जमनाको कुरा -जमनाको मेला र तरुनी तन्नेरीहरु

जमनाको कुरा

जमनाको मेला र तरुनी तन्नेरीहरु

त्यो समायमा अहिले जस्तो चिठी पत्र, ईमेल, ईन्टरनेट, सोसियल नेटबोर्क हरु थिएन। साँच्छै भन्ने हो भने गाऊँ हरु एक देखी अर्को निकै टाढा टाढा हुन्थे। मेला त्यो बेला पनि हुने गर्दथे। तरुनी तन्नेरीहरु त्यो बेला मा भेटधाट हुने माध्यम भने कै मेला हुने गर्दथे। बराजु को पाला मा मेला मा तरुनीलाई बोकेर लैजान सके केटा केटी को बिहे हुन्थे रे । यो अल्लो युग को कुरा हो। अल्लो युग भन्नाले कपडा को सुरुबाती बिकास युग गाउँ घर मा अल्लो भनेको एक जात को सिस्नो हो यस्को फाईबर बाट नै हातै ले धागो प्रसोधन भगरेर धागो बनाईन्थ्यो। एक गाउँ देखी अर्को गाउँ निकै लामो दुरी मा हुने हुनाले मेला मा बस्ने अस्थाई स्याउलाका (कलिला रुखहरु काटेर बारेका) टहरा हरु बनेका हुन्थे। अहिले जस्तो होटल हरु नभएको ले मानिसहरु खाने पानी देखी, रक्सी खाजा समेट घर घर बाटै तैयार गरेर मेला भरिलाई पुग्ने खाना घर बाटै बोकेर आउदथे। मेलाहरु १,२ दिन को मात्र हुने गर्दथे।

परिमार्जन को क्रममा मेला

बिस्तारै मान्छेहरु बढि हुदै थिए गाउँ गाउँ को दुरी कम हुदै थिए। मेला हरु बाक्लो हुदै थिए। त्यो बेला मो मेला हरु मा भुमे पुजा, हरेलो मेला, मालिका, कालिका, माई मेला, बेनी,त्रिबेनी मेला , मेलाहरु प्राय भुमि देउता, देबी देउराली को, खोलाको सँगम को नाउँ का हुने गर्दथे। सँयोग या अर्थ सबै मेला मँगलबार हुने गर्दथे। भुमे पुजा, हरेलो पुजा, दोखालो, कुलपुजा, मालिका, कालिका पुजा।

खेलको जन्म

मेला ले नै खेल जन्माएको हो।लठो तान्ने र तारो तान्ने खेल को जन्म बारे बुढापाका हरु को भनाईलाई आधार मान्ने हो भने मानब बस्ती को पहिलो खेल हो। मान्छे शिकार युग बाट सामाजिक युग मा प्रबेश गरेको प्राणी भएको ले तारो नै पहिलो खेल हो भन्ने गर्दछन बुढापाका हरु। तारो खेल (आर्चरी) लाई सिकार बाट खेलमा प्रेबेश पहिलो प्रतिस्पर्धात्मक खेल मान्दछन बुढापाका। तारो खेल सिकार खेल बाट आएको हो र यो मगरहरुको खेल हो भन्ने प्रमाण यसरी पनि मान्न सजह छ। खेल को जन्म बारे

बुढापाका के भन्छन क्रमश—

लठो तान्ने

कम्मर मा पटुकी र शिरमा फेटा , खाडी र भाँङरा सबै अल्लोका उत्पादनहरु हुन। त्यो बेला। युबतीलाई बोकेर घर मा ल्याउन सके बिहे हुने युगको हुदैछ यहाँ यि चलनहरु सुन्दा अचम्म लाग्दछ। तर युबतीहरु पनि त्यति कम्जोर थिएनन। उनिहरु को आफन्त हरु पनि हुने गर्दथे। कसैले त्यसरी लैजान खोज्यो भने ठुलै धम्सा धम्सी हुने गर्दथ्यो। यहि धम्सा घम्सी मा पटुकी, फेटाहरु खोसा खोस र ताना तान हुन्थे। यहि ताना तान नै पछि लठो तान्ने खेल को रुपान्तर भएको हो। अझै पनि ठिटा (तन्नेरी) लाई गाउँ गर मा लाठे भन्छन। लाठे भने को बलियो हो रे। बल को खेल भएको ले लठो तान्ने भनेको रे।

तारो खेल

शिकार युग को खेल हो तारो खेल यो खेल शिकार बाट खेल मा भित्रिएको हो भन्ने प्रमाण अझै पनि यो खेल को नियम भित्र जीबित छ।

के थियो शिकार को नियम ?
शिकार युग को अन्त तिर मान्छे सामाजिक हुने क्रममा थिए। सामाजिक भन्नाले समुहमा बस्ने। खेति पाती र ब्यबसाय ले जिबनयापन गर्ने युगमा प्रबेस गर्दे थिए। जब मान्छे सामाजिक भए दैनिकीहरु निरन्तरता हुन थाले। बाँस,गाँस,कपास मान्छेका दैनिकि भित्रका कुरा पर्दथे। शिकार त मान्छे ले रगतमा बोकेर आएको थियो। कुनै बेला यस्तो थियो शिकार गर्न नसक्नेको अस्तित्ब नै समाप्त हुने गर्दथ्यो। मान्छे समाज मा बस्न थाले पछि पनि शिकार उस्ले छाडेको थिएन। शिकार खेल्नु लाई अईरी खेल्नु भनिन्थ्यो। तिखा भाला र काँढले हानेर शिकार गर्ने गर्दथे। शिकारलाई शिकारीले पहिलो पटक जस्ते हान्छ त्यो त्यस्ले शिकार को बोनस (अतिरिक्त मासु) पाउने गर्दथ्यो। शिकार धटना स्थलमै मर्यो भने यो बोनस हिस्सा सबै शिकारी को हुने गर्दथ्यो र मरेन र अरुले पहिलो पटक त्यसलाई समाते भने यो बोनस हिस्सा को हकदार त्यो समाउने ब्याक्ती दामसामी हुने गर्दथ्यो। यस्तो बोनस हिस्सा मा दाहिने फिला को धुँडा देखी माथी र साप्राजो जोर्नी विचको मासु हुने गर्दथ्यो। धनुष काँढ बाट बसेको यो शिकार को नियम बन्दुक सम्म आउदा पनि यथाबत नै थियो। टाउको उमेर पुगेका समुहले खाने गर्दथे यो एक किसिम ले सिनियर को सम्मान जस्तै थियो त्यो बेला ।

के मिल्छ त तारो खेल मा शिकार को नियम ?

तारो खेलको नियम मा शिकार को नियम मिल्ने २ कुरा हरु छन
• खोल ( टार्गेटको केन्द्र)
• खोल को लाभ ( अतिरिक्त लाभ) खेलाडीलाई
• जोडी निर्धारण ( खेलाडी को १।१ सर जम्मा पारेर २।२ सर राखिन्छ। जस्को सर जो सँग पर्छ त्यो नै उस्को जोडी हुन्छ)
(प्रतियोगितात्मक खेलहरुमा थुप्रै नियमहरु थपिएको छ तर सामान्य खेल मा अझै पनि यो नियम जिउँदो छ)
तारो खेल को टार्गेट को केन्द्रमा बाटुलो धेरा बनाईएको हुन्छ त्यो धेरा भित्र बाण (एरो) हान्यो भने त्यो खोल हुन्छ। पैसाको जन्म हुनु भन्दा पहिले यो खेल मा शिकारीहरुले खेलेको खेल हुनाले त्यो बेला त्यो दिन मार्ने शिकार को बोनस हिस्सा शिकारीले दामा सामी पाउदथे। एरो लाई बोलीचाली को भाषा मा थिन्को भनिन्छ, थिन्को को यसमा कोट्ली ( फलामले बनेको भाग) सर कोटली सँग जोडिएको बिषेश जात को निगला को सोझो भाग,पम्प धनुष को धागो मा राखेर तान्न मिल्ने भाग र प्वाँख। सन्सार को पहिलो कोड भने कै यहि शिकार मा प्रयोग हुने थिन्को मा प्रयोग भएका प्वाँख हुन।
अचेल तारो गोलो पत्ता मा खेलिन्छ। सुरुबाट का दिनहरु मा यो खेल रुखको फेद र पछि ठाडो फत्ता मा खेलिन्थ्यो। त्यो समायमा खोल हरु एउटै मात्र हुने गर्दथे। अझै पनि तारो खेल मा खोल को लाभाँश खोल हान्ने खेलाडी लाई नै हुन्छ। पछि अरु खेल मा पनि यसैको सिको गरेर उत्कृस्ट प्रस्तुति गर्ने खेलाडीलाई बेस्ट प्लेयर ट्रफी, पुरुस्कार दिईन्छ। अचेल खोल को मा थुप्रै धेरा हरु थपिएका छन र जुँबा मा परिणत हुदैछन हाम्रो पुर्खाले सुरुगरेको पहिलो खेल।

प्वाँख किन राख्दथे शिकारी हरु सर को टुप्पो मा ?

शिकार युग मा शिकार काँढले हानेर हुने हुनाले यो कहिले कहि शिकार लाई थुप्रै शिकारी ले काँढ हान्ने गर्दथे। शिकार को नियम अनुसार यो काँढ (सर) कस्को हो भन्नेमा बिबाद नहोस भन्न को लागी आफ्नो काँढ मा प्वाँख हालेर चिनो बनाउने गर्दथे। एक किसिमले यो अरुको काँढ भन्दा युनिक बनाउने पहिलो कोड थियो। तारो खेल ले नै मान्छे लाई कोड राख्नु पर्छ भन्ने सिकाएको हो। यसैकारण नै थर (लामो समाय समुहमा रहेको-थर्ने) हरु बनेका हुन। थर हरु बन्नु को कारण पनि यहि हो यो हाम्रो समुह को मान्छे हो भन्नु युनिकताको पहिचान हो। कोट्ली, सर, प्बाख जस्तै त्यो बेला मान्छे ले आफ्नो नाम पनि ३ भाग को बनाउथे। नेपाली जनजाती नाम मा बहादुर पछि मात्र भित्राईएको नाम हो। (पुर्ण बहादुर थापा) नियम समाय अनुसार फेरिन्छ र यस्का फर्मेट पनि। नामलाई अझै पनि थुप्रै समुदायमा पुर्खा सँग जोडेर थपिन्छ। र हामीले पनि नाम को पछाडी थर अझै पनि बोकेको छौ यो पुर्खाको सम्मान हो र हाम्रो परिचय पनि।

तारो खेल मगर को थियो भन्ने प्रमाण

समान्यतया पुरानो जमनाको तारो खेल मा टार्गेट (फत्ता) मा ५ सर गाड्ने ले बाजी जित्ने गर्दथ्यो। समान सर प्रहार मा १ भन्दा बढि टिम को ५ भयो भने त्यो खेर सुरु बाट खेलिन्थ्यो। जस्लाई मार्टुम्/ङ (फेद.तल) भनिन्छ। मार्टुम्/ङ भन्ने शब्द मगर शब्द हो। मिडुम- टाउको/माथी, मिडुम फेद हो भने मार्टुम्/ङ पुन शुरु गर्नु भन्ने अर्थ हुन्छ। कुनै कुनै ठाउँ मा ङेहरेङ पनि भन्छन मार्टुम्/ङ लाई ।

जमना को तरुनी तन्नेरीहरु

मेला बिकसित हुदै गए पछि ठाउँ ठाउँ को मान्छे बिच चिनजान पनि बाल्लो हुदै थिए। खास गरी खेती पाती को काम मा थकाई मार्ने को लागी मेलाहरु बनेको हुन्थे। मेलाहरु अहिलेको डेटिङ स्पट जस्तै थियो त्यो बेला। मेला बाट नै मन पराउ पराउ हुन्थ्यो केटा केटी बिच र बिबहा पनि हुन्दथ्यो। प्रेम लाई पुरानो समायमा हित, पिरती भन्दथे। केटा र केटी मन पराउ पराउ गरे भने तिनीहरुको हित छ रे भन्थे।
जमना कसरी याद गर्छन त्यो बेला को तन्नेरी हरु

हाँसखेल

फलाना ठाउँको मेलामा फलना गाँउको तरुनीहरु सँग १,१ दिन गीत गाईयो भन्थे। त्यो भेला यसरी भेला भएर गीत गाउनु लाई हाँसखेल भिन्थ्यो। जस्को ठाउमा मेला हुन्थ्यो त्यो ठाउँ मा खाने बस्ने बन्दोबस्तो त्यही को तरुनी तन्नेरी को को हुने गर्दथे। चामल पिठो जे सहज छ त्यो पकाएर खुवाउने गर्दथे। अहिले जस्तो पैसाले किन्ने चलन थिएन त्यती बेला। मेला चलुन्जेल यसरी नै तरुनीले तन्नेरीलाई र तन्नेरीले तरुनीलाई खाना खुवाउथे। मेला सकिए पछि बिदाबारी भएर आफ्नो आफ्नो घर फर्कन्थे। फर्कने बेला मा एउटा डाँडा मा भिएर भालै भालै भनेर काउथे। त्यो समायमा भालैई भालैई भन्नु को अर्थ आफैलाई थाहा नभएको तर केटाले टोपी र केटी ले पछ्याउरा हल्लाउदै भालै भालै भनेको सम्झदै अचेल बाई बाई गरे जस्तो होला भन्छन बुढापाका हरु। सायद यो पनि कुनै ठाउँको भाषा हुनु पर्छ भालैई भालैई । एउटा डाँडा बाट रुदै छिट्टिएका तरुनी तन्नेरीहरु अर्को डाँडा बाट आँखाले देखुन्जेल भालै भालै कराउथे। रात परेर पछि पछ्यउरा हल्लाएको, टोपी हल्लाएको अध्यारो भएर देखिन छाडे पछि मात्रै गाउँतिर फर्कने नियम जस्तै थियो त्यो बेला। उज्यालो हुदा सम्म एउटा डाँडा र अर्को डाँडा मा उभिएर कुर्लने, सुसेल्ने टोपी, पछ्यौरी हल्लाउने र भालैई भालैई भनेर कराउने गर्दथे। यसरी चिनजान हासँखेल दोरिदै जाँदा बिहे हुन्थे। तरुनीहरु ले तन्नेरीलाई हातले बुने का गलबन्दीहरु उपहार मा दिन्थे। गलबन्दी पाउने तन्नेरीहरु गर्ब गर्दथे।

भाँडा तिर्ने
लामो चिनजान पछि र तरुनीले गलबन्दी उपहार दिए पछि तन्नेरीहरुले भाँडा लाग्यो भन्थे। अनि के दिने भन्ने लामै छलफल हुन्थे। यसरी आफ्नो गाउँ को तरुनी हरु ले अर्को गाउँ को तन्नेरीलाई गलबन्दी दियो रे भन्ने सुने पछि त्यो गाउँ को तन्नेरीहरु खुब जल्ने गर्दथे। अहिले जस्तो टर्चलाईट नभएको जमनाको कुरा हुनाले त्यो बेला राँको बालेर जँगल पार गरेर तन्नेरीहरु तरुनी को गाँउमा राती नै पुग्दथे र सबेरै फर्कथे भाँडा तिर्नु।

भाँडा मा के के लैजान्थे तन्नेरीहरु

दुध जम्मा पारेर खिर पकाउथे, नरिबल, मिस्री ( चिनी बन्नु भन्दा पहिले को ढिक्का चिनी) केरा किन्ने गर्दथे पालै पालो बोकेर लैजाने गर्दथे। समुहमा हुना ले निकै गह्रो भारी हुने गर्दथ्यो। भांग्रा मा पोको पारेर जाँबे ( अल्लो को डोरी ले बनेको त्यो बेला को झोला) देउता,भुत प्रेत मा अति नै बिश्बास गर्ने जमना को कुरा हुनाले हरेक खोल्सा र डाँडामा आफुले लैजादै गरेको खाने कुरा को स-सानो भाग हातमा पोको पारेर चढाउदै पुजा गर्दै जान्थे। पल्लो डाँडा मा धेरै राँको बलेको देखे भने तरुनीका गाउँका तन्नेरीहरुले दुख दिने गर्दथे। किन कि कसैलाई आफ्नै गाउँको केटी मन परेको हुन्थे र बाटो मा लुकेर तर्साएर फर्काउने सम्म को कोशिस गर्दथे।

तरुनी का गाँउका तन्नेरीहरु ले गर्ने उटपटाङ

यसरी राती अर्को गाउँ को तन्नेरी आउदैछ भन्ने थाहा पाए भने त्यो गाउँ का तन्नेरीहरुले बाटो मा तर्साएर हैरान बनाउथे। घर बाट बिरालो को बच्चा छोपेर लगेरा उनिहरुले थकाई मार्ने चौतरा को नजिक डोको ले तोरेर राखिदिन्थे। बनमा राती बिरालो कराएको डरलाग्दो सुनिन्थ्यो। बाटो मा लहराहरु बाटोमा तानेर राखिदिन्थे। गौडा बाट झेरे टेक्ने ठाउँ मा गोबर को थुप्रो राखिदिन्थे। तन्नेरी हरुले आफुले बोकेर लगेको केरा खिर त्यही गोबरमा चिप्लेर लडेर हकिले कहि एउटै डल्लो बन्ने गर्दथ्यो।
यस्तो दुई अबस्थामा हुने गर्दथ्यो। आउदै गरेको तन्नेरी को गाँउको तरुनीले आफूहरु सँग हाँसखेल गर्नु नमान्नु। अर्को आफ्नो गाउँ को तरुनीहरुलाई त्यहि गाउँको तन्नेरीले औधी मन पराउनु। कहिले कहि त तरुनीले पकाएको खाना मा तन्नै नुन या पानी हालि दिने, अगेना मा सुतुक्क खुर्सानी पोलेर निस्कने सम्म को उत्पटाङ गर्दथे।
यसरी भाँडा लिएर गएका तन्नेरीहरु चाही राती नै कसैले थाहा नपाउने गरी जाने र आउने प्रायस गर्दथे र सम्भाबित यस्ता कुरा बाट बच्न लामो बाटो छामेर राँको नबाली जाने गर्दथे। कहिले कहि जाँदा जादै उज्यालो हुने बेला मा मात्र तरुनी को गाउँ मा पुग्दथे।
क्रमश——–

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s