मैले देखेको समाज र समाय भित्रका चलनहरु

मैले देखेको समाज र समाय भित्रका चलनहरु

मैनटोल को उज्यालोमा ठिटाहरु जिपलाईट बालेर, केटाकेटी भाँङ (सुकेको मसिनो निगालो) बालेर या अगुल्टो हल्लाउदै मेला हर्न पुग्दथे। मेला, रिमिता, जाड्रो रँग भनिनथ्यो मेला लाई

जमना को सम्झना —–

गाईको चरण-२ कहाँको जन्म हो कहाँ को मरण, जन्तीपारा मा गाउने फेमस गीत, चरी फरर चरी फरर यो जीबन सम्झेर रुन्छु धरर, हरेक मेला मा साँगितिक कार्यक्रम मा नृत्य हुने गीत, धन झुलेको छ कहाँ जाम कहाँ जाम भै रहन्छ मन दुलेको छ। मान्छे मर्दा रात कात्ने मा दोहरी गाउने गीत, शिख देउराली, पानको पात सबै भन्दा बढि रेडियो मा बज्ने गीत।

जमना फर्केर हेर्दा
भुमे पुजा मा भैछ साईलो भन्ने गीत मा मिठाई आकाश तिर फालिन्थ्यो हामी खोसाखोस गरेर मिठाई छोप्थेउ। झि को हरेलो लाई झेले हरेलो भन्दै घर गन्ती सबै झि पुगिन्थ्यो हरेलो बिहानै। झी मा ईस्टमित्र नहुने घर थिएन वाखेत को।

ढुगे युग जस्तै वाखेत

रेडियो गाउँ भरिमा (७ बडामा) पुर्ण ब० पाईजा को मात्रै रेडियो सुन्नलाई बेलुका को खाना छिटो छिटो खाएर अगेना मा ठाउँ जोगाउनु पुग्नु पर्ने । सिङ्के चाउ चाउ ( स्पागती) गडेउला जस्तै भनेर खानै नमान्ने गाउँले।
चौतारी र प्रतिभा साँझ लोकगीत कार्यक्रम भने पछि खाना नखाई रेडियो सुन्नु पुग्नु पर्ने ।

लाहुरे आई पुगेको घरको आँगन

ईण्डिया को लाहुरे टिन को बाकस ८०-९० किलो बारी भोटे टाल्चा झुण्डाएर चकिलो बत्ती बाल्दै आउने प्राय रात मा । चकिलो बत्ति बल्यो र कुखुरा पोलेको बास्ना आयो भने लाहुरे आएको पुरै गाउँले लाई थाहा हुने। अनि त भोलि बिहानै घरको आगन मा चारै कुना गन्द्री ओछ्चाएर। बुढा जति ले रम खाने छोरी मान्छे जति ले शिसा को गिलास ले १ गिलास को हिसाबले कन्दानी (धोरो) को पल्ला मा चिया पत्ती,जीरा, स्यानो पोका मरिच , ल्वाङ, राईफल को तेल बाफरे सबैले शिसी नै बोकेर पुग्ने। यसरी नै दिनु पर्छ भनेर होला लाहुरे ले सबैलाई पुग्ने गरी ल्याउने बाकस भरि सायद जिरा, चिया पत्ति, ल्वाङ मरिच, राईफल तेल मात्रै भारी नै बोकेर आउथे होला।

लायो, बाटो उल्टे बाजा ,शँख, मुर्दा र मलामी

प्राय मान्छे राती मर्छ खै के सत्य छ। मैले अझै सम्म दिन मा सास गएको बुढा बुढी थाहा छैन। सबै रात मा नै मरेरे भन्ने बिहानै उल्टो शँख फुक्यो भने थाहा भै हाल्छ। शँख टुटु००००००००००००००००टु फुक्नु मान्छे मर्यो भन्ने सन्देश हो। त्यस पछि शुरु हुन्छ शब यात्रा चियान सम्म या मसान धाट सम्म। दोबाटो मा दाम पैसा ( सिक्का) बिभिन्न अन्न खसाल्ने गरिन्छ (लायो) मरेको मान्छे लाई भोजन, लामो सेतो कोरा कपडा मा हरियो निगला आधा चिरेर चेपिन्थ्यो बिजोर ३,७,९, हिसाबले १ गज को फरकमा बाटो बोक्ने बनाउने र बिजोर मान्छे ले बाटो बोक्ने । गाउँले समाज मा बिजोर अँक ५ लाई रिजर्भड डाटा जस्तै मानिन्छ। कुनै पनि सँस्कार मा ५ चौ दिन प्रयोग गरिदैन मात्रै छोरी लाई भात खुलाई को महिना ५चौ बाहेक। त्यस पछि उल्टे बाजा बजाउदै टुटुटुटु शँख बजाउदै घाट सम्म लगिने मरेको मान्छे लाई। एउटा मान्छे मर्दा पुरै गाउँ नै रुने त्यो बेला। बुढा बुढी रोएको देखेर हामी पनि आँखा सुनिनने गरि रुने।

बच्चा जन्मियो भने सुटक र मान्छे मर्दा दुखद दुबै बार्नु चलन

बच्चा जन्मिए (सुटक) पछि होस या मान्छे मर्दा (दुखद)नुन बार्ने होस दुबै फुकुवा गर्न गँहुत (गौ मुत्र) छर्ने चलन थियो। दुबै कार्य फुकाउन चेली या ज्बाँई चाहिने। गहुत सरोभाई सबैको घरमा पुराउनु पर्ने। गहुत सुटक मा तिन पटक माथी र दुखद मा तिन पटक तल झार्दै गहुत खानु पर्ने । अन्न बिउ भन्डार मा पनि गहुत छरेर सुटक, दुखद फुकाउने चलन थियो। त्यो बेला मा गहुत त्यसै खानु हुदैन भनेर दाम (सिक्का) हालेर गहुत (गौ मुत्र) खाएको जस्तै गर्दथे। दाम नभएको बेला मा नुनु को ढिका दिएर पनि काम तार्ने गरिन्थ्यो।

सब भन्दा लामो नुन बाराई

कुन साल थाहा भएन म सानो छदा हाम्रो गाऊँमा ९ जना मान्छे मरेको नुन बार्दा बार्दा २ महिना भन्दा बढि अल्नो (नुन) नहालेको तर्कारी खाएको। अन्तिम मा नुन खाएको पुरै हात गोडा नै सुनिएको थियो प्राय सबै को ।

पछि बुढाहरु बाठो भए

१३ दिन नपुग्दै अर्को मान्छे मर्यो भने दुबै को पहिलो को १३ दिन पुग्दा दुखद फुकाउने र ११ दिन नपुग्दै एउटै थर भित्र अर्को बच्चा जन्मियो भने ११ दिन मा दुबै को सुटक फुकाउने चलन चलाए।

सरो, भेजा, कोरा मानो

बिबहा गर्दा खेरी सरो (सबैले बराबर न कम न बढि) उठाउने चलन बस्यो। त्यो बेला अहिले जस्तो धेरै जनसंख्या थिएन। भेजा हालेर दशैमा मासु खाने ,भेजा उठाएर बिहेमा सपरिबार भोज गर्ने। सरो भाई मा भित्रको सदस्यको बिहे भयो भने एउटा राँगा छुटै काटिन्थ्यो र सपरिबार १ जना पनि नछुटिकन भतेर हुने गर्दथ्यो। गोठला खेतला गएका छुटेका ले पनि आफ्नो भाग पाउथे।
मान्छे मर्दा १ ढिका नुन, १ माना चामल १ रुपैया दाम सबैले(परिबारको १ जनाले १ पटक) किरियापुत्रि बसेको ठाउँ मा आफै नियम थियो। मलामी किरियामा आउनै पर्ने। नत्र चोखिदैन भन्ने चलन थियो। सरो भेजा कोरामानो को चलन हाम्रो मा अझै छ।

बिहे मा जन्ती ले माईती नाध्नु नहुने भन्ने चलन

त्यो बेला जन्तीले माईती नाँध्नु हुदेन भनेर धुमाउरो बाटो आउने गर्दथे। बिहे मा बन्दुक पडकाउने चलन थियो। बिहे मा बन्दुक आकास तिर फर्काएर पडकाईन्थ्यो। लिम्बु सँस्कार मा मर्दा पनि बन्दुक पडकाउने चलन थियो। तर बन्दुक मरेको बेला जमिन तिर फर्काएर पडकाईन्थ्यो।

ठेकी लगाउने,ईस्ट चिन्ने, पित्र चढाउने ( गोत्र सार्ने), धागो बाँध्ने ,

ठेकी लगाउने –

केटा र केटी मन्जुरीमा बिबहा हुने पक्का भएको ३ दिन को दिन केटा को घर बाट एउटा ठेकी मा रक्सी र दही बोकेर केटी को घरमा लगेर केटी को परिबारको मुलीलाई सो कोशेली दिने र कुन दिन ईस्ट चिन्ने भन्ने दिनको निर्णय गर्ने।
ईस्ट चिन्ने
(मगरहरुले रक्सी लगाउने पनि भन्छन पश्चिम मा र पुर्ब मा मुखबोलो गर्ने) तर पु्र्ब र पश्चिम को फरक भने को पुर्बमा केटा ले केटी ल्याएको दिन नै सो काम हुन्छ र केटीलाई केटा तर्फको आफन्तलाई चिनाईन्छ र देखाईन्छ भने पश्चिम मा केटा तर्फ को टोली सगुन (रक्सी) चट्नी बोकेर केटी तर्फको घरमा गईन्छ। र केटी का आफन्तहरुलाई केटा तर्फ को चिनारी गराईन्छ। सामुहिक भोज गरिन्छ

पित्र चढाउने- कुल सार्ने
बिबहा को महत्बपुर्ण कार्य को रुपमा यस्लाई हेरिन्छ। केटी अर्को कुल(थरी, गोत्र,पित्र) हन्छ केटा अर्को परिवार को हुन्छ कुल कुलान को नाममा पुजा गरेर केटी को कुल केटा को कुल मा सार्ने काम लाई पित्र चढाउने, कुल सार्ने भनिन्छ। त्यो दिन देखी केटी को मृत्यु हुदा माईती तर्फ नुन बारिदैन। किन कि केटि को कुल केटा को कुलमा सरेको हुन्छ।

अचम्म त यहाँ छ मगर को हरेक सँस्कार मा रक्सी चढाईन्छ।

धाँगो बाध्ने

धाँगो बाध्ने बैबाहिक सम्बन्ध पछि को बच्चा को धागो बच्चा को बाउँले बाध्ने गर्छ। २ हात र २ गोडा मा यो धाँगो बाढिन्छ। कहिले कहि बिबहा अधि पनि बच्चा जन्मिन्छ। यहि बच्चा को बैधानिकता सम्बन्धी समस्या नहोस भनेर होला यो चलन बसेको। कारण बिशेष ले महिला को लोग्ने बिदेशमा छ र बच्चा बैधानिक हो भने बच्चालाई धागो ससुरा, काका ले पनि बाधिदिने चलन छ।

बच्चा जन्मे पछि नाम राख्ने त्यो बेला को चलन। सोम बार जन्मिने लाई सोमे, बाटो मा जन्मिनेलाई बाटे,आईतबार जान्मिनेलाई आईते। मगलबार को मैते आदी आदी हुने गर्दथे रे नाम ।

यो सबै कुरा मैले बाँचेको जमना को हो। समाय परिबर्तनशिल छ। चलन बस्छ र फेरिन्छ समाय सँगै। मैले यहा लेख्नु कारण कुनै समायमा यस्तो चलन थियो भनेर पछिका पुस्तालाई नोट राख्नु पनि हो।
हाम्रो समाज बिबिधता मा एकता भएको समाज हो। कति कुरा एक समुदाय देखी अर्को समुदाय मा मिल्दैन पनि।

यि माथी का सबै कुरा को भोगाई को हिसाबले मेरो उमेर १०० बर्ष पुगेको जस्तै लाग्छ मलाई तर म अहिले ३५ बर्ष पुगेको छु। १०० बर्ष पुगेको मान्छे नजिक बसेर उस्ले बाँचेको जुग सम्झन लगाउने हो भने कति कुरा होला हामीले थाहा नपाएका। मेरो ईच्छा त्यहि छ। ८० माथीका उमेर का पाका बुढाहरु सँग बसेर उहिहरुले बाँचेको जुग को कथा सुन्ने र लेख्ने।

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s