जमनाको बिबहा र रितीथितिहरु-२

जमनाको कुरा – ४ पोस्ट

जमनाको कुरा
जमनाको बिबहा र रितीथितिहरु-२

के थियो त पहिले ?

हाम्रो सँस्कार सुरुबाट देखी नै खर्चालु नै थियो। तर स्बाभिमानी खाले खर्चालु थियो। घरमा छोरी या छोरा जन्मियो भने उस्कोलागी कोदो को ढिकुरी खेलिन्थ्यो। कोडो २०-२५ बर्ष सम्म पनि भण्डार गर्न सजिलो बाली भएको ले बिबहालाई पुग्ने कोदो बाब आमाले जम्मा पारि सकेका हुन्थे। त्यहि कोदो गाँऊ भरिको आफन्तलाई बाढेर रक्सी बनाउन लागाईन्थ्यो र सबैको जम्मा पारेर केटी को घरमा लगिन्थ्यो। केटी को घरमा पनि त्यस्तै तैयारी गरिएको हुन्थ्यो। जति भाँडोमा जाँड रक्सी आएको छ त्यती नै भाडो मा अन्न भरेर पठाईन्थ्यो। साथै अन्नका बिउहरु धान, मकै, अन्यका बिउहरु पनि केटीलाई दिएर पठाईंन्थ्यो। क्रमश —–(पोस्ट-३ बाट )

घर गरिखाने छोरिले पहिलो साल बिउ कसैलाई माग्न नपरोस भनेर माईतिले देखाएको माया थियो यो। केटा को आफन्तले पनि बिबहा को दिन कसैले थाल, कसैले टाप्के, देउरी जस्ता खाना पकाएर खाने कुरा दिन्थे केटालाई नयाँ परिबार सुरु गर्न सजिलो परोस भनेर तर कालन्तरमा यसका गलत प्रयोग हरु भए। ढिकुरी चलन लाई चौब्याजे चलन ले बदनाम गरायो भने उपहार दिने चलनलाई दाईजो प्रथा को उत्पति को रुपमा बदनाम गरायो। हाम्रा पुर्खाले गरेका कदमहरु गलत थिएनन। मात्र पछिल्ला प्रयोगहरु गलत थिए।

बिहे

केटी तर्फकाले ठेकी झुण्डाए (स्वीकार गरे पछि) ईस्टमित्र चिन्ने, चिनाउने रित पुरा हुन्छ। त्यस पछि बिहे को तैयारी हुन्छ। बिहे भने खासै एक रुपता छैन। एकदमै बिबिधता छ। तै पनि बिहे मा दुलही घर भित्राउने साईट प्राय रात मा पर्दथ्यो।

पञ्चेबाजा बजाउदै भित्र पस्ने साईत कै बेला मा बाख्रा ढोका मै कातिन्थ्यो र फलनाको छोरी फलना नाम को फलना थर बाट आजको दिन देखी फलना थर मा सर्यो — लगन भयो भनेर फलाकिन्थ्यो र लगन भयो भन्दा बित्तीकै बाख्रा को घाँटी एकै चोटीमा काटेर मार्ने जोर बन्दुक पडकाउने र लगन को बाजा बजाउने गरिन्थ्यो भित्र पस्दा दिदी बैनी ले ढोका मा बाटो छेकेको हुन्थ्यो र दाजु भाई बुहारी ले दाम दिएर भित्र पस्नु पर्ने हुन्थयो भने थुन लाग्छ भनेर त्यो बेला सम्म आमा लाई अन्तै कतै लुकाईएको हुन्थ्यो। अनी बिहे हुने छोराले – आमा आउनुस फलाना थोक (चोलो, फरिया) आदी दिम्ला भनेर बोलाउनु पर्ने हुन्थ्यो। हाम्रो समाजका चलनहरु निकै राम्रा, उत्कृष्ट थिए त्यो समायमा समान्तर सँगै मात्र ति प्रयोग हरु मा बिचलनहरु थपिएका हुन। यसरी नयाँचलन हरु थपिनु लाई बुढापाकाहरु रोसन,रसन भन्थे। रोसन,रसन भने थपिनु, थप्नु,जोडिनु वा जोड्नु हो त्यो बेला को प्रयोग मा ।

सरो

बिबहा को लागी आबश्यक अन्न, खानेकुरा को लागी सरोभाई (एउटै थरका, खलकका) दाजु भाई मिलेर समान रुप मा चामल, पैसा उठाउथे। यसरी जम्मा पार्नु लाई सरो भनिन्थ्यो। सरो को अर्थ नकम न बढि बराबर हो। त्यो समायमा पनि हाम्रो पुर्खामा सहयोग र समाज को उत्कृष्ट नुमना थियो। यसरी सरोभाई हरुले आफ्नो दाजु भाई को बिहे सबैले समान रुपले उठाएर तार्ने गर्दथे। यो चलन अझै पनि छ। कतिपय ठाउँ मा यो सरोभाई समुह को सँख्या अति धेरै भए पछि समुह अलग भएको पनि छ। थर बन्नु को कारण भित्र सम्म पुग्ने हो भने यो सरो चलन पनि हुन सक्ने सम्भावना छ।

भेजा

बिहेको बेला मा त्यो समायमा चेलीहरुलाई कोशेली लिएर आउनु भनिन्थ्यो र त्यो कोशेली बराबर को लागत दाजुभाई मिलेर पैसा उठाएर समान रुप मा दामासामी तिर्ने र समान भाग लगाएर बाँड्ने चलन थियो। यस चलनलाई भेजा भनिन्थ्यो। बिहे मा दाजुभाई को लागी भनेर अलग्गै राँगा काटिन्थ्यो र मासु दामा सामी पैसा तिरेर भाग लगाएर लैजाने गर्दथे। यो १ भागलाई बिलो भनिन्थ्यो भने यो सम्पुर्ण प्रकृया लाई भेजा भनिन्थ्यो। पछि गएर दशै तिहार या अन्य पर्बहरुमा पनि यसरी नै दामासामी मासु खाने चलन थियो। यस्लाई भेजा नै भनिन्थ्यो।

 

भान्जा छोरी पाल्न लायक छ कि छैन कसरी जाँचिन्थे ?

छोरी लगेको बर्ष शिकार गरेर केटी को घरमा दाहिने साप्रा बुझाउनु पर्ने हुन्थ्यो। शिकार युग को कुरा हुनाले भान्जामा शिकार कला कति छ। छोरीलाई पाल्न सक्छ कि सक्दैन यो जँचाई को तरिका थियो त्यो बेला। शिकार युग को अन्त भयो तै पनि मगर समुदायमा अझै पनि बिहे गरेको साल दशै को भोलि पल्ट राँगा, सुँगुर, बाख्रा को सेपेटा ( साप्रा) मा ससुराली को दिमाण्ड अनुसार चौखुर दोहराएर जानु पर्ने चलन अझै पनि छ।

दाहिने नै किन मागिन्थ्यो साप्रा ?

दाहिने साप्रा माग्नु को कारण आफैले शिकार गरेको ल्याउनु भन्ने थियो। कहिले कहि एउटा शिकार गरे पछि चार जना ले एउटा एउटा साप्रा ल्याउलान भनेर नै नियम ले नै यस्तो बनेको रे।

कसरी चिन्दथ्ये दाहिने साप्रा (फिला) ?

खुर को माथी हुने गोली गाँठो को दिसा फर्काई बाट र साप्रा को जोर्नी को दल्लो हड्डी को फर्काई बाट चिन्दथे। बद्नामी हुनु पर्ने डरले जसरी पनि शिकार गर्ने गर्दथे। दशै आउनु भन्दा १ हप्ता देखि नै शिकार को खोजीमा जँगल जाने गर्दथे।

रितहरु (चलनहरू) गाँउ, भेग पछि फरक हुने गर्दथे, खास गरी यो केटा को परिबारको कौशलता जाँच्ने तरिका थियो । यो क्रम दोहोरिदै जाँदा परम्परा जस्तै बने र हाम्रो सँस्कार मै मिसिन पुगे।

एक माना को रोटी

कुनै कुनै गाउ,ठाउँ मा बिबहा पछि केटी को घर मा जाने बेलामा १ माना को एउटै रोटी हालेर लैजानु पर्दथ्यो। समायन्तर सँगै यो १ माने रोटी को चलन त हरायो तर रोट को नामले परिकार को रुप मा स्थापित भयो घेरै समाय सम्म। रोट त्यो बेला को प्यान केक थियो।

पिरिङ्गो भित्र न भाँचिएको १ बिसे रोटी

पिरिङ्गो भने त्यो बेला को निङगला ले बनेको चेप्टो आकार को लाम्चो झोला जस्तै हो। जस्को भित्र १ बिस नभाचिएको रोटी ( सग्लो, नटुक्रीएको) केटी को घर मा लैजानु पर्दथ्यो। त्यो समाय मा पनि मान्छेहरु होसियार थिए। रित को रोटी बुझाउनु पहिले टुक्रेको छ कि छैन चेक गर्ने र टुक्रेको रोटी फेरेर सबै सग्लो रोटी रित मा बुझाउने गर्दथे।

एउटा राँगा को सिँगो आन्द्रा को टुम (गुजी, गिन्टी, धिन्टी)

टुम, गिन्टी, गुजी ठाउँ बिशेष फरक नाम ले चिनिने परिकार त्यो बेला को परिकार हो जुन बनाउन जान्ने परिबार ले छोरी सजिलै पाल्न सक्छन भन्दथे त्यो बेला को बुढापाकाहरु। एक किसिम ले सम्पन्नता जाँचिने तरिका थियो यो। टुम मा हालिने समाग्रीहरु को आधार पकाई को तरिका आदी बाट उनिहरु अनुमान लगाउथे। सिँगो राँगा को अन्द्रा को एउटै टुम बनाउनु भनेको सजिलो काम थिएन।

के हुन्थ्यो टुम भित्र ?

आन्द्रालाई सफा पारे पछि, पिठो, रक्ती, मासुका मसिनो टुक्रा, दाल, चामल लाई उसिनेर पनेलो बाक्लो झोल जस्तो धोल बनाएको हुन्थे र अरु पिठोको धोल  नुन, मसला मिसाएर अन्द्रा मा भरिथ्यो र उम्लेको पानी मा उसिन्थ्यो। यसरी केहि मिनेट उमाले पछि आगो बन्द गरिन्थ्यो र आन्द्रा भित्र को समाग्री ठोस भए नभएको जाँच गरिन्थ्यो। आन्द्रा नफुटोस भनेर सियो या अन्य ले स-साना प्बाँलहरु बनाईन्थ्यो। स्यानो आँचमा अन्द्रालाई पकाईन्थ्यो। यस्को लागी अनुभबी हरु चाहिन्थ्यो। यसरी बनाएको सिगो आन्द्राको टुम बोक्न पनि गाह्रो थियो। ( यस्तै चलन लिम्बुहरुमा पनि थियो। उनीहरुले सिँगो सुँगुर, राँगा लाई मारेर, रौ पोलेर बोकेर लैजान्थे)

अचेल समाय सँगै थुप्रै परिबर्तन भए सँस्कारहरुमा परिमार्जन भएर तै पनि कयौ मगर बस्तीमा हाम्रो पुर्खाले सुरु गरेको चलन को निरन्तरता अझै छ। जस्तै दशैको टिका को भोलि पल्ट अझै पनि कोशेलीहरु लिएर जानु पर्ने चलन  कहि कतै जिबित नै छ ।  यो त्यो बेला को चलन हो जति बेला हाम्रा पुर्खाहरु शिकार युग बाट सामाजिक युग मा स्थान्तरण गरेका थिए।  ति बेला को चलनहरुलाई हामीले धार्मिक लेप मा हराउनु दियौ भने यो ईतिहास को अर्को गल्टी हुन्छ। आफुले बाँचेको जिबन को बारे मा लेख हरु जोगाउन सकेनन यो हाम्रो पुर्खाको कम्जोरी थियो। उनिहरुले मानेको सँस्कार यो हाम्रो होईन भन्नु हाम्रो गल्टी हुने छ। हामी भित्र भित्रिएका ब्याख्या को प्रतिबाद गर्न नसक्ने र नबोल्ने बानी एक दिन हाम्रै लागी घाटक बन्नेछ। जसरी हामी म्याग्दीका मगरहरु भाषा बिहिन बन्यौ । एक दिन मगर जाती नै सँस्कार बिहिन बन्ने बाटो मा हामी जानु हुदैन। मात्रै समायअनुकुल के के परिमार्जन हुनु पर्छ त्यो परिमार्जन गरेर हाम्रो सँस्कारलाई समाय अनुकुल चाहि बनाउनु जसरी छ। क्रमश ………….

अधिल्लो पोस्टहरु

जमनाको कुरा -मैले देखेको समाज र समाय भित्रका चलनहरु

जमनाको कुरा -जमनाको मेला र तरुनी तन्नेरीहर

जमनाको कुरा -जमनाको मेला र तरुनी तन्नेरीहरु -2

जमनाको बिबहा र रितीथितिहरु-१

हामी र हामीले सुनेका/नसुनेका साईनो हरु को अर्थ

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s