जमनाको कुराः हरेलो मेला र भबिष्य, आयोजकहरुले ल्याउनु पर्ने भाबी रणनिति

जमनाको कुराः हरेलो मेला र भबिष्य, आयोजकहरुले ल्याउनु पर्ने भाबी रणनिति

(आजको बल्ग हाम्रो गाउँ को परम्परागत हरेलो मेला को वरिपरि नै छ। )
हरेलो मेला मात्रै होईन सबै गाउँले मेलाहरुको भबिष्य त्यति चम्किलो छैन। हामी हरु गाउँले मेलालाई किनेको मैनबत्ती जसरी बाली रहेका छौ। मैन बती बलेर सकियो भने फेरी अर्को नकिनि उज्यालो हुदैन। सबै गाउँ का मेलाहरु यसरी नै मैनबत्तिको हालतमा छन।

किन हराउदै छ मेला को आकर्षण

मिडिया को पहुचले गर्दा अब परम्परागत रौनकता मा कम आयो। मनोरन्जनका लागी नजिक मा सिनेमाहरु हरु उपलब्ध छन । घर घर मा केबुल टिभि जोडिएका छन। घर भित्र कयौ देश परका का च्यानलहरु छिरि सकेका छन। यस्तो अबस्थामा परम्परागत धर्राका मनोरन्जनहरु फिका लागि रहेका छन। मेला को आकर्षण हराउनु मा कला र सँस्कृतिमा सृजनात्मकता नहुनु पनि एउटा कारण बनेको छ। जस्तै दम्फु र मादल को युगमा मानिस मिडिया र प्रबिधि भन्दा पर थिए उनिहरुलाई मादल र हारमुनियम बजाएर मौखिक गाएर प्रस्तुत गरिएको साँस्कृतिक कार्यक्रम रोचक लाग्दथे। मैनटोल को उज्यालो मा मञ्चको पर्दा कति बेला खोलिन्छ भनेर मानिस ब्यग्रले प्रतिक्षा गर्दथे। अचेल को साँस्कृतिक कार्यक्रम का मञ्चहरुमा पर्दा नै हुदैनन। सबै कुरा खुल्ला भएको ले कौतुहलता भन्ने कुरा मन मा नै आउदैन। कुनै बेला कतिजना को प्रस्तुति होला। कसरी नाच्लान भन्ने अनुमान गर्दा गर्दै उत्साह मनमा चढि सकेको हुन्थ्यो।

मेला रोचक नहुनु मा बिभिन्न कारणहरु छन।

-खेलकुदहरु प्रतिस्पर्धात्मक नहुनु। कुनै बलियो टिम आउदैछ भन्यो भने जित्ने उनि ले नै हो किन गेम फि सक्ने भन्ने हारको मानसिकता बढ्नु। खेल बलियो टिम सँग खेलेर जित्ने हो भन्ने आत्मबल खेलाडीले गुमाउदै जानु। खेलाडी समायमा उपस्थित नहुनु।
-साँस्कृतिक कार्यक्रमहरुमा सृजनात्मकता हराउनु। जति नृत्यहरु प्रस्तुत गरिन्छ त्यो सबै सबैले टिभिमा ५० सौ पटक देखिसकेको नृत्य हुन्छ।
-बुढा पाका पुस्ताको लागी कार्यक्रम नै नहुनु। पुस्तान्तर यसरी फराकिलो भयो कि पुरानो पुस्ताले अहिलेका गीतहरु आधा बुझ्दैनन र आधा मन पराउदैनन। उनिहरुको लागी कार्यक्रम हरु बनाउन नसक्नु
– समुह समुह बिच हुने झगडाले निम्ताएको समाजको फुट। कुनै समायमा छिमेकी गाउँ हरुले मेलालाई राम्रो शोभा बढाई दिन्थे। अचेल समुह बिच मा हुने झगडा र मुद्दा ले गर्दा छिमेकी छिमेकी बिचको सम्बन्ध सुमधुर छैन। कुनै बेला गाउँले मेला मा अरु गाँउका सबै मानिस पहुना बनेर घर घर मा आईपुग्थे। अर्को गाउँ मा मेला लाग्दा त्यसरी नै जान्थे।
-आलो पालो घर घर मा खाना खुवाउने चलन हराउनु। तरुनी तन्नेरी बिच हासखेलको चलन छुट्नु। पुरानो समायका मेलाहरु कम खर्चालु यसैले हुन्थे कि खाजा देखी खाना बस्न सम्म सबै आलो पालो चलन ले हुन्थे। उमेर समुह का आफन्तको गाउँ का केटा केटीलाई मेला अबधि भर खाने बस्नेको ब्यबस्था उस्तै उमेरका केटाकेटीले गर्दथे। एक किसिमले आत्मियता थियो उनिहरु कतै न कतै बाट नातेदार परिहाल्थे। उस्तै पालो उनिहरुको गाउँ को मेला मा जाँदा पनि हुन्थ्यो। रमाईलो सँगै आत्मियता बढाएका हुन्थे यस्ता चलनहरुले।
-महँगाई बढ्यो, महँगाई यति बढ्यो कि साथीहरु सँगै होेटल मा बसेर खाजा खानलाई पनि मानिसलाई सोच्नु पर्ने अबस्था आयो। सबै कुरा किनेका र बजारे खाना पिन शैलीले पम्परागत कुराहरु हराएर गए।
-रातको समायमा हुनु भन्दा पहिल्यै मानिस आफ्नो गन्तब्य मा फर्कि सक्नु। अचेल का झगडाहरु पुलिस केस हुने र कुटपिट टाँका लाग्ने गरि हुने गर्दछ। त्यसैले समाय मै घर फर्किनु नै सबैले बुद्वमान सम्झन्छन। त्यसैले पनि मेला खाली स्थान नै खाली भए पछि रमाईलो कम हुने नै भयो।
-प्रबिधिले भित्राएको स्वतन्त्रताः पहिले एउटा साँस्कृतिक कार्यक्रमको लागी टिम को जरुरत पर्दथ्यो।बाध्यबादन बजाउने, गित गाउँने, नृत्य गर्ने जस्ता मानिसहरुको सकृयता बढि हुन्थे। प्रबिधिले अहिले मुवाईल मा गीत बजाएर नाँचिन्छ र तालिम गरिन्छ। तालिम देखि कार्यक्रम प्रस्तुत गर्दा सम्म राम्रो टिमओर्कको जरुरी हुने हुनाले त्यो बेला का समुह मा एकता थियो। अहिले यस्तो आवश्यकता छैन। मुवाईल मा गीत बजाएर मुवाईल मै भिडियो हेरेर नाँच्न सिकिएका र नाचिएका कार्यक्रम को मनोञ्जन र सृजनात्मकता प्रश्न पत्र आउट भै सकेको परिक्षा र रिजल्ट जस्तै फिका भयो।

आत्मनिर्भर हुन सकेन मेला ?

मेला आत्मनिर्भर हुन नसक्नु को कारण आम्दानी भन्दा बढि ब्यबस्थापन खर्च नै हो। जम्बो ब्यबस्थापन समिति। सामान्य खाजा खाए मात्रै पनि ४०-५० हजार को खर्चै भै हाल्छ।मेला अबधि अनाबश्यक लामो हुनु।

मेला आत्मनिर्भर हुन नसक्नुको कारण

-खेलाडीहरु कम टिम सहभागिता
-मेला अबधि लामो हुने हुदा ब्यबस्थापन खर्च बढ्नु
-मेला बाट उठ्ने करहरुको अप्रादर्शिता
-बिदेश बाट सहयोग मागेर मेला चलाउने ट्रेण्ड। बिदेश बाट भएका स्पोन्सरहरुले मेलाई लाई अनाआवश्यक लामो र खर्चालु बनाएका छन।
-राष्ट्रिय स्तरका कलकारहरु पाश्रमिक दिएर ल्याउनु तर टिकट चलन नहुनु
-अर्को साल फेरी स्पोन्सर पाई हालिन्छ भनेर संकलन भए जति रकम खर्चमा देखाउनु र बचत नगर्नु।
-मेलाा आयोजक समितिले सर्वपक्षलाई समेटन नसक्नु
-युवा कल्व या मेला ब्यबस्थापन समिति सँग दिर्धकालिन योजना नहुनु। स्पोन्सरले स्पोन्सर गरे बापत उस्को ब्यबसायलाई बिक्री प्रबर्धन नहुनु। संस्थागत र ब्यबसायिक घराना भन्दा ब्यक्तिगत प्रायोजन बढि हुनु। प्रायोजकहरु सँग सम्पर्क गर्न सक्ने संयन्त्र कम्जोर हुनु।
यो बर्ष मात्रै हरेलो मेला नजिक आईरहदा बिदेशमा काम गरि सकेका एक जनालाई पनि मेला ब्यबस्थापन समितिमा र बैठकमा बोलाउनु पर्छ भन्ने तर्फ सोचाई नपुग्नु। अहिले , टक पुन, चकप्रसाद थापा, खेम ब.थापा, दिपक रोका, कुमार रोका, तुलप्रसाद रोका, खेम रोका, गौ ब. रोका रामकृष्ण पाईजा गाँउ मै छन। गत बर्षहरुमा १००% ग्राण्ड स्पोन्सर गर्ने बिभिन्न देशका मा छरिर काम गर्ने सहयोग दाताहरु हुनु हुन्छ उहाँ हरुलाई सम्मानार्थ सल्लाहकार को भुमिका मा छलफल गर्ने नसक्नु। भोलि गएर आज कै गाउँका युवाहरु भोलिको सहयोग दाता हो भन्ने अबधारणामा काम गर्न नसक्नु।

हरेलो मेला को निरन्तरताको लागी भाबि रणनिति

समाज को मुख्य शक्ती युवा पनि हो। हाम्रो युवाहरु कहिले बिदेश निस्कने मुडमा पासपोर्ट काटेर भिसाको पर्खाईमा बसिरहेको हुने हुनाले मेला आयोजना गर्नको लागि दिर्धकालिन योजना को अभाव छ। म गै हाल्छु भोलिका ले गर्छन भन्दा भन्दै हामी र हाम्रो समाज निकै पर पुगि सकेको छ।
परम्परागत मेलाहरु को निरन्तरता र बिकास को लागी रणनितिहरु आवश्यक छ।
-मेला हाम्रो खर्च होईन गौरव हो भन्ने भावनात्मक बिकास गर्नु आबश्यक छ।
-मेलालाई आयोजक खोज्ने र सन्चालन गर्ने भन्दा पनि आत्मनिर्भरको बाटो मा कसरी लैजाने भन्ने रणनितिहरुको बारे मा खोज र छलफल गर्नु आवश्यक छ।
-मेला हेर्न किन जाने ? भन्ने प्रश्न आउनु भन्दा पहिले फलानो मेला मा फलानो मौलिक कार्यक्रम हुन्छ त्यसैले हेर्नु पर्छ भन्ने प्रचारात्मक कार्यक्रम र ईमेज मेलाले बनाउनु पर्यो।
-स्थानिय उत्पादन र प्रबर्धवन संग मेला जोडिनु पर्यो। उत्पादन सँगै मेलालाई बजारिकरण र बिज्ञापन को रुपमा उपयोग गर्नु आवश्यक छ।
-फलानो ठाउँ मा यस्तो गरियो हामी पनि यस्तै गर्ने भन्ने तिर नलागौ। हामी हाम्रो आफ्नै मौलिक ईमेज स्थापना मा लागौ।
-सबै भन्दा ठुलो कुरा टिमओेर्क हो। फलानो छ आयोजक मा उसैले गर्नु पर्छ भन्ने साँगुरो मानसिकता बाट सबै निस्कनु आवश्यक छ।
-कस्तो किसिम को कार्यक्रम बनाउने। कति टिम खेलाडी हुन्छ। खर्च कति हुन्छ र कसरी ब्यबस्थापन गर्ने भन्ने योजना हरेलो आउने बेला मा मात्रै कुरा उठ्नु भएन। संस्कृति र परम्परा भन्ने कुराहरु १ दिन बचाएर हुदैन। यस्को लागी सबैले सकारत्मक रुपमा बिभिन्न समाय मा बिभिन्न चरणका कोशिस हरु गरिरहनु आवश्यक छ।
-परम्परा भनेको मेला र रमाईलो मात्रै होईन। हाम्रो मौलिक संस्कृति र एकताको कडि पनि हो। बिभिन्न उमेर, लिङग र सामुदायले यो मेरो हो भन्ने अनुभुति गर्ने सक्ने र कार्यएकता गर्ने सक्ने भनेको यस्ते मेला पर्वहरु नै हुन। जस्ले हामीहरुलाई भावनात्मकरुपमा जोड्छ।
-युवा कल्व गठन गर्दा हिजो हामीहरु भित्रकै ब्यबस्थापन समितिमा काम गरिसकेका हरुलाई बिदेश सल्लहाकार या प्रतिनिधिहरु राख्नु भयो भने कुनै पनि बिषयमा छलफल गर्न को सँग भन्ने कसरी जाने भन्ने सजिलो हुन्छ।
-बिगत मा प्रायोजन गरिसकेहा सँस्था,, दाताहाहरुलाई धन्यबाद र अपडेटहरु उपलब्ध गराउनु पर्दछ। धेरै मा मैले यहि निराशा देख्छु। हामीले गाउँ को लागी यति गर्यो उति गर्यो उनिहरुले अपडेट पनि गर्दैनन भन्ने गुनासो बिदेशको हुन्छ।
-आत्मनिर्भर मिडिया बनाउनु आवश्यक छ। जस्ले हाम्रो अपडेटहरु सजिलै सहि समयामा सबैलाई पुराउन सकोस र यो हाम्रो र राम्रो समाज भन्ने गर्व गर्न सकोस।

-स्यानु पाईजा पात्लेखेत-७ वाखेत, म्याग्दी
(जमनाको कुराः हरेलो मेला र भबिष्य, आयोजकहरुले ल्याउनु पर्ने भाबी रणनिति

हरेलो मेला २०७१ः वाखेत ब्यबस्थापन समिति बन्यो।

हरेलो मेला २०७१ः वाखेत ब्यबस्थापन समिति बन्यो।

(Note- आज July- 24, 2014, साउन ८ गते २०७१)
हरेलो मेलाको दिन ‍‍- August- 19 2014 , भदौ ३ गते मँगलबार)

हरेलो आउन मात्रै २६ दिन बाँकी

परम्परा गत रुपमा मनाउदै आएको हरेलो मेला यस बर्ष पनि विविध कार्यक्रमका साथ् मनाउने निर्णय गर्दै निम्न लिखित मेला आयोजक समिती निम्न अनुसार चयन भएका छन। ,

मेला संयोजक )
दिल बुदाथोकी
दल पाईजा

( खेल्कुद संयोजक )
राजु रोका
रामकृष्ण घताने
दिनेश पाईजा
होम पाईजा

( सचिव )
रिम रोका
अर्जुन पुन

( कोष संयोजक )
प्रेम रोका
सुनिल पुन

(सास्कृतिक संयोजक)
राधिका रोका
दिब्य पाईजा
अमृता पाईजा
( प्रचार प्रसार संयोजक)
गुन पुर्जा
याम रोका

( स्वयम सेवक संयोजक )
अमृत पाईजा
बिरेन्द्र रोका
फक्त रोका
मुकेश बुदाथोकी
रविन थापा
धन रोका
निल बहादुर पाईजा
करण राम्जाली
खगेन्द्र रोका
समलाल पुन
प्रदिप रोका
यू बहादुर पुन
बिकास पुन
याम बहादुर पुन
गोबिन्द पुन
कबी रोका
नबिन राम्जाली
रविन रोका
मनोज बुदाथोकी

(विशेष सहयोगी सस्थाहरु )
भुमे थान आमा समुह ६,७,८,९
पुर्खेउली समुह
धार्मिक समुह
वि, नि, मा, वि
बराह समुदायक बन

स्रोतः गुन पुर्जा को अपडेट

रोजी रोका ज्युले Graduation गर्नु भयो @ Bradford University UK मा उहाँलाई बढाई छ

रोजी रोका ज्युले  Graduation  गर्नु भयो @ Bradford University UK मा उहाँलाई बढाई छ

पात्लेखेत गाबिस वडानं  ६ वाखेत   स्थायी घर भै बेनी, कालीपुल म्याग्दी मा बसोबास गर्नु हुने  दिल ब./पदमा रोका को छोरी रोजी रोका ज्युले  Graduation  गर्नु भयो @ Bradford University UK वाट  उहाँ र उहाँ को सम्पुर्ण आफन्तलाई बढाई छ। वाखेत डायरी मा हाम्रो प्रतिभालाई सँग्रह गर्न पाउदा खुसी लागेको छ। अगाडीका पाईलाहरु सधै सफलता तर्फ लम्किरहुन यहि हाम्रो शुभकामना

Roji Roka Congratulations

 

स्रोतः ओम रोका युके।

पात्लेखेत – ६ वाखेत का शेर ब. पुन पुरस्कृत

पात्लेखेत – ६ वाखेत का शेर ब. पुन पुरस्कृत

बिगत ३ बर्ष देखि ब्यबसायिक बाख्रापालन मा लागेका शेर ब. पुनजी लाई पुरस्कार प्राप्त भएको खबर  म्याग्दी अनलाईन छापिएको छ।

खबर तल हेर्नुहोला

पशुजन्य व्यवसाय प्रर्वद्धनका लागि सात लाख मूल्यका सामाग्री सहयोग
Written By : म्याग्दी अनलाइन on July 8, 2014

सन्तोष गौतम
म्याग्दी, २४ असार । जिल्ला पशु सेवा कार्यालय म्याग्दीले पशुजन्य व्यवसायको प्रर्वद्धनका लागि मंगलबार सात लाख रुपैया मूल्य बराबरका उपकरण सहयोग गरेको छ । चार वटा डेरी पसल र तीन वटा मासु पसल सञ्चालकलाई मंगलबार एक कार्यक्रमको आयोजना गरि उपकरणहरु हस्तान्तरण गरिएको हो । एक थान चिलीङ भ्याट भेसीन, ३ वटा फ्रिज, ७ वटा डिफ्रीज, तीन वटा टेबुल, तीन वटा डिजीटल तौलने मेसीन र तीन वटा मासु काट्ने चक्कु उपलब्ध गराइएको छ । मासु र दूध व्यवसायमा गुणस्तरीयता वृद्धी गराउन सात लाख रुपैया मूल्य बराबरको उपकरण सत प्रतिशत अनुदानमा उपलब्ध गराएको जिल्ला पशु सेवा कार्यालय म्याग्दीका प्रमुख बरिष्ठ पशु चिकित्सक डाक्टर दयाराम चापागाईले जानकारी दिनुभयो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले उपलब्ध गराइएका उपकरणहरुले व्यवसाय प्रर्वद्धनका साथै उपभोक्ताहरुले स्वस्थ्य मासु तथा दूध उपभोग गर्न मद्दत पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । उक्त अवसरमा म्याग्दीको पशु पालन क्षेत्रमा प्रशसनिय काम गरेको भन्दै भगवतीका नन्दबहादुर भण्डारी, घारका नारायण बरुवाल, भकिम्लीका धनबहादुर श्रीस र पात्लेखेतका शेरबहादुर पुनलाई पुरस्कृत गरिएको थियो । स्थानीय विकास अधिकारी बिष्णुप्रसाद शर्माको अध्यक्षता, जिल्ला पशु सेवा कार्यालयका पशु स्वास्थ्य प्राबिधिक डिल्लीराम रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यालयका पशु स्वास्थ्य प्राबिधिक सुभाष रेग्मीले स्वागत गर्नुभएको थियो ।

थोपा थोपा पानी जोडेर सकियो बोक्से फाँटको रोपाई

थोपा थोपा पानी जोडेर सकियो बोक्से फाँटको रोपाई

म्याग्दी, पात्लेखेत गाबिस वाखेत का बासिन्दाहरुले बोक्से, शंकर पाईजा को खेत रोपाई गर्दै।

म्याग्दी, पात्लेखेत गाबिस वाखेत का बासिन्दाहरुले बोक्से, शंकर पाईजा को खेत रोपाई गर्दै।

 

वाखेतेले सके बोक्से फाँट को रोपाई, रोपाई को लागी अझै प्रायप्त पानी छैन।

आकाशे पानी को भरमा हुने पहाडी रोपाई प्रयाप्त मात्रमा पानी नपरेको र मुल नफुटेको कारण ले असारको आधा महिना सकिदा पनि रोपाई हुन सकेको छैन। जेठ को अन्तिम हप्ता र असारको पहिलो हप्ता मा रोपेर सकिने बोक्से फाँटको रोपाई मुस्किल ले आज सकिएको छ।

टक पुन ले अपलोड गर्नु भएको अर्को फोटो यहाँ पनि पानी अभाव मा मुस्किलले रोपाई हुदैछ।

टक पुन ले अपलोड गर्नु भएको अर्को फोटो यहाँ पनि पानी अभाव मा मुस्किलले रोपाई हुदैछ।

पात्लेखेत फाँट, रगरेगे फाँट, ओखले, ठुलो खला, देउती सारा, बनपाखे जस्ता फाँट हरु रोपाई को लागी पानी कुरेर बसेका छन।

 

 

 

रामकृष्ण पाईजा नेपाल गए

रामकृष्ण पाईजा नेपाल गए

दुवई मा कार्यरत रेशम पाईजा को भाई पुर्ण ब. पाईजाको छोरा नेपाल गएका छन।

शुभयात्रा …………….

स्रोत – गणेश पाईजा दुबही

वाखेतको द्वाखर्क, दैईडाँडा-तिम्मुरे पाखा बृक्षरोपण कार्यक्रम सम्पन्न

वाखेतको द्वाखर्क, दैईडाँडा-तिम्मुरे पाखा बृक्षरोपण कार्यक्रम सम्पन्न

वाखेत का बराहपंग्रेनी सामुदायिक बन उपभोक्ता समुह बडा नं ६,७,८,९ ले द्वाखर्क- दहिडाँडा, तिम्मुरे पाखा खण्डमा बृक्षरोपण कार्यक्रम सम्पन्न गरेका छन।

 

वाखेत, द्वाखर्क- दहिडाँडा, तिम्मुरे पाखा खण्ड बृक्षरोपणः फोटो रिम प्र. रोका

वाखेत, द्वाखर्क- दहिडाँडा, तिम्मुरे पाखा खण्ड बृक्षरोपणः फोटो रिम प्र. रोका

पात्लेखेत गाबिस को वाखेत अब यस्तो ठाउँ हो जहाँ का सम्पुर्ण खाली ठाउँ सामुदायिक बन बनेको छ। सिद्वथान थान, दहगैह्रा खण्ड २०४०  साल को आसपास मा बृक्षरोपण भएको हो। त्यस पछि  क्रमश. प फड्के गैह्री, २०४६ साल मा २०४७ मा बराह पँग्रेनीमा, २०४८ मा धिउ दादा खण्ड र बाँकि बचेको तिम्मुरे पाखा, हेरालो बस्ने ढुँगा खण्ड बृक्षरोपण भएको हो। यो खण्ड बृक्षरोपण हुदा सम्म चौपाया हरु को लागी भनेर पानी को मुहान र खर्क जाने मुलबाटो हरु खुल्ला थिए। केहि बर्ष पहिले सबै मुलबाटो हरु बन्द गरि खुल्ला चौपाय चरणहरु समेत बृक्षरोपण गरिएको छ। अहिले का खण्डहरु तिनै खाली ठाउँ हरु हुन। वाखेतका सामुदायिक बन हरु अब पुर्णरुपमा चौपाय मुक्त र बृक्षरोपण ले भरिएको छ।

 

वाखेत, द्वाखर्क- दहिडाँडा, तिम्मुरे पाखा खण्ड बृक्षरोपणः फोटो रिम प्र. रोका

वाखेत, द्वाखर्क- दहिडाँडा, तिम्मुरे पाखा खण्ड बृक्षरोपणः फोटो रिम प्र. रोका

यस पटक सिर्मु, पामा, ओखर, सल्लो जातका बिरुवा हरु रोपिएको छ।

जमानाको कुराः गरिव गरिव नै , मध्यम बर्ग मध्यम नै र धनि धनि हुदै जानु का कारणहरु

जमानाको कुराः गरिव गरिव नै , मध्यम बर्ग मध्यम नै र धनि धनि हुदै जानु का कारणहरु

(आजको ब्लगमा गरिव र मध्यम बर्ग किन जहिले पनि अपुगको जिवन बिताउन बाध्य हुन्छन र धनि बर्ग किन जहिले पनि धनि को धनि बन्दै जान्छन भन्ने बारे छ। )

गरिव बर्ग, मध्यम बर्ग, धनि बर्ग यो हामी आफैले आफैलाई दिएको एउटा स्टाटस हो र आफैले यस्लाई परिवर्तन नगर्दा सम्म यो उस्ता को उस्तै रहन्छ। यहि स्टाटस बचाउने र परिवर्तन गर्ने मोह मा मानिसको जिवन सँघर्ष मै बित्छ। जिवन को सन्तुष्टी र असन्तुष्टी तीन बर्ग सबैलाई उति कै सताउछ। गरिव भएर मानिस दुखी (असुन्तष्टी) छन भन्यौ भने गलत हुन्छौ। गरिव हरु पनि जीवनलाई सन्तुष्टीले बिताएका हुन्छन। मध्यम बर्ग का मानिसहरु लाई सबै भन्दा गाह्रो र तनाव हुन्छ यिनि हरुको स्वभाव पनि त्यस्तै मध्यम नै हुन्छ केहि क्षण मै अति खुसी र केहि क्षण मै अति दुखि हुने र फेरि सम्हालिएर मध्यम मै बस्ने आधा सन्टुष्टी आधा असन्टुष्टीमा रहेन यो बर्गको बिशेषता हो । उनिहरु गरिव हुन पनि चाहादैनन उनि हरुको सोच ले उच्च धनि बर्ग हुन पनि सक्दैनन। उच्च धनि बर्ग हरु धनि त हुन्छन उनिहरु माथी सबैको नजर हुने हुनाले निजी जिवन गरिव र मध्यम बर्गले जसरी आफु स्वतन्त्रताले बिताउन सक्दैनन। यि धनि बर्गहरु जिवन मा सबै थोक प्राप्त गर्दछन मात्रै स्वतन्त्रता बाहेक। सबै कुरा किन्न सकेर पनि स्वतन्त्रता किन्न नसक्ने अभागी हरु उच्च धनि बर्गका मानिसहरु हुन। उनिहरु सधै भरि आफ्नो सम्पती र जीवन असुरक्षाको खतरा मा बाँचिरहेका हुन्छन।

गरिव गरिव नै , मध्यम बर्ग मध्यम नै र धनि धनि हुदै जानु का कारणहरु

गरिव बर्ग – मानिसको जीवन लाई लागत, आम्दानी र प्रतिफल को तुलनात्मक लेखा जोखा र उपयोग गर्ने क्षमताले नै मानिसलाई बिभिन्न बर्ग मा बर्गिकृत स्वत गरेको हुन्छ। यस्को कुनै मापडण्ड हुदैन। भलै दिन मा या बर्षमा यति आम्दानी गर्ने हरु लाई गरिव भनिने भए पनि त्यो पुर्ण मापडण्ड होईन। ठाउँ, अवस्था ले फरक पार्दछ। जस्तै अरेबियन मुलुक मा माग्ने हरु कार मा घुम्छन। नेपाल मा कार हुनु मध्यम बर्ग को जिवन शैली हो तर उनिहरु माग्दैनन। अमेरिका मा १ डलर ले नास्ता नआउन सक्छ तर नेपाल मा दालभात नै खाएर छाक तार्न सक्छन। आजको बल्ग गरिवी को मापडण्ड के हो ? भन्दा पनि गरिव किन गरिव बर्ग, मध्यमबर्ग, उच्चबर्ग को सोच को कुरा छ।

गरिव बर्ग – उनिहरुमा ठूलो घरमा बस्ने कार मा घुम्ने सपना भन्दा पनि दिन मा कति काम गर्ने र कति ले आवश्यक के के किन्ने ? दाल, चामल, नुन तेल यति मै सिमित हुन्छ। उनिहरु आम्दानी को सबै हिस्सा खाएर सक्छन। बचत गर्न सक्दैनन त्यसैले उनिहरु गरिव को स्टाटस बाट मध्यम बर्ग मा उक्लिनु सक्दैनन। कारण उनिहरुले सधै मध्यम बर्गलाई नै हेर्दछन र आफ्नो छोरा छोरीलाई उनिहरुले जे खान्छन त्यहि खुवाउन, उनहिहरुले जे लगाउछन त्यहि किनि दिनु मा नै सबै पैसा लगानी गर्दछन। उत्पादन मुलक पूँजी र लगानी नगरेको ले नै उनिहरु गरिव को गरिव नै रहन्छन। जस्लाई हामी नगद प्रबाह भन्छौ। उनिहरु जति कमाउछन त्यो सबै दैनिक खर्च मै गुमाउछन।

मध्यम बर्ग – यो बर्ग जहिले पनि स्टाटस परिवर्तन गरेर उच्च धनि बन्नु पर्छ भन्ने चाहान्छन तर उनिहरुको उनिहरुले पनि उच्च धनि बर्ग सँग के के छ । त्यो हेर्न खोज्छन। सबै भन्दा, नोकर चाकर देख्छन, उच्च धनिहरुको घर देख्छन। त्यस पछि कार देख्छन। बैक ब्यालेन्स कति होला भनेर अनुमान गर्दछन। म पनि त्यस्ते बन्छु भनेर जोतिएर काम गर्दछन। तर लगानी भने सबै अनउत्पादन मुलक ठाउँ मा गर्दछन। नोकर राख्नु खोज्छन त्यसलाई तलव दिनु पर्यो। त्यतै खर्च बढ्यो। घर-घरेडी जोड्छन त्यसको मुल्य त बृदी भै रहेको हुन्छ तर त्यो सगै मानिसको जरुरत र आवश्यकता पनि बढेको हुन्छ। त्यो जमिन बेचेर मा फलानो – फलानो गर्छु भन्ने सोच्यो भने त्यो कुनै ईच्छा नाप्दा पनि अपुरो हुन्छ। उनिहरु आफ्नो हैसियत भन्दा ठुलो सपना देख्छन। तर आफु सँग भएको लागत ले के आम्दानी मुलक गर्न सकिन्छ भन्ने निर्णयमा चुक्छन। कार किन्छन तेल हाल्दै र मर्मत गर्दै पैसा सक्छन। अहिले सम्म र पछि को २-३ बर्ष सम्म को कमाई खर्च गरेर घर बनाउछन। यि यस्ता बर्ग हुन जस्ले आफ्नो तुलना सदेँव आफु भन्दा माथिको सँग गर्दछन तर उनिहरुले लगानी र आम्दानी कहाँ गरेका छन त्यो अध्यान गर्न चुक्दछन। मध्यम बर्ग आम्दानी र नगद प्रबाह त्यसैमा गरिरहेका हुन्छन जुन लगनाी ले निरन्तर आम्दानी दिदैन, मर्मत र सम्हार को लागी लागत मात्रै बढाउछ। लगानी नै गर्न हरुले पनि अरुले के गरेर सफलता पाएको छ त्यो हेरेर गर्दछन। जस्तै एउटा को फेन्सी चलेको र धनि भएको लाग्यो भने फेन्सी पसल नै खोल्दछन। एउटा को होटेल राम्रो चलेको देक्यो भने उस्ले पनि होटेल नै खोल्न तम्सिन्छन। म.म. पसल यस्ता मा लगानी गर्दछन। उपभोक्ता समित हुने र चर्को प्रतिस्पर्धा हुने ठाउँ मा लगनी गरेको र आफु सँग भएको भन्दा बढि लागत रिण लिएर शुरु गरेको , ब्यबस्थापन सम्बन्धि अनुभव नभएको ले उनिहरु मध्य धेरै असफल हुन्छन र त्यहि असफल हरुलाई उदाहरण मानेर अन्यले ब्यबसाय गर्ने आँत नै नगरी जागीर मा जीँबन बिताउछन। मध्यम बर्ग मध्यम मै सिमित हुनु को कारण नै लगानी र ब्यबसायको छनौट र ब्यबस्थापन अदक्षता हो।

उच्च बर्ग धनिहरु – उनिहरु सँग पुस्तैनी पूँजी हुन्छ। जस्लाई उनिहरुले आम्दानी आउने ठाउँ मा लगानी गर्दछन। बैक, कम्पनीहरुको शेयरहरु किन्छन, आफ्नै पूँजिले कमर्शियल भवनहरु, ठुला होटेलहरु बनाउछन जस्ले उनिहरुको आम्दानी बढि रहेको हुन्छ। त्यहि पूँजीलाई पुन आम्दानी मुलक ठाउँ मा लगानी गर्दछन र उनिहरु धनि मा झन धनि बन्दै गैरहेका हुन्छन। उनिहरु शिक्षा मा लगानी गर्न सक्छन र आफ्नो सन्तानलाई उच्च मनोबल भएको र दक्षता भएको बनाउन सक्छन। गरिव र मध्यम बर्गले सधे पैसालाई र आवश्कतालाई महत्व दिन्छन। उच्च धनिहरुले सम्भावना र भबिष्य लाई ध्यान दिन्छन। उनिहरुलाई लाग्छ गरिव र मध्यम बर्ग (पब्लिक) खर्च गर्न सक्ने भएका छन। उनिहरुले कहाँ कहाँ खर्च गरिरहेका छन त्यो हेरेर आफ्नो पुँजी लगानी गर्दछन र छिट्टै लगानी उठाएर फाईदा मा जान्छन।

हामी हाम्रै जिवन शैली र सोच कै कारण अझै पछि पर्ने पक्का छ। पहिले गरिव हरु उच्च शिक्षा लिन नसकेको ले पनि पछि पर्दथे। अव गरिब हरु खान नसकेको ले पनि पछि पर्ने छन। पहिले गरिव हरु किसान हुन्थे। आफ्नै बारीमा फलाएका अनाज उपयोग गर्दथे र तुलनात्मक रुमा स्वस्थ र कडा मेहेनत गर्न सक्ने हुन्थे। अव का गरिव हरु खेती पाती छाडेको र कम गुणस्तरको खाना खाएको कारण ले स्वास्थ्यमा आउने समस्या र बिमार को कारण झन गरिव हुने छन। जव गरिवहरु खेतीपाती छाडेर पाकेटको सस्ताखाना हरु खान सुरु गरेका छन अहिले उनिहरु कै छोरा छोरी लाई हो जन्डिज हुने, किड्नी फेल समस्या आउने बिभिन्न समस्याहरु देखिने यि सबै हामीलाई हामीले खाएको खाना र जिवन शैलीले दिएको उपहार हो भन्ने सम्झाउने जागरुकहरुको सत्ता हामी चन्दा उठाउने अभियान कर्ता बन्न सजिलो मान्छौ। उठाएर १-२ जना को ज्यान बचायौ भने त्यसै मा गर्व गर्दछौ। तर समाज कता गै रहेको छ र भोली सयौ लाई यो समस्या आउने वाला छ भनेर जागरण फैलाउन चाहि कसैले पनि सक्दैनौ। फेरि मानिसमा यति अधैर्य बढि सकेेको छ कि सुन्ने कस्ले र सुनाउने कस्ले ?

जीवन यति निराशा जनक पनि छैन। प्रबिधि ले गर्दा गरिव हरु पनि सजिलै माथी उठ्ने सम्भावनाहरु पनि समस्याको साथ साथे आएको छ। यस्को लागी उद्यमशिलता को जरुरत छ। खाना मा प्रकृतिक पनको जरुरत छ। अव पनि म पढेर २-३ लाख मार्षिक तलव आउने जागीर खान्छु भन्ने मानसिकता छ भने यहि मासिकताले हामीलाई असफल बनाउने छ। उद्यमि बन्न कोशिस गर्ने हो भने २-४ लाख को आम्दानी एक दिन को उत्पादन बाट पनि हुन सक्छ। रोजगार को सृजना गर्न सक्छ। आफ्नो देशमा उत्पादन भए भने आयत कम हुन्छ। यहाँ उद्यमी को मात्रै होईन देशको आर्थिक बिकास पनि हुन्छ। अव को पालो उ जस्तै जीवन होईन आफ्नो पँजीले क्षमताले भ्याउने उद्यम को सुरुवाट नै स्टाटस परिवर्तन को सरल तरिका हो।

गरिव हरु मिडिया को पछि नलागौ। मिडिया मा थुप्रै कुरा हरु आउछन — फलानो ले फलानो फार्म खोल्यो। यति करोड को लगानी मा भएको छ जस्ता गरिवले आँत गर्नै नसक्ने लगानीहरुको देखाई रहेका हुन्छन। लाख भन्दा तल को लगानी का उद्यम हरु मिडियामा पर्दा पनि पर्दैनन। रायो र खुर्सानी को बिउ ५०० रुपैया भन्दा पनि तल पनि त किन्न सकिन्छ । आफ्नै बारी भएका किसान ले यो सुरुवात गरेर जिवन स्तर सुधार गर्न सक्छन भन्ने सन्देश लुकाएर करोड र अरब को लगानी को कुरा मात्रै समचार बन्छन।

गरिव हुनु, मध्यम बर्गि हुन, उच्चधनि बर्ग हुनु कसैको लागी कोहि पनि खतरा को कुरा होईन खतरा को कुरा भनेको हर कोहिले एकै चोटी धनि बन्ने सपना देखेर गलत बाटो मा लाग्नु सबै बर्गको लागी खतरा हो। यस्ले अपराध हरु जन्माउछ। हरेक मानिसमा आफ्नो आफ्नै क्षमता छ। क्षमताको पहिचान गरौ र उत्पादनमुलक काम मा जीवन लगानी गरौ। भगवान सबेको लागी बराबर छ। भगवान सबैको लागी बराबर छ भन्दैमा मलाई किन उस्को जति सम्पती दिएन भनेर गुनासो होईन बराबर सोच किन दिएन भनेर सोचौ। भगवान यस अर्थमा बराबर छ सबैलाई आफ्नै आफ्नै आचरण अनुसार को बाँच्ने उमेर दिएको छ। जन्दा र मर्दा नाङगै आउने र जाने समानता दिएको छ। यहि नै हो भगवानले दिन समानता। सबैले मर्नु पर्छ भनेर अनाआवश्यक सम्पतिको लोभले कसैको पनि बिगार नगरी आफ्नो मेहेनतले बाँच्यौ भने त्यहि नै सबै भन्दा ठुलो धर्म र आफुले कमाएको सन्तुष्टी र सम्पती हो।

निराशाबादी सोच, आम मानिसको जिन्दगीको पछाडी लागेर पिडा मात्रै सहने स्टाटस भन्दा आफुले आफैलाई सन्टुष्टी र खुसी बनाउने फर्मुला आफै भित्र खोजौ।

-स्यानु पाईजा, पात्लेखेत -७ , वाखेत
जमानाको कुराः गरिव गरिव नै , मध्यम बर्ग मध्यम नै र धनि धनि हुदै जानु का कारणहरु

मौरी पालनबाट मनग्य आम्दानी गर्न सफल वाखेतका कृषकहरु

Written By : म्याग्दी अनलाइन on June 30, 2014

सन्दीप खत्री-
म्याग्दी, १६ असार । मौरी पालन व्यवसायबाट पात्लेखेत ९ वाखेतका कृषकहरु मनग्य आम्दानी गर्न सफल भएका छन । लालिगुराँस मौरीपालन लघु उद्यमी समूह वाखेतका कृषकहरुले आधुनिक मौरी पालनबाट परम्परागत मुढे घारमा भन्दा दोब्बर आम्दानी गरेका हुन । १४ जना सदस्य रहेका उक्त मौरीपालन समुहका प्रत्येक कृषकहरुलाई संगम म्याग्दीले परिक्षणका लागि कसैलाई आधुनिक मौरी घार र कसैलाई मौरी प्रदान गरेको थियो । सोही घारबाट मौरी बृद्धि गरी हाल कम्तीमा ३ वटा देखि १२ वटासम्म आधुनिक मौरीको घार बनाउन सफल भएको लालीगुराँस मौरी पालन समुहका अध्यक्ष लोक बहादुर पुनले जानकारी दिए ।

SAM_2092

“मुढे घारबाट वर्षको जम्मा २ पटक मह झिक्न मिल्छ भने आधुनिक मौरी घारबाट वर्षको ३ पटक मह निकाल्न मिल्छ”– अध्यक्ष पुनले बताए । उनका अनुसार एक पटक मह निकाल्दा १० किलोसम्म आउँछ, प्रति किलो ८ सयका दरले विक्री वितरण हुने गरेको छ । मौरी पालनबाट वार्षिक २४ हजार देखिबाट करिब १ लाख सम्म आम्दानी गर्न सफल भएको कृषक तथा समुहका अध्यक्ष पुनले बताए । बजारको कुनै समस्या नभएको उनको भनाई छ । “स्वदेश देखि विदेश सम्म गाउँको मह जाने गरेको छ त्यसैले पनि कृषकहरु उत्साहित भएर लागेका छन” पुनले बताए ।

- See more at: http://www.myagdionline.com/?p=16495#sthash.JlmbM0bp.2vwd8CyQ.dpuf

बराह पँग्रेनी सामुदाहिक बन उपभोक्ता समितिले बृक्षरोपणको लागी खाडल खन्दैछन

आज वाखेतमा बराह पँग्रेनी सामुदाहिक बन उपभोक्ता समितिले बृक्षरोपणको लागी खाडल खन्दैछन

वाखेत मा बृक्षरोपण को तैयारी हुदै । दहि डाँडा खण्ड ६-७ वडा ले र हेरालो बस्ने ढुँगा को उपल्लो लेम्सो ८-९ बडा ले बृक्षरोपण गरिदैछ। टिम्मुर, पामा, सिर्मु, ओखर, सल्लो जस्ता स्थानिय जातका बोटबिरुवा को रोपिने कार्यक्रम छ। अहिले हिउँद मा झाडी सफाई गरेको स्थानहरुमा खाडल खन्ने काम तिब्र रुपमा भै रहेको छ र बिरुवा आईपुगेक पछि बिरुवा रोपाई को काम हुन्छ। १५००० बिरुवा हरु जिल्ला बन कार्यलयले उपलब्ध गराउदैछ।

रोपाई र बृक्षरोपण कार्यक्रम सँगै परेको ले अहिले बेफुर्सदी बनेका छन वाखेतबासी।

स्रोत: गुण पुर्जा/ (लोक ब. पुन अध्यक्ष-बराह पँग्रेनी सामुदाहिक बनसमिति)

पूजा रोका (वाखेत) भए दोस्रो बरंजा धुले मेला नृत्य प्रतियोगिता मा

पूजा रोका (वाखेत) भए दोस्रो बरंजा धुले मेला नृत्य प्रतियोगिता मा

पूजा रोका कमला रोका र कुमार रोका को छोरी हुन।

पूजा रोका लाई बढाई छ। सम्पुर्ण वाखेत परिवार को तर्फ बाट

 

थप समचार बेनी अनलाईण बाट साभार – धुले मेलामा आयोजित कार्यक्रमको समापन
in म्याग्दी समाचार — June 25, 2014

धुले संरक्षण समिति बरंजाको आयोजनामा सञ्चालित विविध कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ । बरंजा गाविसका मगर समुदायले मनाउँदै आएको धुले मेलाको अवसरमा आयोजित विविध कार्यक्रमहरुको समापन गरिएको हो ।
भलिबलतर्फ कुल २८ टिम सहभागिमध्ये पखेर यूवा क्लब प्रथम, आयोजक धुले संरक्षण समिति द्वितीय र अर्मन किमचौर यूवा क्लब तृतीय भएका छन् । विजयी टिमलाई क्रमशः २६, २४ र १२ हजार नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।
त्यसैगरी महिला भलिबलतर्फ ८ टिम सहभागिमध्ये गिरी स्मृति यूवा क्लब बाहुनपँधेरा प्रथम, आयोजक समिति द्वितीय र झाँक्रीपानी यूवा क्लब तृतीय भएका छन् । विजयी टिमले क्रमशः १०, छ र तीनहजार रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै बास्केटबलतर्फ जम्मा सहभागि १२ टिममध्ये धुले संरक्षण समिति प्रथम, झिँ गाविस समूह ‘ए’ द्वितीय र झिँ गाविस समूह ‘बि’ तृतीय भएका थिए । विजयी टिमलाई क्रमशः १८, १२ र छहजार रुपैयाँ तथा प्रमाणपत्र पुरस्कृत गरिएको थियो ।
यसैबीच सोही अवसरमा सञ्चालन गरिएको नृत्य प्रतियोगितामा सहभागि ६ जनामध्ये फुलु पुन पहिलो, पूजा रोका दोस्रो, चित्रा बुढाथोकी तृतीय र खड्क तामाङ तथा दिपा पुन सान्त्वना भएका थिए । उनीहरलाई ३ हजार, २ हजार र एकहजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ ।
गत ज्येष्ठ महिनाको २९ गतेबाट सञ्चालित रमाइलो मेला धुलेमा २० भन्दाबढी स्टलहरु रहेका थिए । मेलामा सञ्चालित होटल, श्रृंगार, फेन्सी, खाद्यान्नलगायतका स्टलबाट करिब ३० लाख रुपैयाँ कारोबार भएको धुले संरक्षण समितिका कोषाध्यक्ष जातिप्रसाद रोकाले जानकारी दिएका छन् ।
धुले संरक्षण समितिका अध्यक्ष रनबहादुर रोकाको अध्यक्षता, सदस्य थमबहादुर रोकाको सञ्चालन र ब्रिटिस आर्मीका पेन्सनर हर्कराज रोकाको प्रमुख आतिथ्य रहेको कार्यक्रम समाजसेवी रेशम बुढाथोकीको स्वागतमा सम्पन्न भएको थियो । केपी सापकोटा

सम्झनाको स्पर्शहरुः सम्झनामा असार र रोपाई

जमानाको कुरा
सम्झनाको स्पर्शहरुः सम्झनामा असार र रोपाई

(आज को बल्ग मा रोपाई र दफ्फा (परीम, हुद्दा) परम्पराको सम्झनाहरु छन )

बाबा पुस्ता तन्नेरी हुदा नयाँ गाउले (अहिलेको पुलाचौर गाबिस को नयाँ गाउँ) सम्म कै एउटै परिम लाग्नु हुन्थ्यो रे र हाम्रो गाउँ पनि घतान पञ्चायत कै एउटा वडा पर्दथ्यो रे। टाढाको कुरा छाडौ २०३२ साल सम्म नै पात्लेखेत- झि- पाखापानी- कुईनेखानी मँगलेखानी सम्म नै घतान पञ्चायतमा थियो। वाखेत छहराबोट को खोला लाई पुलाको छैउ भनिन्थे र अझै पनि भनिन्छ। नयाँ गाउँले खडकसि थापा वाखेत तिर परीम (आलो पालो खेती र अन्य काम गर्ने) लाग्दा लाग्दै यतै घरजम गरेर वाखेत नै बसोबास गर्नु भयो। अपत्यार लाग्ने तर सत्य थियो नयाँ गाउँले र वाखेते एउटै दफ्फा मा परिम लाग्दथे भन्ने कुरा। ठुलो सल्लेरी बृक्षरोपण गर्दा पात्लेखेत- झि- पाखापानी- कुईनेखानी मँगलेखानी सम्म कै मानिसले झारा (श्रमदान) तिरेको भन्नु हुन्छ हाम्रै बाबा पुस्ता र दिदी पुस्ताको पालो मा वाखेत मा ४ बडा को एउटै दफ्फा लाग्दथे।

भुसपात छापेको सेगु, गुईठा मा सल्काएको आगो

युग कै कथा जस्तो लाग्छ सम्झनाका यि स्पर्शहरु , भुसपात (जँगली रुख को बोक्राको लेयरहरुले) छापेको सेगु (घुम), कसैले माया को पातले छापेको सेगु ओड्थे पानी पर्दा। त्यो बेला प्लास्टिक पुगेकै थिएन गाउँ मा भन्दा पनि हुन्छ। झुलो , चकमक र झटक ले अबेला हुन्छ भनेर चिलिम (सुर्ती, भुसाहा) सल्काउन अधिल्लो बर्ष मँगसीरमा भकारी को बिर्को लगाएका गुईठाहरु मा आगो सल्काएर पानी नपर्ने ठाउँ मा राखिन्थे र दिन भरि त्यहि गुईठाको आगोमा सुर्ति, सिगरेट सल्काईन्थे। असार को खर्च पार्न को लागी २-३ महिना देखि ढिकी जातो गर्दथे र बर्षा भरि पुग्ने खर्च आँटो,पिठो, चामल बनाउथे। रोपाहा लाई अर्नि (खाजा) बनाउने गँहु को पिठो चाही घट्ट हरुमा पिसिन्थे। खोला नबढेर ढिलो भयो भने गहँ को पिठो पिस्नु लाई कोत्रबाङ सम्म र तोरी को तेल बनाउन लाई भारी सम्म हिडेर लुँङदी लस्ती सम्म पुग्दथे। नजिक मा कुतानी पिसानी मिल थिएन। पछि मात्रै तोरी पानी र पात्लेखेत मै मिल हरु स्थापना भएर र केहि बर्ष पछि हाम्रै गाउँ मै मिल आईपुग्यो।

हाम्रो गाउँ को जनसँख्या पनि निक्कै छिट्टै बढ्यो। लाहुर को पैसाहरु ले धानखेतका साँधहरु फरालिलो हुदै गए। कुनै समाय मा एउटै मात्रै दफ्फाले जेष्ठको अन्तिम हप्ता देखी साउन को पन्ध्र सम्ममा सक्ने वाखेत का खेतहरु बिस्तारै दिदी हरु पुस्ताको पालोमा पल्लो गाउँ र अनजे (८, ९ वडा) को एउटा र तल्लो गाउँ र उपल्लो गाउँ (६,७ वडा) को फरक फरक २ दफ्फा लाग्ने भै सकेका थिए। दाईहरुको बगाल को पालो मा आई पुग्दा सम्म चारै वडा को आफ्नै आफ्नै दफ्फा लाग्ने भै सकेका थिए। त्यो बेला २ महिना लाग्ने रोपाई एकै महिना मा सकिने भएका थिए। हाम्रो पालो आउदा सम्म ७ वडा मा मात्रै २ दफ्फा र ६ वडा मा २ दफ्फा लाग्ने भै सकेका थिए। भने भुसाहा चिलिम बाट सिगरेट को खिल्लीमा पुगी सकेको थिए दिदी दाई पुस्ता सम्म आगो गुईठा मै जगेडा राखिन्थे। चिलिम बासा बिस्तारै हराएर ठेट्ना चुरोट सल्काउने कुल्पीहरु बजैको झोली मा अटाईसकेका थिए।

दिउँसो को अर्नी, बेलुकाको खाना बिहान को खाना सबै राती नै पाक्थे

हरेक दिन पालो पालो गरेर ठिटा-तरुनीहरु ले ताईको चेप्टे रोती (पुरी) बनाउथे कसैले पिठो को गोलो बनाउने कसैले बेल्ने, कसैले कराईमा हाल्ने फर्काउने गरेर १०-१२ बजे भित्र सम्म मा ३०-४० जनालाई पुग्ने पुरी बनाई सकेका हुन्थे भने कतिले आलु टुक्रा पारिरहेका हुन्थे। पुरी सँग खाने चतनी को लागी, निक्कै रमाईलो हुन्थ्यो हरेक दिन। कतिले बर्षा भरिमा माया पिरती छिप्पाई सक्थे र रोपेको धान काटेर मँगसीरमा बिबहा पनि गर्दथे। अचम्म को कुरा हलि र बाउँसेहरुलाई बिहान बेलुका को खाना रोपाई हुने घरमा नै खुवाईन्थे। बिहान ७ बजे खेत मा पुगी सकेका हुन्थे कतिले बिहान खाने र भोली बेलुका खाने भात त्यहि राती बाह्र बजे पछि पकाएर तैयारी राख्दथे। अलग अलग खडकुलो मा पकाएका भातहरु लाई पाके पछि राती ओढ्नलाई बनाईएका घर बना सिरकहरु जस्लाई भगता भनिन्थे त्यस्ले छोपेर राखे पछि राती पकाएको भात भोली को बेलुका सम्म पनि तातो नै हुन्थे। दफ्फा हरु ३० जना को संख्या मा हुने भए पनि नानी हेरालो, धरालो हरु गोठला खेतला हरु मिलाएर सबैले ४० जना जतिलाई पुग्ने खाजा बनाउथे। अर्नि खाने बेला मा घर-घर बाट नानीका धरालेहरु खेत सम्म मा दुधे नानी बोकेर दुध खुवाउन लैजान्थे र अर्नि खाएर फेरि नानी फर्काएर घर आउदथे। दुध खान छाडेका ४-६ बर्षका बच्चाहरु भने रोपाई गर्ने खेत तिर नै पानी मा खेलि रहेका हुन्थे। कमिला ले टोकेर दिन कै ३-४ जना बच्चाहरु पुरै दफ्फा तर्साउने गरि रुन्थे फेरि बिर्सन्थे र फेरी भोलि पल्ट त्यसरी नै आमा पछि लागेर खेतहरुमा पुग्दथे। अलि ठुला बच्चाहरुले बिउ ओसार्ने, आलीमा भट्ट रोप्ने, खेतलालाई तिर्खा लाग्दा पानी खुवाउने जस्ता काम हरु गर्दथे। आलु रोपेको खेत मा खन्दा बिरिएका आलुहरु टिप्ने। छुटेका सिमीहरु टिप्ने गर्दथे बच्चाहरुले।

अर्नी खाने

दिन को खाजा लाई अर्नि भनिन्थे। त्यो भन्दा पहिले खाने अर्निलाई छक्काले अर्नि भनिन्थे। अर्निमा हलि, बाउसे ले दाल भात खाने गर्दथे। कतिले रक्सी पनि लगिदिएका हुन्थे। रोपाहा लाई भने पुरी को अर्नि दिईन्थे। कप्पाको (पात टिप्दा दूध निस्कने र फल लाग्ने रुखको पात, नेभारो) पात या फूलतरुल को पातमा आलु को चाना फ्राई गरेको चट्नी र ४-५ ओटा को भागले चेप्टे रोटी (पुरी) खाजा दिईन्थे। आमाहरुले बच्चालाई दुध खुवाउदै खाजा खाई रहेका हुन्थे। कति आमा हरुले आफुले २-३ वटा मात्रै खाएर २ वटा जति घरमा रहेका बच्चाहरुलाई बचाई ल्याईदिन्थे। घरमा बच्चाहरु कतिबेला आमा आउनु हुन्छ भनेर पर्खि बसेका हुन्थे दफ्फा बाट ल्याएको रोटी बाँडेर खान्थे। मिठो, नमिठो जस्तो सुकै होस बराबर बाँडेर खाने किसिमका दाजुभाई हरु हुन्थे। बच्चाले आलु को चटनी खान खोज्दथे कहिले कहि पिरो हुने गर्दथे आमाहरुले आलुलाई चुसेर पिरो जति निले पछि भित्रको नपिरो चटनी खुवाउदथे। त्यो बेला बच्चाहरुलाई आमा-बाबा, दिदी दाजुहरुले नै खाजा चपाएर खुवाउने चलन थियो। जस्लाई न्याम भनिन्थे। मुख नलागेका बच्चाहरु पनि न्याम न्याम भनेर हेरालो ले आवाज निकाल्यो भने अव खाने बेला भयो भनेर बुझ्दथे। आफै चपाउन सक्ने उमेर पुगे भने त्यहि बच्चाले सानो मा आफुले खाएर हुर्केको न्याम लाई छि… भन्ने हुन्थे। अहिले जस्तो हर्लिक्स,के बिटा जस्ता खाने कुरा त्यो बेला थिएनन। निक्कै पछि सर्वोउत्तम पिठो बनाएर खुवाउने चलन आएको थियो त्यो सबैको लागी सम्भव थिएन। ९९ प्रतिशत बच्चाहरु यसरी नै न्याम खाएर हुर्केका हुन्थे। त्यसैले होला आधा घाँटी उगालेर खाएर हुर्काएको हो तिमीहरुलाई भनेर बुढा पाका भन्थे।

असारे गीत
दिन भरि रोपाहा हरु रोपेको रोपै गर्दथे। हरेक पाता का खेतला हरुले कति बेला एउटै ताल मा एउटै गीत गाई रहेका हुन्थे कति बेला कति बेला अलग अलग ताल का गीतहरु पनि गाउँथे। “असारे मास को दबदबे हिलो हिलो छि मलाई घिन लाग्यो, पातली नानीलाई फरिया किन्दा छ बिसे रिण लाग्यो” बाट सुरु हुने आसारे गीत को लय हरु फेरिदै जान्थे। सुर्के दाली फुर्के घाँस कातौ लाई जोवान सातौला, बर्खा लाग्यो सललल सल्लेरी करायो, मायाँ सँग सललल भेट हुन हरायो, धानको बाला मकै को चमारे भर्ति भएनि माया त नमारे, गयो महिना जेठ नचिठी नसल्लाह कहिले होला भेट। आफ्नै आफ्नै रमाईलो आफ्नै आफ्नै मनका बिरहहरु हरेक दिन हरेक खेत को गह्राहरुमा यसरी नै गुन्जिन्थे। दिन भरिको काम को थकान बिर्साउने गरी, मन भरिको माया पोखिने गरि।

खाला गह्रा भर्ने, पुतली भर्ने

हरेक खेत को आफ्नै खाला गह्रा हुन्थे जहा खेत भरिको दाई को कुन्यु वनाईन्थे र त्यहि दाइ गरेर धान घर भित्राईन्थे। खला गह्रा मा आईपुगेक पछि पुतली भरिन्थे। त्यो गह्रामा स्पेशल किसिमले धान रोपिन्थे जुन पुतली जस्तै देखिन्थे। धान को बिउहरु पुतली जस्तै आकृति बन्ने गरि रोपिन्थे बिचमा एउटा सानो मुठा बिउ सँगै गाडिन्थे र बिउ को टुप्पीमा माटो राखिन्थे त्यस्लाई भकारी भर्ने भनिन्थे। यसरी भकारी भर्दा घरमुली लाई खाला गह्रामा पुतली भरेको ठाउँ मा बोलाईन्थे हिलो को टिका र धान बिउ कै फूल लगाई दिए पछि घरमुलीले गच्चै अनुसारको दाम दान गर्दथे। त्यही दान बर्षा भरिमा सँगालेर दफ्फा चुक्ने (रोपाई सकिको) दिनको भोलि पल्ट दफ्फा का सबै सदस्यले दफ्फा खाने, हिलो फाल्ने, मैजारो गर्ने ठाउँ बिशेष फरक फरक नामले यो दिन पार्टि गर्दथे। केटा समुहले घर घर बाट मा दूध जम्म गर्ने र चामल उठाउने केटी समुहले मकै को ठेला पारेर सेल रोटी बनाउने गर्दथै। त्यो दिन बिहानै देखि ठुलै चलपल हुन्थे। खिर पकाउने, सेलरोटी पोल्ने, भात पकाउने, त्यहाँ खाने देखि लिएर घर लैजाने सम्म को खिर बनाउथे। त्यहा खाने खिरहरु जस्ले जति खान सक्छ खान्थे भने घरमा लैजान को लागी एउटै दप्का, पेला, माना जस्ता भाँडो बाट बराबर पर्ने गरी भाग लगाउथे र गोलो गोलो डल्लो पारेर पात पात माथी राखिएका हुन्थे। खान पिन सकिए पछि घर जाने बेला मा सबैले आफ्नो आफ्नो भाग लगेर जान्थे र घरका बाँकी सदस्यहरुलाई पनि खिर रोटी खुवाउथे।

दफ्फा टिप्ने (पर्वमा मासु खान लाई पैसामा सामुहिक दफ्फा जाने)

गाउँ मा कतिको दफ्फा र परीम ले सकिने भन्दा बढि खेत हुन्थे। उनिहरुले दफ्फा किन्ने गर्दथे। जस्लाई दफ्फा टिप्ने भनिन्थे। कस्लाई कति चाहिएको र कति जना कसरी मिलाउने भन्ने दफ्फाका नाईके ले गर्दथे। कतिपय घरका २-३ जना सदस्य छन र दफ्फा लागेका छन भने उनिहरुको पालो पनि बेचिन सक्थे। त्यो मिलाउने जिम्मा नाईकेको हुन्थे। कस्को कहिले पालो पर्ने यो सबै नाईकेको काम हुन्थे तर यो माथी बाट तल तिर सर्दै जाने हुनाले बिबाद हुदैन थे। कुलो को हिसाबले पालो आउदथ्यो। कस्ले कति दिन दफ्फा टिपेको छ त्यो हिसाव लेखेरै राखिन्थै। बढि दिन भएको लाई अर्को पालो मा कम गर्ने र कम भएको लाई अर्को पालो मा बढि जना आएर बराबर गर्ने काम नाईके ले गर्दथे। यसरी दफ्फा टिपेका पैसाले हामीले हरेलो मेला मा मासु खाने गर्दथ्यौ भने तिज मनाउने ठाउँहरुमा तिज मा खर्च गर्ने गर्दथे। कम भएको ले पैसा उठाउने र बढि भएको ले पैसा लैजाने गरिन्थे कतिपय अबस्था मा कम हुनेले धेरै हुने को पालो पैचो मागेर परीम नै तिर्ने पनि गरिन्थे। त्यो बेला को मानिसहरु आत्मनिर्भर थिए। सबै काम र ब्यबाहर आफै काम गरेर चलाउथे।

घराप लाग्ने (एउटाको काम सक्दै क्रमश अर्को को काम सक्ने)

बिस्तारै जनसँख्या बढ्यो । दाजुभाई भिन्न भए। जग्गाहरु टुक्रियो ठुलो किसिम को दफ्फा पुरै नचाहिने भयो। त्यति बेला घराप भन्ने दफ्फा को जन्म भयो घराप मा एउटा को मेलो सकेर अर्कोको मेलो सक्ने गरि काम गरिन्थे। जस्तै आज सकिएन भने भोलि पनि उसैको मा गयो र छिटो नै सकियो भने फेरि नजिकै को अर्को को मा गएर बाँकी दिन को काम गर्यो यसै गरी रोपाई सक्ने चलन लाई घराप भनिन्थे। अचेलका रोपाई हरु घराप जस्तै नै हुन।

हरेलो मेला वाखेत र मासु को जोहो

रोपाई सके पछि भदौ को पहिलो मँगलबार वाखेत मा हरेलो परम्परा देखि नै लाग्दछ। अरु ठाउँ मा हरेलो मेला साउन को अन्तिम मँगलबार पर्दछ भने हाम्रो मा भदौ को पहिलो मँगलबार यसो हुनु मा वाखेत को रोपाई त्यो बेला पछि सकिनु नै हो। नुन थला देखि देउती सारा सम्म को रोपाई सक्नु साच्चिकै त्यो बेला धेरै समाय लाग्दथ्यो। त्यति मात्रै नभएर हरेलो मेला रोपाई को काम सकिए पछि आफन्त भेटघाट को उत्सव पनि हो। एक हप्ता अगाडी सबै झी का आफन्तहरुको मा गएर खाने बस्ने गर्ने र एक हप्ता पछि वाखेत मा बोलाउने कारण ले पनि एक हप्ताको फरकमा हरेलो परेको हो। हरेलो समग्रमा खेती पाती पूजा नै हो। पूजा कै बाहाना मा सहि यो आफन्त भेटधाटको पर्व हो।
दफ्फा टिपेर बनाएको पैसाले मासुको लागी आवश्यक राँगा, भैसी किनिन्थे हरेलो आउनु भन्दा ७-१० दिन पहिले नै यो बन्दोबस्तो भै सक्थे र यसलाई पाल्न को लागी पनि दिन को २ जनाले बिहान र बेलुका गरी १-१ भारी घाँस पालै पालो खुवाउने पालो लाग्दथे। सबै काम को लागी सधै सबैको आवश्यकता पर्ने हुनाले नै त्यो बेलाको समाज गाह्रो साँघुरोमा एकजुत हुन सक्दथ्यो र जस्तो सुकै अप्ठ्यारो काम पनि सजिलै गर्न सकिन्थे। त्यसै संस्कार को असर होला या त्यहि गुण सरेको ले होला परम्पराको कुरा गर्दा, (बिबहा,छेवर, मृत्यु) सँस्कार हरुमा अझै पनि सबै एकजुट, एक स्वरमा सहमत हुन्छन। बिना बिबाद का यि सँस्कारहरु चलाउछन।

परीम र दफ्फा चलन हुदा कसैको पनि खेत बाँझो बस्दैनथे। कारण पालो पालो सबैले खेत मा काम गरेर रोपाई गर्दथे। बिस्तारै पैसा बढि हुन थाल्यो मानिसले दफ्फा लाग्नु को सातो दफ्फा किनेर रोपाई गर्ने सुबिधा खोज्न थाले। बिस्तारै बिस्तारै सबैले यसो गर्न थाले पछि हेर्दा हेर्दै कयौ खेतहरु बाँझो बस्न थाले। समाज का कतिपय कुराहरु पनि बिस्तारै बिचलन मा आउन थाले। जस्तै कुनै बेला पैसा नहुने गरिव ले पनि दफ्फा टिपेर मासु खान सक्थे। खेत रोप्न सक्थे। बिस्तारै यो भएन पैसा हुने र पैसा नहुने को अलग अलग किसिम को पर्व हुन थाले। यस्ले गर्दा सँस्कारिक बिचलन हरु पनि भित्रिए। त्यहि कुरा शिक्षा मा पनि लागु भयो। पैसा हुने हरु ले निजि बिद्यालयमा पढाउन शुरु गरे, नहुने हरु को लागी मात्रै सरकारी(सामुदायिक) बिद्यालय हो भन्ने जस्तो भयो। त्यस माथी मानिसको मानसिकता नै बस्यो दुई दर्जा का नागरिक समाजले बनायो। सुबिधा पाउनु सबैको मौलिक अधिकार हो सक्ने ले राम्रो मा पढाउनु नराम्रो होईन तर सरकारी भने पछि नपढाए पनि हुन्छ भन्ने मानसिकता हाबी हुदा देशको लागत र गरिव बिद्यार्थीको मानसिकता मा ठुलो नोक्शान भयो। त्यो माथी निति निर्माताहरुले राहत कोटा का टिचर बनाएर टिचर हरु को पनि दुई दर्जा बनायो। यस्को क्षती अपुरणिय छ। बिभेद ले शान्ती ल्याउदैन। अशान्ती ले देश बिकास हुदैन।

असार र रोपाई बाट नै सिक्न सक्थे निति निर्माता हरुले मिलि जुलि काम गर्दा कसैको पनि खेत बाँझो थिएन। भन्नु को अर्थ अझै पनि त्यसरी नै खेती गर्नु पर्छ भन्ने होईन। त्यो बेला को जस्तै आत्मनिर्भर मानिस हरु हुनु पर्छ र आधुनिक प्रबिधिलाई जोडेर अझै बलियो समाज निर्माण गर्नु पर्छ। संस्कार मा बिचलन आउनु को मुख्य जिम्मेवार हामी सबै बराबर हौ।

-स्यानु पाईजा, पात्लेखेत-७, वाखेत, म्याग्दी
(जमानाको कुरा भित्र बाट
सम्झनाको स्पर्शहरुः सम्झनामा असार र रोपाई)

रीतिक र साहिल रोका दुई बिद्यार्थी अनि बिन्दु रोका मिसको बिढाई

वाखेत अपडेट

हिजो एक कार्यक्रम गरि ” रीतिक र साहिल रोका दुई बिद्यार्थी अनि बिन्दु रोका” मिसको बिढाई गर्यो बिद्योदय निमाबि वाखेत ले

10401907_302205793280740_8438265514455597400_n

केहि समाय देखि बिद्योदय मा शिक्षिका गरिरहनु भएकि बिन्दु रोका मिस र लामो समाय देखि अध्यानरत दुई बिद्यार्थि हरु पढाई को लागी ईण्डिया जाने भएको ले बिद्योदयले एक कार्यक्रम गरि बिढाई गरेको हो।

रीतिक र साहिल मन कुमार रोका (कराँते गुरु) को छोराहरु हुन भने बिन्दु रोका उहाँ कै बैनी हुन।

उहाँ हरु को उच्च मनोबल र भबिष्यको लागि शुभकामना छ।

 

समचार & फोटो स्रोत – गणेश रेग्मी , बिध्योदय निमाबिका शिक्षक

वाखेते ले रोपाई सुरु गरे

वाखेते ले रोपाई सुरु गरे

आज तिल प्रसाद पाईजा को बान्दापारी अनि कुमार रोका को आलबोट रोपाई छ। रोपाई गर्न ईच्छुक हरु आउनुहोस।

सरिश्मा राम्जाली मगर ले मोडलिङ को साथै गायनमा पाईला राखे

सरिश्मा राम्जाली मगर ले मोडलिङ को साथै गायनमा पाईला राखे

म्याग्दी पात्लेखेत गाबिस वाखेत- ९ निवासी सरिस्मा राम्जाली

म्याग्दी पात्लेखेत गाबिस वाखेत- ९ निवासी सरिस्मा राम्जाली , लाल ब. राम्जाली & जसमाया राम्जाली को छोरी

थुप्रै म्युजिक भिडियो हरु मा मोडेल को रुपमा काम गरि सकेका सरिश्मा राम्जाली मगर ले “हरे हरे नारायण’बाट गायनमा पनि पाईला राखेका छन। यस गीत को भिडियो मा आफ्नै मोडलिङ पनि छ। यो गित ले मोडेल सरिश्मा राम्जाली मगरलाई अव गायिका को रुपमा पनि चिनाउने प्रष्ट छ। उहाँ को स्वर को प्रशंसा हुन थालेको छ। केहि समाय पहिले रिलिज भएको हरे हरे नारायण बोल को गीत क्याची शब्दहरु  सुरिलो लय र राम्रो भिडियो को कारण यु-टुब च्यानल मा थुप्रै ले हेरिसकेका छन र थुप्रै भिडियो साईटहरुले अपलोड गरिरहेका छन। यस्ले सरिस्मा राम्जाली लाई राम्रो मोडेल र गायिका को रुपमा  चिनाउन सहयोग गर्ने छ।

उहाँ को पहिलो गीत हेर्नु होस।

 

 

दिल कुमारी राम्जाली(गर्बुजा)को अभिनय अव फिल्ममा पनि देख्न पाईने

दिल कुमारी राम्जाली(गर्बुजा)को अभिनय अव फिल्ममा पनि देख्न पाईने

घारसुन्ना युवा कल्वका वाखेत, म्याग्दीका साँस्कृतिक सँस्थापक सदस्य दिल कुमारी राम्जाली(गर्बुजा) ज्युले “प्रतिबिम्व” मगर सँस्कृतिमा आधारित चलचित्रमा अभिनय गर्नु भएको छ।

dil kumari ramjali

कुनै समाय मा “सिमा रेखा” जस्ता सुपर हिट सिनेमा बनाएका निर्देशक किशोर राना ले मगर सँस्कृतिमा आधारित “प्रतिबिम्व” एक पटक फेरि निर्देशन गरेका छन। फिल्म मा मिस हंंङकङ अन्जाना पुन को पनि अभिनय रहेको छ। नवलपरासी को अर्खला गाउँ , गुल्मी र काठमाडौ मा सुटिङ भएको छ ।

फिल्म को सफलताको लाग सम्पुर्ण टिम लाई शुभकामना।

२०७० साल मा वाखेतका एसएलसी उतिर्ण बिध्यार्थीहरु

२०७० साल मा वाखेतका एसएलसी उतिर्ण बिध्यार्थीहरु

आज SLC Result निस्कियो ** अपडेट हुदैछ ……………
-मनिषा पुर्जा – जय प्रसाद पुर्जा को छोरी- दिलिप पुर्जा को नातिनि (६)
-मनोज बुढाथोकी – लाल व. बुढाथोकी को छोरा – टेकबीर बुढाथोकी को नाती(९) दहगैर्हा
-कोपिला पाईजा- तिल प्रसाद पाईजा को छोरी – थिर ब. पाईजा को नातिनि (७)
-सुस्मा रोका – प्रेम रोका को छोरी ( महेन्द्र माबि)(७)
– सुजन रोका – प्रेम रोका को छोरा (वेस्ट प्वाईन्ट)(७)
-बिमु पाईजा – पोक ब. पाईजा को कान्छी छोरी (वेस्ट प्वाईन्ट)(६)
-राजु बि•क•- मन ब• घताने को छोरा

-सबिना रोका – जंग ब. रोका(कुसे पुसाउ)/ धारमा माईली फुबुको कान्छी छोरी
Updating more ….Soon

यो बर्ष कस्ले कस्ले एसएलसी दिएका थिए यहाँ हेर्नुहोस


बढाई छ ………।आफुले थाहा पाएका पास बिद्थार्थीहरु को नाम परिचय कमेन्ट बक्स मा लेख्नु होला।

गत बर्ष को वाखेतको कस्ले कस्ले पास गरेका थिए नतिजा हेर्न तल क्लिक गर्नुहोस
http://wakhetdiary.wordpress.com/2013/06/14/२०६९-साल-मा-एसएलसी-उतिर्ण/

गत बर्ष कस्ले कस्ले परिक्षा दिएका थिए यहाँ हेर्नुहोस

 

दखालो पूजा , पात्लेखेत गाबिसको वाखेत गाउँमा भयो।

8 June 2014 ( २५ जेठ, मँगलबार-२०७१)

दखालो पूजा , पात्लेखेत गाबिसको वाखेत गाउँमा भयो।

दखालो पूजा आफ्नो जिजु वाजे, पितृ लाई सबैले एकै ठाउँ मा सम्झना गर्ने पूजा हो। यो शब्द दोख भन्ने शब्द बाट आएको हो। त्यसैले कतिले दोखालो भनि भन्छन। दोख भन्नाले बँशानु गुण जस्तै बुझिने शब्द हो। उदाहरण को लागी – कसैले नयाँ बिबहा गर्यो भने दोख धान्नु पर्छ भन्ने आशिष दिईन्छ। भने कुनै बच्चा ले बाउ बाजे कै नक्कल सानै मा गर्यो भने उस्ले पनि लौ हेर बाउ को दोख सरेछ भनिन्छ।
पाईजा ले- काउलेखर्क
थापा ले – चौतरावोट
पुन ले – पाखा
राम्जाली ले -मन्डली थान
रोका ले – खर्सेबोट

बुढाथोकी ले – सिनारे पाखामा

पुरानो समायमा यस्ता दोखालो हरु दाजु भाई लाई एक ठाउँ मा राख्न र दाजु भाईले आफ्नो पुर्खालाई एकै ठाउँ मा सम्झना गर्न सुरु गरिएको हो। आज को दिन मा नै बर्ष भरि गरिने काम को योजना बनाईन्छ। कुनै रितिथिति मा परिमार्जन गर्नु पर्यो भने आजै को दिन भाई सल्लाहले गरिन्छ। भाई सल्लाह ले गरिएको ले परिबर्तित रितिथितिमा पनि कसैको बिरोध हुदैन। किन कि परिमार्जन सबैको साझा भलाई को लागि हुन्छ।

सुरुका दिन हरुमा वाखेत मा पाईजाहरुले पहिले दोखालो गर्दथे र त्यसैको अर्को आईत- मँगल बार पर्ने गरि अरु थरिहरुले पूजा गर्दथे। अचेल भने सबै थर हरुले एकै दिन नै गर्ने गर्दछन। अरुबेला जो जहाँ भए पनि आजको दिन एक ठाऊमा भेला हुन्छन र अब आऊने काम कसरी गर्ने भाईसल्लाह गर्दछन।

बिद्योदय निमाबि वाखेत, म्याग्दीमा ८ कम्प्युटर पहिलो लट आई पुग्यो।

बिद्योदय निमाबि वाखेत, म्याग्दीमा ८ कम्प्युटर  पहिलो लट आई पुग्यो।

बिद्यालय मा बिभिन्न समायमा प्राप्त मौजदात कम्प्युटर -४ गरि १२ कम्प्युटर बाट कक्षा सुरु गर्ने

कम्प्युटर साक्षरता सहकार्यमा  हाम्रो टिम

This slideshow requires JavaScript.

कम्प्युटर अभियान को आर्थिक पाताहरु।

भूपू गोर्खा सैनिक -वाखेत को सकृयतामा कम्प्युटर ल्याव भवन र ४ रोपनी जग्गा किनिएको छ। सो भवन मा भोलि वायरिङ हुदैछ। त्यस पछि छिट्टै कम्प्युटर कलास सुरु हुन्छ। जस्को लागत जग्गाको मु्ल्य ४ लाख २० हजार रुपैया मा स्कुल को लागी १ लाख ५० हजार दान छुट सहमति र भवन को ३ लाख २५ हजार मा १ लाख २५ हजार दान छुट सहमति सहित

कुल भुक्तानी

जग्गा-२७०,००००
भवन-२००,०००
—————————-
नेट- ४७०,००० तथा (१५०,००‌०+ १२५,०००=२७५,००० छुट)को लागत कम्प्युटर अभियान मा भूपू गोर्खा सैनिकहरु बाट अचल सम्पति को रुपमा बिद्यालयलाई योगदान भएको र गाउँ मा नदेखिने गरि थुप्रै पटक चण्डा सहयोग धेरै पटक लिई सकिएको ले यो पटक ठोस र सधै को लागि काम लाग्ने गरि सहयोग मागिएको छ र उहाँहरु राजी हुनु भएको छ। यो भवन खरिद क्रम मा योगदान पुराउनु हुने रिम प्रसाद रोका, कमल पुन, प्रेम रोका लगायत का सबैलाई धन्यबाद साथै बिद्योदय को महत्वकाँक्षी अभियान लाई छुट दान उपहार सहित जग्गा र भवन हस्तान्तरण गर्नु राजी हुने रायमती रोका परिवार र बिष्णु राम्जाली परिवार लाई धेरै धेरै धन्यबाद। हजुर हरु को परिवार ले यो जग्गा स्कुलले दवाव मा किन्यो भन्नु भन्दा पनि गाउँ र गाउँ बाासी को बर्तमान र भबिष्यको लागी उदारमन ले दान गर्यो भन्ने सोचिदिनु होला। काम गर्ने क्रम मा भएका प्रबिधिक र मानब त्रुतीहरुमा माफी चाहान्छौ।

गत बर्ष देखि को योजनालेल अन्तत एउटा महत्वपुर्ण पुर्वाधार तैयार भएको छ जस्को आर्थिक बिबरण यसरी भएको छ।

कुल कोष सँकलन
-२०७० जेष्ठ पेन्शन ‍-58020
-२०७० को देउसी भैलो-93915
-२०७० को पेन्शन 97515
-२०७०- युके बाट सहयोग -81500
-२०७० अमेरिका बाट सहयोग -50550
-युवा कल्व सहकार्य -150000 (प्राप्त भै नसकेको प्रतिबद्वता भएको)
————————————————
Total -531,500
less- 150,000 ( क्लवको प्रतिबद्वता रकम नआई सकेकोले)
——————————-
Net Kosh = 381,500

खर्च – 470,000
कोष-381,500
——————————
नपुग रकम – 88,500

(जेष्ट महिना पहिलेको)

२०७१ जेष्ठ पेन्शन बाट- 98,950
पुर्ख्यौली समुह बाट – 19,000
————————————————
Total – 117,500
तिर्न बाँकी तिरेको-88,500
—————————–
बचत- 29,000

फर्निचर र वायरिङ, पेन्टिङ र जग्गा रजिष्ट्रेशन खर्च बिबरण प्राप्त हुन बाँकी छ।

कम्प्युटर खरिद तर्फ

केशव पुन (हंङकंङ) बाट ईन्टरनेट जडान खर्च सहित १ सेट कम्प्युटर- 100,000 (1)
पोर्चुगल बाट सामुहिक सहयोग-50,000 (2069 सालमा) २ थान कम्प्युटर
जिल्ला शिक्षा कार्यालय बाट – 140,000 ‌+ बिद्यालय ले थपेको 60,000) =200,000 (4)
(शिक्षा कार्यलय को नियमाबली अनुसार ४ कम्प्युटर र प्रिन्टरहरु किनिएको)

- ओम रोका (युके) -१ थान
-रामचन्द्र पुन (बुर्नाई) – १ थान
-किशोर रोका, निशा रोका (युके बाट) २ थान
-कतार समुह बाट – १ थान
-साउदी बाट – १ थान
-कोरिया समुह बाट – २ थान
(8 x 25,000=200,000) एक थान कम्प्युटर बराबर २५ हजार रुपैया १-२ बर्ष पहिले ईस्टिमेट गरिएको तर पनि त्यहि अनुसार कै कम्प्युटर गर्ने निर्णय गरिएको छ

______________________________

हंंङकंङ मा केशव पुन को संयोजन मा च्यारिटि कार्यक्रम बाट संकलन- 424,477
शिव पुन (हंङकङ) को ब्यक्ति गत १ थान कम्प्युटर सहयोग पनि यहि रकम भित्र नै छ।

अव आई आईपुग्ने क्रममा रहेको (प्रतिबद्वता)
-छक प्रसाद र टक बङ पुन को तर्फ बाट – १ थान
-तेजिन्द्र थापा (अस्ट्रेलिया) -१ थान

कुल कुम्प्युटार संख्या १५ मा पहिले मौजदात ४ र नया किनिएको ८ गरि १२ कम्प्युटर आई सक्ने र ३ कम्प्युटर र नपुग अन्य कम्प्युटर हङकंङ च्यारिटी को रकम बाट किनेने छ। यस पटक २१ वटा कम्प्युटर बिद्योदय ले पुराउने छ।
सारांश मा अहिले सम्म

जग्गा र भवनमा कुल – 470,000
कम्प्युटरमा- 550,000
हंङकङ च्यारिटि-424,277
——————————————-
कुल संकलन- 1,444,277 (चौध लाख चौवालिस हजार दुई सय सत्तहतर रुपैया)

प्रतिबद्वता भएको (प्राप्त भै नसकेको)
युवा कल्व सहकार्य -150000
-छक प्रसाद र टक बङ पुन को तर्फ बाट – १ थान
-तेजिन्द्र थापा (अस्ट्रेलिया) -१ थान
——————————————————
जम्मा 200,000

बिद्यालय ब्यबस्थापन समितिलाई सम्पुर्ण दाताहरुको ईमेलमा र हाम्रो आधिकारीक फेशबुक समुह मेरो वाखेत गाउँ मा अपलोड गर्न खरिद गरिएका कम्प्युटर को Quotation , Invoice हरु सहित को बिस्तृित बिबरण अपडेट गर्नु हुन को लागी अनुरोध गरिएको छ।

बिद्योदय निमाबि स्तरउन्नती कोष २०६७ देखि सुरु भएको हो र यस कोष मा अलगै पुँजी खर्च नहुने गरि १८ लाख १८ हजार ९ सय १५ बचत भै सकेको छ र कम्प्युटर खरिद गरेर बचत रकम लाई पनि यहि कोष मा थप गरिने छ।

सबै दाताहरुलाई धन्यबाद।

कम्प्युटर साक्षरता अभियान लाई साच्चिकै सार्थकता बनाउन को लागी कम्प्युटर साक्षरता सहकार्य समुह- वाखेत बनेको छ।

हाम्रो नारा रहेको छ -
” हरेक उमेर लिङ र सामुदाय को लागी कम्प्युटर साक्षरता”
कम्प्युटर साक्षरता अभियान को सार्थकता

पहिलो ब्याज मा बिहान र बेलुका गरेर २० जना को समुहले पहिलो ब्याच कम्प्युटर सिक्ने छन जस्कोलागी ‌+2 & माथि का ४ जना भोलेन्टियर बिद्यार्थी समुहमा छन। उनिहरुले सिकाउने छन र ३ महिना को बेसिक कोर्श पछि सिकेका हरुले आफुले सिकेका कुरा थप ४ जना को सँख्यामा हरेक वडाको ४-४ जना को समुह बनाएर सिकाउने छन उनिहरुले बेसिक ईन्टरनेट, ईमेल र नेट व्राउज गर्न सिक्ने छन।

बिद्यालय को बिद्यार्थीको हक मा बिद्यालयले नै टिचर को ब्यबस्था गर्दछ।

बिद्योदय निमाबि वाखेत मा बिबिध कार्यक्रम सम्पन्न

१४ जेठ २०७१ ( 28 May 2014)

बिद्योदय निमाबि वाखेत मा बिबिध कार्यक्रम सम्पन्न

बिद्योदय निमाबि वाखेत को प्रबेशद्वार निर्माण भयो।

बिद्योदय निमाबि को प्रबेशद्वार

बिद्योदय निमाबि को प्रबेशद्वार

समाजसेवी ईन ब. पुन ज्यु ले बिद्योदय निमाबि को प्रबेशद्वार निर्माण गरि दिनु भएको छ। बेलायति सेना का पेन्शनर साथी-भाई हरु सबै युके पुगे पनि ईन ब. पुन लाई भने गाउँ कै समाज सेवाले गाउँ मै अडाई राखेको छ। लामो समाय सम्म बिद्यालय ब्यबस्थापन समिति का अध्यक्ष को रुपमा जिम्मेबार बहन गरिरनु भएका पुन ले जिल्ला बाट प्राप्त कम्पाउण्ड बजेट ले कम्पाउण्ड गर्ने नपुग्ने भएको ले गेट आफ्नो ब्याक्तिगत लागत मा बनाउनु भएको हो सो गेट को लागत 90,023 (नब्बे हजार तेईस रुपैया) मा निर्माण कार्य सम्पन्न गर्नु भएको छ।

गेट निर्माण क्रममा भएको लागत रकम भूपू गोर्खा सैनिक कम्प्युटर ल्याव तथा  ई‍-पुस्तकालय भवनका, जग्गा खरिद तथा निर्माण संयोजक तथा बिद्यालय अभिभावक सँघ का अध्यक्ष खडक ब. रोका लाई हस्तान्तरण गर्नु भयो।

भूपू गोर्खा सैनिक कम्प्यटर ल्याब & ई बिद्यालय को कम्पाउण्ड तार जाली ६२ मिटर र पुरानो भवन मर्मत सम्भार सम्पन्न

बिद्योदय निमाबि को तार जाली

बिद्योदय निमाबि को तार जाली

10366270_485012134963942_1762293736321650488_n

जिल्ला शिक्षा कार्यलय बजेट बाट प्राप्त २ लाख कम्पाउण्ड घेराउ बजेेट र बिद्यालय मर्मत सम्भार बजेट १ लाख रुपैया बाट कार्य  बिद्यालय को पुरानो भवनको बाहिरि भित्ता प्लास्टर तथा रंगरोगन गरेको छ भने ६२ मिटर लामो तारजाली सहित को कम्पाउण्ड बनाएको छ।

बिद्योदय निमाबिले २०७१ को छात्रवृति बितरण गर्यो

 

बिद्यालय को छात्रबृति बितरण को कार्यक्रम पारेर पुन

बिद्योदय निमाबि को छात्रबृति बितरण कार्यक्रम २०७१

बिद्योदय निमाबि को छात्रबृति बितरण कार्यक्रम २०७१

बिद्योदय निमाबि को छात्रबृति बितरण कार्यक्रम २०७१  तथा २०७० मा प्रथम, दितिय, तृतिय हुने बिद्यार्थीहरु लाई पुरुस्कार बितरण

बिद्योदय निमाबि को छात्रबृति बितरण कार्यक्रम २०७१ तथा २०७० मा प्रथम, दितिय, तृतिय हुने बिद्यार्थीहरु लाई पुरुस्कार बितरण

 

भुपु गोर्खा  कम्प्युटर ल्याव र ईपुस्तकालय को  भवन र जग्गा खरिद को सहयोग रकम हस्तान्तरण

भूपू गोर्खा सैनिकहरु बाट  भूपू सैनिक कम्प्युटर ल्याव & ई-पुस्तकालयलाई सहयोग

भूपू गोर्खा सैनिकहरु बाट भूपू सैनिक कम्प्युटर ल्याव & ई-पुस्तकालयलाई सहयोग

10311736_352496711565187_2708125030340305584_n

अमेरिका बाट नर ब. राम्जाली ले आफ्नो बाबा भिम ब. राम्जाली को नाम मा सो भवनलाई सहयोग गर्नु भएको रकम ५० हजार ५५० सहित  यस पटक को पेन्शनरहरु को सहयोग मा प्राप्त रकम १लाख ४९ हजार ५ सय हस्तान्तरण भयो। सोहि भवन को लागी पुर्खयौली समुह वाखेत ले १९ हजार रुपैया सहयोग गर्नु भएको छ।

याम ब. राम्जाली को बाबा लाई सम्मान

10300783_352495464898645_4379338296980015236_n

बिद्यालय स्तरउन्नती कोष “चिनो” लाई १ लाख १ हजार रुपैया सहयोग गर्नु हुने भूपू बेलयात लाहुरे याम ब. राम्जाली को  सम्मान पत्र बाबा भक्ति प्रसाद राम्जाली लाई सम्मान प्रदान गरियो।

बैदेशिक रोजगार बाट छुट्टिमा आउने दाताहरु सम्मान

कृष्ण ब. रोका (बहरायन)

कृष्ण ब. रोका (बहरायन)

 

छक प्रसाद थापा(ओमन), कृष्ण ब. रोका (बहरायन) दुर्गा ब. राम्जाली (कतार)

छक प्रसाद थापा(ओमन), कृष्ण ब. रोका (बहरायन) दुर्गा ब. राम्जाली (कतार)

त्यस्तै बैदेशिक रोजगार बाट छुट्टीमा घर आउनु भएका दाताहरु कृष्ण ब. रोका (बहरायन) – १०,०० (दशहजार रुपैया), छक प्रसाद थापा (ओमन) ३,००० (तीन हजार) र दुर्गा ब. राम्जाली – २,००० (दुई हजार) सहयोग प्राप्त भएको छ।

सम्पुर्ण दाताहरुलाई बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ईन ब. पुन, उपअध्यक्ष भिम ब. राम्जाली र बिद्यालय अभिभावक समितिका अध्यक्ष तथा भूपू भवन निर्माण कोष का संयोजक खड्क ब. रोका ले खादा ओढ्यार सम्मान गर्नु भएको थियो।

सो दिन मा भएको कार्यक्रम को फोटो झलक

This slideshow requires JavaScript.

याम ब. राम्जाली बाट बिद्योदय निमाबि-माबि+2 स्तरउन्नती कोष “चिनो” लाई १ लाख १ हजार रुपैया सहयोग प्राप्त

18 May, 2014

याम ब. राम्जाली बाट बिद्योदय निमाबि-माबि+2 स्तरउन्नती कोष “चिनो” लाई  १ लाख १ हजार रुपैया सहयोग प्राप्त

वाखेत ७ निवासी भक्ति प्रसाद राम्जालीका छोरा भूपू बेलायती आर्मी याम बहादुर राम्जाली ज्युबाट विदयालयको चिनो कोषका लागि रु १ लाख १ हजार प्रदान गर्नु भएको छ।

राम्जाली परिवारलाई धन्यबाद। उहाँ को भूपू बेलायती आर्मी कुल ब. राम्जाली बाट पनि बिद्यालय स्तर उन्नती कोषललाई २०११ मा १ लाख रुपेया सहयोग गरि सक्नु भएको छ। 

बाबा भक्ति प्रसाद राम्जाली ले स्कुल देखि पल्लो गाउँ सम्म जाने ढुगे सिढी बाटो र वल्लो गाउँ पानी टैकी देखी माथी तेर्सो बाटो सम्म पुग्ने ढुँगे बाटो निर्माण गर्नु भएको छ।  उहाँ हरु को समाज सेवा को मुल्याँकन वाखेत को बर्तमान र भाबी पुस्ताले गर्ने नै छ।

 

गुन पुर्जालाई पुत्रलाभ

15 May, 2014

गुन पुर्जालाई पुत्रलाभ

हाम्रो वाखेत गाउँको गुन पुर्जालाई पुत्रलाभ भयको खबर प्राप्त भयको छ l बधाई छ गुन पुर्जालाई तथा नवजात शिशुको सुस्वस्थ्य र दिर्घायुको कामना l

श्रोत- पुर्ण कुमार रोका

वाखेतका ३ जना युवा ईण्डियन आर्मी मा भर्ति भए

वाखेतका ३ जना युवा ईण्डियन आर्मी मा भर्ति भए

1625536_220025631540855_5753844314040751021_n

मोहन रोका(५), टंकल पुन (७), सुबिन बुढाथोकी (९) वाखेतका ३ जना युवा ईण्डियन आर्मी मा भर्ति भए 19 May 2014 को उनिहरु क्याप ईन्ट्रि हुदैछन।

टंक पुन (७) – अमर ब. पुन(पाखाको मायाको बाबा) को माईला छोरा
सुबिन बुढाथोकी (९) – याम ब बुढाथोकी (सिनार काले) को कान्छा छोरा
मोहन रोका(५) – सुक्तलाल रोका (गोठ्टेखोर काईला) को कान्छो छोरा

स्रोतः सुबिन बुढाथोकी/ प्रकाश पुन / कुमार राम्जाली

ईनाम पाईजाको बैबाहिक जिवन शुरुवाट

ईनाम पाईजाको बैबाहिक जिवन शुरुवाट

रामु पाईजा को छोरा ईनाम पाईजा ले हिजो बेलुका बरंजा बाट बिबहा गरेको खबर छ|। 
नयाँ दम्पतीलाई शुभकामना। भरत भाई अव ओरिजिनल बाजे बन्नु अलि बर्ष बाकी छ है हा हा हा । रामु पाईजा भरत भाई को सहोदर दाजु हुन।

तुलसी को बिबहा भए पछि एक जना कमी भएको ईनाम ले बिबहा गरेर बराबर बनाई हालेछ।

स्रोत- अमृत पाईजा/ रितुको आमा

यसरी भएको छ भूपू गोर्खा कम्प्युटर ल्याव तथा ई-पुस्तकालय भवन -वाखेत को काम र सहकार्य

यसरी भएको छ भूपू गोर्खा कम्प्युटर ल्याव तथा ई-पुस्तकालय भवन -वाखेत को काम र सहकार्य

अहिले लाई भूपू गोर्खा कम्प्युटर ल्याव तथा ई-पुस्तकालय भवन स्कुल को आड मै भएको बिष्णु राम्जाली ले बनाउनु भएको भवन नै ” भूपू गोर्खा कम्प्युटर ल्याव र ई-पुस्तकालय भवन हुने “

1620260_596124337120894_2133388330_n

सरकारी तवर बाट कम्प्युटर भवनको लागी प्रपोज पास नभए पछि हामीले कम्प्युटर भवन निर्माण को लागी आदरणिय भूपू गोर्खा पेन्शन वाला आमा-बाबाहरुलाई एउटा भवन को प्रपोजल तैयार गर्यो। अहिले सम्म जति पनि चन्दा मागिएको छ त्यो मागेर खर्च भै सकेको छ। अव यस्तो काम गरौ जुन कामलाई पछिका पुस्ताले पनि देख्न सकुन। बिद्यालय को लागी आवश्यक कम्प्युटर ल्याव र ई-पुस्तकालय भवन निर्माण मा भूपू गोर्खा पेन्शनवालाहरुले सहकार्य गर्नुहोस।

उहाँ हरुले प्रपोजलमा मन्जुर हुनु भयो र हरेक पटक को पेन्शन बाट दामासामी रकम वाखेत को महत्वकाँछी योजना लाई सहज बनाई दिनु भयो।

हामीले योजना त बनायौ – तर यस्लाई खुलेर ल्याउन सकेनौ कारण हरु थुप्रै थिए। त्यो स्कुल सँगै जोडिएको जग्गा खरिद गर्नु पाईन्छ कि पाईन्न अन्योल मै समाय बित्यो। अन्तत त्यो भूपूहरु को सहयोग कोष रकम बाट जग्गा खरिद भयो। त्यस पछि भवन को कुरा पनि त्यस्तै भयो। उहाँ को जग्गा मा भवन पहिल्यै देखि बनि सकेको र त्यो भवन लाई भत्काउदा त्यति नै खर्च र ६-८ लाख नभई अर्को भवन नबन्ने हुनाले अहिले लाई त्यो भवन लाई नै खरिद गरेर त्यसै भवन मा “भूपू गोर्खा कम्प्युटर ल्याव तथा ई-पुस्तकालय भवन” बनाउने कुरा अन्तिम चरण मा पुगेको छ।

जानकारी को लागी जग्गा लगभग ४ रोपनी छ र सो मा बनेको कच्ची भवन छ। जग्गा रोयमति रोका परिवार सँग २ लाख ७० हजार नगद र १ लाख ५० हजार स्कुललाई दान छुट मा किनिएको र नामसारी भै सकेको छ। भने भवन बिष्णु राम्जाली सँग २ लाख नगद र १लाख २५ हजार छुट दान बिद्यालयलाई छुट दान को सहमतिमा किनिएको छ।

एतिहासिक कार्य भएको छ। भूपू गोर्खाहरु को योगदान लाई भबिस्यका पुस्ताले पनि चिन्ने छ र प्रेरणाको रुपमा लिने छ। आखिर हामी सबै उनिहरु कै सन्तान हौ र उनिहरुको मेहेनत र पसिना बनेको भौतिक पुर्वाधारहरु पछिका पुस्ताले पनि उपयोग गर्न पाउने छन।

२०७० को बैशाख महिना बाट सुरु भएको “भूपू गोर्खा कम्प्युटर ल्याव तथा ई-पुस्तकालय भवन निर्माण कोष”

-२०७० जेष्ठ पाला को पेन्शन मा – 58020
(Rs. Fifty Eight thousand twenty only)
-2070 को तिहार मा भूपू भवनको लागी खेलिएको देउसी भैलो बाट- 93915
(Rs. Ninety Three Thousand Nine Hundred Fifteen)
-२०७० मँगसिर पाला को पेन्शन बाट -97515
(Rs. Ninety Seven Thousand Five hundred Fifteen)
*Note – यो सहयोगमा स्व. गम ब. पुन को छोरा छबिलाल पुनले (कँगो) यो कोष मा बाबा को नाम मा सहयोग गर्नु भएको १० हजार रुपैया सामेल छ )
– १७ फागुन २०७० युके मा कार्यरत/बसोबास गर्नु हुने वाखेतबासी तथा वाखेत प्रेमीहरुको सहयोग मा प्राप्त (ओम रोका को संयोजनमा) – भूपू कम्प्युटर ल्याब & ई-पुस्तकालय भवन कोष – 81,500
(Rs. Eighty one Thousand Five hundred )
-१७ फागुन २०७० – नर ब. राम्जाली (अमेरीका) -50,550
(Rs. Fifty Thousand Five Hundred Fifty)
(नर ब. राम्जालीले आफ्नो बाबा भिम ब. राम्जाली को नाम मा सहयोग गर्नु भएको)

घारसुन्ना लाली गुराँस युवा क्लव बाट सहयोग सहकार्य को प्रबिद्वता भएको सहयोग – 150,000 ( Rs. One hundred Fifty thousand) प्राप्त भै नसकेको

* साराँशमा
-कुल खर्च जग्गामा खरिद – Rs. 270,000 ( Two Hundred Seventy Thousand)
-भवन खरिद – Rs. 200,000 (Two Hundred Thousand )
Total Expense (Main Registration & other Expense not Included) = 470,000 ( Four Hundred Seventy Thousand)

कुल कोष सँकलन
-२०७० जेठ पेन्शन ‍-58020
-२०७० को देउसी भैलो-93915
-२०७० को पेन्शन 97515
-२०७०- युके बाट सहयोग -81500
-२०७० अमेरिका बाट सहयोग -50550
-युवा कल्व सहकार्य -150000 (प्राप्त भै नसकेको प्रतिबद्वता भएको)
————————————————
Total -531,500
less- 150,000 ( क्लवको प्रतिबद्वता रकम नआई सकेकोले)
——————————-
Net Kosh = 381,500

खर्च – 470,000
कोष-381,500
——————————
नपुग रकम – 88,500

यो रकम लाई भूपू गोर्खा पेन्शनहरुले २०७१ जेष्ठ महिना को पेन्शन सहयोग बाट पुरा गर्नु हुने योजना छ। कल्व बाट सहयोग आएपछि यो सहयोग यसैको कम्पाउण्ड मा खर्च गरिने छ। या भुपु हरुको बैठकमा उहाँ हरुको रायसुझाव ले जे सहमति पास गर्नु हुन्छ त्यहि काम हुने छ।

तल फोटोमा देखिएको दाहिने साईड को भवन नै हो अहिलेलाई भूपू गोर्खा कम्प्युटर ल्याव तथा ई-पुस्तकालय भवन- वाखेत भविष्यमा यस्लाई उचाई बनाउने र साईड मा पुस्तकालय भवन थप गरिनेछ। यहि २०७१ शैक्षिक शत्र देखि यो स्कुलमा कम्प्युटर क्लास सुरु भै रहेको छ। जस्को लागी थुप्रै दाताहरुले सहकार्य गर्नु भएको छ यो केहि समाय पछि यसरी नै पुर्ण जानकारी गराउने छौ।

Report Date – 13 May 2014

मिस्रित अामा समुह को बहु-उद्देश्यीय भवन को छानो हाल्ने काम हिजो भयो

आमा समुह को भवन को छानो हालियो।

थाडो बाँझो मा बन्दै गरेको मिस्रित अामा समुह को बहु-उद्देश्यीय भवन को छानो हाल्ने काम हिजो भयो भन्ने खबर आएको छ। अव पिँडि हाल्ने, ढिकी हाल्ने, पानी, चर्पि लगाएका काम चोख्खै(पुरै) बाँकी छ।

कम्प्युटर अभियान को लागी हंङकङ बाट रु. ४२४,४७७ सहयोग प्राप्त

बिद्योदय निमाबि वाखेत को कम्प्युटर साक्षरता अभियान बर्षः २०७१ को सहयोगार्थ

हंङकङ बाट  रु. ४२४,४७७ सहयोग प्राप्त

चिनियाँ बर्ष को अवसर मा ३१ जनवरी २०१४ मा चुनमुन बटरफलाई बिच हंङकङमा वाखेत गाउँ सम्पर्क समिति हंङकंङले कम्प्युटर सहयोग तथा वायरलेस प्रबिधि सहयोगार्थ गरेको कार्यक्रम बाट   कम्प्युटर अभियान को लागी हंङकङ बाट  रु. ४२४,४७७ सहयोग प्राप्त भएको छ। सम्पुर्ण दाताहरुलाई बिद्यालय ब्यबस्थापन समिति, बिद्यालय परिवार साथै सम्पुर्ण वाखेत परिवार को तर्फ बाट धेरै धेरै धन्यबाद।

आशा छ उहाँ हरु ले जुन उद्देश्यको लागी हृदयदेखि नै आफ्नो पसिना को कमाई सहयोग पठाउनु भएको छ बिद्यालयले कम्प्युटर शिक्षा सहज रुपमा दुर्गमको स्कुलमा दिन सफल हुने छ र देश कै लागि योगदान दिने दक्ष नागरिक उत्पादन हुने छ।

Slide1

 

बिद्योदय निम्न माध्यमिक बिद्यालय, वाखेत म्याग्दी
कम्प्युटर साक्षरता अभियान बर्ष: 2071
कम्पयुटर & वायरलेस प्रबिधि सहयोगार्थ वाखेत गाँउ सम्पर्क समिति हंङकंङले  चिनियाँ नयाँ बर्षको अबसरमा  31 जनवरी 2014 मा चुनमुन बटरफ्लाई बीचमा भएको    च्यारिटी कार्यक्रमको सहयोग दाताहरु को बिबरण यसप्रकार छ।Exchange Rate: 1 Hk$ = 13.25

क्र.सं. सहयोग दाताको नाम ठेगाना सहयोग रकम सहयोग रकम
हंङकंङ डलरमा नेपाली रुपैयामा
1 कर्ण पुर्जा बेगखोला-८,बादुक,म्याग्दी HK$ 300 3975
2 दल शेर्पुन्जा बिम, म्याग्दी HK$ 500 6625
3 नारायनसिं पुन कुँहु, म्याग्दी HK$ 500 6625
4 चित्र ब पुन र-यालेखोर , म्याग्दी HK$ 700 9275
5 कर्ण पुन चिम्खोला, म्याग्दी HK$ 500 6625
6 स्यानु पुन (हिरा राम्जाली) वाखेत, म्याग्दी HK$ 1100 14575
7 जनक पुन कुवाँपानी, पर्बत HK$ 1000 13250
8 महेश्वर पुन सालिजा, पर्वत HK$ 500 6625
9 कमल रोका बरंजा, म्याग्दी HK$ 1000 13250
10 झ्याम ब पुन रुम, म्याग्दी HK$ 200 2650
11 पुस्पा पुर्जा (गौचन) काफलडाँडा, म्याग्दी HK$ 200 2650
12 मोहन फगामी पुन सालिजा, पर्वत HK$ 500 6625
13 मुकुन्द राज पुन ओख्रेनी, पर्वत HK$ 500 6625
14 टेक ब. तिलिजा पुन बादुक, म्याग्दी HK$ 300 3975
15 किरण गुरु स्याङजा HK$ 100 1325
16 गिरी गुरुङ कास्की HK$ 100 1325
17 सुरेन्द्र राजकोटी स्याङजा HK$ 100 1325
18 निरजम गुरुङ कास्की, पोखरा HK$ 100 1325
19 कमल गुरुङ कास्की, पोखरा HK$ 100 1325
20 जेबेन्द्र फगामी बेग, म्याग्दी HK$ 300 3975
21 याम लिम्वु मोरङ, डाँगी-५ HK$ 100 1325
22 सिता पुन पोखरा HK$ 105 1391.25
23 पुन कल्व हंङकंङ (खेलाडी ) भलिबल खेलाडीहरु HK$ 1550 20537.5
24 शिव बुदुजा पुन नार्चिङ , म्याग्दी HK$ 350 4637.5
25 धन ब गर्बुजा पुन भुरुङ, म्याग्दी HK$ 500 6625
26 खडक थजाली  (समाजसेबी) झि, म्याग्दी(बुटवल) HK$ 500 6625
27 बसन्त गुरुङ लम्जुङ HK$ 200 2650
28 खिम पुन पाखापानी-३, म्याग्दी HK$ 500 6625
29 भिम पुन पाखापानी-३, म्याग्दी HK$ 500 6625
30 महेश पाईजा पाखापानी-३, म्याग्दी HK$ 500 6625
31 चित्र बीर सिंखानीमगर दाग- देबिस्थान म्याग्दी HK$ 500 6625
32 ईन्द्र ब. अर्मजा पुन पर्वत HK$ 500 6625
33 नगेन्द्र गर्बजा दाना, म्याग्दी HK$ 200 2650
34 खेम प्रसाद फगामी बेगखोला-१ म्याग्दी HK$ 600 7950
35 जीवन तिलिजा बेगखोला – बादुक म्याग्दी HK$ 500 6625
36 टंक पुन गोलकोट बाग्लुङ HK$ 100 1325
37 गोबिन्द पुर्जा बेगखोला, म्याग्दी HK$ 500 6625
38 साउनी थजाली झि, म्याग्दी HK$ 100 1325
39 याम पाईजा (समाजसेबी) पाखापानी-३, म्याग्दी HK$ 1500 19875
40 बिरजँग थापा बेगखोला, म्याग्दी HK$ 700 9275
41 प्रमोद गिरी बेनी,म्याग्दी HK$ 500 6625
42 रमेश पुन पर्वत HK$ 500 6625
43 राज कुमार पाईजा शिख, म्याग्दी HK$ 500 6625
44 सुर्य पुन घोरेपानी, म्याग्दी HK$ 500 6625
45 लाल पुन (शेर्पुन्जा) पर्वत HK$ 500 6625
46 दिपक पाईजा पुन शिख, स्वाटा म्याग्दी HK$ 200 2650
47 याम राज पुन खिवाङ, म्याग्दी HK$ 200 2650
48 चन्द्र ज्योती आले तनहुँ HK$ 200 2650
49 मोतीसिरी पुन पर्वत HK$ 200 2650
50 धन माया पुन सालिजा, ओखरेनी पर्बत HK$ 300 3975
51 बलमान गर्बुजा बिम, म्याग्दी HK$ 200 2650
52 कृष्ण गर्बुजा पुन हिस्तान, दाना म्याग्दी HK$ 100 1325
53 तिर्थ (निर) पुन लोप्रे, पर्वत HK$ 500 6625
54 राजु गर्बुजा पुन नागी HK$ 500 6625
55 तिपेन गर्बजा पुन दोबा, म्याग्दी HK$ 1000 13250
56 टिका जीत पुर्जा बादुक, म्याग्दी HK$ 500 6625
57 टिका पुन पाउदर (चितवन) HK$ 500 6625
58 राजु तिलिजा पुन पाउदर, म्याग्दी HK$ 500 6625
59 भद्र गर्बुजा पुन दाना, म्याग्दी HK$ 520 6890
60 यमुना गर्बजा पुन खिवाङ, म्याग्दी HK$ 150 1987.5
61 हितमान फगामी पुन बेग, म्याग्दी HK$ 300 3975
62 लक्ष्मी गुरुङ पोखरा HK$ 100 1325
63 दिप कला गुरुङ पोखरा HK$ 100 1325
64 रुद्र भण्डारी राखु भगवती, म्याग्दी HK$ 240 3180
65 बेनी पुन पर्वत HK$ 200 2650
66 नानी पुन सालिजा पर्वत HK$ 100 1325
67 फुल माया गुरुङ लुम्ले, कास्की HK$ 100 1325
68 टिका पुन नागी, म्यागदी HK$ 300 3975
69 हेमा पुन नागी, म्याग्दी HK$ 300 3975
70 तुल ब. पाईजा झि, म्याग्दी HK$ 1700 22525
71 प्रेम पुर्जा पुन शिख,स्वाटा , म्याग्दी HK$ 500 6625
72 नन्द कुमारी अर्मजा पुर्णगाँउ म्याग्दी HK$ 100 1325
73 रन्जना राना भैरहवा HK$ 100 1325
74 स मया गर्बुजा चिम्खोला, म्याग्दी HK$ 150 1987.5
75 टिका तिलिजा चिम्खोला, म्याग्दी HK$ 150 1987.5
76 रिबिका थापा मगर स्याङजा , चिसापानी HK$ 200 2650
77 चिया स्टल बाट HK$ 50 662.5
78 कर्ण ब. पाईजा झि, म्याग्दी HK$ 500 6625
79 देब थापा स्यांङजा HK$ 200 2650
80 रिजन पुन भैरहवा HK$ 100 1325
81 माया राम्जाली वाखेत, म्याग्दी HK$ 1000 13250
82 राज कुमारी थापा(पुन) वाखेत, म्याग्दी HK$ 1000 13250
83 चिरिनदेबी रोका(पुन) वाखेत, म्याग्दी HK$ 1000 13250
84 मन्जु पुन पर्वत HK$ 150 1987.5
85 मिलन शेर्पन्जा भर्जुला, म्याग्दी HK$ 800 10600
86 शिव पुन वाखेत, म्याग्दी HK$ 2500 33125
87 नर ब. पाईजा वाखेत, म्याग्दी HK$ 1000 13250
88 लिल रोका रुम, म्याग्दी HK$ 100 1325
89 धन ब. राना दाङ, देबिस्थान, म्याग्दी HK$ 100 1325
90 छत्र गर्बुजा पुन पात्लेखर्क, म्याग्दी HK$ 500 6625
91 केशब पुन वाखेत, म्याग्दी HK$ 1000 13250
92 मन ब. रोका बरंजा, म्याग्दी HK$ 500 6625
93 खेम कुमार फगामी बेग, म्याग्दी HK$ 300 3975
94 दिपक पुन घोरेपानी, म्याग्दी HK$ 500 6625
यो रिपोर्ट As 06  MAY 2014 कुल सहयोग संकलन 42615 564648.75
Exchange Rate  1 Hk$ = 13.25 Rs. सन्चालन खर्च 10579 140171.75
खुद बचत Hk$.32036 Rs.424477
Rs. Four Hundred Twenty Four Thousand Four hundred Seventy Seven only
(अक्षरुपी चार लाख चौबिस हजार चार सय सतहत्तर रुपैया मात्रै)
सहयोग नेपाल पठाएको मिति Date – 06 May 2014 By Keshab Pun
Note –  यो रकम बिद्योदय निमाबि को ब्यबस्थापन समिति का अध्यक्ष ईन ब. पुन को हात बाट कम्प्युटर साक्षरता अभियान को संयोजक बिद्योदय निमाबि को प्र. अ. मनबीर किसान ज्युलाई हस्तान्तरण गरिएको छ। बिद्यालय तथा सम्पुर्ण गाउँबासी को तर्फबाट सबै दाताहरुलाई हृदय देखिको धन्यबाद छ।

 

हामी बिशेष आभारी छौ।यहाँ हरु को उपस्थिति र सहयोगको लागी
1 ईन्द्र ब. अर्मजा पुन पुन मगर कल्याणकारी समाज हंङकंङ पर्वतको अध्यक्ष (पर्वत)
2 कमल रोका बरंजा, म्याग्दी (समाजसेवी)
3 कर्ण पुन मोना हंङकंङ कोषअध्यक्ष (चिम्खोला, म्याग्दी)
4 कर्ण पुर्जा बेगखोला डटकम प्रतिनिधि (बेगखोला-८,बादुक,म्याग्दी)
5 खडक थजाली समाजसेवी झि, म्याग्दी(बुटवल)
6 खेम प्रसाद फगामी बेगखोला कल्याणकारी समाजको सह-सचिब(बेगखोला-१ म्याग्दी)
7 चन्द्र ज्योती आले मगर सँग अध्यक्ष हंङकंङ (तनहुँ)
8 चित्र बीर सिंघानीमगर दाग- देबिस्थान म्याग्दी (समाजसेबी)
9 तिपेन गर्बजा पुन दोबा, म्याग्दी (दोबा अन्तराष्ट्रिय मञ्च हंङकंङको सचिब)
10 तिर्थ (निर) पुन पुन मगर समाज हँङकङ (निबर्तमान उप-अध्यक्ष लोप्रे, पर्वत)
11 दल शेर्पुन्जा मोना हंङकंङ अध्यक्ष (बिम, म्याग्दी)
12 धन ब गर्बुजा पुन भुरुङ, म्याग्दी (समाजसेबी)
13 पुन कल्व हंङकंङ पुन कल्व हंङकङ भलिबल टिम
14 भद्र गर्बुजा पुन दाना, म्याग्दी (समाजसेबी)
15 भिम पुन पाखापानी-३, म्याग्दी (मेरो सानो गाउँ फिल्म निर्माता)
16 मन्जु पुन पुन कल्व हंङकङ (गल्स टिम क्याप्टेन) पर्वत
17 मोहन फगामी पुन NT हंङकङ पुन मगर समाज उप-अध्यक्ष(सालिजा, पर्वत)
18 शिव बुदुजा पुन पुन मगर समाज पुर्खौयौलीको प्रतिनिधि (नार्चिङ , म्याग्दी)
19 सुर्य पुन घोरेपानी, म्याग्दी (समाजसेबी)
20 हितमान फगामी पुन बेगखोला गाउँ समिति सचिब हंङकङ (बेग, म्याग्दी)
21 तुल (पदम) ब. पाईजा मोना हंङकंङ उप- अध्यक्ष (झि, म्याग्दी)
22 राजु गर्बुजा पुन पुन मगर समाज हँङकङ अध्यक्ष (नाँगी म्याग्दी )
23 रमोश पुन पुन मगर समाज को पुन कल्व टिम क्याप्टेन ( बेग, म्याग्दी)
24 याम पाईजा समाज सेवी (पाखापानी, म्याग्दी)
वाखेत सम्पर्क समिति हंङकंङले गरेको च्यारिटी कार्यक्रममा सुरु देखि अन्त सम्म
काममा सहयोग गर्नु हुने सम्पुर्ण बिशेष सहयोगीहरुलाई धन्यबाद दिन चाहान्छौ।
नारायणसिं पुन(कुँहु), हिरामाया तिलिजा(बादुक) दुर्गा तिलिजा( दाना) कर्ण पाईजा झिं)
तुल(पदम) ब. पाईजा झिं, चित्र पुन(रेलेखोर), हितमान फगामी(बेग), कर्ण पुन(चिमखोला)
सुस्मा पुन (राजकुमारी थापा), सुबास पुन,
स्यानु (हिरा) राम्जाली, माया राम्जाली, चिरनदेबी रोका(पुन) शिव पुन, नर पाईजा
सबै दाता र सहयोगीहरुलाई वाखेत गाउँ सम्पर्क समिति हंङकंङको तर्फ धन्यबाद -संयोजक केशव पुन।

उक्त दिनको अन्य फोटो हरु यहाँ हेर्नुहोस।

कार्यक्रम सम्वन्धी बिबरण यहाँ हेर्नुहोस

चिनियाँ नयाँबर्ष को अबसर मा भएको यो कार्यक्रमा चुनमुन बटरफ्लाई बीच मा Date 31 January 2014 मा भएको थियो।

कार्यक्रम सँयोजक – केशव पुन
ब्यबस्थापन – नारायनसिं पुन (कुँहु)

कार्यक्रम लाई सफल बनाउनलाई सहयोग गर्ने

हिरामाया तिलिजा (बाँदुक)
दुर्गा तिलिजा (दाना)
पुष्पा पुर्जा (काफलडाँडा)
कर्ण पाईजा (झिं)
पदम पाईजा (झिं)
चित्र पुन (वाखेत, र-यालेखोर)
हितमान फगामी (बेग)
कर्ण पुन (चिमखोला)

छोरी ज्वाँईहरु
शुष्मा पुन
सुवास पुन
स्यानु राम्जाली
माया राम्जाली
चिरनदेवी पुन

भिडियो रेकर्डिङ तथा सम्पादन
कर्ण पुर्जा (बाँदुक) बेगखोला डटकम हुनु हुन्छ।

कार्यक्रम को आयब्यय (मोना कोष अध्यक्ष – कर्ण पुनले) प्रस्तुत गर्नु भयो।

कुल आय- 41315 HK$
खर्च – 10579 Hk$
बचत – 30736 HK$ ( भिडियो कन्फेरेन्स र कार्यक्रम समापन गर्दा दिन)

पछि थप सहयोग प्राप्त भएकोले

कुल सहयोग संकलन 42615 564648.75
सन्चालन खर्च 10579 140171.75
खुद बचत 32036 424477

भिडियो कन्फेरेन्स सकिए पछि पनि निम्न दाताहरुको सहयोग थप भएको हो

92 मन ब. रोका बरंजा, म्याग्दी HK$ 500 6625
93 खेम कुमार फगामी बेग, म्याग्दी HK$ 300 3975
94 दिपक पुन घोरेपानी, म्याग्दी HK$ 500 6625

(Note- नोट : (70) तुलु(पदम) पाईजाले समान लैजादा भुक्तान गर्नु भएको टैक्सी भाँडा लिन्न भनेको ले सो रकम सहयोगमा र खर्च दुवैमा थप गरेर अपडेट गरिएको छ। छत्र पुन गर्बुजा पात्लेखर्क म्याग्दी ले कार्यक्रम समापन पछि सहयोग गर्नु भएको ले समापन भिडियो भन्दा सँकलन र बचत बढेको हो)

Note- च्यारिटी कार्यक्रम सँयोजक केशव पुन ज्युले थप सहयोगहरु प्राप्त भैरहेको ले यो क्रमश: थपै गरेर अन्तिम अपडेट चैत्र महिना मा नेपाल पठाईने जानकारी दिनु भएको छ।  कतै तपाईहरु पनि छुट्नु भएको छ भने केशव पुन लाई सम्पर्क गरेर सहयोग गर्नु सक्नु हुनेछ।

माथि उल्लेख गर्न छुटेका सम्पुर्ण सहयोगीहरुलाई धन्यबाद ।

हंङकङ बाट अहिले सम्म प्राप्त सहयोग को अपडेटहरु

 

बिद्योदय प्राबि-निमाबि-माबि+2 स्तरउन्नती कोष (चिनो) 2010 मा प्राप्त हंङकंङको(Rs.385,754 सहयोग

बिद्योदय निमाबि पुस्तकलाय भ्रमण बर्षः 2013 को लागी हंंङकंङको (Rs. 88,004) सहयोग

कम्प्युटर साक्षरता अभियान बर्षः २०७१ (२०१४) लाई कम्प्युटर र तथा वायलेस प्रबिधि सहयोगार्थ सहयोग प्राप्त (HK$ 30,736)

कम्प्युटर साक्षरता अभियान बर्षः २०७१ (२०१४) लाई कम्प्युटर र तथा वायलेस प्रबिधि सहयोगार्थ कार्यक्रमको दाता नामवली र फोटो संग्रहसित

______________________________________________________

बिद्यालय स्तरउन्नतीको चिनो सम्बन्धि जानाकारी यहाँ छ। किल्क गरेर पढनुहोस।