जमनाको कुरा: ब्याण्ड “ख्याली समुह”(पुर्खेयौली गीत)

जमनाको कुरा: ब्याण्ड “ख्याली समुह”(पुर्खेयौली गीत)

स्यानो मा मलाई त्यस्तै लाग्दथ्यो। ख्याली गीत र शास्ट्रिय सँगीत एउटै एउटै जस्तो लाग्दथे। ख्याली (पुर्खेयौली) गीत मा सधै एईईईईई—– एईईईईई मात्रै हुन्छ। र शास्ट्रिय सँगीत मा आआआआआआआआआआआआआा मात्रै हुन्छ । साँच्चै भन्ने हो भने शास्ट्रिय सँगीत मैले कहिल्यै पनि पुरै सुनेको छैन र ख्याली गीत पनि मैले पुरै कहिल्यै सुनेको थिएन। शास्ट्रिय सँगीत आउदा बित्तिकै रेडियो बन्द गर्दथे। मैले मात्र होईन सबै गाउँले ले।

मेरो छेवर (बर्तबन्ध) भएको दिनमा मैले पुरै दिन पुर्खेयौली नाँच सुन्ने र हेर्ने मौका पाए। त्यो दिन पनि मैले यो गीतमा यहि हुन्छ भन्ने थाहा पाउन सकिन। समाय बित्यो। एकदिन मेरो साथी को बिहे मा दुलहा को साथी बस्नु पर्ने भयो। त्यति बेला सम्म म मा अलि परिपक्वता आई सकेको थियो। मैले पुर्खौयोली गीत लाई नजिक बाट हेर्ने र बुझ्ने मौका पाए। मैले पुर्खौयौली गीत सँगीत लाई आफ्नै पारा ले बुझेर र अर्थ लगाए। किन कि मेरो जेनेरेशन आफुलाई खुबै जान्ने सम्झन्थ्यो। अनि पुर्खौयौली गीतलाई जमनाको पुरानो काम नलाग्ने निरस गीत। उमेर को परिपवक्बता सँगै मेरो बिचारहरु परिबर्तन हुदै गए। म बढि नै सामाजिक बन्दै गए। बिबहा कहिले लोकडा (दुलहाको साथी) कहिले लेखन्दास(बहिदार) कहिले कुटुम्व कुक (ससुराली खलक बिहेको भान्छे) बन्दा बन्दै म पुर्खौयोली गीत सँगीत कयौ पटक दोहराएर सुन्ने र हेर्ने या नजिक बसेर सुने ।

साँचो भनौ त पुर्खेयौली गीत लाई मैले अझै पनि पुरै बुझेको छैन तर पनि मैले जति बुझेको छु मोटामोटी आफ्नो तरिका ले यसरी बुझेको छु। (छिटै नै यो गीत का गाउँने बाजे सँग बसेर बिस्तार मा यस्का शब्दहरु सँग्रह गर्ने र परिमार्जित रुप मा पुर्खेयौली गीत लाई शब्द र भाव सहित ब्याख्या गर्ने बिचार छ)
तर आज छोटकरी मा पुर्खेयौली गीत सँगीत को बारे मा थोरै जनाकारी आजको जमनाको कुरा मा सुन्ने छौ।

जमनाको ब्याण्ड ” पुर्खेयौली गीत समुह” (ख्याली, मारुनी, सोरथी, ऐ०० गीत)

पुर्खाको पाला देखि को गीत र सँगीत लाई जस्ताको तस्तै गाईदै आएको ले होला यस्लाई पुर्खेयौली गीत भनेको। हामी केटा केटी छदा एएएएईइइई गर्ने गीत भनेर बुझ्ने गर्दथ्यौ। बास्तब मा यो जमनाको सँगितिक ब्याण्ड नै थियो। हरेक खुसी , मेला, चाँड पर्ब मा यो गीती समुह भेला हुन्थे र पुजा, आशिष, र मनोरञ्जन को कम्बो प्याकेज प्रस्तुत गर्दथे। उनिहरुले त्यो समाय मा पनि परिश्रमिक को रुपमा चामल, रोटी, दाम ,रक्सी पाउदथे जस्लाई दान भनिन्थ्यो। यो सबैको सुखद (जन्म, छेवर, गुन्युचोली, पुटबुरो, बिबहा, या पर्व) मौका मा समुह सहित भेला हुन्थे र साँस्कृतिक गीत सँगित सुनाउदथे। त्यसैले पनि यो समुह जमना को पहिलो साँगेतिक ब्याण्ड नै हो ।

यो साँगीतिक समुहले दिन भरिको कार्यक्रम गरेका हुन्थे। जस्लाई मोटामोटि ५ चरण मा छुट्टाईएको हुन्दथ्यो। पहिलो — बाध्यबादन पुजा बाट शुरु भएको सँगीत ले देबी देउता को नाम लिदै जस्को कर्म सँस्कार हुदै छ कुल र परिवारको सदस्यको को लागी प्रर्थाना र पुजा गर्दैथे। जस्तै छेवर, बिहे हुदै छ भने उनिहरुलाई रक्षा गरुन भन्दै फूल, अछेता छरेर टिका लगाई दिन्थे र साँगेतिक सुरुवाट गर्दथे। यो निकै लामो समाय हुने गर्दथ्यो। त्यस पछि मा मारुनी (महिलाको सृँगारमा अभिनय गर्ने महिला बनेको पुरुष) मादले हरु ले अर्को ताल बजाउदथे र गीत को लय अलि भिन्न ताल मा हुने गर्दथ्यो। यति बेला उनिहरु अगाडी र पछाडी सरेर/ गरेर लस्करै नाँच्ने गर्दथे भँने गीत गाउनेहरु उभिएरै गाउने गर्दथे। अब सँगीत को अर्को ताल मा सर्ने गर्दथ्यो यतिबेला उनिहरु गाउँने जमिन मा बसेर गाउँथे भने केहि मादल मादले,मारुनी र अन्य उभिएर नाँच्ने गर्दथे। पाहुना मादलेहरु पनि आई पुग्दथे र बढो उत्साहको साथ लस्करै गोलाकार घुम्दै रमाईलो ताल मा नाँच्दथे। मादलका बिट हरु छिटो हुन्थे। खु्ट्टा हात मादल र हाउभाउ अभिनयले भरिभराउ प्रस्तुती दिने गर्दथे। मादल लाई मृदुङ्गा पनि भनिन्थ्यो। पहुना मादलेहरुले आउदा बित्तिकै मादल लाई घोक गर्दथे र दाम चढाएर मात्र मादल भिरेर नाँच्दथे।

जमनाको पुर्खेयौली सँगीत मा प्रर्थाना, पुजा, रमाईलो, आशिष सबै हुन्थे। नृत्य हुन्थे र दोहरी पनि हुन्थे तर केटा को र केटी को लाईन दुबैलाई पुरुषले नै गाउदथे। किन भने त्यो यस्तो समाय थियो महिलाहरुलाई गीत गाउने र नाँच्ने त्यति खुकुलो थिएन। त्यसकारण नै मारुनीहरु महिला को भेष मा पुरुष नै हुने गर्दथे। दोहोरीका लाईनहरु पानि पुरुष नै महिला बनेर र पुरुष नै महिला बनेर गाउँने गर्दथे।

रोमान्टिक र रसिक पनि हुने गर्दथे त्यो बेला को शब्द र गीत पनि
मैले अलि अलि सम्झेको त्यो बेला को गीतका शब्दहरु यस्ता हुन्थे-

डाली माथी कौवा,
मलाईर पनि लैजाउ भेना टाढाको गोठैमा
को छर कस्ले देख्छ ? टाढाको गोठैमा ( यि लाईन महिलाका लाईन भए पनि पुरुषले नै गाउने गर्दथे महिला हरु ले कोरश मात्र गाउथे त्यो बेला)-
————————–
(धौलामाश्री)२ बिते (राजै जोवान आउदैन फेरि)२

पुर्खौयौली सँगीत एउटा बिशाल कालखण्ड को कथा र सँगीत भएको ले शब्दमा बर्णन गर्न यो प्रायप्त छैन। यस्लाई बुझ्न को लागी केहि समाय प्रायाप्त छैन।

पुर्खौयौली सँगीत मा र-याप पनि हुन्थे

र-याप लाई हामीले बिदेश बाट आयातित गीत माने पनि हाम्रो पुर्ख्यौली सँगीत मा हाम्रो त्यो समायमा पनि आफ्नै पारा को र-याप त्यो जमना मा पनि थियो। मात्र शब्दहरु मौलिक थिए(अँग्रेजी थिएनन) र मौलिक परा का थिए।

मादले र मारुनी हरु गोलाकार भएर नाँच्दै गर्दा कसैले भन्ने गर्दथे
–ओहै गोरो है गोरो (सबैले ओहई हो गरौ) एउटाले यसरी भने पछि नाँच्नेहरु को ताल अलि छिटो हुने गर्दथ्यो मादलहरु जोरले बज्दथे। सबै रोमान्टिक मुड मा हुने गर्दथे। कसै कसै बढि नै रोमान्टिक मुड मा हुन्थे अनि अलि परम्परा भन्दा भिन्न र-याप हरु पनि सुनिन्थे।

जस्तै
ओई छल गर्यो है छल गर्यौ। तेरो आमा लाटी तेरो बाउले छल गर्यौ।

थुङ्गा लगाउने/हान्ने

यस्को पुरै अर्थ थाहा छैन तर अनुमान मा चाहि यो पक्कै पाहुना या देबी देउता को सम्मान गरेको हुनु पर्छ। किन कि यति बेला सबै उभिएका हुन्छन र मादले मारूनी र अन्य सबैले आँखा दिम्म गरेर अलगै ताल मा गीत र मादल बजाई रहेका हुन्छन। यति बेला को ताल र गीत मा कोहि कोहि काम्ने पनि गर्दछन। यसरी काम्ने लाई अर्को मान्छे ले पछाडी बाट हातले करौली( क्रस फिङगर लक)
पारेर समाटेको हुन्छ। यो निस्चित ताल सम्म मा चल्दछ । यसरी काम्नुलाई सरस्बती चढेको भनिन्छ। खास गरी चोखो मासु भएका (देवताले मन पराउने) हरु यसरी काम्छन भन्दछन।

यो चरण पुरा भए पछि पहुना मादलेहरु आफ्नो घर तिर लाग्दछन र पुर्खौयौली समुहले फेरी छेबर गरिन केटा, या बेहुला बेहुलीलाई आशिष दिएर नाँच्दै गाउदै गर्दछन ।

मारुनी र मादले लाई फेटा (धोरो, साफा,” सेतो लामो कपडा) को पगरी बुटाईएको हुन्छ। यो उनिहरुलाई गरेको सम्मान जस्तै हो ।

मलाई जमनाको कुरा लेख्नु मा त्यति असजिलो हुदैन किन कि ति सबै भोगेका भोगाई र सुनाईका अँशहरु हुन्थे। तर यो लेख लेख्ने बेला मा निक्कै समाय लाग्यो र असजिलो पनि किन कि यो पुरै एउटा स्टेज प्याकेज लाई शब्दमा लेख्नु सजिलो कुरा रहेनछ।

त्यसकारण यहाँ धैरै कुरा छुटेका छन र अपुरो छन। कुनै दिन समाय मिलाएर बिस्तृत लेख लेख्ने छु ।

जमना को र-याप को कुरा गर्दा लोक गीत, दोहरी गीत मा पनि र-याप थियो। जस्लाई र-याप नभनेर चक हाल्ने भिन्दथ्यो। तुलना गर्ने हो भने अहिले को र-याप सँग मेल खाने गर्दथ्यो।
जस्तै गीत गाईदै गर्दा चक हालिने अईहोईईईईई ०० अईहोईईईई होस या
“चिया खाउ भान्जी चिया खाउ पैसा म तिर्छु” किन नहोस यहि हरु पनि र-याप जस्तै नै थिए। जस्लाई त्यो समाय मा चक हाल्ने भनिन्थ्यो।

जमनाको कुरा भित्र अपुरो समाग्री पस्केको मा माफी चाहान्छु। कसैलाई ख्याली (पुर्खेौयौली गीत सम्बन्धि जानकारी छ भने कमेन्ट मार्फत यो लेखलाई पुरा गर्न सहयोग गर्नु होला)

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s