भूमे पूजा

भूमे पूजा

भूमे पूजा भुमिको पुजा हो। (गाउँ बस्तीमा अझै पनि भूमे पूजा नभनेर भुई (जमिन) पूजा भन्छन )लगाएको अन्नबाली राम्रो होस। अन्न को सह (सन्टुष्ठी,छिटो नसकिने,कम्तीले पनि धेरै समाय पुग्ने) होस भनेर भुमिका देवता लाई मान्ने पुजा भुमे हो। बराह्थान, शिद्वथान, भुमेथान, भैरमथान,माईथान, मन्दलीथान, आस्था पनि थान जोडिएका शब्दको अहिले मन्दीर भने जस्तै हुन। थान त्यो समायमा अहिले को मन्दिर जस्तो भब्य नभएर मात्र पातलो खाल को छपनी ( चेप्टो ढुँगा) २ ढुँगा ठाडो र १ छपनी को छाना भएको हुने गर्दथ।

भुमे पुजा कसरी गरिन्थे?

हाम्रो सामजिक नियम हरु त्यो समायमा पनि ब्यबस्थीत थिए। सामुहिक रुपमा मेला मनाएको यो पहिलो मेला हो भूमे पूजा। खास गरेर भुमे पुजा बालीनाली मा किरा नलागोस, असिना पानी ले नबिगारोस । उत्पादन भएको अन्नको सह होस, अन्नले खान पुगोस भनेर भूमिलाई पूजा गरेको हो ।यस्का आफ्नै बिधिहरु थिए र अझै चलन मा छन । आफ्नो आफ्नो चलन अनुसार पूजा गरिन्छ। तर मुख्य भने को छाङ चढाउनु यो पुजा को युनिकता हो। नेपाली समाज बिभिधतामा एकता भएको समाज हुनाले अरुले अन्य तरिका ले गरे भने पनि त्यो अलग पूजा होईन स्थान्तरणको फरक नियम मात्रै हो पूजा भूमि पूजा नै हो ।

बन बार्ने के हो ?

यो पूजा ठाउँ हेरेर कुनै ठाउ बैसाख मा पर्छ कुनै ठाउँमा जेस्ठ मा पर्छ र यो पनि मगँलबार नै पर्छ ।यो पुजा गर्ने साईत पर्ने दिन लाई जोख भनिन्छ। भूमे पुजा गरिने दिन भन्दा १ महिना पहिला बन बार्ने भनिन्छ। त्यो दिन कसैले पनि जँगल मा गएर दाउरा घाँस गर्न पाउदैन। यो बन बार्नु को मुख्य अर्थ भुमे पूजा आउदैन भन्ने तैयारी हो। यो दिन बिहानै घोक (कटुवाल कराउने- सबैले सुन्ने गरी सामुहिक/सार्बजानिक सन्देश ठुलो स्बर मा कराएर सुनाउने) हालिन्छ।

घोक हाल्ने/ औरास्ने के हो ?

अग्लो डाँडा मा बसेर गाउँले ले सबैले सुन्ने गरी सामुहिक खबर सुनाउने सन्देश नै घोक हाल्ने हो। यो सन्देश पिराएको काम गरे बापत हुनेहरुले घर घर बाट अन्न पाउदथे। यसरी कराएर सन्देश सुनाउने कामलाई औरास्ने पनि भनिन्थ्यो। ओरास भनेको कुनै समाय को खबर,निम्तो,सन्देश भन्ने शब्द हो।
घोक मा के भनिन्थ्यो
ओ ————-फलाना गाउँ का गाउलेहरु आज भुमे पुजा को लागी बन बार्ने दिन हो कसैले पनि फलाना पाखा देखी यता फलाना पाखा देखि उता छचाकछुचुक (दाउरा घाँस) नगर्ने। यो कसैले सुनेन भन्न पाउने छैन हो—————– ।
यसरी घोक सुने पछि गाउँले हरु भुमे पुजा को लागी तैयारी को जाँड बनाउन थाल्दथे। यो जाँड लाई छाँङ भनिन्छ। घर घर मा या अन्न उठाएर सामुहिक छाङ तैयार गरिन्छ भूमे पूजा को लागी भनेर। हाम्रो पुर्खाहरु त्यो बेला मा पनि सामुहिक भोज गर्दथे भन्ने प्रमाण भूमे पूजा हो। भूमे पूजा को दिनमा कस्ले पनि जमिन जोत्दैनन थे त्यो बेला। घाँसपात पनि अधिल्लो दिन नै गरिएको हुन्थे।

के हुन्थ्यो भुमे पुजा को दिन?

भुमेथान मा ठुला रुखहरु हुर्काईएको हुन्थे। कसैले पनि त्यो रुख को घाँस कात्ने दाउरा कात्ने गर्दैनथे। गाउँ भरिका महिला ले ठुलो चौर मा बसेर छाँङ छान्ने गर्दथे। घर घर बाट चामल उठाईन्थ्यो र सबै गाउँले र पाहुनालाई पुग्ने गरी भात पकाईन्थ्यो। थाली कतौरा, गिलास सबैले आफ्नै घर बाट आफ्नै लिएर गएका हुन्थे। बिहानै देखी सबैले घर घर बाट दाउरा लगेर जान्थे र भात पकाउन शुरु हुन्थ्यो। भुमेलाई बोका काटेर पुजा गरिन्थ्यो र मासु पकाएर सबै गाउँलेले, छाङ र भात सँग खाने गर्दथे। त्यो बेला भूजा गरिने बोका जँगल उपयोग गरे बापत बाख्रा गोठ राख्ने गाउँ बाहिरका गोठहरुले दिने गर्दथे। बिस्तारै जँगल को अभाव आहारा को कमि ले गोठ बस्ने चलन हराए पछि यो कुनै ठाउँ मा दामा सामी रकम उठाएर गरिन्छ भने कुनै ठाउँ मा बनसमिति को झर्ना रुख बेचेको रकमले गरिन्छ।

आमा ले सम्झने भूमे पूजा

पछिल्लो समाय मा घर बाटै थाल कटौरा लगेर भात मासु थाल मै खाए पनि आमा र दौतरीहरु केटा केटी छदा भात पकाएर मान्ड्रो ( निगला ले बुने को फराकिलो चट्टी, गुन्द्री जस्तो) मा पात माथी राखिन्थ्यो। अनि भात लाई यो गाउँ त्यहाँ उपस्थीत मान्छे को सँख्या गनेर पुग्ने हिसाबले गोलो गोलो दल्लो पारिन्थ्यो रे । अनि पातमा बाख्रा को मासु र भात को दल्लो सबैलाई बाँडिन्थ्यो ।
पछि पछिल्लो समायमा गाउँ गाउँ का, टोल टोलका मानिसहरु झण्डा, त्यो बेला नेजा भनिन्थ्यो। यो आफ्नो आफ्नो गाउँको फरक फरक नाम र तरिका हुन सक्थे। कसैले रातो मात्र ध्बजा को नेजा ल्याउथे र गीत गाउदै आउथे। यहि बेला गाउने गीत हो “भैछ साईलो भन्ने” गीत

वर्षको १ दिन मात्र गाउने गीत – भूमे पूजा गीत
“गाई भैसीलाई किन न दाम्लो, बाखरी लाई खोर साईलो”

गाई भैसीलाई किन न दाम्लो, बाखरी लाई खोर साईलो यो गीत आजै को दिन मात्रै गाईन्थ्यो। एक किसिम को बिद्रोह थियो यो गीत त्यो समायमा गाई भैसीहरु गोठमा नबाधिकन छाडिएका हुन्थे भने बाख्रा लाई भने खोर भित्र थुनिएको हुन्थ्यो। सुरक्षा को हिसाब ले बाख्रालाई जँगली जनबार ले सजिलै आक्रमण गर्ने हुनाले खोर बनाएर राखिएको हुन्थे। त्यसैलाई महिलाहरुले प्रतिगात्मक रुपमा आफुलाई बन्धन मा राख्ने पुरुषहरुलाई गाई र भैसी (किन न दाम्लो) नबाधिएको फुकुबा को ठाउँ मा र बाख्रीलाई (आफुहरु) खोर (बन्धन भित्र) राखेको प्रतिकात्मक गीत हो। यो गीत को अर्थ बुझ्न थुप्रै बर्ष लागेको र थुप्रै जनालाई सोध्नु परेको थियो। अहिल हुने मेला र महोत्सब मा देखिने झाँकी हरु को चलन हाम्रो मा सयौ बर्ष पहिले नै थियो। भूमे पूजा मा नेजा (झण्डा) लिएर आउने हरेक टोल र समुह बाट यस्तै गीत हरु गाउँदै आउँथे।
यी गीतहरु त्यो समाय मा बनेका हुन जुन समायमा छोरीबुहारीलाई गीत गाउँने नाँच्ने काम मा प्रतिबन्ध लाग्ने क्रम मा थियो। हाम्रो पुर्खेउली गीत, खेली, सोरेठी मा पुरुष महिला बनेर नाँच्नु पनि यहि बन्देज को अबशेष हो। पुर्खेउली गीत, खेली, सोरेठी जस्ता गीत मा बढि भन्दा बढि भगवान को नाम मिसाईनु यो धार्मिक अतिक्रमण भएको भन्दा पनि महिलालाई पनि गीत सँगीत मा घर बाट गाउँन छुट दिन्छन भगवान को नाम भन्ने प्रेरेरित गर्नु थियो। यसैलाई आधार बनाएर हाम्रो परापुर्बकाल देखी को गीतलाई अतिक्रमित गीत को बिल्ला लगाउनु सम्म पछि परेनन। कलम र पैसा हुने ब्याख्याकारहरु।

Advertisements

2 thoughts on “भूमे पूजा

  1. Pingback: चिमखोला को भूमे पूजा | Wakhet Diary

  2. Pingback: म्याग्दी वाखेतबासीले भूमे पूजा मंगलबार गरे। | Wakhet Diary

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s