जमनाको झोला “जाँबो, झेप, गादा,चिम्खोले डोको,सोली”

जमनाको कुरा: जमनाको झोला “जाँबो, झेप, गादा,चिम्खोले डोको,सोली”

जमनाको कुरा भित्र आज हाम्रो पुर्वजहरुले बिताएका कालखण्डको झोला को बरिपरि को बिषयबस्तुमा आजको जमनाको कुरा हुनेछ।

झोला भन्ने बित्तीकै हाम्रो आँखा बरिपरि यात्रा या अन्त्र जानपरेमा आफ्नो अति आबस्यक कुराहरु राखेर लैजाने झोला को आकृति आई हाल्छ। अझ पहिले को कुरा गर्ने हो भने त नेपाल धुम्नआउने कुईरे-कुईरेनीले बोकेका रँगीबिरँगी लामो झोला आँखा मा तेर्सिन्छ। तर हाम्रो पुर्खाले बोकेको झोला हामीले कल्पना गरेको भन्दा पनि फरक खाले थियो। त्यही फरक झोला को बारे मा आज को जमानाको कुरा। हुन त त्यो जमना को झोला नदेखेको पुस्ताको लागी यो शब्द चित्रले बुझ्न सहयोग गर्ने छैन। पछि समाय मिलाएर फोटो सहित जमनाको आज को पोस्टलाई अपडेट गर्ने छु। आज लाई शब्द चित्र मा जमनाका झोलाहरु-

गोठाले युग मै पनि हाम्रो पुर्खाहरुले झोला को प्रयोग गरेको पाईन्छ ति झोलाहरु केहि बर्ष पहिले सम्म पनि प्रचलन मा थिए। हाम्रो पुर्खाले प्रयोग गरेको झोला को प्रयोग ठ्याक्कै यो पहिले र पछि भन्ने नभए पनि झोला चाही जाँबो, जेब्अ हो भनिन्छ।

जाँबो, (ज्याबे, जेअब)

यो अल्लो जमनाको कुरा भएको ले जाँबो हरु पनि पुवा (अल्लो, लेकाली सिस्नु,जँगली सिस्नु, भ्याँ गर्ने सिस्नु) को फाईवर बाट बनेका हुन्थे। यस्लाई प्रशोधन गर्ने तरिकामा निक्कै मेहेनत लाग्दथ्यो। हिउँदमा शीत खस्न सुरु भए पछि अल्लोका बोट मर्दथे। यसरी मरेका अल्लो को बिरुबा को बोक्रा ने जाँबो बुन्ने धागो को कच्चा पदार्थ हुन्थे। यस्लाई पहिले मसिनो धागो र धागोलाई बेरेर डोरी बनाईन्थे र डोरीला गाँठो गाँठो बनाएर झोला को आकार को बनाईन्थ्यो र बोक्नको लागी नाम्लो जस्तो पातो तैयार गरिन्थे। जाबो भनेको त्यो बेला को जालीदार झोला हो जस्मा गोठालो ले ठेकीहरु हालेर बोक्ने गर्दथे कहिले कहि भैसी का लैनो पाडोहरु पानि यसै भित्र हालेर बोक्ने गर्दथे।

झेप

झेप यो निगालो ले बनेको चार खुट्टा जोडेको बिर्को लगाउन मिल्ने गोठलाको बन्दोबस्ती को समान लाई एकठाउँ बाट अर्को ठाउँ मा सार्न मिल्ने बोक्ने मिल्ने झोला या सन्दुक जस्तै भाँडो हो। यस भित्र गोठालो को खर्च पर्च दुध तताउनु कुडे, धार्नी,ध्यु नुन आदी ईत्यादी राखिएको हुन्छ। गोठ सार्ने बेला मा यो बोकेर एक ठाउँ बाट अर्को ठाउँ मा लैजान सकिने हुनाले यस्लाई जमनाको झोला को श्रेणी मा राखेको हो।

गादा

गादा यो पनि पुवा (अल्लो) को धागोले नै बनेको हुन्छ। यो पनि एक किसिम कै झोला नै हो। यस्लाई हल्का फुल्का समाग्री बोक्न प्रयोग गरिन्थ्यो। अचेल यसै को परिमार्जित रुप गादा मगर भेष भुषा प्रयोग हुदैछ। शुरुका दिन मा यो नाम्लो। हसिया बोक्न र बनमा पाईने च्याउँ, तुसा ( निगालोको कलिलो मुना), खाजा जस्ता बस्तुहरु राखेर बोक्नलाई प्रयोग गरिन्थ्यो। यो मान्छले प्रयोग गरेको पहिलो फाईबर को झोला हो। यति मात्र होईन कुनै समाय मा हाम्रा पुर्बजले प्रयोग गर्ने सबै कपडा अल्लो कै हुने गर्दथे।

गादा खास गरी तान मा बुनेको लामो कपडा हो यस्लाई दुई पातो जोडेर यसका चार कुना हरुलाई एक आपसमा गाँठो पारिन्छ र दुई हात,काधमा क्रस गरेर शरिरमा बेरिन्छ। यसरी पहिरिए पछि यस्ले कपडा र झोला दुबै को काम गर्छ। शरिरलाई जाडो बाट बचाउछ भने समान बोक्न सजिलो हुन्छ। अहिले हामीले कपडा मा खोल्ती, पकेट, लाई पहिले जेव भनिन्थे। जेव भन्ने शब्द। जाबो, झेप हुदै जेब भएको हो। जाँबो, झेप, हुदै जेप भएको थियो। पछि यस्लाई खोल्ती, पकेट भनिए पनि अझै पनि जेब खाली छ भनेर पर्स या पकेट लाई नै बुझाउने गरी हामीले प्रयोग गर्दछौ।

चिम्खोले डोको

म्याग्दी को छिमेकी गाउँहरुमा एक मुस्ट त्यो समाय को ट्रेडमार्क जस्तै हासिल गरेको प्रख्यात डोको चिम्खोले डोको हो। यो म्याग्दी कै एउटा सुन्दर गाउँ चिमखोला मा बुनिन्थे। यो यति प्रख्यात थियो कि कुनै समायमा हरेको घरमा चिटिक्क परेको यो डोको झोला कै रुप मा हुन्थे यता उती , हात बजार, माईत मावली जानु परेमा बन्दोबस्तीका समान यसै डोको मा हालेर बोकिन्थे। यो दोको को बिशेषता ‍भनेको यस्मा केराउको दाना राखे पनि खस्दैन्थे रे। निगालो को यति राम्रो डोको भएको ले यस्लाई झोला जस्तै सबैले कुनै काल खण्डसम्म प्रयोग गर्दथे। ठिटी भएको घर मा चिमखोले डोको झोला कै रुप मा हुन्थे। धेरै पछि सम्म पनि चिम्खोला को कोशेली चिम्खोले डोको नै हुने गर्दथे।
चिम्खोला डोको को लागी मात्र प्रख्यात थिएन नेपालको कुनै पनि या सन्सारकै युनिक नृत्य थाली नृत्यको उत्पतिको उदगम स्थलको रुपमा चिमखोला लाईनै मानिन्छ। जस्ले जे ब्याख्या गरे पनि चिमखोला को नामलाई त्यति बेला नै चिम “बत्ती, बल्ब” अर्थात बिजुली निकाल्न सकिने खोला को रुपमा नामाँकरण गर्नु बाट पनि बुझिन्छ यो ठाँउ अल्लो युग मै पनि आधुनिकता भित्रै थियो। चिम्खोलालाई यति भनेर यस्को परिचय पुग्दैन म्याग्दी मा चिमखोलाको परिचय जरुरत पनि पर्दैन। तर चिमखोला मा अरु पनि थुप्रै रोचकताहरु छन। यस्को लागी अलगै शृखलामा लेख्ने छु। आजको जमनाको झोला मा चिमखोले डोको को चर्चा पसेको ले मात्र चिम्खोला को नाम उल्लेख गरेको हुँ।

सोली

यो पनि चिम्खोले डोको जस्तै प्रख्यात थियो तर यो आखीदार नभएर थुन्से या चोयाले बुनेको हुन्थे। मुख को तुलनामा फेड साँगुरो हुने गर्दथे। तर चिमखोले डोको जस्तो सजिलो चाहि हुदैनथे यस्को पिढ चुचो परेको हुनाले यस्लाई बिसाउनको लागी निक्नै गह्रो पर्दथ्यो।
जमनाको बालगीत मा उल्लेख छ
“मामा आए घोडा, माईजु आईन डोली, पापा ल्याई सोली” भन्ने लाईन बाट प्रस्ट हुन्छ कि सोली को प्रयोग कोशेली बोक्न प्रयोग हुने गर्दथे।

नोट- जमनाको झोला “जाँबो, झेप, गादा,चिम्खोले डोको,सोली” यि सबै झोला का नाम हरु ठाँउ बिशेष फरक फरक हुन पनि सक्छन। पुरानो समायमा अलग अलग ठाउँमा एउटै बस्तु या चिज लाई फरक फरक नाम ले चिनिन्थे। यसो हुनुको कारण मान्छे मा भेटघाट (कम्युनिकेशन)हुनु को कारण हुने गर्दथे। यो डाँडा र पल्लो डाँडाको भाषी (डाईलेक्ट) फरक हुने गर्दथे। यसरी फरक पर्नु मा उति बेला पानी लाई मुख्य कारक मान्दथे। एउटा धारो,खोला को पानी पिउनेहरु को लवज एउटै हुने हुनाले यसो मानिएको हो तर खास मा भेटघाट(कम्युनिकेशन) को कारण यति मात्रै मा सिमित हुन्थे र सिमित मान्छेहरु एकै किसिम को बोल्दथे। अहिले हाम्रो आँगन मा बिश्व नै छिरेको छ , टिभी, केवुल , नेट बाट हाम्रो घर बाहिरी दुनियाँ सँग जोडिएको छ र बोली मा पनि एकरुपता आई सकेको छ। पहिले को जमना यस्तो थिएन एक गाँउका मान्छेले बोलेको कुरा अर्को गाँउले निक्कै अप्ठयारो गरी मात्र बुझ्दथे।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s