जमनाको कुरा:झाँक्री-झारफुके उपचार-१

जमनाको कुरा (पोस्ट-६)

जमनाको कुरा:झाँक्री-झारफुके उपचार-१

प्राचिन समाय जतिबेला डाक्टर थिएनन, अस्पताल हुने भएन। त्यो समायको कुरा हो झाँक्री चलन मानौ त्यति बेला झाँक्री त्यो बेला को एउटा ब्यबस्था को अँग नै हो। सँस्कारका कतिपय पुजाहरु झाँक्रीले नै गर्ने गर्दथे। रोग का उपचार पनि पनि झाँक्रीले नै गर्दथे। अरु त अरु चोर समाउने काम सम्म झाँक्रीले नै गर्दथे। आज हामीले झाँक्री चलन र झाँक्री को उपचार बिधिहरुको बारे मा सुन्नेछौ ।

रोग लाग्नु का कारण देविदेउता, सिमे भुमे रिसाउनु । उनिहरुको बासस्थान वरपर फोहरमैला (दिशा,पिसाब) गरिदिनु हो भन्ने मान्यता थियो त्यतिबेला। त्यसकारणले जानि नजानि त्यतिबेला पनि मान्छे बिमारी फोहरकै कारण हुन्छ भन्ने थियो। त्यसकारण पानीको धारा, कुबा, खोला बरपर देबीदेउता को थान छ भन्दथे र दिशा पिसाब गर्दैनथे। किन कि उनिहरुले पानीको धारा, कुबा, खोलावरपर पर दिशापिसाब गरेको केहि समाय पछि बिमार पर्दथे। उनिहरुलाई लाग्दथ्यो देबताको थान वरिपरि फोहर गरेको ले देवतारिसाएर बिमार गराए भन्ने सोच्दथे।
झाँक्रीले देवता सँग कुरा गर्नु सक्छन भुत,बर्तमान र भबिस्य सबै जान्दछन भन्दथे। उनिहरुले बिमार परे पछि झाँक्री बिधि बाट उपचार गर्दथे । उनिहरुले झारफुक गरे पछि मान्छे मा एककिसम को मैले रोग को उपचार गरे भन्ने आत्मबिश्बास को बिकास हुन्थ्यो र रोग प्रतिरोधात्मक शक्तिको बिकास भै रोग सन्चो हुन्थ्यो। सँयोग र आत्मबिश्बास ले बाँचेका थियो साँच्चै भन्ने हो भने त्यो जमनाको मान्छे। बिस्तारै यहि झाँक्रीहरुले नै जडीबुटी, स्थानिय झारपातलाई नै औषधीको रुपमा प्रयोग गर्न थाले पछि गएर यो पेशा कै रुपमा स्थापित भयो। बैध्, हकिम, जस्ता नामले औषधी बनाउने र रोग को उपचार गर्ने आयुर्बदिक औषधालयहरु समेट बने। पछि मात्र चिकित्साशास्त्रले यि सबैलाई आधुनिक मेसिन र ठुलो मात्रमा गरेको उत्पादनको ब्यबसायिकताले यि सबैकुरा लाई ओझेलमा परेको हो।
झाँक्री हरुले रोगलाग्नु को मुख्यकारण देबिदेउता रिसाउनु या आत्मा भुतप्रेत बनेर दुख दिनु हो भन्ने गर्दथे। त्यसैले रोगको उपचार बिधि पनि रोग लाग्नु को कारण अनुमान कै भरमा हुने गर्दथे। पेट दुख्ने, गानो गोला बायु पसेको भनिन्थ्यो। काम्नु, ज्वरोआउनु, चिच्चाउनु, बर्बराउनुलाई देउता लागेको, भुतप्रेतले छोएको भनिन्थ्यो। जडिबुटी, थिचेर, मिचेर, निचोरेर, सेकेर, मालिस गरेर गरिने उपचार बिधिहरु त्यो समायमा बिश्वासनिय नै थिए।

झाँक्रीले गर्ने उपचारहरु बिमार र प्रबृति हेरेर फरक फरक हुने गर्दथे। अगल अलग प्रकृति को बिमार लाई अलग अलग तरिका ले उपचार गर्दथे। सुजन (सुनिने) लाई सिम लागेको भन्दथे। सिम भनेको हिलो भएको भु-भाग को। हाड गोडा , पेट सुनियो भने सिम लाग्यो भन्दथे र सिम को पुजा गर्दथे। कुखुरा काटेर पुजा गर्दथे र सुप बिमारीलाई खुवाउने गर्दथे। सबै उपचार बिधी मा तिन चुला को खरानी ले फुक्ने गरिन्थ्यो। त्यो बेलाको बिरामी उपचार बिधि बारे आज सुन्ने छौ ।
पहिले उपचार भनेको झाँक्रीले बिरामी को नाडी छाम्थे र मन मनै मन्त्र जप्दै चुलो बाट खरानी निकालेर फुसी- फुसी फू गर्दै फुक्ने गर्दथे। स्वाह भने पछि दुख दिने रोग भाग्यो या सकियो भन्ने अर्थ हुन्दथ्यो फुसी फुसी स्वाह को। फुकेर खरानी उडाए जस्तै मन्त्र ले रोग उडायो भन्ने अर्थ लगाउथे।

तिन चुला को फूल खरानी

सबै भन्दा पहिले पेट सुनिएको बिमार को उपचार उनीहरुले यसरी नै गर्ने गर्दथे। ओडान (तिन खुत्ते खाना पकाउने भाँडा बसाउन)को तिन खुत्ता नजिक बाट खरानी निकाल्थे र अगेनामा डाउरा हालेर ताजा खरानी बनाउथे। डाउरा जलेर बनेको फ्रेश सेतो खरानीलाई फूल खरानी भन्दथे। तिन चुलाको खरानी झिकेर मन्तर गुन्गुनाउदै फुके पछि त्यहि सेतो फूल खरानीलाई पानी मा झोल बनाएर खुवाउदथे। झाक्री बिधा अनुसार जोख हेरेर पुजा गर्दथे। औसी पुर्णिमा मा उनिहरु बिशेष पुजा गर्दथे। हरेक झाँक्री गुरु हुने गर्दथे। त्यो बेला को सबै खाले पठन पाठन गुरुकुल थियो। झाँक्री बिधा पनि गुरुकुल नै थियो। पढाई पनि गुरुकुल नै थियो। गुरु को खुबै चाँकडी गरेर खुसी पारे पछि मात्र बिधार्थीहरु दिन को एउटा कुरा सिक्न पाउदथे। गुरुकुल शिक्षा मा सिक्दा सिक्दै चेला बुढो हुन्थ्यो अनि मात्र अरु चेला हरु लाई उस्ले पनि गुरु बनेर सिकाउने गर्दथ्यो। झाँक्री बिधा मा पनि त्यस्तै चलन थियो। गुरु पुजा लगाए पछि गुरुले मन्तरहरु सिकाउथे। गुरु पुजा लगाउनलाई सिँधथान मा साँढ(र) (भेडा को भाले) ले पुजा गर्नु पर्दथ्यो। यि पुजा हरु पनि मँगलबार हुने गर्दथे। बोक्सी पुजा र झाँक्री पुजा दुबै मँगलबार नै गरिन्छ भन्थे। बोक्सी बिधा र झाँक्री बिधा दुबैलाई तन्त्र मन्त्र मा आधारीत मान्ने गर्दथे। फरक झाक्रीहरुले भुत प्रेस पन्छाउन र मान्छेका रोग को उपचार गर्न मन्त्र सिकेको या गरेको दाबी गर्दथे भने झाँक्रीहरु बोक्सीलाई भुत प्रेत रिझाएर मान्छेलाई बिमार पार्नलाई पुजा र मन्तर गरेको भन्ने आरोप लगाउदथे। र यसरी नै परिभाषित हुन्थे झाँक्री र बोक्सी । बोक्सीलाई दाहिने बोक्सी भन्थे भने उनिहरु ले गरेको प्राथना ले लागेको या प्रेत पसेको लाई दुसात लागेको भन्ने गर्दथे झाँक्रीहरु। दुसात भगाउने भन्दै तिन चुला को खरानी ले फुक्थे र मन्तर गरेको फूल खरानी पानी मा मिसाएर बिमारी लाई खुवाउने गर्दथे।

पात्लो फाल्ने

पात्लो फाल्ने बुझ्नलाई पात्लो के हो भन्ने बुझ्नु जरुरी छ । बोक्सी ले दुसाद(भुत प्रेत) पठाएर मान्छेलाई बिमारी पारे पछि बोक्सी बेखुसी भएको ले दुसाद (ननिको) पठाएर मान्छेलाई बिमार पारेको भन्दथे र बोक्सीलाई खुसी पार्न को लागि ल तिम्रो भाग खाउ बिरामीलाई दुख नदेउ भन्दै गरिने पुजा हो पात्लो फाल्ने भने को त्यो बेला को बुझाई मा ।बोक्सी लागेको भन्दा खेरी दुसाद लागेको या ननिको ले फेला पारेको भन्थे झाँक्रीहरु।

पात्लो रात को समायमा फालिन्थ्यो। अगेना बाट खरानी झिकेर पानीले मुछेर तिन ओटा डल्लो मुर्ति बनाईन्थ्यो। आधा भाँचेको खुर्सानी को भेन्टा खरानी को डल्लो मा गाडिन्थ्यो। निगाला को चिरेको टुक्रा को धुप जस्त् खुर्सानी को छेउ मा गाडिन्थ्यो। यसरी तैयार पारेको खरानी को मुर्तिलाई पात को टपरी मा हालिन्थ्यो। ३ जोली(जोडी) सुता (ध्बाँजा)लाई मुर्ति को बरिपरि फन्को लगाएर राखिन्थ्यो। झाक्रीले लौ दाईने बोक्सी, आस गर्ने बास गर्ने सबै आफ्नो ठाउँमा जाउँ सबैले मिलेर खाउ भन्दै बिरामी को टाउको बाट कुचो लौ बढालेर तैयार पारेको पात्लो मा झारिन्थ्यो। यानी कुचोले बिरामी को टाउको बाटा तल पात्लो सम्म बढारे जस्तै गरिन्थ्यो। यसरी झाँक्रीले झारे पछि बिजोर सँख्यामा (३) मिलेर खरानी को मुर्ति लाई दोबाटो (दुई बाटो जोडिने/छुट्टिने ठाउँ) मा लगेर नबोलिकन पात्लो राखिन्थ्यो र कोईला मा ध्यू हालेर बिजोर सँख्यामा जमिन मा धारिलो हतियारले कोर्दै पानी हाल्दै गरिन्थ्यो। यस्लाई नै पात्लो फाल्ने भनिन्थ्यो। झाँक्री को भाषा र जमना मा पात्लो भनेको बोक्सीलाई अब नसताउन भनि गरिने पुजा हो। बोक्सीले पाउने भाग उस्लाई दिएको हो ।

सातो छेप्ने/सातो झिक्ने/डाक्ने।

कुनै डरलाग्दो घटना र प्रसँगले मान्छे तर्सियो भने सातो गएको मानिन्थ्यो। यसरी तर्सियो भने मान्छे बिमारी पर्छ भन्ने मान्यता त्यति बेला थियो। यसरी तर्सेर बिमार परेका बिमारीलाई सातो डाकेर,छ्यापेर उपचार गरिन्थ्यो। यो थरि थरि ले गरिन्थे। कसैले चिन्ता बसेर (झाँक्री) देउ बसेर काम्दै मन्त्र पुरा गरेर बिधिबत गर्दथे भने कसै कसै ले घरमै पँधेरा को चिसो पानी ले बिमारी ले थाहा नपाउने गरि तर्सने गरी छ्यापेर हातमा र धाँटी मा ध्बाँजा (सुता, धागो) बाँधि दिन्थे। तर्सेर बिमार परेको मान्छेलाई तर्साएर सन्चो बनाउने मनोबैज्ञानिक असर र बिश्वास बाट रोग को उपचार गर्ने बिधि थियो यो।

(*** झाँक्री बिधा लाई अहिले अन्धबिश्वास मानिन्छ। तर जस्ले जे भने पनि हाम्रो समाज त्यहि अबस्था बाट गुज्रेको यथार्थ सत्य हो। मानिस आत्म बिश्वास ले नै रोक प्रर्तिरोधक शक्तीको बिकास हुन्थे र सन्चो पनि हुन्थे। )

क्रमश ०००००००००००

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s