जमनाको बिबहा र रितीथितिहरु-१

जमनाको कुरा – ३ पोस्ट

जमनाको कुरा
जमनाको बिबहा र रितीथितिहरु-१

पुरानो समाय मा बिबहा कसरी हुन्थे।

केटा र केटी हरुलाई भेटघाट हुन सजिलो मेलाहरु ले हुने गर्दथे। मेला मा चिनजान हुन्थे, हाँसखेल र एकले अर्कोलाई मन पराए पछि बिबहा पनि जिजु बाराजु को पाला मा त झन टाउके लगाएको भरमा बिबहा हुन्थे। भन्ने सुन्नेलाई अचम्म लाग्छ। अनि हामीले सोच्छौ कति सजिलो मन परेको लाई टाउके लगायो बिहे भयो।खास मा टाउके लगाएकै भर मा बिबहा भएको चाही होईन। भुई टाउके भन्ने खेल थियो त्यो बेला त्यो बेला प्रचलन को खेल बारे पछिका भाग मा लेख्ने छु। तर यहाँ बिबहा सँस्कार मा टाउके लगाउने भन्ने शब्द आएको ले टाउके लगाउने खेल को बारे मा छोटकरी मा।

भुईटाउके खेल

भुईटाउके खेल युवायुबती को यो जमना को खेल हो पछि केटा केटी पनि त्यहि खेलको परिमार्रजित रुप चोरपुलिस खेल्ने गर्दथे साना नानीहरु। भुई टाउके समुहमा जस्ले भुईटाउके भनेर भई छोएर टाउको मा हातले छोएर भाग्ने र टाउको मा छोएको केटा या केटीले छोएर भाग्नेलाई भेट्टाएर नाकमा छोए पछि बाजी कातिने खेल हो । यसरी टाउके लगाएर भाग्नेलाई भेट्टाएर उस्को नाकमा छुनुलाई भुईटाउके फुकाउने भनिन्थ्यो। यसरी टाउके लगाएको फुकाएन भने गाँड आउने भन्ने बिश्बास थियो त्यो बेला। मान्छेलाई भेटाए पनि नाक छुनु चाहि सजिलो कुरा थिएन। यो चलन दोहरी गाएर हार्ने ले जित्ने सँग बिहे गर्ने चलन भन्दा पहिला को पुरानो चलन हो। जति बेला मेलाहरुमा खेल (खेल भन्नाले तारो, लठो जस्ता प्रतिस्पर्धा) थिएनन त्यति बेला को रमाईलो हो यो। मेला मा भेट भए पछि के गर्ने भन्ने बेला को रमाईलो हो यो ।त्यो समाय मा पनि मान्छे नियम भित्र नै थिए जति बेला पायो त्यति बेला टाउके लगाउने खेल खेलिदन थे। टाउके लगाएर भाग्छ भन्ने मा सबै होसियार हुन्थे। खास गरी केटीहरु समुह मा बस्थे र नजिक मा आउने केटालाई सबै मिलेर लडाएर भगाउने बनाउथे। यसै बिच कुनै केटा ले केटी को टाउके छोएर भाग्यो भने त्यो केटालाई खोज्न कहिले कहि थुप्रै समाय लाग्ने गर्दथे त्यसै चिनजान मा हुने बिहेलाई टाउके लगाएर गरेको बिहे भनेको हो। मन परेको केटीलाई टाउको छुदैमा बिहे गर्न पाईने भनेको होईन।

केटी हेर्न जाने

केटा केटी ले यसरी मनपराउ पराउ भयो भने पनि बिहेको लागी भने परिबारको मुलि सँग नै कुरा गर्नु पर्ने हुन्थ्यो। मुलिलाई कुरो सोझाउने तरिका थियो रक्सी लगेर जाने। यो कुरा लगतार दोहोरिदा पछि रित बनेर हाम्रो परम्परा भित्र पसे। मगरहरुले केटी माग्न जादा रक्सी लिएर गएको अबशेष को रुपमा हाम्रो सँस्कार मा मिसिएको रक्सी झुण्डाउने (ठेकी,चोठो झुण्डाउने) भन्ने चलन कतिपय ठाँउमा अझै जिबित छ। पछिल्लो समाय सम्म पनि मगरहरु ले बिबहा को कुरा गर्नु जाँदा कति ठाउँ मा अझै पनि रक्सी छ भन्दै रक्सी खाने बहाना मा पुग्छन र परिबारको सदस्यहरुमा कुरा राखे पछि कुरा बुझे पछि र केटीतिरकाले केटा बोलाउनु भने मात्रै केटा रे केटी को बिच मन्जुरी छ कि छैन भन्ने फैसला गर्दछन। केटा रे केटी मन्जुरी भए भने बल्ल बिहे हुन्छ।

सहि,साही/साई पत्ता

रक्सी नै जमनाको साई पत्ता थियो। पछि गएर मात्र सुन, धडी र रुपैया केटीलाई दिएर दस्तुर पुरा गर्नु पर्ने चलन भित्रिएको हो। यसरी दिने सुन, धडी र रुपैया लाई साही/साई पत्ता लगाउने भनिन्थ्यो। यसरी साही पत्ता कबुल गरेको ३ दिन को दिन मा केटा का कुटुम्बले चोठो लिएर केटी को घरमा पुग्दथे। केटी ले बिचार बढ्ल्यो भने यो साई फर्काईन्थ्यो ।

चोठो झुण्डाउने/ठेकी लगाउने

यो चोठो भन्ने शब्दलाई कसैले कोशेली हो भन्छन कसैले काठको ठेकी को नाम चोठो हो भन्छन। चोठो भने को यो दुबै हो। किन भने यो भित्र रक्सी पनि हुन्छ र यो ठेकी भित्र नै हुन्छ। यो ठेकी दहि महि बोक्ने जस्तो ठुलो नभएर १ बोटल रक्सी अटाउने बोटल जस्तै अग्लो आकार को हुन्छ। पहिले पहिले केटी माग्ने जानेहरुले यो चोठो देखे पछि केटी माग्न आएको हो भन्ने सँकेट थियो। अरुबेला यस्लाई पुचै, ठोक्रे,ठेकी भनिन्छ भने बिबहाको लागी केटी को घरमा रक्सी हालेर लगियो भने चोठो भनिन्छ। कतिपय ठाउँ मा ठेकी लगाउने पनि भन्छन। समाय सँगै यो बिभिन्न समायमा बिभिन्न अर्थ बोकेर परिभाषित भएको छ।

चोठो चलन का प्रचलित मान्यताहरु

अचेल यो चलन हुने ठाउँमा केटा र केटी बिबहा को राजी भएको ३ दिन को दिनमा यो चोठो लिएर जाने चलन छ। यसो हुनु को कारण केटा र केटी को र परिबार को मन फेरियो कि फेरिएन भन्ने जान्ने मौका हो। केटा र केटी ले बिचार फेरे भने यो प्रक्रिया अधि बढ्दैन। केटीले केटाको बारे कुने नराम्रो आनीबानी भएको कुरा थाहा पायो भने केटी ले यो चोठो फर्काईदिन्छ। चोठो फर्काउनु को मतलब केटीपरिबार केटा सँग बिबहा गर्नु राजी छैन भन्ने हो। एक किसिमले पुन: बिचार गर्ने मौका हो केटी तर्फका लाई।
समाज एउटै फर्मेट मा चल्दैन कतिपय अबस्थामा केटा र केटी भागेर पनि बिबहा गर्दछन त्यो बेला केटीलाई केटा ले भगाएको ३ दिन पुग्यो भन्ने सबुत हो चोठो। केटाले केटी भगाए पनि बिबहा गरेको हो भने ३ दिन को दिन मा अनिबार्य रुपमा केटी को घरमा चोठो पुरानु पर्दथ्यो। अझै पनि ठुप्रै मगर बस्ती मा यो चलन जिबित छ। चोठो आई पुगे पछि केटी को परिबार ले केटाको परिबार र केटा को बारे मा बुझ्दछन र मन्जुरी भयो भने राम्रो बिबहा हुन्छ। कतिपय अबस्थामा केटीलाई जबर्जस्ती केटा सँग छुट्टाएर लैजाने चलन पनि छ। जे भए पनि चोठो भने को बिबहा को बैधानिक नियम भित्रको प्रर्किया हो।
यो काम कुतुम्बले गर्नु पर्दछ। कुतुम्ब भने को आफ्नो परिबार को छोरी बिहे गरेको ज्बाई, भेना, पुसाउ (फुपाजु) आदि पर्छन।

दुत कुतुम्ब

जस्तै मेरो परिबार मा बाजे जिबित हुनु हन्छ र बाजेका बैनीहरु को श्रीमान जीबित छन भने मुली कुटुम्ब मानिन्छ । छोरीका श्रीमानलाई दुत कुटुम्ब मानिन्छ। छोरी को बिहे भएको छैन भने फुपुको श्रीमान नै दुत कुतुम्ब हुन्छ ।बिहेमा चोठो लैजाने कुरा छिन्ने काम मा दुत कुटुम्ब को सक्रिय भुमिका हुन्छ।

सुत कुतुम्ब

कहिले कहि परिबार मा फुपु र दिदी बैनी दुबै नभएको अबस्था पनि हुन्छ यो अबस्थामा दाजुभाई भित्रका चेलीको छोरीको श्रीमान ले यो काम गर्नु पर्छ उनिहरुलाई सुत कुतुम्ब भन्छन। ठाउँ बिशेष फरक पर्न पनि सक्छ। हाम्रो समाज मा कुटुम्बलाई भान्जा भनिने हुनाले यो काम भान्जाले गर्दछन।
चोठो लिएर जाने कुटुम्बले केटी मागेको या भगाएको ३ दिन मा केटा को तर्फ बाट चोठो अचल ठेकी पनि भन्छन। एउटा मा रक्सी हुन्छ एउटा मा दही, महि या दुध। यो भनेको पछि परिमार्जनको बेला को कुरा हो यो हुनु पनि सक्छ नहुन पनि सक्छ। साथमा सगुन पनि लिएर जाने गर्दछन। केटी तर्फका ले यो सगुन सबैलाई बाँडे भने कुरा बिहेको कुरा अगाडी बढ्छ। केटी तर्फकाले यो सगुन खाएनन भने केटी राजी छैन भन्ने अर्थ हुन्छ र यो बिबहा रद्द हुन्छ। केटी तर्फ मन्जुर भए भने कहिले ईस्टमित्रलाई चिनाउने भन्ने बिहेको औपचारिक घौषणा जस्तै अहिले को ईंङगेजमेन्ट पार्टी जस्तै एउटा भोज हुन्छ। त्यसलाई पुरानो जमना मा रक्सी लगाउने नै भन्दथे। अचले पनि कतै कतै यहि भनिन्छ भने कतिपय ठाउँमा ईष्टमित्र चिन्ने भनिन्छ। ईंङगेजमेन्ट पार्टी यो र भोज मा फरक भने को हाम्रो यो भोज मा औठी दिईदैन। यो हाम्रै मौलिकता हो

चोठो लिएर जाने ले भोग्नु पर्ने सास्ती

मागी बिहे होईन र भागेर गरेको बिहे हो र केटी को अभिभाबक तर्फ राजी गराउनु कुटुम्बको लागी ठुलै साहस को काम हुन्छ। केटी को अभिभावकलाई आज चोठो आउदैछ भन्ने थाहा भयो भने सबै लुकेर बस्ने गर्दछन। कटुम्बलाई चोठो बुझाएरै आउनु पर्ने भन्ने हुन्छ। चोठो साँझमा मात्र पुराईन्छ। केटा मन नपराएका केटी तर्फका आफन्तहरु सबै भेला भएर बसेका हुन्छन र राम्रो नराम्रो बारे मा छलफल गर्छन। कुनै कुनै अबस्थामा निकै नराम्रो ब्यबहार सम्म गर्दछन। जस्तै टोक्ने कुकुर ढोका मा बाँधेर ढोका लगाएर सुत्ने। भित्र नबोलाउने, रिसाउने गाली गर्ने आदी आदी।
मतवाली जातीमा फुपु चेला र मामा चेली बिहे बढी हुनु को मुख्य कारण नै यहि हो। किन कि उनीहरु आफन्त पर्दथे र साईनो को निकटताले गर्दा यस्तो समस्या हरु आउदैन भनेर नै मामाको छोरीलाई नै बिहे गर्दथे मगर हरु। कुनै समाय सम्म त फूपु को चेला लाई नसोधि सम्म छोरी हरुलाई अरुलाई नदिने चलन मगर जाती मा थियो। पछि मात्र समान्तर सँगै यो चलन कम्ती हुदै गएको हो। ऐन कानुन भन्दा बलियो हुन्छन। रितिरिबाजहरु। ऐन कानुनले पनि सँस्कार र रिबाजका सम्बेदनशिलता लाई नछोएको पाईन्छ।

रक्सी लगाउदा (ईस्टमित्र चिनाउदा) के हुन्थे ?

पराम्परागत हिसाबले यो दिन केटी तर्फका गाउँले दाजुभाईलाई पग्ने जाँड रक्सी र अचार लगेर गएको हुन्छ। केटी को घर टाढा छ भने केटी को तर्फ बाट बिच बाटो मै खाजा र स्बागत गर्ने मान्छे पठाईएका हुन्थे। पहिले पहिले यो काम केटीका साथीहरुले गर्थे। अचेल घरकै नजिकै को आँगनमा यि रितिहरु हुन्छन।त्यहाँ को रितिथिति नबुझेकोहरुलाई यो नौलो र हाँस्यस्पद लागेपनि परम्परा सम्हालेका समाजलाई भने यो कुरा सामान्य र रमाईलो लाग्छ। पूर्बमा यस्लाई मुख बोलो भनिन्छ र केटी तर्फको हरेक घरमा दुलहादुलही नै कोशेली सहित पुगिन्छ। पश्चिममा भने सबै केटीको घरको आँगनमा सबै भेला हुन्छन र केटा तर्फ बाट ल्याएको सगुन (रक्सी) खाने गर्दछन । पुर्बमा घर पोसो बन्ने सँस्कार केटी ल्याएकै दिन भित्र पस्दा हुन्छ। भने मुख बोलो भने केटा र केटी आफ्नो आफन्त को दैलो दैलो मै पुग्नु पर्ने चलन थियो। कति पय ठाउँ मा यि चलनहरु अझै पनि जिबित छन।

पुरानो समायमा कस्तो हुन्थ्यो ?

यो ठाउँ बिशेस अलग अलग भए पनि मुलमर्म एउटै छ। केटीका साथीहरुले रातो माटो, कमेरो माटो (सेतोमाटो), फुर्सो माटो। घर लिप्ने ३ थरिका माटोहरु को धोल (हिलो) बनाएर भाँडा मा राखेका हुन्थे र उनीहरुले पहुनालाई राख्न तैयार गरेको ठाउँ भन्दा पहिले लुकेर रातो,सेतो,फुर्सो माटो ले छ्यापेर रँगीबिरँगी बनाई दिन्थे। कुरो (चिपचिप लाग्ने बनस्पती को फूल) को दल्लो पारेर टाउको र कपडा मा टासिदिन्थे। किन कि उनिहरु टाढा बाट ठाट बाठ ले सजिएर आएका हुन्थे। अनि कपडा बिगारेर सबैलाई आडम्बर नदेखिने बनाउनु यसो गरिएको हो पनि भन्छन कति ले रमाईलो को लागी यसो गरिएको भन्छन भने कतिले केटी को साथी ले आफनो साथी लगिदिएको रिस पोखेको पनि भन्छन। जे जसरी सुरुभएको भए पनि यो एक किसिमको रमाईलो हो। त्यसपछि रँगहरु को प्रयोग भए कसै कसैले यहि चलन नै आधुनिक होली बनेको पनि भन्छन। यो जस्ता को तस्तै नभए पनि केहि चाहि पक्कै हो। कति ठाउँ मा सिस्नुले जन्तीलाई हान्ने चलन थियो।

रक्सी को भारी लुकाई दिने

कतिपय ठाउँ मा केटी का सँगीहरुले केटाहरुले लगेका रक्सी को भारी सुटुक्कै लुकाई दिने पनि गर्दथे। उनीहरुले यसो गर्न सके भने केटा तिरका ले त्यो रक्सी फर्काउनलाई रकम तिर्नु पर्ने हुन्थ्यो। जस्लाई निखन्ने भनिन्थ्यो। निखन्नु भने को त्यो बेला जति दाम को रक्सी हो त्यती तिर्नु भन्ने बुझिन्थ्यो। यो निखन्ने भन्ने शब्द समाज मा पछि सम्म पनि प्रयोग भयो।

केटा पक्षको स्बागत (जन्ती थुन्ने)

कति कोशेली ले पुग्छ। कति जना पाहुना आउने जस्ता कुरा ३ दिनको दिन चोठो झुण्डाउने दिन नै तय गरिएको हुन्छ अनि त्यही अनुसार तैयारी पनि गरिएको हुन्छ। केटीका सँगीहरुले माला उनेर राखेका हुन्छन। कतिपय ठाउँ मा कागज को पाना को माला मैले पनि लगाएको छु।

माला बाटै हुन्छ रमाईको शुरु

केटीका सालीहरुले पाहुनाहरुलाई क्रमश… माला लगाईदिन्छन र लहरै राखेरे खाजा खुबाउछन। र जिस्कानु मिल्नेहरुलाई कप्पा (नेबारोको फल), खन्युको गेडा, आलु, मुला को चना र कुखुरा को प्वाँख, खैनी को दिब्बा खाली सिसीहरुको माला लगाई दिन्छन।खास गरि कुटुम्ब र बेहुला को साथी र नजिक मा पर्यो भने भेना, पुसाउ हरु ले यस्तो माला पाउछन। रितिमा मिसिएको ले होला हाँस्दै यो माला खाजा नसकिदै सम्म लगाएकै बस्दछन। हाम्रो रिति देखेकाहरुलाई यो कुरा अनौठो नै हुन्छ्। यसरी खाजा पानी स्वागत सकिने बेलामा १ केटा तिर को मान्छे ले पछ्यौरा सबैको बिचमा बिछ्याउछ र सबैले दामासामी रकम जम्मा पर्दछन र केटिका साथीहरुलाई त्यही खाजा खाएको भाँडा मा हालेर बुझाउछन। कहिले कहि खुब रमाईलो हुन्छ केटीहरु लिन मान्दैनन केटाहरु दिन छाड्दैनन। अचेल त आमा समुहको कोष जम्मा पार्ने काम मा रुपान्तर भएको छ यो रित।
उता आँगन मा केटीका आफन्तहरु जेठो बाट कान्छो तिर लहर मा बसेका हुन्छन र केटा तर्फको लाई पनि त्यसरी नै मिलाईएको हुन्छ। नमस्ते ढोग भेट हुन्छ। अचेल त तन्नै दाम चाहिन्छ। तर अचम्म के छ भने जाने बेलामा केटी को घर पुग्दा पछि केटा तिर कोले सबैलाई पैसा दिएर नमस्ते गर्ने हो भने फर्कने बेला को बिढाई मा केटा तिर को ले पैसा पाउछन। जे होस खर्चालुन नहुने हो भने यो चलन राम्रै हो। आडम्बर पसेको ले मात्रै हाम्रो सँस्कार को बजेट बढने डर हो। तर यि पछिल्ला चलन हुरु हुन। पहिला को चलन अर्कै थियो।

के थियो त पहिले ?

हाम्रो सँस्कार सुरुबाट देखी नै खर्चालु नै थियो। तर स्बाभिमानी खाले खर्चालु थियो। घरमा छोरी या छोरा जन्मियो भने उस्कोलागी कोदो को ढिकुरी खेलिन्थ्यो। कोडो २०-२५ बर्ष सम्म पनि भण्डार गर्न सजिलो बाली भएको ले बिबहालाई पुग्ने कोदो बाब आमाले जम्मा पारि सकेका हुन्थे। त्यहि कोदो गाँऊ भरिको आफन्तलाई बाढेर रक्सी बनाउन लागाईन्थ्यो र सबैको जम्मा पारेर केटी को घरमा लगिन्थ्यो। केटी को घरमा पनि त्यस्तै तैयारी गरिएको हुन्थ्यो। जति भाँडोमा जाँड रक्सी आएको छ त्यती नै भाडो मा अन्न भरेर पठाईन्थ्यो। साथै अन्नका बिउहरु धान, मकै, अन्यका बिउहरु पनि केटीलाई दिएर पठाईंन्थ्यो। (क्रमश —– पोस्ट-४ मा)

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s