जमनाको मेला र तरुनी तन्नेरीहरु -2

जमनाको कुरा
जमनाको मेला र तरुनी तन्नेरीहरु -2

पछिल्लो समाय मा आएर तरुनी तन्नेरीले खाना भात र मासु को प्रयोग गरेको पाईन्छ। र खाने बेलामा मजाक पनि गरेको पाईन्छ।

खाना खाने बेला मा तरुनी तन्नेरीको मजाक

अलि माट्टेको (मजाक बढि गर्ने ठिटा), जिस्केरा हैरान गर्ने ठिटा लाई तरुनीहरुले मासु चोक्टा भित्र खुर्सानी छिराएर दिन्थे । पानी पिउने ग्लास मा को नजिक तातो चिया भएको गिलास पनि साथै राखि दिन्थे । सोझो ठिटोलाई (कसैलाई) भातले पुरेर मासु धेरै दिन्थे । कसैको भागमा पखेटा, खुत्टा भातले छोपेर दिन्थे र अनि मरि मरि हाँस्थे । ठिटाहरुले चाही आफुले खाँदै गरेको भात डल्लो पारेर कहिले केटी को थाल मा राखीदिने कहिले लगाएको कपडा को खोल्टी मा राखिदिने गर्दथे । कहिले कहि चियापत्ती को ठाउँ मा बेसार हालेको चिया बनाउथे अनि हाँस्दथे । कहिले कहि चिया पत्ती सकिएको बेला मा यो मजाक मजाक को साचो चिया हुने गर्दथ्यो।

बिस्कुट र चिया चलन मा आउनु भन्दा पहिले खट्टे (चामललाई भिजाएर भुटेको) मा खुदो (उखुको गुलियो रस जमाएको) मिसाएर खाजा दिन्थे ।

अहिले पसल, चिनी सुलभ नभएको समाय को कुरा हुनाले कहिले कहि चियाको पानी बसालेर चिनी किन्न गएको मान्छे गाँउ भरिको पसलहरुमा चिनी खोज्दा पनि नपाउदा चिया बिहान भरी पाकेको पाकै हुन्थे रे। नेपाली समाज मा नुन हालेको चिया खाने चलन एक दम पुरानो चलन हो। अभाव त्यो बेला मा पनि थियो मात्र त्यो बेला को मान्छे जस्तो स्थितिमा पनि रमाउन जान्दथे।
मेलाहरु बिस्तारै बिकासित हुने क्रम मा थिए । चलन हरु परम्परा बन्दै थिए। मेला मा बिस्तारै जमघट, थकाई मार्ने र मनोरन्जन मात्र गर्ने मौका बाट निस्केर प्रतिस्पर्धात्मक बन्ने क्रम मा थियो। तारो खेल, लठो तान्ने को साथ साथै छेलो (थेलो) फाल्ने जस्ता खेल हरु थिए सुरुवाट का दिन हरुमा थेलो पछि मात्र परिमार्जन भएको खेल हो। यस्को शुरुवाती रुप कस्ले कति ठुलो ढुँगा बोक्न सक्ने भन्ने थियो। यो प्रतिस्पर्धात्म भन्दा पनि म बलियो छु बन्ने पार्न को लागी यस्तो ठुलो ढुँगा उचालेर दुलाउने गर्दथ्यो। यो भन्दा म बलियो छु भन्ने प्रतिस्पर्धीले उस्ले बोकेको ढुगालाई उस्ले भन्दा टाढा लैजानु पर्दथ्यो। यो क्रम एकले अर्को सँग हार नखादै सम्म दोहरिन्थ्यो। प्रतिस्पर्धिहरुले हार खाए भने त्यो ढुँगामा कोपेर त्यसको हत्केला( पन्जा) या पाईतलाको छाप (पद चिन्ह) बनाईन्थ्यो।

छेलो (थेलो,ठेलो,थेला)

ढुँगा बोक्ने खेल त्यति ब्यबहारिक बनेन समाय सँगै थुप्रै समाय लाग्ने अनि हेर्नु हरु पनि पछि पछि टाढा सम्म जानु पर्ने असुबिधाले छेलो खेल जन्मायो। छेलो खेल मा सबैलाई निस्चित पटक दिईएको हुन्थ्यो र जस्ले ढुँगालाई सबैले भन्दा टाढा फ्याक्न सक्छ त्यो नै जित्दथ्यो। त्यो बेला जित्ने ब्याक्तीलाई जित्दल भनिन्थ्यो। गाउँ गाउँ को प्रतियोगिता बनेका हुनाले हाम्रो गाउँले जित्यो हाम्रो गाउँले जित्यो। हाम्रो ठिटा ले जित्यो भन्ने शब्दहरु नै कालन्तरमा लोक गीत हरु बने र जित को उत्सोब मा मात्र होईन। खुसी , शन्देश र बिरह का भाका बनेर डाँडा काडाँ मा गुन्जने पुगे। धेरै पछि सम्म पनि यो चलन प्रचलन मा थियो।

त्यो समाय मै थियो हामी सँग स्लोगन गीत / खुसी प्रकट गर्ने गीत
“चामल को पिठो हजुर, हाम्रो गाँउको ठिटो कम्ति मा नठान”

आफ्नो गाउँको टिम या ब्याक्तीले जितेको खुसीमा जीत को उत्सोब गीत गाउने चलन। जमना सम्झने हो भने हामीले पनि सुने को हो “चामल को पिठो हजुर, हाम्रो गाँउको ठिटो कम्ति मा नठान” जुन समायमा चामल निकै दुर्लभ थियो बस्तीहरुमा चामल पाए पछि भात खाने जमना मा चामल को पिठो कसैले पनि बनाउदैन थे तर हामीले चामल को पिठो बनाएको छौ भन्ने अर्थ हुन्थ्यो यो गीत को। एक किसिमले गर्ब गरेको गीत थियो यो आफ्नो ठिटोलाई। यो गीत बस्ती को मेला हरु मा पछि सम्म पनि गुन्जिने गर्दथे। चामल को महत्ब र दुर्लभता को अनुमान गर्ने हो भने हामीले मनाउने दशै पनि त्यहि चामल दुर्लभ हुने बेला को पर्ब हो र यो हाम्रो मौलिक पर्ब हो पछि मात्र कथा र उपकथा हरु थपिएका हुन। यो बिशुद्ब नेपाली समाज को पर्ब हो यो आयतित पर्ब होईन। जति बेला चामल दुर्लभ खाना को रुप मा मानिन्थ्यो त्यति नै बेला भात पकाएर सबै को पेट भर्न नसकिने देखेर नै टिका लगाएर सबैले सन्तोष लिएर पर्ब मनाएको होला भन्ने अनुमान गर्ने हरु पनि कम छैनन। यस्ता भनाई हरु लेखिएनन किन कि त्यो बेला लेख्नु ठुलो काम मानिन्थ्यो। दशै हामीले सुन्दै र मान्दै आएको किम्बदन्ती भन्दा पृथक र पुरानो पर्ब हो। हाम्रा सबै सँस्कार हरु अतिक्रमण मा परेका छन तर जति नै अतिक्रमण मा परे पनि नछोपिएको सत्य हो दशै। दशै बिजय दशमी मात्र होईन दशै यदि बिजय दशमी हो दशै को अर्थ भने चैत्रमा पनि पर्दछ चैते दशै अनि त्यो दशैको भोलि पल्ट रामनवमी पर्दछ। खोज्ने हो भने दशैको पृथक अर्थ छ। जुन खोजिनु जरुरी पनि छ।

भुमे पूजा

भूमे पूजा भुमिको पुजा हो। (गाउँ बस्तीमा अझै पनि भूमे पूजा नभनेर भुई (जमिन) पूजा भन्छन )लगाएको अन्नबाली राम्रो होस। अन्न को सह (सन्टुष्ठी,छिटो नसकिने,कम्तीले पनि धेरै समाय पुग्ने) होस भनेर भुमिका देवता लाई मान्ने पुजा भुमे हो। बराह्थान, शिद्वथान, भुमेथान, भैरमथान,माईथान, मन्दलीथान, आस्था पनि थान जोडिएका शब्दको अहिले मन्दीर भने जस्तै हुन। थान त्यो समायमा अहिले को मन्दिर जस्तो भब्य नभएर मात्र पातलो खाल को छपनी ( चेप्टो ढुँगा) २ ढुँगा ठाडो र १ छपनी को छाना भएको हुने गर्दथ।

भुमे पुजा कसरी गरिन्थे?

हाम्रो सामजिक नियम हरु त्यो समायमा पनि ब्यबस्थीत थिए। सामुहिक रुपमा मेला मनाएको यो पहिलो मेला हो भूमे पूजा। खास गरेर भुमे पुजा बालीनाली मा किरा नलागोस, असिना पानी ले नबिगारोस । उत्पादन भएको अन्नको सह होस, अन्नले खान पुगोस भनेर भूमिलाई पूजा गरेको हो ।यस्का आफ्नै बिधिहरु थिए र अझै चलन मा छन । आफ्नो आफ्नो चलन अनुसार पूजा गरिन्छ। तर मुख्य भने को छाङ चढाउनु यो पुजा को युनिकता हो। नेपाली समाज बिभिधतामा एकता भएको समाज हुनाले अरुले अन्य तरिका ले गरे भने पनि त्यो अलग पूजा होईन स्थान्तरणको फरक नियम मात्रै हो पूजा भूमि पूजा नै हो ।

बन बार्ने के हो ?

यो पूजा ठाउँ हेरेर कुनै ठाउ बैसाख मा पर्छ कुनै ठाउँमा जेस्ठ मा पर्छ र यो पनि मगँलबार नै पर्छ ।यो पुजा गर्ने साईत पर्ने दिन लाई जोख भनिन्छ। भूमे पुजा गरिने दिन भन्दा १ महिना पहिला बन बार्ने भनिन्छ। त्यो दिन कसैले पनि जँगल मा गएर दाउरा घाँस गर्न पाउदैन। यो बन बार्नु को मुख्य अर्थ भुमे पूजा आउदैन भन्ने तैयारी हो। यो दिन बिहानै घोक (कटुवाल कराउने- सबैले सुन्ने गरी सामुहिक/सार्बजानिक सन्देश ठुलो स्बर मा कराएर सुनाउने) हालिन्छ।

घोक हाल्ने/ औरास्ने के हो ?

अग्लो डाँडा मा बसेर गाउँले ले सबैले सुन्ने गरी सामुहिक खबर सुनाउने सन्देश नै घोक हाल्ने हो। यो सन्देश पिराएको काम गरे बापत हुनेहरुले घर घर बाट अन्न पाउदथे। यसरी कराएर सन्देश सुनाउने कामलाई औरास्ने पनि भनिन्थ्यो। ओरास भनेको कुनै समाय को खबर,निम्तो,सन्देश भन्ने शब्द हो।
घोक मा के भनिन्थ्यो
ओ ————-फलाना गाउँ का गाउलेहरु आज भुमे पुजा को लागी बन बार्ने दिन हो कसैले पनि फलाना पाखा देखी यता फलाना पाखा देखि उता छचाकछुचुक (दाउरा घाँस) नगर्ने। यो कसैले सुनेन भन्न पाउने छैन हो—————– ।
यसरी घोक सुने पछि गाउँले हरु भुमे पुजा को लागी तैयारी को जाँड बनाउन थाल्दथे। यो जाँड लाई छाँङ भनिन्छ। घर घर मा या अन्न उठाएर सामुहिक छाङ तैयार गरिन्छ भूमे पूजा को लागी भनेर। हाम्रो पुर्खाहरु त्यो बेला मा पनि सामुहिक भोज गर्दथे भन्ने प्रमाण भूमे पूजा हो। भूमे पूजा को दिनमा कस्ले पनि जमिन जोत्दैनन थे त्यो बेला। घाँसपात पनि अधिल्लो दिन नै गरिएको हुन्थे।

के हुन्थ्यो भुमे पुजा को दिन?

भुमेथान मा ठुला रुखहरु हुर्काईएको हुन्थे। कसैले पनि त्यो रुख को घाँस कात्ने दाउरा कात्ने गर्दैनथे। गाउँ भरिका महिला ले ठुलो चौर मा बसेर छाँङ छान्ने गर्दथे। घर घर बाट चामल उठाईन्थ्यो र सबै गाउँले र पाहुनालाई पुग्ने गरी भात पकाईन्थ्यो। थाली कतौरा, गिलास सबैले आफ्नै घर बाट आफ्नै लिएर गएका हुन्थे। बिहानै देखी सबैले घर घर बाट दाउरा लगेर जान्थे र भात पकाउन शुरु हुन्थ्यो। भुमेलाई बोका काटेर पुजा गरिन्थ्यो र मासु पकाएर सबै गाउँलेले, छाङ र भात सँग खाने गर्दथे। त्यो बेला भूजा गरिने बोका जँगल उपयोग गरे बापत बाख्रा गोठ राख्ने गाउँ बाहिरका गोठहरुले दिने गर्दथे। बिस्तारै जँगल को अभाव आहारा को कमि ले गोठ बस्ने चलन हराए पछि यो कुनै ठाउँ मा दामा सामी रकम उठाएर गरिन्छ भने कुनै ठाउँ मा बनसमिति को झर्ना रुख बेचेको रकमले गरिन्छ।

आमा ले सम्झने भूमे पूजा

पछिल्लो समाय मा घर बाटै थाल कटौरा लगेर भात मासु थाल मै खाए पनि आमा र दौतरीहरु केटा केटी छदा भात पकाएर मान्ड्रो ( निगला ले बुने को फराकिलो चट्टी, गुन्द्री जस्तो) मा पात माथी राखिन्थ्यो। अनि भात लाई यो गाउँ त्यहाँ उपस्थीत मान्छे को सँख्या गनेर पुग्ने हिसाबले गोलो गोलो दल्लो पारिन्थ्यो रे । अनि पातमा बाख्रा को मासु र भात को दल्लो सबैलाई बाँडिन्थ्यो ।
पछि पछिल्लो समायमा गाउँ गाउँ का, टोल टोलका मानिसहरु झण्डा, त्यो बेला नेजा भनिन्थ्यो। यो आफ्नो आफ्नो गाउँको फरक फरक नाम र तरिका हुन सक्थे। कसैले रातो मात्र ध्बजा को नेजा ल्याउथे र गीत गाउदै आउथे। यहि बेला गाउने गीत हो “भैछ साईलो भन्ने” गीत

वर्षको १ दिन मात्र गाउने गीत – भूमे पूजा गीत
“गाई भैसीलाई किन न दाम्लो, बाखरी लाई खोर साईलो”

गाई भैसीलाई किन न दाम्लो, बाखरी लाई खोर साईलो यो गीत आजै को दिन मात्रै गाईन्थ्यो। एक किसिम को बिद्रोह थियो यो गीत त्यो समायमा गाई भैसीहरु गोठमा नबाधिकन छाडिएका हुन्थे भने बाख्रा लाई भने खोर भित्र थुनिएको हुन्थ्यो। सुरक्षा को हिसाब ले बाख्रालाई जँगली जनबार ले सजिलै आक्रमण गर्ने हुनाले खोर बनाएर राखिएको हुन्थे। त्यसैलाई महिलाहरुले प्रतिगात्मक रुपमा आफुलाई बन्धन मा राख्ने पुरुषहरुलाई गाई र भैसी (किन न दाम्लो) नबाधिएको फुकुबा को ठाउँ मा र बाख्रीलाई (आफुहरु) खोर (बन्धन भित्र) राखेको प्रतिकात्मक गीत हो। यो गीत को अर्थ बुझ्न थुप्रै बर्ष लागेको र थुप्रै जनालाई सोध्नु परेको थियो। अहिल हुने मेला र महोत्सब मा देखिने झाँकी हरु को चलन हाम्रो मा सयौ बर्ष पहिले नै थियो। भूमे पूजा मा नेजा (झण्डा) लिएर आउने हरेक टोल र समुह बाट यस्तै गीत हरु गाउँदै आउँथे।
यी गीतहरु त्यो समाय मा बनेका हुन जुन समायमा छोरीबुहारीलाई गीत गाउँने नाँच्ने काम मा प्रतिबन्ध लाग्ने क्रम मा थियो। हाम्रो पुर्खेउली गीत, खेली, सोरेठी मा पुरुष महिला बनेर नाँच्नु पनि यहि बन्देज को अबशेष हो। पुर्खेउली गीत, खेली, सोरेठी जस्ता गीत मा बढि भन्दा बढि भगवान को नाम मिसाईनु यो धार्मिक अतिक्रमण भएको भन्दा पनि महिलालाई पनि गीत सँगीत मा घर बाट गाउँन छुट दिन्छन भगवान को नाम भन्ने प्रेरेरित गर्नु थियो। यसैलाई आधार बनाएर हाम्रो परापुर्बकाल देखी को गीतलाई अतिक्रमित गीत को बिल्ला लगाउनु सम्म पछि परेनन। कलम र पैसा हुने ब्याख्याकारहरु।

हरेलो

हरेलो के हो ?

हरेलो पुरानो ईतिहास बोकेको चाड पर्ब हो। मुख्य रुप मा हरेलो कुनै न कुनै रुपले सबै किसानीमा आधारित जीबनयापन गर्ने गाँउहरुमा मनाईन्छ। लामो ईतिहास बोकेको पर्ब हो ।जुन खास गरी पहाडी जिल्लाहरुमा मनाईन्छ। जुन कृर्षीमा आधारित हुन्छ। यो कुनै ठाउँ मा साउन को अन्तिम मँगलबार मनाईन्छ। भन्ने म्याग्दी को पात्लेखेत गा०बि०स० ,वाखेतमा यो पर्ब भदौ महिना को पहिलो मँगलबार मनाईन्छ। तिथी मिति मिलाएर मनाउनु भन्दा पनि भदौ महिना को पहिलो मँगलबार मनाईनु नै यो आफैमा मौलिकता हो।

हरेलो को नामकरण को आधार

हरेलो “हेरालो” भन्ने शब्दबाट अपभ्रँश भएर हरेलो को रुप मा स्थापित भएको नाम हो। जब मानव जाती जँगली शिकारमा आधारति बसोबास छाडेर समुहमा बस्न खेतीमा आधारित जिवनयापन शुरुगरे त्यहि समायमा हरेलो को जन्म भएको मानिन्छ। शुरुबाट को ताका गाई भैसीहरु जँगलमै हुन्थे। परापुर्बकाल मा गाईभैसीलाई असार-साउन खेतीको समायमा जँगल पठाउने चलन थियो। बनमा बर्षाको समायमा राम्रो चरण (गाई भैसीले खाने घाँस) हुने र खेती को समायमा सबै ब्यस्त हुने हुनाले गाई बस्तुलाई जँगल पठाउदा हरेक टोल र समुहले आफ्नै आफ्नै निस्चित १,२ जना मान्छेलाई खर्च उठाएर दिन्थे र गाई बस्तुको देखभाल को जिम्मा दिने गर्दथे। जस्लाई “हेरालो” भनिन्थ्यो। गाई भैसीको गोठमा काम गर्नेलाई गोठालो भने जस्तै जँगल पठाएको बेला गाई बस्तु गाँउ फर्कन नदिने र सुरक्षा गर्नेलाई ब्यक्तीलाई हेरालो भनिन्थ्यो। हेरालो शब्द बाट नै हेरालो बनेको हो। गाउँले ले खेती को काम सक्ने र गाउँले ले जँगल पठाएको गाईबस्तुलाई गाँउ फर्कन दिएको दिन नै सबैले थकाई मेटाउन र रमाईलो गर्नको लागी हरेलो मेला को चलन शुरु भयो। पछि खेतीपाती को रक्षा को कुरामा पनि जोडियो र परम्परा बनेर चलेको छ। समाय सँगै गाई-बस्तुलाई बर्षाको समायमा (रोपाईको बेलामा) जँगल पठाउने चलन त हरायो तर हरेलो चाही हाम्रो परम्परा बनेर बाँचिरहेको छ।
शुरुबाट को हरेलो कस्तो हुने गर्दथ्यो ?
रोपाई सकिए पछि र मकै बाली थन्काए पछि गाउँ मा कटुबाल (सार्बजानिक सन्देश उच्चो स्वरमा अग्लो ठाँउमा उभिएर सबैलाई सुनाउने ब्याक्ती) कराउदथ्यो। सन्देशमा भनिन्थ्यो। —– गाऊँबासी — फलानो दिन भित्रमा सबैले आफ्नो आफ्नो अन्नबाली निकाल्नुहोला। यसरी सामुहिक सन्देशले निस्चित गरेको दिन सम्ममा सबै मकै र नोक्शान हुने सबै अन्नबाली बारी बाट निकाली सके पछि जँगल बाट गाउँ फर्कने टगारो, टगालोहरु खुल्ला गरेर हेरालोहरु मेला मनाउन गाउँ फर्कन्थे। गाउँमा बारीको टगारो, टगालो पनि खुल्ला गरिएको हुन्थ्यो। गाईबस्तु जँगल बाट फर्केपछि सोझै बारीमा पस्दथे। गाँलेहरु मेलामा रमाईलो गर्दथे। बिभिन्न परिकारहरु तैयार गर्दथे, दिबङगत आत्माहरुलाई सम्झेर खाना चढाउथे। पछि गएर यो खेती पूजाको रुपमा स्थापित भयो। जसरी बनमा पठाएको गाईबस्तुलाई हेरालो ले सुरक्षित राख्दथे त्यसै गरी खेती-बारीमा पनि हेरालो को प्रतिकको रुपमा गुँराशको हाँगामा बिभिन्न अन्नका खर्चको पोकाहरु राखेर सुरक्षा गरिदिनुस भनि पूजा गरिन थालियो। यो ठाउँ बिशेष फरक हुन्छ। गुँराशको सत्ता, खीर्रा, तितिपाती या अन्य बोट को हाँगा पनि प्रयोग गरिन्छ। कतै कतै खेत मा कुखुरा को भाले काटेर भोग पनि दिईन्छ।

माल

त्यो बेला मा पनि दादा हरु हने गर्दथे । मेला मा लडाई पनि हुने गर्दथे। दादा लाई त्यो समाय मा माल भनिन्थ्यो। तर लडाई अहिले को जस्तो कुटपिट नभएर समायर लडाउने र अठाएर राख्ने खाल को हुन्थे। लडाई हुने बेला मा दुबैले समातेर एकले अर्कोलाई लडाउने प्रायस गर्दथे। यसरी लडाउने लाई भन्काउने भनिन्थ्यो। तल पर्ने ब्याक्तीले प्रतिकार गर्ने छाडे मा माथी पर्ने ब्याक्तीले जितेको हुन्थ्यो त्यति बेला। लडाई को बिकास क्रम लाई हेर्ने हो भने त्यस पछिका पुस्ता काल्ला ( बारी को दिल) बाट तल खसाल्ने लडाई लडेको, त्यस पछि को पुस्ता मात्र हातले र दाउराले हान्ने लडाई गरेको पाईन्छ। अचेलको लडाई मा हतियार प्रयोग हुने हुनाले पहिले को भन्दा धेरै खतरा छ अहिले को झगडा।

चाँडपर्ब लोप हुनु को कारण

लडाई झगडा हुने भएको ले नै कतिपय ठाउँ मा चाडपर्ब घर भित्र मात्रै सिमित छन। लोप हुने अबास्थामा छन। हाम्रा मौलिक पर्बहरुलाई जोगाउन को लागी अबको पुस्ता सँमयमित हुनु जरुरी छ।

यसरी मेला लाग्ने र भेटधाट हुने हुनाले केटा र केटी बिच चिनजान हुने, मन पराउ पराउ हुने र बिबहा हुने सम्म हुन्दथे।

जमना को बिबहा र सामाजिक रिति हरु बारे अर्को पोस्ट मा जमना को कुरा क्रमश——— (नोट- यि कुराहरु पुरानो समाज का चलन चल्टीका (जस्ताको तस्तै) फोटोकपी होईनन तर सच्चाईका केहि हिस्सा भने हुन। जुन कसैले लेखेर बचाएनन भने पछिका पुस्ताले थाहा पनि पाउने छैनन ।उपयुक्त शब्द र ब्याख्या कसैलाई मन परेन भने पनि माफी चाहान्छु। माथिका बिबरणहरु त्यो बेला को समाजको स्यानो झ्याल मात्र हुन सबैले आफ्नो बरिपरि का नयाँ -पुरानो सँस्कारहरु यसरी नै लेख्ने हो भने हामी सँग मौलिकता यो बिशाल भण्डार नै छ)

Advertisements

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s