उपहार कोष

………….. प्रकृया शुरु भएको छैन तैयारी हुदैछ

उपहार कोष के हो ?

हाम्रो स्कुल सन्चालन समितिले अनुमान गरेको आर्थिक सहयोग को बलियो आधार भने को काठमाडौ बासी वाखेतहरु हुन। हामीले काठमाडौ मा सहयोग धैरै चोटी मागेका छौ र मागेको भन्दा बढि नै पाएको छौ काठमाडौ बाट। उहाँ हरु सँग मागेको रकम को उपल्बधी बारे मा उहाँहरुलाई बिबरण कहिल्यै पनि बुझाएका छैनौ। उहाँहरु को सहयोग मा बनेका पुर्बाधारहरु थुप्रै छन हामी सित तर यो यो गर्यो भनेर बिबरण हामी बुझाउन कहिल्यै पनि गएका छैनौ। तर स्कुल को सन्चालन बारे मा आर्थिक सहयोग माग्न फेरि पनि हामी काठमाडौ लाइ हेर्दै छौ।

हरेक पटक मागियो काठमाडौ बासी वाखेतेलाई मागे पनि नमागे पनि उहाँहरु गाउँ आउने बेला मा आफन्तलाई, समाजलाई केहि न केहि उपहार, कोशेली लाईदिनु हुन्छ काठमाडौ बाट जन्मगाउँ आउदा। यो पटक स्कुलको लागी सहयोग मागेको रकम लाई किन हामी उपहार कै रुपमा सन्तान दर सन्तानलाई पुग्ने खाले कोष को रुप मा बिकास नगर्ने भन्ने अबधारणा अनुरुप काठमाडौ कोष लाई “उपहार कोष” नामकरण गर्ने अबधारणा अगाडी आएको हो।

काठमाडौ कोष “उपहार कोष” को कन्सेप्ट बने पनि यो छलफल को लागी काठमाडौ मा यो कन्सेप्ट को कपि पुराउन सकिएको छैन यसका थु्प्रैकारण हरु मध्ये केहि कारण हरु यहाँ उल्लेख गर्न चाहान्छु।

  • काठमाडौ र बिदेशमा जम्मा हुने रकमलाई  काठमाडौ को “उपहार कोष” र बिदेशको ” चिनो कोष” नामाकरण गर्ने र फिक्स खाता मा जम्मा गरी स्कुल सन्चालन मा यो कोष बाट आउने मुलधन मात्र खर्च गर्ने भन्ने कन्सेप्ट आयो र बिदेशमा यो खबर बिभिन्न माध्यमहरु मार्फत सर्कल गरियो।
  • २०१० मे महिना बाट समचार बिदेशमा सर्कल गरियो भने सेप्टेमबर १ ,२०१० देखि सँकलन मिति पनि तय भयो र २०१० मा सेप्टेम्बर-दिसेम्बर सम्म ६ लाख रुपैया सँकलन पनि भयो। तर हामीलाई यो कोष बन्दै गर्दा बल्ल थाहा भयो कि कतिपय ले बिदेशमा बाट नेपालमा आफ्ना परिवारलाई स्कुललाई सहयोग दिनु भनेर पठाएको रुपैया पनि परिवार ले हस्तान्तरण नगरेको पाईयो। यसको कारण थियो नेपाल मा घरदैलो अभियान अन्तर्गत स्कुलले अभिभावलाई सहयोग मागि सकेको थियो। अनि परिवारलाई हामीले स्कुललाई सहयोग गरि सकियौ भन्ने लागेको थियो। यस्को मुख्याकरण हाम्रो अभिभावकलाई हामीले बिदेशको कोष ” चिनो कोष” को कन्सेप्ट बारे बुझाउनु नसक्नु हो।
  • यस्तै जस्तो काठमाडौ कोष ” उपहार को कन्सेप्ट” मा पनि यस्तै दुबिधा होला जस्तो लाग्यो खास के भने हामीले बिदेशमा पनि सहयोग माग्ने काठमाडौ मा पनि सहयोग माग्ने कति जताततै माग्ने भन्ने खाल को दुबिधा काठमाडौ र बिदेशमा होला जस्तो लाग्यो। हामीले बिदेश कोष  “चिनोकोष” बन्ने क्रम मा सिकेको पाठ हो यो। मुख्य कुरा हामीले हाम्रो कन्सेप्ट को बारे मा सबैलाई बुझाउन नसकेको अबस्था हो ।
  • काठमाडौ कोष र बिदेश कोष मा जुन कोष  मार्फत सहयोग गरे को जाने स्कुल लाई नै हो। काठमाडौ कोष “उपहारकोष” मार्फत दिने कि बिदेशको “चिनोकोष” मार्फत सहयोग दिने काठमाडौ बासी वाखेतलाई छनौट गर्ने अधिकार छ। अनि अर्को कुरा यो पनि प्रस्ट पर्न चाहान्छु काठमाडौ कोष र बिदेश कोष दुबै कोष को अबधि २०१०-२०१५ सम्म पहिलो चरण हो यो अबधि भित्र ब्याक्तिगत स्वईच्छा बाहेक १ पटक मात्र स्कुललाई सहयोग गर्ने हो ।
  • कति पय ठाउँमा स्कुल को लागी चन्दा को कुरा चल्दा २ बर्ष पहिले बनेको ३ कोठे भवन र काठमाडौ ले गरेको सहयोग लाई नै जोडिन पुग्यो। ३ बर्ष पहिले पनि मागेको अब पनि दिने जस्ता कुरा हरु सुनियो। हामीले हाम्रो स्कुलको अभियान र कन्सेप्टलाई सबैलाई पुराउन सकेनौ यहि नै हाम्रो कम्जोरी हो। हामीले स्कुल को लागी दिई सकेको छौ भन्ने बुझाई देखियो। उहाँ हरुको बुझाई गलत होईन। हामिले थुप्रै कुरा एकै चोटी ल्याएको र सबैलाई कन्सेप्ट बारे खबर पुराउन नसकेको अवस्था हो यो।
  • २०१२ को तिहार मा काठमाडौ मा वाखेत स्कुल प्रतिनिधि देउसी कार्यक्रम लिएर जाने र काठमाडौ कोष को बिधिबत सुरुवाट गर्ने मोटामोटी निर्णय भए पनि यो काठमाडौ बासी हरु सित को छलफलमा मात्र कार्यन्वयन गरिने छ।

* नोट– बिदेशबाट बिदेश कोष ” चिनो कोष” मा सहयोग गरि सकेको परिवार ले काठमाडौ कोष मा सहयोग गर्नु अनिवार्य छैन। र कुन कोष मार्फत सहयोग उपलब्ध गराउने काठमाडौ बासी वाखेते लाई पुर्ण स्बतन्त्रता छ ।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s