जमनाको कुरा: बजैले सुनाएको अजिँगर भिरको कथा सुन्ने जमना

जमनाको कुरा: बजैले सुनाएको अजिँगर भिरको कथा सुन्ने जमना

जमनाको कुरा भित्र आज हामीले काटेका बाल्यकाल को स्मरण लाई समाबेश गरेको छु। समायले कति छिटो काँचुली फेर्दछ। हिजो जस्तै लाग्ने ति दिनहरु अचेल सम्झदा पनि आफैलाई हो र ? जस्तै लाग्छ।

साउन लागे पछि आमाहरु रोपाईको दफ्फामा (पर्म) ब्यस्त। हामी दिन भरि त्यो बेला को भाँडा कुटि खेल्दैमा ब्यस्त। कालो रँगको ढुँगालाई पिसेर कोदो को पिठो। सेतो रँग को ढुँगालाई पिसेर चामल को पिठो। मास को दाल, सिमि को दाल अलग अलग रँग का ढुँगाहरु पिसेर बनाएको थरि थरिका पिठो को थरि थरि परिकार बनायो। माईत र माईती खेल्यो। कहिले ढुँगा कै बेहुला बेहुली को जन्ती गयो कहिले ढुँगाकै गाई, भैसी बाच्छा बनाएर गोठालो गयो। कहिले आलु को मार हान्ने कहिले चरअमिलो को खुर्सानी टोक्ने दिन छिन मै जान्थ्यो जमनाको भाँडाकुट्टीहरु खेल्दा। थुप्रै बाल दौतरी हरु एउटै आँगनमा भेला भयो अनि भ्यागुता को बच्चाहरुलाई खोजी खोजी खेलायो। चलायो। रहर पुगे पछि मार्यो।

सबैको घर घर मा एउटा एउटा बुढो गोरू हरु हुन्थे त्यो बेला। खल्डरा गोरु, खल्डरा भैसी हेर्ने र केटा केटी लाई हेर्ने जिम्मा पाएका खल्डरा बाजे बजै हुरु झुन्ड झुन्ड आँगन आँगन मा गफ गरि रहेका हुन्थे। हामीले खल्डरा को अर्थ नबुझेर कहिले कहि बाजे हरुलाई नै खल्डरा बाजे भनिदिन्थ्यौ। खल्डरा भने को दुब्लो, पातलो र बुढो भन्ने रहेछ। यो पछि मात्रै हो बुझेको। हामी आँगन फेरि फेरि खेल्ने गर्दथ्यौ। बजैले बिहान को आरती, समचारहरु आउने बेलामा मात्र रेडियो बजाउनु हुन्थ्यो। अरु बेला फ्रिक्वयन्सी बिगारेर रेडियोमा बोल्नेहरु पानी परेको ले घर गए भन्दै एक छिन स्या०००स्या ००००० परेर रेडियो बन्द गर्नु हुन्थ्यो। हामी पत्याईदिन्थ्यौ। बजैले छक्काएको पछि मात्र थाहा पाएको हो। पानी पर्यो भने एउटाको सिँगा (पाली) मा जम्मा भयो अनि सुरु हुन्थ्यो बजै को कथा सुन्नु।
कोहि दुधे बच्चाहरु आमा खोजेर रुन्थे। बजैले त्यो बच्चालाई पारीको अजिँगरले भिर तिर देखाएर भन्नु हुन्थ्यो उ त्यो भिर मा चुल्थे खोला देखिस ? ह त्यो खोला को तर्नु नसकेर न आको तेरो आमा नरोई त्यो खोला को पानी घट्यो भने आउछ तेरो आमा।

अजिँगर भिर को कथा

सबै कथा को सुरुबाट बजैले उहिले नु बाट गर्नु हुन्थ्यो। त्यो भिर को उता पत्ती दरमिजा भन्ने गाँउ छ। यो अजिँगरले दरमिजा को गाउँ लाई एकै रात मा खायो रे र दग्नाम को गाउँलाई खान भनेर आउदा उज्यालो भयो। भाले बास्यो रे अजिँगर यो भिर मा अलप्यो (बिलायो)। हेरा त्यो त्यो अलप्पेको अजिँगरको छाप भिर मा छ। साँचै जस्तै देखिने आकृतिलाई हेरेर हामी डराउदथ्यो अनि बजैलाई आँखा छोप्न लगाउथ्यो। कति त निदाउथ्यौ।

बजैले हरेक पटक नयाँ नयाँ कथा जोड्नु हुन्थ्यो। पारी देखाएर। पछि मात्रै थाहा लागेको बजैको बजै चाही पारी कै रे। अनि बजै को घरमा आमा सँग गएको सम्झनाले पो बजैले त्यति धेरै पारि हेर्नु हुन्दो जस्तो लाग्दथ्यो पछि। अनि बजै को बजैले सुनाएको कथालाई हामीलाई सुनाएको रे।

अजिँगर भिर मा पानी परेको बेला कहिले ५ कहिले ३ छहरा हरु खस्ने गर्दथे। दग्नामको नजिकै ठुलो खोला बग्दथ्यो। बजैले आफ्नै तरिकाले नामाकरण गर्नु भएको थियो ति खोलाहरुको। गाउँ देखि नजिकै को खोला लाई कम्फु खोला हो यो भनेर चिनाउनु हुन्थ्यो। अनि हामीले कम्फु खोला भन्नु जाने न भने कुम्बीर खोला भन भन्नु हुन्थ्यो त्यति बेला कुम्बीर थापा हँसानु मा एक नम्बर हामी खोला को नाम सुनेर पनि हाँस्दथ्यौ। त्यसै गरी अजिँगरले भिर मा खस्ने छहरा हरुलाई नाम थप्दै जानु हुन्थ्यो। हरेक छहरालाई चुल्ठे खोला जेठी,माहिली, साईली गर्दै कान्छी गर्दै सबै खोला को नाम पुराउनु हुन्थ्यो। यो चुल्ठे खोला को सिरान मा पोखरी छ त्यो पोखरी को पानी भरियो भने यो खोला बग्छ। यो खोला को मुल मा पोखरी छ पोखरी मा पात झरे पनि पानी हाँसले सफा गर्छ भनेर हामीलाई छक्कै पार्नु हुन्थ्यो। हामी हाँस हेर्नु जाम भन्यो भने हैन त्यहाँ गयो भने तिमीहरुले मैला गर्छौ अलि पाद्ने बच्चालाई देखाएर यस्ले त झन त्यहा गएर पाद्छ यो लाई लाने होईन भन्नु हुन्थ्यो। यो खोला को मुलमा देउता छन देउता ले कान कात्छन जाने होईन तिमीहरु चक चक मात्रै गर्चौ। कहिले कहि त्यो खोलालाई हामीलाई सबैलाई एउटा एउटा भाग लगाई दिनु हुन्थ्यो। यो तेरो यो तेरो भन्दै सबैको भाग लगाई सके पछि हेर है तिमिहरु को खोला को पानी चोरले चोरदेला भनेर भित्र जानु हुन्थ्यो हामी पारी को खोला हेरेको हेरै हुन्थ्यौ।

चुल्ठे खोला पलायो भने धानको बिउ जमाउनु पर्छ। भनेर हामीलाई सिकाउनु हुन्थ्यो। असार को जस्को घरमा रोपाई भए पनि सबैलाई खाजा चाहि रोपाई हुने घरको ले नै सबै केटा केटीलाई पुग्ने गरि राखिदिएको हुन्थ्यो। चेप्टे रोटी ( तेलमा तारेको) र आलु को चट्नी सिन्काले उन्दै खादै गर्यो अनि सुत्यो। कहिले कहि बेलुका आमाहरु मेला बाट नआउदै सम्म पनि सुतेको सुतै हुन्थ्यौ।

टुकुना बाजे को ढाँड कनाई दिनु पर्ने हात को नङ दुख्ने हुनाले मकै को खोया ले बाजे को ढाँडमा कनाई दिने अनि कहिले कहि त रगत पनि निस्कने। बाजेलाई चाहि थाहा नै नहुने। टकुना बाजे चाहि हामीले नै राखि दिएको नाम हो। उहाँ सँग छिल्टिरिङ (ध्याक, डबल, क्वाईन) पैसाहरु थिए। पुरानो जमना को जस्लाई आना मा भनिन्थ्यो रे। एक आना दुआना, टुकना भन्दै गन्नु हुन्थ्यो पैसा। अनि हामीले बाजेलाई टुकना बाजे भन्थ्यौ।

समाय चक्र जस्तै धुम्दथ्यो। बिस्तारै हामी रोपाई सकेर हिउद लाग्दथ्यो अजिँगर भिर मा आगो लाग्दथ्यो र यो अजिँगरको चित्र झन प्रस्ट हुन्थ्यो। आगो ले पनि मरेको छैन अजिँगर भनेर छक्कै पर्दथ्यौ। बिस्तारै हामी रोपाई हुने खेत सम्म बजैलाई छलेर पुग्ने र खेतला सँग अर्नी खाएर फर्कने भै सकेका थियौ। त्यो बेला रोपाई मा जाने खेतला ले कप्पा को पात ( तिप्दा दुध आउने, मिठो फल लाग्ने) रुखको पात मा रोटी र आलुको चाना को तर्कारी बाउसे हरुले भात खाने गर्दथे। ठुलो जुत्किला (ढुँगा, बारी को बिचमा उठेको जग्गा) मा बसेर खाजा खाने गर्दथे। छेउ मा गुईठा ( पराल माथी गोबरले धानको भकारी को मुख ताल्दा सुकेर बने को गुईठा) बालेर राखेको हुन्थे। चुरोट खाने हरुले पालै पालो गुईठा को आगो मा चुरोट सल्काउथे। गुईठा दिन भरि पुग्ने खालको लगिएको हुन्थे।

अब बिस्तारै भैसी माथी बसेर चौतराबोट तिर जाने र दिनभरि भैसी बस्ने पोखरी मा पौडी खेलेर लुटो सार्ने भैसकेका थियौ भने बजै आँखा नदेख्ने भै सक्नु भएको थियो तै पनि रेडियो को ब्याण्ड हामीले हरु नै ठाउँमा सारेर राखिदिएको भए पनि अन्दाज कै भर ब्याण्ड मिलाएर ठ्याक्कै सात बजेको समचार नबिराई सुन्नु हुन्थ्यो। र बिहान को आरती आउनु भन्दा पहिला को टु————टु———— को ट्युन बाटै रेडियो खोलेर राख्नु हुन्थ्यो। रेडियो मा आउने बिहान को आरती बज्दथ्यो।

बजै मुला बिउ ब्यपारी।

पैसा टन्नै हुने एक पसर (हात (पञ्जा)लाई आधा पारेर त्यो भित्र अटाउने बिउ) को १ पाठी अन्न १ पाठी अन्न को १६ रुपैया। १ मोर को १२ दाना सितल गेडी मिठाई। मिठाई को भित्र चाहि कोदो को १ दाना हुन्थ्यो। पछि बदाम मा मिठाई बनाएको पनि आउदथ्यो। सुन्तला मिठाई, छुर्पी मिठाई सबै रयापर (खोल) नभएको मिठाई। बजैले १ मोर दिए पछि ५ खेप मल बारीमा बोक्ने जाँगर आउथ्यो। १ मोर माग्नु मन लाग्यो भने कहिले कहि बेला न कुबेला पनि बारी मा मल बोकेर खनाउथ्यौ। बजैले कुरा बुझ्नु हुन्थ्यो र एक एक मोर सबैलाई दिनु हुन्थ्यो। सबै डबल (सिक्का) मा हुन्थे बाटो भरि खोप्पी खेल्दै गयो र दोकान मा पुगेर मिठाई किन्यो।

फेसबुक मा अजिँगर भिर को फोटो देखे पछि मलाई बजै र हामीले बाँचेको युग सम्झन मन लाग्यो। अरुलाई यसमा मिठास नभेटन सक्छ। तर याद का ति पान्ना हरु पल्टाउनु मेरो लागी त्यहि युगमा पर्केर बाँच्नु जस्तै हुन्छ।

हामीले टुकना बाजे को छिल्टिरङ पैसा लुकाएको थियौ तर दोकान मा त्यति बेला त्यो पैसा चल्दैनथ्यो। सायद त्यो पैसा धेरै पुरानो जमना को थियो होला। पछि त हामीले ढाड कन्याईदे पैसा दिन्छु भन्दा पनि त्यो पैसा चल्ने भा पो भन्दै दुगर्दथ्यौ। बिचरा बाजै ले लामो लौरो मा धिरौला को जाली (धिरौला छिप्पेर भित्रको भाग जाली जस्तै कडा बनेको ) छिराएर ढाँड कनाउनु हुन्थ्यो।

मेरो उमेरको साथी हरुले अझै पनि दग्नाम को गाउँ को नजिक को ठुलो खोला लाई कम्फु खोला भन्दा र चुल्ठे खोला उस्तै गरी पलाउदा मेरो भाग मा परेको चुल्ठे खोला को अझै पनि माया लाग्छ मलाई।

यो कथा होईन मैले बाँचेको बचपन को कार्टुन स्केच हो। जस्लाई हेरेर अझै पनि उति नै रमाईलो लाग्छ जति अचेलका नानी हरु टम एण्ड जेरी हेरेर रमाउछन।

(जमनाको कुरा भित्र बाट)

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s