जमनाको कुरा:ढिकुरी (ढुकुटी,ढिकुटी) ,चौब्याजे प्रथा र सोलह प्रकोप

जमनाको कुरा:ढिकुरी (ढुकुटी,ढिकुटी) ,चौब्याजे प्रथा र सोलह प्रकोप

मगर समाज सँस्कारको हिसाबले निकै सबल भै सकेको थियो। त्यसो त हाम्रो सँस्कारहरु सबै खर्चालु थिए। तर पनि सबै खर्च स्थानियस्तरमा नै ब्यबास्थापन गर्न सफल थिए त्यो बेलाको मानिसहरु। सामाजिक सँस्कारहरुलाई बहन गर्नकोलागी थुप्रै सकरात्मक सफल प्रयास हरु भएका थिए जमना मै । जस्तै सरो, भेजा, झारा, पर्म, जस्ता सहकार्यका सफल उदाहरण हरु त थिए नै मानिसमा अब हामीले आर्थिक रुपमा पनि सबल बनाउनु पर्छ समाजलाई भन्ने भावनाको बिकास त्यो जमना मा पनि बिकास भै सकेको थियो। रुपैया पैसा को चलन नभएकोले अन्नलाई नै (कोदो) लाई सञ्चय गर्न थालिएको थियो।

यसो त ढिकुरी पनि सरो र भेजा कै परिमार्जित रुप थिए। सरो भनेको बिबहाको लागी सबैले समान खर्च बहन गर्ने त्यो बेला को चलन थियो। आफ्नो थर (गोत्यार,खलक) भित्र कसैको बिहे हुदैछ भने सबै सरोभाईले बराबर अन्न उठाएर सहयोग गर्नुलाई सरो भनिन्थ्यो र यो सरो उठाउने दाजुभाई खलक लाई सरोभाई । त्यस्तै भेजा पनि उस्तै उस्तै हो सबै मिलेर दामसामी (बराबर) खर्च बेहोरेर उपहार, कोशेली या चाँडपर्बमा मासु बराबर भाग लगाएर खानुलाई भेजा भनिन्थ्यो। एक जना को भागमा पर्ने मासुको भाग लाई बिलो भनिन्थ्यो।

भेजा र सरो मात्र सँस्कार चलाउनलाई थिए। अब बचत पनि गर्नु पर्छ भन्ने भावना को बिकास भै सकेको थियो। कसैको घरमा छोरी या छोरा जन्मियो भने उस्को परम्परागत सँस्कार पुरा गर्ने खर्चको संञ्चय गर्नु को लागी नै निस्चित परिवार मिलेर बर्ष को केहि अन्न बचाउने चलन त्यो बेला नै चलिसकेको थियो। बिस्तारै यो अन्न को निक्कै सँचित भै सकेको थियो।

कस्तो हुन्थ्यो त्यो बेला को ढिकुरी ?

रुपैया पैसा को प्रचलन भन्दा पुरानो चलन हुनाले ढिकुरी मा अन्न नै बराबर जम्मा परिन्थ्यो। जस्को पहिले छोरा या छोरी को बिहे या अन्य सँस्कार गर्नु छ त्यो परिवार को लागी सबै भन्दा पहिले अन्न उठाईन्थ्यो। सुरुवाट को ढिकुरीमा ब्याज लग्दैन थियो मात्र बर्ष को निस्चित पाथी अन्न एक एक सदस्यको घर मा जम्मा पारेर राखिन्थ्यो। यसरी जम्मा भएको अन्न कोदो हुने गर्दथे। किरा नलाग्ने र लामो समाय भण्डारण गर्न मिल्ने भएको ले नै पहिलो ढिकुरी कोदो को नै खेलिन्थे। पछि पहिले ढिकुरी लिने ले १० पाथी मा ४ माना थपेर दिनु पर्ने भयो।

यसरी अन्न जम्मा भए पछि यस्को दुरुपयोग हुन थाले। खान नपुग्ने हरुले अर्को साल तिर्ने गरी अन्न लिएर खाने चलन बस्यो। जुन चलन ले ढिकुरी चलनलाई नै बदनाम मात्र गराएन समाजको कलँक कै रुपमा चौब्याजे प्रथा भित्रायो। जुन प्रथा बाट मुक्ती पाउन को लागी समाजले लामै कसरत गर्नु पर्यो।

के हो चौब्याजे प्रथा ?

ढिकुरी चलन खास मा सँस्कार सजिलो बनाउनको लागी र साह्रो गाह्रो तार्न को लागी शुरु गरिएको थियो। तर केहि ब्याक्तीले यस्को दुरुपयोग गरे। यसरी ढिकुरी मार्फत जम्मा भएको अन्नलाई गरिब परिवारको लागी ब्याज मा अन्न सापटी दिने चलन बसाए। २० पाठी कोदो सापटी लिए पछि अर्को बाली काटेर ४ पाथी थपेर साँहुलाई बुझाउनु पर्ने प्रथा नै चौब्याजे प्रथा हो। कुनै कुनै ठाउँ मा ब्याज दर यो भन्दा पनि चर्को पनि हुने गर्दथे। बिचरा गरिबहरु बर्ष भरि साहुको बाट चौब्याजे अन्न खान्थे र बाली काटे पछि सबै तिर्दथे कहिले कहि तिर्न पुगेन भने गोरु, भैसी समेट साँहु को जिम्मा मा लगाउथे। जग्गाधनी पुर्जा को चलन भन्दा पहिले को चलन भएको ले कतिपयले खाएको अन्न तिर्न नसकेर जग्गा नै जिम्मा लगाउथे र झन गरिब हुन्थे। यसरी अन्न अर्को बाली पाके पछि तिर्नु पर्ने गरी खानुलाई बट्याई खानु, लिनु या दिनु भनिन्थे। अन्न को ब्याज दर यो भन्दा बढि पनि हुने गर्दथे।

मानिस किन गरिब हुन्थे ?

हाम्रो जन्म देखि मृत्यु सम्म को सँस्कार शुरुवाट देखी नै खर्चालु थियो। झन कतिपय मगर सामुदायमा मृत्यु सँस्कारको भोजमा पनि मासु को प्रयोग हुन्थे। कतिपय ठाउँमा अझै पनि प्रचलन मै छ।मगर, गुरुङ, तमाङ, राई हरु सबै समुदायमा यस्तै थियो मृत्यु सँस्कार। परिवार को मुलि मान्छे मर्नु र यस्तै मृत्यु सँस्कारमा भोज गरिने खसी बोका, राँगा जस्ता खर्च थपिनु ले परिवारलाई जीवनभरि तिर्नु नसकिने रिण लाग्ने गर्दथे। बिस्तारै जमिन पनि साँहु कै हुन्थे जो सँग सापती लिएर सँस्कार चलाईएको हो उसैको जिम्मा लगाउनु पर्ने हुन्थ्यो।

मृत्यु सँस्कार मा किन मासु प्रयोग गरिए?

मानव बस्ती मा सबै भन्दा पहिलो अम्मल (लत) नुन हो जुन अहिले हामीले पनि प्रयोग गरिरहेका छौ। मानिसले किन, कसरी र कहिले देखि नुन खान थाले प्रस्ट नभए पनि हाम्रो सँस्कार को सबै कुरा नुनले नै बनाएको रेखाको वरिपरि छ। थर, खलक गोत्यार सबै नुनले नै बनाएका साईनो र सँस्कारहरु हुन। त्यो समायमा नुन लिनको लागी कयौ दिन हिडेर मात्र नुन सात्ने ठाउँ सम्म मानिस पुग्दथे। बर्षभरिलाई पुग्ने नुन बर्षको एक पटक सबै गाउँले हुल बाँधेर जाने गर्दथे। यसरी नुन बोक्नु जाने समुह को कोहि त्यहि बर्ष भित्र मर्यो भने उस्को मृत्युको शोक मा नै १ दिन नुन नखाएर उस्को सम्झना गरिएको हो यहि क्रम दोहोरिन पुग्दा रित बने र सँस्कार भित्र मान्छे मर्दा नुन बार्ने चलन बसे। यसरी नुन सातेर घर फर्केको दिन समुहका सबै मिलेर घरमा नुन लिएर आईपुगेको खसिमा खसी,बोका राँगा कातेर भोज गर्दथे। यहि चलन नै बिस्तारै मृत्यु (किरिया)सँस्कारको अँग बनेर मानव बस्ती मा धेरै समाय सम्म चल्यो। बिस्तारै कुनै कुनै ठाउँ र समुदायले मृत्यु(किरिया) सँस्कारमा मासु सहित को भोज गर्ने चलन हटाए तर कुनै कुनै समुदाय मा मासु सहित को भोजको चलन अझै पनि जिबित नै छ।

प्रकृति प्रकोप पनि मानिस गरिब हुनु को कारण हुन्थे ।

मानिसहरु जसो तसो सँस्कारहरु धानी रहेका थिए। यसो त हाम्रो सँस्कारहरु खर्चालु हुने हुनाले सँस्कार चलाउदा चलाउदै मानिस गरिब हुने गर्दथे। त्यो माथी पनि प्रकृति प्रकोप, असिना, बालीनालीमा रोग लाग्ने हुनाले बाली बिग्रेर मानिस अनिकाल मा पर्दथे।

सोलह प्रकोप

जमनाको बुढापाका ठ्याक्कै मिति सम्झन सक्दैनन तर कुनै समाय मा सोलह प्रकोप ले पनि मानिस गरिब भएका थिए। सोलह भने को लामो पखेटा भएको उड्न सक्ने फत्याङग्रा समुहको किरा हो। जस्ले हरियो बालीहरु खाएर सखाप पार्दथे। एक बर्ष यस्तो सोलह प्रकोप भयो कि खेतका सबै बालीनाली हेर्दा हेर्दै नल पनि नराखेर खाईदिए सोलह ले। पहिले पहिले रात को समाय मा मात्र सोलह लाग्ने गर्दथे। पछि बिस्तारै दिनमा पनि सोलह ले बाली खान थाले। मानिसहरु यसरी सोलह ले बाली खान थाले पछि सबैले सोलह लाई ठेकीमा पानी भरेर दुबाएर मार्न थाले। सबै अन्नबाली सोलह ले खाए पछि रिसाएका किसान ले सोलह नै खाएर केहि छाक गुजरा गरे। सोलह प्रकोप ले मानिसलाई सोलह खाने बाध्यता मात्र दिएन। अनिकालले बट्याई (ब्याजे अन्न खाने) प्रथाको जन्म मात्र गरायो। मानब बस्तीलाई नै कयौ बर्ष पछाडी को युगमा फर्कायो। यस्को मुक्ती को लागी मानव बस्तीले निकै ठुलो सँधर्ष समेट गर्नु पर्यो।

ढिकुरी गलत नियत ले शुरु भएको थिएन। तर केहि गलत नियत हुनेहरु सँग अन्नको स्टोक ठुलो भयो र उनिहरु अरुलाई बट्याई (ब्याजे अन्न दिने) साँहुको रुपमा स्थापित भए र हामीले गर्वले सुरुगरेको ढिकुरी चलन कै बदनाम गराए।

ढिकुरी मगर भाषा कै शब्द हो। पुर्बमा अहिले पनि मान्छे मरे पछि सबै मरेको मान्छे को परिवार सँग सबै भेला भएर बस्नुलाई ढिकुरी बस्नु नै भनिन्छ। तर अचेल कसै कसैले किरया बस्नुलाई ढिकुरी बस्नु हो पनि भन्ने गर्दछन। जस्ले जे अर्थ लगाए पनि ढिकुरी को अर्थ जम्मा पर्नु या हुनु नै थियो।

(जमनाको कुरा भित्र बाट)

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s