वाखेत स्कुलको सम्झना

वाखेत स्कुलको सम्झना र सम्बन्धित धटना क्रमहरु – स्यानु पाईजा

  • यो पानी पैधेराको उता पल्लो गाउँसाईट मा हाम्रो प्रा०बि० स्कुल थियो हामीले यहि पढेको हो
  • १ कलास मा पढाखेरी नै यो पधेरो मा ओखरको ठुलो रुख थियो जुन हामीले थाहा पाउदा पाउदै ढल्यो
  • पछि त्यही रुख काटेर हामी बस्ने बेन्चीहरु तैयार भयो।
  • १ कलास र शिशुकलास एउटै रुममा थियो। बेन्चमा बस्ने जति १ कलासको र त्यही ओखरको बाफली (फत्ता कात्दा निस्ककेको बाहिरी टुक्रा) जती शिशुकलासको मानिन्यो।
  • हामी शिशुकलासमा भर्ना हुदा १ कलास मा पढ्दा लतरा (थम ब० थापा) र धार्मा लाटी फुबु पनि हाम्रै कोठामा पढनु हुन्थ्यो। सरहरु नभएको बेला मा हामीलाई लतरा ले कखरा सिकाएको हो। तर कखरा चाही मुखआखार चाहि टगडा नै सिकेको हो। लेख्नु चाही २ मा पुगेर बल्ल जानेको हो।
  • भुमे पुजा को बेला अति नै हावा लाग्ने गर्दथ्यो। बुढाहरुले पुजारेले राम्रो पुजा गरेनन भन्थे हावाहुरी लाग्यो भने। भुमे पुजा कै दिन स्कुलमा होटेल लागेको थियो। टिनको छाना हावाले उडायो। बिन्दु पुर्जा को टाउको मा कात्यो।
  • डिलमुनी को ठुलो डिलमा पन्युको रुख पनि यो साल नै ढल्यो बतासले। ईन्द्रे पाईजा दाई को बारी को
  • हाम्रो पाला मा १ कलास र शिसु कलास एउटै कोठामा थियो भने २ कलास र १ कलासको बिच मा पर्खाल नै थिएन। टिन को छाना थियो। पानी परेको बेला मा टिन कराएर पढाएको सुनिदैन थियो। हामी चाही २ कलासको सँग कोठामा नै कपर्डी खेल्नु पाउथ्यौ। ठुला कलास को हरु हाम्रो कोठाको डलिन मा फत्ता फत ( डलिन मा हात सार्दै वल्लो छेऊ बाट पल्लो छेउ पुग्ने खेल ) खेल्नु आई पुग्थे। पानी परेको बेला।
  • पछि चाही हामीले धेरै हल्ला गरेर होला हाम्रो सरुवा खोला तिर को कोठामा पुग्यो जुन १ कलास थियो। हामी बसेको कोठामा ४ र ५ कलास भयो।
  • १ देखी ३ सम्म किताव सरकारी थियो ४ देखि आफैले किन्ने
  • ४ मा पुगेर बल्ल ABCD सिकेको हो।
  • त्यो बेला गृहकार्य गरेन भने सजाय सिस्नु लागाउने चलन थियो
  • कोठामा सोधेको जानेन भने नजान्नेलाई सोधेको जान्ने बिधार्थीले नै कहिले लौरो ले कहिले हातले गाला मा नै हान्नु लगाईन्थ्यो।
  • अनि साथी भनेर अलि अलि थप्पड हान्यो भने सर ले यसरी हान्नु पर्छ भन्दै कम्जोर हान्ने लाई नै चड्कन लगाई दिनु हुन्थ्यो। चड्कन खाने डर ले साथीलाई नै ५ औला को दाम बस्ने गरी हान्थे जान्ने हरु।
  • यो कलास पछि को अलग अलग नियम थियो। त्यो भन्दा माथीका हरु लाई स्कुलको अगाडी पानीको कुलो थियो त्यो कुलो मा अर्को पटक सोधेको नजान्दै सम्म एउटा खुत्ताले उभिनु पर्दथ्यो। चिसो पानीमा उभिनु पर्दा प्राय को खुट्टा सुनिन्थ्यो। यो कडा सजाय मानिन्थ्यो। बाठोहरु ले खुत्तामा तोरीको तेल लगाएर आउथे।
  • स्कुलको भुई माटोको हुनाले धुलो धुलो हुन्यो। दिन दिनै पालो पालो उन्यु को कुचो ले बढार्ने पालो लाग्थ्यो। हलहलेको पातले कालो पाती सफा गर्ने, उन्यु को कुचो ले रुम बढार्ने अनि मात्र हाजिर शुरु हुन्थ्यो।
  • दशै आयो भने सेतो माटो खन्नु पाल्चौर पुग्नु पर्थ्यो
  • असार साउन मा २ महिना गर्मी को बर्षे बिदा क्या मजा हन्थ्यो
  • राजाको जन्मोउत्सव को दिन हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै पल्लो गाउँ बाट बाह्रथान हुदै छराबोट बाट ओरालो स्कुल मै फर्किन्थ्यौ।
  • पुसको १४ गते चाही यो झाँकि बेनी नै पुग्द्थ्यो तर बाटो मा होईन बेनी बजार मा पुगेर मात्रै शुरु हुन्थ्यो
  • त्यो बेला को शैक्षिक भ्रमण चाहि ढिम्मुर खानु धिउदाना र जुनमान्द्रो खानु देउराली गैह्रा सम्म गईन्थ्यो
  • बिनोद रोका को शैक्षिक भ्रमण चाहि ढिम्मुर खानु धिउदाना जाँदा रुखबाट खसेर हात भाच्चियो। पलास्टर गरेको साह्रो हातले हाम्रो टाउको टाउको मा ठोकेर दादा देखाएर बिपत्ता।
  • पछि त जुम्रा परेको थियो त्यो पलास्टर लागेको पत्तीमा
  • स्कुल सँग जोडिएका बिर्सनै नसकिने पलहरु
  • स्कुलमा शुक्रबार कोठा माटो ले लिप्नु पर्दथ्यो
  • लिपाई सकेर सुकेर बन्ची भित्र हाले पछि नाँचगान शुरु
  • तिम्लाई मैले चाँचरी चिनेको छैनर तिम्रो घर चाँचरी त्यहीपर होईन र ? गाउने डिल ब० पुन को नाम नै चाँचरी चिचि बस्यो।
  • अन्तिम परिछा पछि हस्तकला प्रतियोगीता मा ढुक्कुर को माटो को मुर्ति बनाउने श्याम प्रसाद रोका (पुछार केटा) हा हा को नाम कुक्कु बस्यो।
  • शिव पुनले लठ्ठीले डोरी नाँघ्ने खेल्दा हात नै फ्याक्चर भयो।
  • धार्मा टिके कान्छौ। हाम्रो १ कलास मा फत्ता फत खेल्दा हात चिप्लेर भुईमा पछारिदा १ धन्टा बेहोस
  • बिष्णु बुढाथोकी को कानको सुनको रिँग हराएर मन्तरेको चामल र पाती तितो हुने गरी खाएको। तर चोर पत्ता लाग्यो कि लागेन सुन भेटियो कि भेटिएन त्यो भने थाहा भएन्
  • बबिता गौचन फत्ता फत खेल्दा हिरा देबी राम्जालीले बबिता को मेड्डी तान्दिएर बोलचाल बन्द ३-५ बर्ष खै पछि बोले कि बोलेनन कुनि ?
  • धनकुमारी रोका र छबिलाल जैसी को झगडा भयो। धनकुमारी रोएको सुनेर उनको बाबा आउनु भयो छबिलाल खोलै खोला छराबोट पुग्यो। ‘धनकुमारी रोकाले नाकमा पग्लेको सिगान फाल्दा कुमार राम्जाली को टाउको मा पर्यो अनि कुमारले रिसाउदै धनकुमारी को सुईटरमा टाउको डलेर सफा गर्यो।
  • ३ कलास को अन्तिम जाँचको श्वास्थ्य & शारिरिक शिक्षा मा दौड प्रतियोगीता पनि थियो। कुलमायाँ रोका (भान्जी) र मेरो दौड भयो स्कुलको अगाडी वाट ग्राउण्डको छेउमा पुगेर फर्केर पुन सोहि ठाउमा पुग्नु पर्ने थियो। कुलमाया भान्जीले मलाई जितेर पहिला पुग्ने बेला मा लडनु भएछ। मैले न देखेर म पनि लडेछु। हा हा हा हा ।
  • अन्तमा मेरो प्यारो स्कुल र मेरो कलास साथीहरु————– तिलक थापा, टक ब० पुन, जय प्रसाद पुर्जा, नौले सार्की, भिम ब० सार्की, प्रेम ब० सार्की, छबिलाल जैसी ————– तमती पाईजा, पमयाँ थापा, कमती पुन, बिष्णु बुढाथोकी, बबिता गौचन, हिरा देबी राम्जाली सबैलाई सम्झना चाहान्छु।

****************वाखेत छ र सम्झना छ अनि मेरो परिचय छ

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s