जमनाको कुरा – झाँक्री र हराएको धन खोज्ने तरिका

जमनाको कुरा पोस्ट(६)
जमनाको कुरा – झाँक्री र हराएको धन खोज्ने तरिका

जहिले सम्म मान्छे भगवानमा पुर्ण बिस्वास गर्दथे। न चोरी हुन्थे न बदमासी नै किन कि उनिहरु म माथी भगवानले हेरि रहेको छ भन्ने बिश्वासमा जानीजानी अपराध गर्दथे। समाय सँगै मान्छेका आबस्यकताहरु बढ्दै गए। ब्यबसायिकताहरु मा पनि परिबर्तन हुदै गए। आजको जमनाको कुरामा हामीले सुन्ने छौ । जमनाको चोरी र चोरी को धन फर्काउने तरिका बारे ।

शुरुका दिन मा चोरी खास गरी बालीनालीका बेर्ना या बिँउ बाट भएको पाईन्छ। खास गरि आफ्नो गाउँ भन्दा पर जानु परेको बेला बाटो मा जाने बेलामा आफुलाई मनपरेको बाली को बिउँ नै मान्छे को पहिलो चोरी हो। माग्नु मान्छे वरपर हुदैनथे। मनपरेको बाली आफ्नो गाउँमा ल्याउने लालच नै मान्छे को पहिलो चोरी हो उनिहरु अरुलाई नभनिकन खुसुक्कै बालीको फल, बेर्ना, फूल चोरेर आफ्नो गाउँ मा ल्याउदथे र आफ्नो बारी मा रोप्दथे।

बिस्तारै मान्छे ले चोरी गर्न पनि थाले त्यो समायमा काम गरेको ज्याला पनि अन्न र बस्तु दिने बेला हुनाले चोरी पनि अन्न, भाँडा कुँडा र बस्तु नै हुने गर्दथे। खास गरी धेरै जस्सो पुराना भाँडा कुँडाहरु तामाले बनेका हुन्थे। जस्तै गाग्री, टाउली, तुलनात्मक रुपमा महँगो र छिटो रुप परिबर्तन (अर्को भाँडा) बनाउन सजिलो हुने हुनाले चोर को प्रथामिकतामा तामाको भाँडा नै पहिलो पर्दथे। दोर्सो चौपाया । चौपाया लाई बोकेर लैजानु नपर्ने हिडाएर लैजानु मिल्ने। काटेर मासु खान र बेच्न मिल्ने हुनाले चोर को दोस्रो रोजाई चौपाया पर्दथे। त्यो समायमा चोरी पनि बढि तामा र चौपाया कै हुने गर्दथे

जमनाको चोरी

चौपाया चोरी

चौपाया चोरले चौपायालाई पहिलो चरणमा चोरेको ठाउँ देखि अर्को गाउँ को जँगल सम्म लैजान्थ्यो र धाँस हुने ठाउँ मा छोडिदिन्थ्यो। कहिले कहि चौपाया हरु फर्केर घर जान्थे आफै भने केहि जँगलमै नजिक अल्मलिन्थे। जुन बस्तुले जँगलमा फेरि भेटिन्थे चोरहरुले त्यस्लाई अझै अर्को जँगल सम्म पुराउथे र आफनो आसपास को एरियामा पुराए पछि भिर बाट लडाउथे यसरी लडेको चौपायालाई सबै मिलेर मासु काटेर खाने गर्दथे। एक जनाको बदमासीले एउटा ठुलै समुहले मासु खाने हुनाले चोरी को रहस्य सजिलो खुल्दैन थियो।

चौपाया मालिक ले बस्तुहराएको खोजी गर्नलाई सबै भन्दा पहिले नजिकका गोठहरुमा जान्दथे। अरुको बस्तु सित मिसिएर जाने सम्भावना बढि हुनाले केहि समाय सम्म गोठ गोठ खोज्दै र सोध्दैमा बित्ने गर्दथ्यो। त्यसपछि सुरु हुन्थे हेराउने काम।

पुरानो समायमा पुलिस प्रसासन नभएकोले चोर पत्तालगाउने काममा पनि झाँक्रीहरु नै अगाडी हुन्थे। उनिहरुले चोरले चोरेको बस्तु कता छ भन्ने कुरा चामल को गेडा हेरेर या उस्ले कोरेको रेखाहरु लाई छुन लगाएर अनुमान लगाउने गर्दथे। उनिहरुले चोर को परिवार मा को को छ ? चोरले कुन दिशामा चोरेको समान लगेको छ भन्ने बताई दिन्थे र खोजी सो अनुरुप हुने गर्दथे।

यो चलन निक्कै पछि सम्म पनि थियो। जतिबेला सुन को प्रयोग भै सकेको थियो। रेडियो, धडी जस्ता साधन प्रयोगमा आउने बेला सम्म पनि हाम्रो समाज त्यहि परम्परागत तरिका मै अगाडी बढि रहेको थियो। पछि पुलिस प्रसासन को बिकास भै सक्दा पनि गाउँ बस्तीले चोर पत्ता लगाउने र चोरी को समान फर्काउने पुरानै तरिका अपनाउने गर्दथे।

डालो थाप्ने

हराएको समान पाउने पुरानो तरिका हो यो डालो थाप्ने तरिका । कसैको रेडियो, धडी, सुन जस्ता मुल्यवान बस्तु हराए भने सबै भन्दा पहिलो तरिका यहि थियो। समाजका ठुला ठालु भेला हुन्थे र गाँउ भरिका लाई बोलाएर भन्ने गर्दथे। यो लाजै मर्ने कुरा हो। हामीमा भोलि यस्ले चोरेको हो भन्ने पत्ता लाग्यो भने बदनाम हुन्छ। बरु जस्ले भेट्टाएर या जसरी फेला पारेको भए पनि आज राती फलाना ठाउँमा डालो थापेको छ त्यो हराएको या पाएको समान त्यो डालोमा राखेर जानु होला । कतिपय हराएका कुराहरु यसरी नै राती अरुले नदेख्ने गरेर त्यो डालोमा भोलि पल्ट भेटिन्थ्यो। चोर को खोज्न तिर लाग्दैन थे।

तुला(तुलो, तराजु) छुवाउने

डालो थाप्ने तरिका बाट हराएको समान पत्ता लागेन भने अर्को चरण को प्रकृया हो तुला छुवाउने। तुला भनेको त्यो बेला को तराजु हो । उनिहरु ले जसरी तराजुले बराबर जोख्न सक्छ त्यसरी नै सबैलाई बराबर शँका र बराबर अधिकार छ भन्ने बेला को तरिका थियो यो। धनि गरिब सबैलाई एउटै आँगन मा भेला गराईन्थ्यो र सबैलाई तुला छुन लगाईन्थ्यो। मैले हराएको समान पाएको छैन या लगेको छैन भनेर तुला छुनु पर्ने हुन्थ्यो। पछि गएर कसैले तुलसी को बोट धुमाउने, तामा छुवाउने सम्म पनि गरेको पाईन्छ। न्याय को जमनाको तरिका अहिले सम्म पनि हामीले देख्दैछौ। अदालत मा अहिले पनि आँखा छोपेको महिला ले तराजु समाएर उभिएको चित्र । र अहिले पनि अदालत मा मैले जे भन्छु सत्य भन्छु भनेर भन्ने बाँचा यो त्यही बेला को तुला छुवाउने समाज कै बिम्ब हो। भलै यस्का ब्याख्या र धार्मिककरण गरेरे कसैले बाईबल कसैले गीता, कसैले कुरान यो अहिले को मान्छेको सोच र ब्याख्यामा फरक हो। जस्ले जसरी ब्याख्या गरे पनि यो त्यहि जमना को अबशेष हो। जुन जमनाका चोर हरु ले तुला छुनु भन्दा पहिला नै समान फर्काउथे र फर्किएन भने बल्ल तुला छुवाईन्थे। यति बेला सम्म चोर को हाउभाउ ले मान्छे ने अनुमान गरि सकेका हुन्थे र सँकास्पद ब्यबहार देखाउने लाई गोप्यरुपमा केरकार गर्दथे।

मन्तरेको चामल र तिते पाती खुवाउने

तुला छुने बेला सम्म पनि चोर पत्ता लागेन भने मन्तरेको चामल र तिते पाटी सँकास्पद समुहलाई एकै ठाउँमा राखेर खान लगाईन्थ्यो। चोरेको मान्छे ले अब चोर पत्ता लाग्छ भन्ने डराएर आफ्नै गाला टोक्ने गर्दथ्यो र रगत आएको मान्छे नै चोर हुन्छ भन्ने मान्यता थियो त्यती बेला।मन्तरेको चामल झाँक्रीले बिधि गरेर मन्तरेको चामल हुन्थे। मन्तरेको चामल खाए पछि चोरले रगत बान्ता गरेर मर्छ भन्ने बिश्बास गर्दथे त्यति बेलाको मान्छे। सके सम्म त्यो भन्दा पहिला नै आफ्नो गल्टी कुबुल गर्दथे। मन्तरेको चामल सँगै तिते पाटीको हरियो पात चबाएर भुईमा पालै पालो थुक्न लगाईन्थे। चोर ले थुकेको थुकमा रगत हुन्छ भन्ने मान्याता थियो।

धनुबाण चलाउने

बहुमल्य बस्तु हरायो र माथीका बिधि बाट पनि धन पत्ता लागेन भने अन्तिम बिकल्पको रुप मा धनुबाण चलाउने गरिन्थ्यो। यो झाँक्री प्रचलनको समायको चोर पत्तालगाउने तरिका हो। चोर र चोरले चोरेको समान पत्ता लगाउनु यो बिधि अपनाईने गरिन्थ्यो।
झाँक्री बिभिन्न थरिका हुन्थे। कसैले झारफुक,जडीबुटी जन्तरमन्तर (भुतप्रेत पन्छाउने, बोक्सी भागाउने सातो छेप्ने, ग्रह तार्ने,रोग बिमार, गानो गोला, फुला फुक्ने) गर्दथे। कसैले पुजा पाठ (गुरुपुजा, कुलपुजा, देउतिनी पुजा, दोखालोपुजा)गर्दथे भने कसैले चोर पत्ता लगाउने आखत हेर्ने, जोखना हेर्ने, चोर र चोरले चोरेको समान पत्ता लगाउने काम गर्दथे। यहि बिधि मध्यै धनुबाण (धनुमान) चलाउने पनि एउटा झाँक्री बिधा कै एउटा बिधा हो।

धनुबाण (धनुमान) चलाउने भनेको के हो ?

धनुबाण चलाउने भनेको जमना को चोरले चोरेको सम्पती पत्ता लगाउने पुरानो बिधी हो। झाँक्री तन्त्र मन्त्र जान्ने, भगवान, भुतप्रेस सँग कुराकानी गर्न सक्ने भुत र भबिस्य देख्न सक्ने शक्ति भएको मान्छे हुन भन्ने बिश्बास थियो कुनै समायमा त्यही समायमा चोरले चोरेको सम्पती फर्काउने बिधि नै धनुमान चलाउने बिधी हो।

बीर चढने

अचम्मको कुरा के थियो भने यो धनुवाण चलाउने भन्ने बिधिमा गाउँभरिका ठिटाहरुलाई (पुरुषहरुलाई) बोलाईन्थ्यो। झाँक्रीले तान्त्रिक बिधि बाट मन्तर गरेको चामल ले सबै ठिटाहरुलाई हिर्काउने गर्दथ्यो। हे —- चल बिर चल – भन्दै । त्यो मन्त्रेको चामल ले लागे पछि ति मध्यबाट १,२ जना काम्दै निस्कने गर्दथे। कहिले कहि त्यो सँख्या बढि पनि हुने गर्दथे। कम्तीमा १ जना त पक्कै काम्दै निस्कन्थे। त्यो काम्दै निस्कने ब्याक्तीलाई बीर भनिन्थ्यो। धामीले चल बीर चल भन्दै हातमा सेउला दिए पछि त्यो ब्याक्ती (बीर) चोर ले कुन बाटो चोरेको समान लगेको छ दौडेर जाने गर्दथ्यो। त्यहाँ भेला भएका जति त्यसैको पछि पछि जाने गर्दथे। बीर को पछि पछि झाँक्रीले ध्याङ्ग्रो बजाउदै थुप्रै मान्छेहरु लस्करै दौड्ने गर्दथे। जहिले सम्म चोरले चोरेको समान पाउदैन त्यति बेला सम्म बीर बस्दैनथे दिन भरिमा पनि चोरीको समान सम्म पुगेन भने झाँक्रीले साँझ फेरि मन्तरेको चामल ले हाने पछि बीर काँम्न रोकिन्थ्यो नजिकै सबैले खानपिन उतै गर्दथे र उज्यालो भए पछि यसरी नै झाँक्री ले मन्तरेको चामल ले ठिटाहरुलाई हान्ने गर्दथ्यो र बीर यसरी नै काम्न शुरु गर्दथ्यो। यसरी काम्ने मान्छेलाई चोखो मासु भएको मान्छे भन्थे। कहिले कहि चोर चलाख हुने गर्दथ्यो। जँगलका तरुल खनेका खाडलहरुमा चोरेको समान उ खाल्डो बाट अर्को खाल्डो मा सार्दै पुरेर लुकाउदै गरेको हुन्थ्यो। बीर ति ठाउँ हरु सम्म पुग्दथ्यो जहाँ शुरुको ताका बीरको हातमा धनुष बाण (काँढ) हुने गर्दथ्यो रे । हराएको धन भएको ठाउँ मा पुगे पछि धनुष बाण हान्थ्यो रे अनि त्यहि बाण गएर गडेको ठाउँ को नजिक चोरिका समानहरु गाडिएको अबस्था मा भेटिन्थे ।

धनुबाण को सत्यता बारे केहि ले सँका र अडलबाजीहरु पनि गर्दछन। खास मा चोरले चोरेको र लुकाएको ठाउँ थाहा भै सकेको हुन्छ मात्र सोझै गएर ल्याउन अप्ठयारो परेको ले झाँक्रीको मन्त्रले पत्ता लगाएको बहाना मा मान्छे काम्दै गएर चोरी भएको समान फिर्ता ल्याएको पनि भन्ने गर्दथे। केहि न केहि सत्य चाहि थियो। नत्र भने ति काम्ने (बीर) चढ्ने मान्छे झाँक्रीका मान्छे हुनु पर्दथ्यो कहिले कहि लाटो (मुख नबोल्ने) , बहिरो (कान नसुन्ने) पनि बीर बनेका हुन्थे।
बीर चलाए पछि समान भेटिन्थे। यसरी समान फर्काउन सक्ने झाँक्री को पारिश्रमिक पनि निकै ठुलो हुने गर्दथ्यो। हराएको धन को परिणाम ठुलो भए धन पत्ता लागेको ठाउँ बाट झाँक्रीलाई फूलमाला लगाएर डोलीमा बसाएर बाजा गाजा बजाउदै गाऊँ परिक्रम गराईन्थे।

सत्य के हो ?

साँच्चै झाँक्रीहरुले चोरेको समान पत्ता लगाउनछन ? यो प्रश्नको उत्तर सजिलो छैन । जमानाका मानिसहरु भन्छन ।
• फलाना को धन हराएको धनुमान चलाउदा धन त बनतरुल खनेको खाडल मा गाडेको रहेछ। उ खाल्डा बाट उ खाड्ल सबै मा गरेर २ भारी गाग्री ताउली निकालेको।
• फलाना ठाउँ को मन्दिर को गजुर, मुर्ति हराएको चोरले तोरी बारीमा पुरेर तोरी उमारेको। धनुमान ले ट्क्कै त्यही गएर बीर ले सेउला गार्यो। त्यसै मै खन्दा मुर्ती भेतियो।
• धान को कुन्यु भित्र लुकाएको, घरको धुरी मा पर्खाल फोडेर लुकाएको पनि पत्ता लगायो।
बढाई चढाई होस या जे सुकै यो त्यो समाय को अबशेषको कथा हो। अचेल पत्याउन पनि सजिलो छैन।

किम्बदन्ती कि यथार्थ ?

पहिले पहिले बैक नभएको ले मान्छेले आफ्नो धन सम्पती चोरले चोरे पनि सबै नचोरोस भनेर धैला मा हालेर गोप्य ठाउँ मा खाडल खनेर लुकाउने गर्दथे। यसरी छाडेको सम्पती कस्ले उनिहरुको जिबनमा उपयोग गर्दथे भने कतिपय ले बिभिन्न कारणले, स्मरण शक्ती हराउनु, अकाल मा मर्नु जस्ता कारणहरुले गर्दा यि सम्पतिहरु गाडीएकै अबस्थामा जमिन भित्रै रहने गर्दथे। बेला बेला मा यस्ता धनका ढुकुटीहरु फेला पर्ने गर्दथे र गर्दछन। झाँक्री बोलाएर तान्त्रिक पुजा गर्यो भने धन पुरै जस्ता को तस्तै हुन नत्र खरानी र भुस मात्रै हुने भन्ने गर्दथे। कसै कसैले यसरी नै जमिन भित्र पाएका तामा या माटा का भाँडाहरु अझै पनि कसै कसै सँग सँग्रहित नै छन।

(जमनाको कुरा: हाम्रो पुर्बजले बाँचेको कालखण्डको प्रसँगको सँग्रह हो

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s