धर्म के हो ?

धर्म के हो ?
भगवान छ भन्ने बिश्वास हो धर्म छोटो रुप मा भन्नु पर्दा ।

भगवान के हो ?

भगवानको परिभाषा एउटै छैन त्यसकारण नै धर्मका नानाथरिका नामहरु छन । धर्मलाई कसैले निर्जिव को रुपमा देख्छन। कसैले तथ्यको रुपमा, कसैले सिद्वान्तको रुपमा, कसैले योजना कसैले मौनता को रुपमा, कसैले ब्यापारको रुपमा । धर्म सँस्कार पनि होईन, धर्म परम्परा पनि होईन। धर्म रितिरिवाज होईन। किन कि यो भगवान हो र यो छ भन्ने बिश्वास मात्र हो। सन्सारमा धर्म (भगवान) छ भन्ने बिश्वास हुने हो भने नसिमाना हरु मिचिन्थे। न मान्छेहरु बेचिन्थे। नसाईनो हरु मेटिन्थे। न मानव बमहरु बन्थे। न हतियार का कारखाना हरु बन्थे। भगवान छैन त्यसकारण नै धर्म पनि छैन। धर्म भएको भए यो सबै हुने थिएन। धर्म छैन किन कि भगवान छैन भन्नेहरुको लागी। भगवान छ भन्ने मान्दछन भने पक्का त्यहाँ धर्म पनि छ। तर मान्छे भित्र भ्रम छ त्यो हो – शास्त्रको अध्यान गर्नु धर्म थान्छन। मन्दिरमा उभिएर पुजा गर्नु धर्म थान्दछन। नन बन्नु धर्म थान्छन। गुरु बन्नु धर्म थान्छन। बिज्ञान र धार्मिक शास्त्रको बिच को युग हो भगवान भनेको। अहिले या त धार्मिक शास्त्र छ या बिज्ञान मात्र छ ।

धार्मिक शास्त्र के हो ?

परम्परा र रितिरिवाजलाई कब्जा गरेर समुह माथि राज गर्नेहरु ले प्रतिपादन गरेको रसिलो र पोसिलो मुहानी मुहान हो। जस्ले जुन उद्देश्यले लेखेको हो त्यो प्रात्त गर्ने जालो हो ।जस्ले जुन मुहान को पानी खान्छ उस्लाई त्यसै मुहान को मुहानी लाग्छ र त्यहि मात्र राम्रो र बाँकि खराव लाग्न थाल्छ। जस्ले ३ थरि मान्छे जन्माउछ – १) अरुको धर्म को खन्डन गर्ने, २) उत्पादन ह्रास गर्ने ( उर्जाशिल उमेरलाई नन या अनुयायी बनाएर कुन्जाउछ) ३) मान्छेको मन चोरेर समान चोरहरुको भिड जम्मा पार्ने। जीवन बाच्ने तरिका सिकाउनु पर्दथ्यो शास्त्रले। तर धार्मिक शास्त्र ब्याख्या गर्ने हो भने बर्तमान र भबिस्या पनि मिल्ने सँयोग मात्र बनेको छ।

बिज्ञान के हो ?

बिज्ञान एउटा अतृप्त आत्मा हो । मान्छे तृप्त भएको भए आबिस्कारहरु हुने थिएनन। सबै धार्मिक शास्त्र पढेर मात्रै बस्ने थिए ।मान्छे ले बिज्ञान प्रबिधि हो भन्छन। यो हो पनि, प्रबिधि भनेकै अतृप्त मनहरुले उब्जाएको आबिस्कार हो। धर्मले बिचारहरु चोरेर समुह बनाउछ भने प्रबिधिले अतृप्त मनहरु को तृष्णा अनुसार आबस्यकता बढाउछ। गुडेर, उडेर, पड्केर छड्केर जसरी भए पनि आबस्यकता को पुरा गर्न लागेको छ। बिज्ञानले भगवान छैन भन्छ। त्यो सहि पनि हो। अतृप्त मन भित्र भगवान हुदैन। बिश्वास पनि हुदैन। मान्छे तृप्त हुदा बित्तिकै सन्सारको आबिस्कारहरु कोमा पर्दछन।

आबस्यकता के हो ?

आबस्यकता आबिस्कारको प्रेरक हो। कल्पनाको प्राप्ती आबिस्कार हो। एकपछि बढ्दै जाने अन्नत यात्रा हो आबस्यकता यहि आबस्यकता नै मान्छेलाई दास बनाउने कारक तत्ब हो। पहिलेको जमना मा खाना कै लागी मान्छे अरुकोमा काम गर्दथे। अहिले राम्रो जागीर, तलव, सुबिधा भन्दा भन्दै आजिवन उस्तै जिबन बाच्दछौ। किन कि हाम्रा आबस्यकता हरु बढदो छन। फोन भए पुग्ने कुनै समाय मुबाईल चाहिएको छ। मुबाईल पनि ३जी, ४जी मुबाईल चाहिएको छ। सन्सार को सबै सुबिधा सबैलाई पाउनु परेको छ त्यसकरण नै सन्सार उहि चक्रमा फनफनी घुमि रहेको छ।

धर्म, बिज्ञान, आबस्यकता बिच पिसिएको भ्रमित बिचरा को नाम नै जिवन हो। यही जीवनमा बुझ्न नसकेको रहस्य नै भगवान हो।

अचेल बिश्वास छैन त्यसकारण पहिले जस्तो नयाँ धर्म र भगवान को नाम सुनिदैन। किन कि कसैले कसैलाई बिस्वास गर्दैन भने कसरी धर्म को जन्म होस कसरी नयाँ भगवान को नाम सुनियोस। यहि बिस्वास नहुनु को कारण नै एकता छैन। एकता नहुनु को कारण नै सन्सार मा शान्ती छैन। शान्ती नहुनु को कारण पक्का हो भगवान छैन। भगवान छ भन्ने बिश्वास भएको भए सबै गलत काम हरु बन्द हुने थिए। एकले अर्कोलाई गलत नगरे पछि अशान्ती हुने थिएन

Comment Here

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s