोगी, साधु, नन हरु सुखी रहन नसक्नु ले यो पनि प्रमाणित गरेको छ कि दुखको कारण परिवार पनि होईन। कतिपय अबस्थामा परम्परालाई दुखको कारण मान्दछौ। हाम्रो परम्पराहरु खर्चालु हुनु को कारण ले नै हामीले दुख्ख पायौ भन्ने भ्रम मा पर्दछौ। परम्परा भनेको पुर्खाले छाडेका ति मिठा चलन चल्टी को निरन्तरता हो जस्ले हामीलाई जिवनमा सँधर्ष गर्न सिकाउछ। हो फलानो महिना मा फलानो पर्ब छ यस्को लागी अहिल्यै नै कमाउनु पर्छ काम गर्नु पर्छ भन्ने प्रेरणा कै लागी यि बनेका हुन। मान्छेले दुख मात्र नगरुन आराम गर्न नभुलुन भनेरै दिन टोकेरै लौ सबै बसौ रमाईलो गरौ भन्ने मान्यता त्यो बेला नै स्थापित गरिएको हो बेला बेला मा चाँडपर्वहरु बनाएर तर हामी चाही तालमेल मिलाउनु त कता कता हाम्रो सँस्कार धेरै भए भनेर दुख को कारण नै सँस्कारलाई मान्दछौ।

सँस्कारहरु र परम्पराहरु मौलिक भए पनि पछि यहि हरु धार्मिक अँशबन्दा का शिकार भएका छन। त्यसकारण कतिलाई भ्रम के लाग्छ भने यो धर्म को यो नराम्रो फलानो धर्म राम्रो भन्ने भ्रम मा धर्म परिबर्तन तिर लाग्छन किन कि उनिहरुलाई भ्रम हुन्छ। दुखका कारणहरु सँस्कार र परम्पराहरु हुन जुन धर्म सँग जोडेर हेर्दछन। तर धर्म परिबर्तन गरेर पनि मान्छे सुखी भएको भ्रम पनि छिनिक मात्र हो। अन्तत मान्छे दुखि नै रहन्छ।
कतिपय अबस्थामा गरिब मुलुक मा जन्मिएर दुख पाएको भन्ने भ्रम मान्छेलाई पर्छ। सुबिधाहरु कम भए त्यसैले गाउँ बाट मान्छे बजार झर्छ। बजार बाट काठमाडौ र काठमाडौ बाट बिदेश मै बसाई सर्छ। तर मान्छे भित्रको भ्रम को अन्त हुदैन र दुखको अन्त पनि छैन। मान्छे जहाँ पुगे पनि दुख साथै पुग्छ। बुढा हरुले त्यसै भनेका होईनन “ बर्मा गाए पनि कर्म साथै नेपाल गए पनि कपाल साथै” सन्तुष्टी मात्र छिनिक हो। मानिस स्वभावैले असतुष्टी छ। त्यस कारण ले नै बिकास भएको छ। आबिस्कार भएको छ। तर मान्छेले नबुझेको यथार्थ भनेकै जीवन के हो र दुख के हो नै हो।

बुद्वले उतिबेलै भनेका हुन । मान्छे लोभ,मोह,रिस ,राग, रोग, हिँसा हत्याको कारण दुखी छ। ईस्लाम धर्मले भनेको छ ।घाँटी कसैको नकाट। घाँटी नकाट भनेको नमार भन्नु हो तर हामीले लगाएको अर्थ हेरौ। घाँटी पुरा नछिनाली काटेको मासु खान मिल्छ। मुस्लिमले मासुको लागी जनवार या पँछि मार्नु पर्यो भने श्वास नलि मात्र कातेर मार्दछन। बुद्वले भने जिब हत्या नगर रगत नखाउ तर हामीले मारेर रगत खानु हुदैन मासु खानु हुन्छ भन्ने ब्याख्या गर्दछौ र मार्दछौ र रगत फालेर मासु खान्छौ।

निस्कर्ष-
दुखका कारण: प्रेम, यौन,सम्पती, सन्तान (परिवार), सँस्कार(परम्परा),देश, धर्म होईनन। सामाजिक मान्यता को गलत ब्याख्या र प्रयोग नै दुखका कारण हुन।
मान्छेमा गलत सोच मात्रै १०-१५ मिनेट मात्रै आउछ। त्यो १०-१५ मिनेटलाई असल सोचमा परिबर्तन गरौ। जीवन भनेको हरेक दिन नयाँ नै हो। किन कि हामीले जहिले पनि नयाँ दिनै मात्रै बाँच्छौ। नयाँ बर्ष भनेर खासै नयाँ दिन आएको हुदैन। हामी भोलि लाई भेटदैनौ र समायलाई फर्काउन सक्दैनौ। तर हरेक आजलाई सदुपयोग चाही गर्न सक्छौ। हरेक आज को सदुपयोग गरौ। जीवन नै हरेक आज को सँगालो हो। भोली भनेको त हामीले कहिल्यै नभेट्ने सत्य हो। जसरी भगवान देखिदैन तर छ भोलि पनि त्यस्तै हो छ तर हामीले भेट्दैनौ। हामीले मात्र आजलाई भेट्छौ। सबैको आज सुखमय रहोस नयाँ बर्ष को यहि शुभकामना।

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s