जमनाको कुरा : धौवलागेरी, खानी र आउरी (अगारी, आग्री) हरु

जमनाको कुरा : धौवलागेरी, खानी र आउरी (अगारी, आग्री) हरु

धौबलागेरी अञ्चलका अधिकाँस ठाउँको नाम पछि खानी जोडिएको छ। कुईनेखानी, मँगलेखानी, गर्जाखानी, मछ्यामखानी, थाडाखानी, छापाखानी, डाँडाखानी,सङगलेखानी, खुङखानी, नर्जाखानी, बुङ्गाखानी, लेखानी,राङखानी, नर्जाखानी, पाण्डवखानी, शिसाखानी, फलामखानी, भोगसिङखानी जस्ता खानी नै खानी जोडिएका नामहरु छन। (जझै खानी जोडिएका ठाउँका नामहरु थुप्रै छुटेकाछन।) सँच्चै भन्ने हो भने पुरानो समायमा यहाँ थुप्रै खानीहरु थिए।

खानीमा काम गर्नेहरु लाई धौवलागेरीका थुप्रै छनत्याल र मगरहरु यि खानीहरुमा काम गर्दथे। आफुलाई खानीका प्राकृतिक इञ्जिनीयर (आउरी, अगारी, अग्री) कै रुपमा स्थापित गरिसकेका थिए। पछिल्लो समाय सम्म पनि उनिहरुलाई आउरी मगर भनिन्थे भने छनत्यालहरुलाई (सुरुङ भित्रका कामदार) मुसा भनेर पछि सम्म पनि बोलाउथे। आउरी या अगारी भन्ने शब्द खानीका कामगर्ने हरुको पेशालाई सम्बोधन गर्ने सँयुक्त शब्द थियो। अझै पनि खानी जोडिएको ठाउँको आस पास बस्ने समह मगर हुन या छनत्याललाई बुढापाका ले आग्री (आउरी) नै भन्ने गर्दथे।

पछिल्लो समायमा उनिले काम गर्ने खानी  बन्द भए पछि पशुपालन, खेतीपाती, चोयाको समाग्रीहरु को उत्पादन र बेचबिखन गर्ने गर्दथे। कुनै समायमा उनीहरुले खानी बैज्ञानिक र प्राकृतिक इञ्जिनीयर (आउरीहरु) का पछिल्ला पुस्ताहरु अन्य काम गर्दा पनि आउरी नै भनिन्थे। जस्तै उनिहरुले बुनेका डोको लाई आउरी डोको भनिन्थे। अझै सम्म पनि केहि मगर समुदाय भित्र आउरी मगर नै भनेको पाईन्छ।

(जमनाको कुरा भित्र बाट)

Advertisements

One thought on “जमनाको कुरा : धौवलागेरी, खानी र आउरी (अगारी, आग्री) हरु

  1. मैले थाहा पायनुसार यिनीहरुलाई आग्री / आगारि नै भन्थे | जनजातिहरुको जात दर्ता गर्ने बेला जात मगर र थर छन्त्याल भनेर दर्ता गरे सुरुमा तेस्पछी मगर जातमा बस्यो भने फाइदा हुदैन भन्ने कुरा थाहा पाए पछी फेरी हामि मगर होइनौ हाम्रो जात छन्त्यालनै हो भनेर छुत्तेका हुन् किनकि जति पनि United Nation बात पाउने अनुदान या सरकारी कोटा बात पाउने सहुलियत यिनीहरुले पनि अरु जातले जत्तिकै बराबर पाउने भए र यिनीहरुको जनसंख्या पनि एकदमै कम छ तेसैले छन्त्याल हरु मगर भन्दा धेरै अगाडी पुगी सक्यो यो १५-२० बर्षमा | धौलागिरि अंचलमा पर्ने म्याग्दी जिल्ला र एसको सिमानाको आसपासमा पर्ने जिल्ला बाग्लुंग तथा पर्बतको केहि भागको मगरहरुको भाषा लोप भयो तर मगरहरुको छेउछाउमा बस्ने आग्री / छन्त्याल हरुको भाषा लोप नहुनु एउटा अचम्मैको कुरा छ| तेसैले यिनीहरु कुनै हालतमा पनि मगर हुन् सक्दैन |

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s