भेजा, सरो के हो ?

“भेजा” के हो ?
नेपाली शब्दकोष मा नभेटिएको शब्द भेजा पनि हो । तर हाम्रो मा (म्याग्दीमा) “भेजा” शब्दलाई बराबरी (समान भाग, हिस्सा, सहभागीता) को रुपमा बुझिन्छ। हाम्रो परम्परागत चलन अनुसार “भेजा” को प्रचलन एकदमै पुरानो प्रचलन हो । खास गरि बिबहामा छोरीचेलीलाई कोशेली बोलाईन्छ। म्याग्दीका प्राय गाउँमा यो प्रचलन अझै छ। बिबहा मा निस्चित हिस्सा कोशेलीलाई सरोभाई बिच दामसामी बाँडिन्छ यसलाई भेजा भनिन्छ। कुनै पुजा,चाँडवाडमा सिँगो जनवार (खसि, बोका, राँगा) मासुको लागी काटेर वडा, समाज या दाजुभाई बिचमा समान भाग लगाईन्छ भने यस्लाई पनि भेजा भनिन्छ । मासु को एक भाग लाई बिलो यसरी सबैले बराबर लिने चलनलाई “भेजा” भनिन्छ ।
सरो के हो ?
सरोभाई (नबढि नकम बराबर दाजुभाई)
बिहे ठाउँ बिशेष फरक फरक बिधि ले हुन सक्छ। हाम्रो पुर्खाले समाजका उच्चतम नियमहरु त्यो बेला मा नै प्रतिपादन गरिसकेको। “सरो” यो शब्दको अर्थ पनि ठाउँ बिशेष अलग लाग्ला हाम्रो प्रचलनमा सरो भने को त्यो सामुहिक प्रचलन हो। जुन मर्दा नुन बार्ने दाजुभाई ले समाज मा कसैको बिहे पर्यो भने उस्कोलागी सबैले समान भारबहन गर्दछन। सरो को प्रचलन धेरै पुरानो हो जनु समायमा बिहे हुदा गरिने भोजभटेर को लागी चामल,दाल,तथा अन्य समाग्रीको लागी सहरोभाई मिलेर समान अन्न (चामल) र दाम (रुपैया) उठाईने गरिन्छ। यस्का निस्चित (अलिखित) नियम हुन्छ।नुन बार्ने दाजुभाई हरु ले अनिबार्य यो सरो मा सहभागी हुन्छन। यो एक किसिम को सहयोग पनि हो पैचो पनि हो। यस्ले के हुन्छ भने अहिले को स्थितिमा त यो आबस्यक पनि छैन होला तर त्यो समायमा जुनबेला सिमित साधन र स्रोतहरु थिए त्यो समायमा सबैले यसरी सरो उठाउनु भने को समाज को उच्चतम सहभागिता हो। यो वेला चलेको चलन थियो यो खास गरेर बिबहा मा थाल, टाउली (भाँडा बर्तन) उपहार दिने चलन त्यो समाय मा राम्रो चलन मानिन्थ्यो। किन कि बिहे गरे पछि नयाँ परिवारलाई स्थापित हुन जे जे जरुरी पर्छ त्यो उपहार मा दिईन्थ्यो। पछि टिका लगाएर नगद दछिणा पनि दिने चलन भयो। तर पछिका पुस्ताले यस्को गलत प्रयोग गरे। कुनै ठाउमा दाईजो बनेर भित्र्यो। कुनै ठाउँमा आजिबन तिर्नु पर्ने रिण।

सरो र भेजा मा के फरक छ ?
सरो भनेको कुनै काम सम्पन्न गर्न (बिहे,कुलपुजा) कोलागी सबैले जम्मा पारिने अन्न,रक्सी,नगद समान सहभागिता हो यो निस्चित कार्य सम्पन्न को लागी गरिन्छ। भने “भेजा” भने को खास गरी सबैले समान रमाईलो (खास गरी कुनै समायमा भात र मासु खानलाई रमाईलो) मानिन्थ्यो। सबैले बराबर भाग पाउने र बराबर रमाईलो गर्ने अबधारणामा आएको सामाजिक प्रचलन हो। जस्तै – हाम्रो तिर को बिहे मा भोज भटेर को लागी अलगै बन्दोबस्तो हुन्छ भने सरोदाजुभाई को लागी अलगै १ राँगा,खसी या अन्य मासु को लागी काटेर समान भागबन्दागरी दामसामी रकम तिरिन्छ र यो नै भेजा हो।

अझै सहज ब्याख्या गर्ने हो भने
सरो भने को एक किसिम को कोष हो जुन निस्चित दिन को काम को लागी सबै (सरोदाजुभाई)मिलेर जम्मा परिन्छ। र त्यहि काम मा सकिन्छ। अचेल यस्को का कोष हरु यसैका परिमार्जित रुप हुन।
भेजा भने को सामुहिक रमाईलो, खानपिन को लागी हुन्छ। सबैले समान लागत तिर्छन र समान भाग पाउछन। अचेल को परिमार्जित रुप मा दाज्ने हो भने सबैले पैसा उठाएर टुर जानु या पिक्निक जानु जस्तै हो । भेजा ३ र सरो लाई कतिपय ले एउटै अर्थ मा हेर्दछन किन भने यो सबै समान हुन्छ र सरोदाजुभाई भित्र हुन्छ। यसै को परिमार्जित रुप ढिकुरी (ढुकटी) हो ढिकुरी को परिमार्जित रुप अहिले का बैकहरु हुन।

ढिकुरी को अर्थ हुन्छ । सबै एकै ठाउँमा जम्मा हुनु या जम्मा पार्नु। पुर्ब तिर जाने हो भने मान्छे मर्दा किरियापुत्रीलाई कुरेर एउटै ठाउँमा बेला भएर बस्ने कामलाई अहिले पनि ढिकुरी कुर्ने नै भनिन्छ।

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s