जमनाको कुरा:हाम्रो सँस्कार भित्र- झाँक्री प्रचलन

जमनाको कुरा (पोस्ट-५)

जमनाको कुरा:हाम्रो सँस्कार भित्र- झाँक्री प्रचलन

प्राचिन हाम्रो समाज धामी झाँक्री मा नै आधारित छ। हाम्रो समाज को को जग हेर्ने हो भने पुरै धामी र झाँक्री मै आधारित भएर उभिएको प्रमाणहरु हामी सामु अझै पनि छ । सँस्काररिक कार्य कुलपुजा पनि हामीले झाँक्री मार्फत नै गरेका छौ भने उपचार र चोर समाउने बिधि सम्म हामीले झाँक्री बिधि बाटै गरेका छौ भन्ने प्रमाण हेर्न हामी धेरै पर पुग्नु पर्दैन। भलै यि सबै कुरा कि त अन्धबिश्वास हो भनि सकेका छौ। तर सत्य त्यही हो हामी त्यही युग बाट आएका हो जति बेला धामी झाक्रीले नै पुजारी,डाक्टर, पुलिस को काम पनि गर्दथे।

झाँक्री को हुन ?

देबी देउता बाट सिद्व प्राप्त गरेका जो, बर्तमान र भबिष्यको बारे मा जान्ने, भुत प्रेत, आत्माहरुलाई पुजा मार्फत शान्त पार्न सक्ने ब्याक्ति झाँक्री हुन भन्ने बिश्वास थियो। उनिहरु कामेर पुजा गर्दथे। र बिभिन्न बिधि बाट उपचारहरु गर्दथे। कामेर समस्या को बारेमा हेर्ने कामलाई देउ हेर्ने भनिन्थ्यो। देउ (देवता चढेको बेला ) आएको बेला बाहेक उ सामान्य मान्छे को जिबन बिताउथ्यो। पछि मात्र झाँक्रीहरुले आफुलाई यो खाने यो खान नमिल्ने भन्ने बिशिष्ट मान्छे मा समाबेश गर्न थाले । यति सम्म कि उनिहरुलाई समान्य मान्छे ले बिश्बास गर्न छाडे।
झाँक्री का थुप्रै तहहरु हुन्थे ।
कसैले कुलपुजा गर्ने, रोगी बिमारी निको पार्ने, झारपात को बुटी बनाउने, भुत प्रेत पन्छाउने, चोर पत्ता लगाउनु, भोली को बारे मा राम्रो नराम्रो भबिस्यबाणी हेर्ने सम्म को काम धामी झाँक्रीले नै गर्दथे। एक किसिमले हेर्ने हो भने झाँक्री युग कुनै समाय को समाजको सँस्कार को प्रचलन को अभिन्न अँग थियो। पछिल्लो समाय मा अहिले बिकास भएका आयुर्बेदिक, जोतिषशास्त्र, चिकित्साशास्त्र अहिले का प्रचलित सबै शास्त्रको सुरुवाट झाँक्री बिधा नै परिमार्जित हुने क्रम मा जन्म  बिकास भएका हुन। भलै हामीले अहिले यस्लाई अन्धबिश्बास भन्दछौ ।
हाम्रा सँस्कार का पाटो हरु दोखालो, कुलपुजा, सियो मार्ने जस्ता प्रचलनहरु हाम्रो मा ३०-४० बर्ष पहिले सम्म पनि छपछप्ती थिए। र यि पुजाहरु झाँक्रीहरुले नै गर्दथे। त्यसकारणले पनि झाँक्रीहरुले पुजारीको काम गरेको थिए भन्न सकिन्छ ।

दोखालो पुजा

दोखालो पुजा मृत पुर्खाहरु कुनै न कुनै रुपमा हाम्रै बरिपरि चरा,चुरुंगी कित पँतग या कुनै पनि सजिब रुप मै बाँचेका छन भन्ने बिश्बास र उनिहरुलाई सँयुक्त रुपमा गरिने पुजा हो दोखालो पुजा। आत्मा रुपान्तर हुन्छ भन्ने कुरा हामीले त्यो जमना देखी मान्दै आएका छौ। दोखालो पुजा मार्फत हामीले सबैले आफ्नै दिबँगत पुर्खाहरुलाई पुजा गरि रहेका छौ या कम्तीमा पनि बर्ष को १ दिन उनिहरुको सम्झना गरिरहेका छौ। यो अहिले राखिएको नाम हुन्थ्यो भने पक्कै पुर्खा दिबस हुन्थ्यो होला।
के हो दोखालो पुजा ?
थर, थरी, खलक, गोत्र भन्ने शब्दहरु जमनाको कोडहरु हुन जस्ले हामी को ? कहाँबाट आएको र कस्का सन्तान भन्ने कुरा को अर्थ बोक्छ। पछिल्लो समायमा आएर बेला बेला मा गलत ब्याख्याहरु पनि हुने गर्दछ। र हामीले प्रतिबाद गर्ने सकेन भने त्यो प्रमाण कै रुपमा बस्न पनि सक्छ। हाम्रो पुर्खाले गरेका कतिपय कुराहरु लेखिएका छैनन। मात्रै पुस्तान्तर हुदै र परिमार्जन हुदै आउदा कतिपय हामीले हताई सकेका छौ र कतिपयलाई अझै पनि निरन्तरता दिदै छौ। दोखालो पनि त्यस्तै पुजा हो। एक किसिमले हेर्ने हो भने दोखालो भने पुरानो समाय को सँगठन हो। जस्मा एउटा थर का मान्छे हरु ले एकै ठाउँ मा पुजा गर्दछन। दोखालो भन्ने शब्द को अर्थ पनि लगभग सुरक्षा गर्ने या सुरक्षित गर्ने जस्तै हुन्छ। मरेर गएका पुर्बजका आत्माहरु हाम्रै वरिपरि छन र हामीले जानीनजानी गरेका गल्टीहरुलाई माफी गर र हाम्रो रक्षा गर बनेर गरिने पुजा नै दोखालो पुजा हो जुन एउटै थर भएका समुहले एकै ठाउँमा थुप्रै स-साना थानहरु बनाएर पुर्खाको पुजा गर्दछन।
अहिले पनि बुढाबुढीहरुले  दोख धान्ने भन्ने शब्द प्रयोग गरेको सुनिन्छ। दोख धान्नु भनेको हाम्रो बँशलाई निरन्तरता दिनु हो भन्ने अर्थ हुन्छ । दोख भनेको पुर्खा, पुर्बज, बँश जस्तै हो। उनिहरुले हामीले गरेको गलत काम मन पराएनन भने हामीलाई हानी हुन्छ या उनिहरुको आत्माले हामीलाई दुख दिन्छ भन्ने गरेको पनि पाईन्छ। एक किसिमले हामीले हाम्रो पुर्खा या पुर्बजलाई देवता कै रुपमा पुजा गरेको छौ।

दोखालो पुजा कसरी गरिन्थे ?

दोखालो पुजा घर घर बाट सबैले भाले या पोथी कुखुरा लिएर निस्चित ठाउँ निर्धारण गरिएको हुन्छ त्यहाँ जम्मा हुन्छन। यो घर घर बाट चामल नुन खुर्सानीम भुटुन (ध्यु) सबैले लिएर गएका हुन्छन। हरेक घर धुरी बाट १ जना अनिबार्य रुपमा पुजा मा जान्दछन। हामी कति घर छौ भन्ने कुरा भाईखलक सबैलाई थाहा हुन्छ। घर भन्नाले यो पुजा को हक मा र सँस्कारको हिसाबले त्यो घरलाई मानिन्छ जुन बिबहा भएर अँशबण्डा गरि भिन्न भएको परिवार भन्ने हुन्छ।  सबै परिवार ले यो पुजा गर्दछन। यस्को परम्परागत बिधि छ। स-साना जति परिबार उति थान बनाईएको हुन्छ। हरियो गोबर माटो ले लिपेका थानका भुईमा चामल को पिठो र बेसार को रँगी बिरँगी रेखाहरुले थान सजाईन्छ। गोबर कै ३ कुण्डलहरु हालिएको हुन्छ। सबै दाजुभाई जम्मा भै सके पछि एउटा एउटा थानको अगाडी लस्करै पुजा गर्नु लगेको कुखुरा (भाले पोथी) लस्करै खुट्टा मा बाँधेर किलोमा डोरीले बाँधेर राखिन्छ र मन्छाईन्छ। मन्छाउनु भने को अछता र पानी कुखुरा या अन्य जनबार को शरिरमा छर्नुलाई भनिन्छ। यसरी छरे पछि चिसो पानी को असरले कुखरा या जनबारले जिउ हल्लाउछ। जस्लाई पुजा को लागी मन्जुर छु भन्ने अर्थ लगाउदै काटिन्छ। यसो नगरी काटेमा पाप लाग्छ भन्ने चलन छ । जस्मा एउटा मा पुजा गरेको कुखुराको रगतको धार र अर्को मा दुधको धार हाल्ने गरिन्छ। पुजा गर्दा काटेको कुखुराको पखेता उखेलेर पछाडी को अर्को गोबर को कुण्डलमा गाडिएको हन्छ। कुखुरा काटे पछि टाउकोलाई रँगीन रेखाले सजाएको ठाउँमा राखिन्छ। मुटु कलेजो निकालिन्छ र आखत हेराईन्छ।  यो प्राय झाँक्रीले गर्दछन। पुजा गरि सके पछि झाँक्री देबी देउता को पुजा गरी ढ्याङ्ग्रो बजाएर, थुप्रै धन्टीको माला लगाएर काम्ने गर्दछ। यस्लाई देउ चढेको, झाक्री बसेको भन्छन। आफ्नो बारे मा फाप-अफाप हेर्नु चहानेले चामल र पैसालाई एउटा पातमा बेरेर लस्करै राख्ने गर्दथे र झाँक्रीले पालो पालो सबैको फाप-अफाप हर्ने गर्दथे।

आखत के हो ?

यो पनि पुरानो जमनाको प्रचलन हो जन्मकुण्डली को प्रयोग आउनु भन्दा पनि पुरानो समाय को प्रचलन हो। आउने समाय को खत यानी नोक्शान हेर्नु आखत हो। आखत पनि २ खाले छ। समान्य रुपमै चामलको भबिस्यबाणी गरिने मान्छेले चामल या अन्न को गेडालाई  छुन्छ र हेर्ने मान्छेको अगाडी राखी दिन्छ। गेडाको दिशा फर्काई र जोर बिजोरलाई आधार मानेर गरिने भबिष्यबाणीलाई आखत भनिन्छ। अर्को आखत झाँक्रीले काम्दै चामल छोएका हरुको बारेमा गर्ने भबिष्यबाणीलाई आखत भनिन्छ। आखत जस्तै झाँक्रीलाई पनि २ प्रकारले बिभाजन गरिएको हुन्छ। गुरु शिद्व भएको र गुरुले नसिकाई शिद्व नभएको। गुरु शिद्व नभएका झाँक्रीलाई भुईपट्टा भनिन्छ।

चिङगा

यो शब्द धेरै पुरानो शब्द हो। जस्तै चौपाया खास गरी गाई,भैसी लाई समायको कुनै कालखण्ड मा डिंङ्गा (दिङ्गा) भनेको पाईन्छ र कुनै कुनै ठाँउमा अझै पनि डिंङ्गा भनिन्छ। उनिहरु को भित्र अँग मुटुकलेजो को सँयुक्त नाम नै यो समायको नाम हो चिङगा। यो शब्द कुन भाषाको हो अनुसन्धानको बिषय हुन सक्छ। पुरानो समायमा भाकलमा भोग प्राय पशुपछीको हुने गर्छन। अचेल परेवा उडाएर नरिबल फुटाएर शान्तीप्रेमीको नमुना पनि बनेको पाईन्छ। भाकलमा भोग दिएका पशु-पछीका चिङगा (मुटुकलेजो को आकार र स्वस्थतालाई हेरेर गरिने भबिष्यबाणीलाई चिंङ्गा हेर्ने भनिन्छ। खास गरि मुटु या कलेजोका किनाराहरु फैलाईको उचाई र गहिराईलाई आधार मानेर धन, शत्रु, मित्र, आम्दानी, नोक्शानको लेबलहरु निर्धारण गरेको हुन्छ त्यहि लेबलहरुको को आधारमा गरिने भबिष्यबाणीलाई चिङगा हेर्ने भनिन्छ। यो पशुपालनमा आधारित मानव बस्ती को प्रयोग हो र हामी मा अझै पनि जिबित छ।

दोखालो  त्यो बेला को पिकनिक पनि हो।

सबैले घर घर बाट, पिठो, चामल जे छ त्यहि लिएर गएका हुन्छन जस्लाई सामुहिक रुपमै अलग अलग पछ्यौरामा जम्मा परिन्छ र सामुहिकरुपमा खाना पकाएर खाईन्छ। आन्द्रा ,कलेजो,टाउको लाई यहाँ पकाएर खाने र बाकी शरिरलाई घर लैजाने चलन थियो। कहिले कहि केटा हरु ले टाउकोलाई मिल्ने जति लामो गर्धन टाउको तिर पर्ने गरि काट्दथे र रमाईलो मान्दथे। एक किसिमको रमाईलो हुने गर्दथ्यो। केटाकेटी आफ्नो समुहमा खेलहरु खेल्ने गर्दथे। महिलाहरु खाना पकाउनु मा ब्यस्त हुन्थे। भात चाहि लामो काठको डाबिलो ले  पुरुषहरु नै चलाउथे। पहिले प्रसाद भन्दै मासु, सेल रोटी, पुजा गर्नु बनाएको स्यानो स्यानो चेप्टो रोटी बाँधिन्थ्यो। केटाकेटी रमाई रमाई खान्थे। प्रसाद लहरै पात पात मा बाढिन्थ्यो भने खाना खान चाहि घर देखी नै सबैले आफ्नो आफ्नो थाल, कतौरा लगेर गएको हुन्थे। एकै लहर मा बसेर भात मासु खानु को रमाईलो अलगै हुन्थ्यो।
अचेल पनि यो प्राय मगर बस्तीमा जिबित नै छ । दोखालो र कुल पुजा सबै थर हरु ले आफ्नै आफ्नै थर को थानमा गर्न गर्दछन। एक किसमले यो त्यो बेलामा सँगठन नै हो। हाम्रा पुरानो पुजा हरु प्राय सबै मँगलबार को दिनमा नै गरिन्छ। झाँक्री अनिबार्य जस्तै छ।

कुलपुजा

कुलपुजा के हो ?

दोखालो पुजा दिबँगत पुर्खा जति सबैको साझा पुजा हो भने कुल पुजा हाम्रो मुख्य पुर्खाको पुजा हो। हामीले कतिपय ठाउँ मा कुलदेउता पुजा भनेर सामुहिक रुपमा कुललाई देबता कै रुपमा पुजा गरेको पनि पाईन्छ। यो त्यो समायको भाईहरुको एकताको र पुर्खा प्रतिको सम्मान को आदर्श नमुना थियो।

कसरी हुन्थे कुलपुजा ?

कुलभित्रका घरमा गर्भबती नभएको, परिबार भित्र बर्ष दिन भित्र कोहि नमरेको, ३,५ जना बिजोर सँख्या छानेर पुजा गर्ने समुह छानिन्छ। उनिहरु रातभरि केहि नखाई उपबास बस्दछन। निखुत (एउटै रँगको, चोटपटक नलागेको, पूर्ण अँग भएको) किनेर ल्याईन्छ। घर घर मा सबैले अलिकति अलिकति दामासामी दाम र अन्न जम्मा पार्दथे। छ्याङ (जाँड) सामुहिक राख्दथे। दामासामी अन्न र पैसा उठाएर गरिने पुजा हुनाले कसै कसैले यो दोखालो पुजा कै परिमार्जित रुप हो भन्दछन। कसै कसैले होईन यो दोखालो भन्दा पुरानो पुजा हो भन्दछन। भेडा को सार (भाले भेडा) ले गरिने बाग्लुङग का केहि ठाउँ मा बाहेक धौबलागेरीमा कुलपुजा भेडाले गरिन्छ। भने अन्य मगर बस्तीमा भेडा, सुँगुर ले पनि कुलपुजा गरिन्छ। यो जेठ महिना र मँगसिर महिना मा गरिन्छ। पुर्णिमा को दिन गरिन्छ।
दामा सामी जम्मा पारेको चामल, छाङ र पुजा गरेको भेडा को मासु सबै पुजा स्थलमा नै खाई सक्नु पर्ने  आफ्नै थरले मात्र पुजाको प्रसाद खाने  चलन अहिले परिमार्जन हुदै सामुहिक आफन्त सत्कार गर्ने भोज को रुपमा अहिले पनि समाज मा चलन चल्टीमा छ ।
यो पुजा को लागी पनि झाँक्री नै चाहिन्छ ।पुजा बिधि र समाग्री समान्तर सँगै फरक फरक परे पनि सबैले यो पुजा मा झाँक्री को तालमा नाँच्दछन एकै लाईनमा पुजा गर्ने ठाउँको अगेना (आगो) को वरिपरि परिक्रमा गर्दछन। फाप-अफाप हेर्दछन र सामुहिक रुपमा भोज गर्दछन।

देउतीनी पुजा

कुलपुजा भनेर हामीले हाम्रो पुर्बज पुरुष पुर्खाको पुजा गरे जस्तै देउतीनी पुजा पनि कुल भित्रकै मुख्य सदस्यलाई या दैबिक शक्ती प्राप्त गरेको महिला सदस्यलाई देउतीनी को रुपमा स्थापना गरेर उहाँ को सम्झनामा र सन्तानलाई हानी नोक्सानी बाट जोगाउनु भनेर गरिने पुजा हो।
यो बाख्री ले गरिन्छ। यस्को तैयारी पनि कुल पुजा को जस्तै नै हो। दामासामी रुपमा नै रुपैया, अन्न उठाएर पुजा गरिन्छ र यो पुजा गर्दा पनि झाँक्री अनिबार्य छ।

सियो मार्ने

मान्छे मर्दैन आत्मा मात्र सर्छ भन्ने मान्यतामा हाम्रो पुर्बजहरुको मा पनि थियो। गलत काम गर्यो भने अर्को जन्ममा दुख पाईन्छ भन्ने बिश्बास थियो। मरेको मान्छे को आत्मा जिउँदो छ र यस्ले हामीलाई भुत-प्रेत बनेर सताउछ भन्ने बिस्बासको साथमा कुनै मान्छे अकाल मा मरेको छ भने उस्को दुख पाएको आत्मालाई सान्त पार्ने गरिने पुजा हो सियो मार्ने पुजा। यो राती गरिन्थे र परिबारमा कोहि बिमारी भएको भएै गरे भने आत्माले दुख दियो भनेर त्यो आत्मालाई आफ्नो ठाउँमा पठाउन यो पुजा गरिन्थ्यो।यो पनि झाक्रीले नै गर्ने गर्दथे।

झाँक्रीले देउ बोलाएर कन्या केटीलाई जाँड भरिएको चिन्डो (गोलो, अहिले को खुत्रुके जस्तै आकारको, फर्सी समुहको फल) सुकेको फल। लाई  टाउको माथी बोकेर झाँक्री सँगै नाँच्दथेको बरिपरि  अरु मानिस हरु पनि नाँचिरहेका हुन्थे। झाँक्रीले तान्त्रिक बिधि बाट आत्मालाई चिन्डो भित्र जाँडमा बन्द गर्ने त्यसलाई आफ्नो ठाउँमा फर्काउने या मार्ने भन्ने निर्णय उस्ले दिएको दुख को आधारमा हुने गर्दथे।

पण्डितहरुले पुजा मा स्बाह बन्ने शब्द प्रयोग गरेको हामीले सुनेका छौ। त्यो शब्द हाम्रो प्राचिन झाँक्रीहरु बाटै आएको हो।  आत्मालाई आफ्नो बशमा पर्न सकेको सँकेट थियो स्हो– भन्ने शब्द। (यस्तै सातो छेप्ने भन्ने चलन पनि थियो यस्को बारेमा अर्को पोस्टमा )

साराँशमा –
दोखालो पुजा सबै दिबँगत पुर्खाको सरोभाई(थर) हरुले एकैसाथ एकै ठाउँमा गरिने पुजा हो। कुल पुजा हाम्रो मुख्य पुर्बजको पुजा हो। र देउतीनी पुजा कुल भित्रको  दिबँगत महिला सदस्यलाई देउतिनीको रुपमा स्थापना गरि गरिने पुजा हो

यो सबै पुजा को समानता भनेको दाजुभाई एकजुत हुनु, सामुहिक भोज गर्नु हो।

यि सबै पुजा मा सुटक ( बच्चा जन्मेको परिवार थरीमा ११ दिन नपुगेको), दुख- (मान्छे मरेको १३ दिन नपुगेको) बेला यो गरिदैन। कहिले कहि यो पुजा थुप्रै समाय सम्म पनि हुन सक्दैन यो पुजा को दिन लाई जोख (साईत) भनिन्छ। सुटक र दुख थर भित्र पर्यो भने यो पुजा हल्ट ( स्थकित) यो हल्ट हुन्छ शब्द अग्रेजी जस्तै लागे पनि यो हाम्रै मौलिक शब्द हो। अचेल परिबारमा १ बर्ष भित्रमा परिबार का सदस्यको मृत्यु भएको छ भने या परिबार मा कोहि गर्भवती छ भने  त्यो परिबार यि माथी सा सबै सामुहिक पुजा मा चढाउने चामल यहाँ मिसाइदैन।

यि त भए हाम्रो सँस्कार मा मिसिएको झाँक्री चलनका सँस्कारहरु। यसपछि हामीले जमनाको कुरा भित्र हाम्रो समाजका अरुपातो हरु मा झाँक्री प्रचलन को बारे मा सुन्ने छौ । क्रमश ————-

(जमनाको कुरा: हाम्रा पुर्बजले बाँचेका दिनचार्य को सँगालो भएको हुनाले अहिले कतिपय कुराहरु हामीले अहिले नसुहाउने र नदेखेका  पनि हुन सक्छौ)

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s