जमनाको कुरा: चिनो, संकेत, कोड (१)

जमनाको कुरा: चिनो, संकेत, कोड (१)

आजको जमनाको कुरा भित्र हामीले हाम्रा पुर्वजले प्रयोग गरेका चिनो, संकेत, कोड हरुको बारे मा सुन्नेछौ ।

चिनो

चिनो के हो ?

यहाँ यस्तो छ भन्ने बुझाउने एउटा सँकेत नै साधारण अर्थमा चिनो हो।

हाम्रा पुर्खाले प्रयोग गरेका पहिलो चिनो हरु अहिले सम्म नमेटिएको सम्झना भने को देउराली हरुमा राखिएको ढुँगाका पुराना थानहरु हुन। यहाँ देउराली छ है यहाँ फूल चढाउनु पर्छ। भन्ने चिनो उनिहरुले राखेको चिनो को अझै सम्म जस्ता को तस्तै भेटिएका नमुना हुन। किन भने उनीहरुले बनाएका माईथान, थानहरु मन्दीर मा रुपान्तर भै सकेका छन। माईथानहरुमा आधुनिक पुस्ताले मन्दीरहरु स्थापना गरिसकेका छन तर देउराली अहिले पनि जस्ताको तस्तै छ। र यो पुर्खाको सम्झनाको अन्तिम चिनो लाई यस्तै रहन दिनु पर्छ। किन कि आधुनिकता को नाममा कहिले कहि हाम्रो मौलिकता र परिभाषा नै खतरामा पर्दछ।

देउराली के हो ?

एउटा उचाई भुभाग अलि अग्लो डाँडा जहाँ पुगे पछि अर्को ठाउँ तिर जानु पर्दा ओरालो (तल) झर्नु पर्छ या आफु गएको तिर फर्कन पनि ओरालो नै झर्नु पर्छ। यो देउराली को भौगोलिक परिचय हो । तर हाम्रो पुर्वजले देउरालीलाई देवताको थान मानेर परिभाषित गरेका छन। जुन परिभाषा हाम्रो समाज मा जातभात को खण्डिकरण हुन भन्दा पनि पुरानो हो। त्यसैले आज – हिजो कहिल्यै पनि देउराली को थानमा को नजिक बनेको चौतारो मा बस्ने र फूल, आफुले खादै गरेको खाजा चढाउनलाई कुनै पनि जात लिङगलाई प्रतिबन्ध थिएन र छैन। देउरालीलाई साझा देउताको सम्मान हाम्रा पुर्वजले दिएका छन त्यो बेला नै।

देउराली मा के हुन्छ ?

पहिले देउरालीमा ढुँगाका थुप्रो जस्तो देखिने थान हुन्थे। बनजँगल धुम्दा आफुलाई र चौपाया लाई कुनै हानी नोकसान नहोस भनेर रक्षक को रुपमा पुजा गर्दथे हाम्रा पुर्खाहरु। पछि मानिसहरुको जनसँख्या बढ्दै गएपछि यि ठाउँहरु हुदै बाटोहरु बने। बाटो बने पछि ओहोर दोहोर गर्ने हरुले थकाई मार्न चौतारीहरु बने। तर चौतारीहरु देउराली होईनन। अचेलका देउरालीहरुमा स्यानो पुरानो ढुँगा (औजारले नकुँडेका) थुपारेको थान हुन्छ। जस्मा ओहोर दोहर गर्नेले ध्वाँजा बाध्ने गर्दछन। तिते पाती को झ्याङ उम्रेको थान हुन्छ। कहि कतै बढि नै मान्छेको ओहोर दोहोर हुने ठाउँ मा थान नजिकै को रुखमा ध्वाँजा बाँधिन्छ। समग्रमा देउरालीमा एउटा पुरानो आस्था को केन्द्र हो। जहाँ थकाई मार्नु सुरक्षित मान्दथे। यति सम्म कि कतिपय हितका जोडी (प्रेमी) हरु देउराली कै कसम खाएर अलग हुन नपरोस भन्ने कसम  (बाँचा) गर्दथे। एक किसिमले सबैलाई बिश्वासको प्रतिक (चिनो) हो देउराली।

बिस्तारै बिस्तारै देउरालीले हामीमा सँस्कार हरु पनि थपेका छन। अहिले किरात-राई समुदायले मनाउने उधौली उमौली पर्ब पनि कुनै न कुनै रुपमा देउरालीले नै बनाएको सँस्कार हो। हामी मगर हौ। तर मेरो परिवार मा पनि ठ्याक्कै यस्तै पूजा मैले थाहा पाउने बेला सम्म गरिन्थ्यो। जस्लाई उधौली देवाली उभौली देवाली नै भनिन्नथे। खास गरी यो पुजा गौठलाई पहाडमा हिउ परे पछि बेसी को तातो मा चौपाया सार्ने बेलामा गरिने पुजा थियो यो। पुर्खाको पाला मा हाम्रा सबै गोठहरु जँगलहरुमा नै हुन्थे। खुल्ला चरण धाँसको प्राप्तता यस्का कारण थिए। यसरी तातो मा झर्ने र लेक उक्लने पुजा ठ्याक्कै अहिले को किरात-राई समुदायले मनाउने उधौली उमौली पर्बको दिन मा नै पर्ने गर्दथे। बिस्तारै हाम्रा गोठहरु नाँसिए र गोठ सँगै हाम्रो सँस्कार पनि नासियो। अचेल हाम्रो घरमा पनि हुदैन यो पुजा। यसरी नै हाम्रा सँस्कारहरु एक पछि एक नासिदै गएर नै हामी एक अर्को मा फरक जस्तै देखिएका हौ। देवाली पुजा के हो ? भनेर सोध्ने हो भने पछिल्लो पुस्तालाई थाहा पनि हुने छैन। हाम्रो परिवार मा देवाली पुजा हराउनु मा चौपाया (पशुपालन) हराउनु लेक बेसी को चलन हराउनु नै हो। पहिले का मानिस हरु जाडोमा बेसी (तल्लो भु-भाग) गर्मीमा लेक (माथिल्लो भुभाग) मा गोठ हरु सार्ने गर्दथे। यहि गोठ सार्ने बेला को पुजा नै थियो देवाली र यो देवाली देउराली कै पुजा थिए। मेरो गोठ बेसी झर्दैछ सुरक्षा गर्नुस। मेरो गोठ लेक सर्दैछ सुरक्षा गर्नुस। नै हुने गर्दथे ।उधौली उमौली पुजा को अर्थ।

चौतारा के हो ?

चौतारीलाई हामीले थकाई मार्ने बिसौनी को रुप मा चिन्दछौ।  हो पनि त्यही। चौतारीमा हामी थकाई मार्दछौ। भारी बिसाउछौ। कसैलाई पर्खिन्छौ र भेला हुन्छौ भेट्ने र छुट्ने चिनो कै रुपमा चौतारी को अर्थ उभिएको छ। तर खास मा के हो चौतारा ? चौतारा बने को चारै तिर टाढा हाम्रो जिब्रो ले जहिले पनि त र ट को उल्टो उच्चारण गर्छ। यो हाम्रो रगतमा मिसिएको भाषा को अन्तिम अबशेष हो। म्याग्दीका मगरहरुले मात्र होईन कुनै न कुनै रुप मा उच्चारणमा समस्या सबै मगरहरुको जिब्रो मा मिसिएको सत्य यहि हो।

अझ पुरानो समाय को बोली चाली को भाषा मा त झन । डाँडा लाई डाँरा (दाना) , काँडा लाई काँरा, दाउरा लाई दारा, टाढा लाई तारा भन्थे। तल माथी यता उता जता जान पनि टाढा पर्ने ठाउँ को बिसौनी नै चौतारा हो । नामाकरण यस्तो भए पनि यसको पछिल्लो प्रयोग धर्म र भाकल सँग जोडिएर बिकास बिस्तार को यो समाय सम्म पुगेर हराउने स्थिति सम्म पुगेको छ।

चौतारा पोखरी किन बनाउथे मानिसहरु ?

परापुर्वकाल मा धर्म भनेको अहिले हामीले ब्याख्या गर्ने हिण्दु, किश्चियन, बौध, ईस्लाम  नाम भित्र को आस्था यस्तो होईन। त्यो बेला धर्म भनेको हामीले तत्काल गर्न सक्ने सहयोगलाई धर्म मान्दथे। जस्तै पानी ले तिर्खाएको लाई पानी खुवाउनु। रातमा बिचल्ली परेकालाई बास दिनु, भोक लागेको लाई खाना दिनु। थकाई लगेकालाई थकाई मार्ने ठाउँ बनाई दिनु। अप्ठ्यारो ठाउँमा सजिलो बाटो बनाउनु लाई धर्म भनिन्थे। त्यसकारणले नै यो चौतरा पोखरीलाई धर्म गर्नुको रुपमा मानेको हो । किन कि चौतारामा थकाई लागेका बटुवाहरु बसेर थकाई मेट्न सक्थे र पोखरीमा चौपायाहरु पानी पिउन र अहाल बस्न सक्थे। साथै पोखरीमा आउने पानी को स्रोत तिर्खालागेको बेला मान्छेले पिउन पनि सक्थे। त्यसैले चौतरा पोखरीलाई धर्म भनेको हो। धर्म हुन्छ भनेर नै चौतारा पोखरी बनाउदथे त्यो बेला मानिसहरु। पछि यो भाकल सँग पनि जोडियो। तर अचेल फलानो मन्दिरजाने, गुम्बाजाने, चर्चजाने, मस्जिद जानेलाई धर्म भनेर ब्याख्या गरिन्छ। त्यहि समुहले प्रतिपादन गरको सिदान्त अनुसार जीवन बाँच्नुलाई धर्म मानिन्छ। त्यसकारण यो एक किसिमले ब्याक्ती को स्वतन्त्रता माथिको लगाम हो।

धर्मलाई मान्छेले जीवन जिउने आधार माने पनि अचेलको धर्म को ब्याख्यालाई म चाहि आधुनिकता भित्रको छुवाछुट प्रथा मान्दछु। अचेलको धर्मको ब्याख्याले मान्छेमा बिभाजनका रेखाहरु कोर्दछ। म यो र उ त्यो भन्ने बिभाजनको रेखा कोर्दछ। यसैले यो आधुनिकता भित्र को छुवाछुट प्रथा हो। र ब्याक्तीको स्वतन्त्रता माथी को हस्तछेप हो। जस्तै फलना थर, जात भन्दा बित्तिकै यो धर्मको हो भन्ने मानसिकता मान्छे मा बिकास हुदैछ यो ब्याक्तीको स्वतन्त्रताको बिपरित छ।यहाँ स्वतन्त्रताको अर्थ मनपरि भन्ने होईन। मान्छे मान्छे नै भएर बाँच्न पाउन भन्ने हो। न कि फलाना धर्मको या फलाना पार्टी को कार्यकर्ता हो भन्ने जस्तो गरेर होईन। जव हामी यो धर्म को भन्ने बिभाजन भित्र पर्दछौ त्यति बेला नै हाम्रो आँखामा भ्रमको मानवताको आँखाले अर्कोलाई नराम्रो र आफुलाई राम्रो भन्ने छाप दिमाग मा बसाई सकेको हुन्छ। तर भैदिएको छ त्यस्तै हरेक जनता एउटा एउटा पार्टीको कार्यकर्ता छन। र मान्छे एउटा एउटा प्रतिपादित धर्म को अनुयायी। त्यसैले हामी जनता पनि छैनौ र मानिस पनि छैनौ। मात्र कार्यकर्ता र अनुयायी छौ। यस्ले हामी भित्रको मौलिकता र स्बतन्त्रतालाई मारि सकेको छ।

चौतारा लाई किन धर्म र भाकल को रुपमा माने को ?

चौतारामा थकाई लागेका बटुवाहरु बसेर थकाई मेट्न सक्थे र पोखरीमा चौपायाहरु पानी पिउन र अहाल बस्न सक्थे। साथै पोखरीमा आउने पानी को स्रोत तिर्खालागेको बेला मान्छेले पिउन पनि सक्थे। त्यसैले चौतरा पोखरीलाई धर्म भनेको हो।

तर पछि यस्लाई धर्म र भाकल को परिभाषा भित्र जोडियो। जस्तै कोहि निसन्तान छन भने धर्म गरे सन्तान जन्मिन्छ। भनेर ब्याख्या गरिन थालियो र यो भाकल जस्तै भयो। म यो ठाउँ मा चौतरा पोखरी बनाउछु मलाई सन्तान दिनुस भनेर माग्नलाई गरिए जस्तै हुन थाले। त्यो बेला निसन्तान हुनु लाई पुर्व जन्मको पाप भनेर ब्याख्या गर्नेहरु को जमात ठुलो थियो। अहिले जस्तो सन्तान महिला या पुरुषमा हुने शुक्राणुको कम्जोरीले हुन्छ भन्ने थाहा थिएन।

जस्ले जसरी ब्याख्या गरे पनि देउराली, चौतारा, पातीपौवा जस्ता भौतिक सँरचानाहरुको त्यो बेलाका चिनो हरु हुन जस्को आफ्नै स्थानमा महत्व र मौलिकता छ। ब्याख्या त त्यो मान्छेको नियत नै हो जस्लाई जस्तो मनलाग्छ त्यहि गरिदिन्छ र हामी सजिलै पत्याईदिन्छौ।

तर हामीले बुझ्नु पर्ने कुरा यहाँ के छ भने हामीलाई यो तेरो होईन भनेर उक्साएर हामीलाई मौलिकता बिहिन र सँस्कार बिहिन बनाउन खोज्न तत्बहरुको ईच्छालाई भने हामीले पुरा हुनु दिनु हुदैन। हाम्रो मौलिकता हरायो भने हामी शरणार्थी बन्ने छौ आफ्नै देश भित्र। मौलिकतालाई बचाऔ। यहि नै हाम्रो पहिचान हो।

अहिले बाटोधाटो को सुबिधा पुग्यो चौतरा पोखरी को महत्वहरु घटे तै पनि हामीले देउरालीको बिभेद बिहिन थान र चौतारा युग को बिभेद बिहिन समाज बाट पनि सिक्नु पर्ने कुरा धेरै छ। पुराना कुरा हरु सबै काम नलाग्ने हुदैनन। नयाँ आबिस्कारको सबै जग पुरानो अनुभव नै हुन।

(अर्को पोस्ट क्रमश— संकेत र कोड को बारे मा हुनेछ

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s