जेठाजु खोला तिर बाट बुहारी खोला तिर

जेठाजु खोला तिर बाट बुहारी खोला तिर

फेरि पनि लाचे ले नयाँ लाईन खोपेर गयो।
जुरेली ले यसपाली पनि कूकू कै बच्चा जन्मायो
चिबे ले बयसको रुखमा गुँड लगायो
काफल पाक्यो चरीले आफ्नो प्रदेशी पितालाई बोलायो
आकाशे जेली जरा बिना नै मौलायो
बुढाहरुले आकाश हेरेर भने
पानी परेन कहाँ पापीष्टा पर्यो
खडेरीले चुसेका कोपिलाहरु
अभावले बिगारेका अुनहार जस्तै
बैश पनि कान्छाको डण्डिफोरले खनेर गयो
सँस्कार धान्दा धान्दै बुढो भएको बाजे को जस्तो
लाहुरेलाई पर्खदा पर्खदै बुढी भएकी फूपु को जस्तो
हो माया लाउनेहरु को सम्झनामा
लेखेका लामा छोटा कबिताहरु पान्नाहरु
हलो ले जोत्ने नमिल्ने फगता मा
अर्नीमा छोप राखिएको भेटिएछ
बैश फगत फगता जस्तै भएछ
पर्खनेहरुको लागी समाय कति पत्यार लाग्दो हुन्छ
तलाउ मा एैना हेरे बैश सम्झनेको कथा
रितु देखेर महिना सम्झनेहरुलाई
चिठ्ठी को के आशा तिमी आए पुग्छ
उ लेख्छ चौतारामा ढुगे अभिलेख
चौतारा पोखरी को मौला मा खोप्छ
सुर्य चन्द्र, सर्प-भ्यागुताको चित्र
एउटा सपना सन्तान को सपना भित्र
सिलो टिपेको आलु जस्तै प्यारो
बिलो लगाएको राँगो मासु जस्तै
किलो काटेको भैसी जस्तै
पर्खाई नै प्यारो लागेको फूपुलाई
बैशले अनक्ठ्ठै परेका तन्नेरीहरु
यो बुढी मरे थात कुरुम्ला पो भन्छन
पापीष्टा पर्यो भन्ने बुढाहरु
जेठाजु- बुहारी खोला को पानी जोडिए
पाप पखाल्न बर्षा हुन्छ रे
कुलो खन्दै थिए
जेठाजु खोला तिर बाट बुहारी खोला तिर
संयोग नै हो पानी पर्छ
मक्केका फूपुको घर भट्किन्छ
पुरिएर मर्दछिन पानी भन्न नपाई
पानी परेको खुसीमा गाउँले खेति शुरु गर्छन
रमाईलो हुने खुसीमा ठिटाहरु थात कुर्छन।
यो कुलो फेरि पनि खनिनेछ
जेठाजु खोला तिर बाट बुहारी खोला तिर
भो नसाच बैश फुपुले जस्तै
ऐेना हेरेर बैश सम्झनलाई
मैले आकाश हेरे उनि मरेको दिन
सुर्यमा ईन्द्रेणी लागेको थियो
बिचरा अभागी फूपु को भाग्यमानी मरण
एउटा पन्ना उडेर आयो मेरो छेउ
” गाईले घाँस खायो सक्यो
आईन चिठी छे मैना भैसक्यो ”
मैले आँसु खसाले
एउटा शब्द धमिलो भयो।

लेखियो बल्ल वाखेत मा – VIDYODAYA LOWER SECONDARY SCHOOL

लेखियो बल्ल वाखेत मा – VIDYODAYA LOWER SECONDARY SCHOOL

सुरेन्द्र आर्ट बेनीका आर्टिस्ट सुरेन्द्र राना मगर जे यसरी सिगार्नु भएको छ बिध्योदय निमाबि वाखेत को भित्ता, २०१० यो स्कुललाई ५ कलास बाट अपग्रेड गरेर अहिले ८ कलास सम्म पुराईएको छ । यो भवन गत बैशाख महिना मा पुरा भएको थियो । पहिलो पटक बिध्योदय निमाबिको भित्ता मा बिध्योदय निमाबि लेखिएको छ। यो यात्रा छिट्टै माबि र उच्चमाबि सम्म  पुग्नु पर्छ। यस्को लागी सबै को सहकार्य र एकता चाहिन्छ। २०१० मा ५५ बिध्यार्थि बाट अपग्रेड गरेको स्कुल सँग अहिले १६५ जना बिध्यार्थी छन भने रिड टु रुम को आर्थिक  सहयोग मा गाँजा क्लब बाग्लुङ को प्रबिधिक सहयोग ले पुस्तकालय निर्माण भए पश्चयात यो स्कुलले सुधार देखाएको छ।

यो बैशाख महिना देखि यो स्कुले ले ९ कलास पठनपाठन को योजना अगाडी सारि सकेको छ। यसको लागी सामुदाय ले जुन किसिम को उत्साह देखाएको छ त्यो उत्साहमा सबैले हातेमालो गर्नु सक्यौ भने हामी ले हाम्रो आँगन मा हाम्रो सन्तानला‌ई गुणस्तरिय शिक्षा दिन सक्छौ।

हेरौ अव हाम्रो स्कुल को नयाँ रुप

लेखियो बल्ल वाखेत मा - VIDYODAYA LOWER SECONDARY SCHOOL

लेखियो बल्ल वाखेत मा – VIDYODAYA LOWER SECONDARY SCHOOL

1aaa

यस्तो छ अहिले बिध्योदय मा भएको पुस्कालय

वाखेत पुस्तकालय

वाखेत पुस्तकालय

बिध्यार्थी आफै पनि हाते पत्रिका निकाल्छन हरेक महिना

बिध्यार्थी भाई बैनीले बनाएको हाते पुस्तिका को हरेलो मेला मा प्रदशनि नै गरियो।

बिध्यार्थी भाई बैनीले बनाएको हाते पुस्तिका को हरेलो मेला मा प्रदशनि नै गरियो।

बिध्यार्थीहरुमा अहिले अनिबार्य ड्रेस बनाईएको छ

बिध्यार्थीहरुमा अहिले अनिबार्य ड्रेस बनाईएको छ

बिध्यार्थहरु तल्लो भवन मा

बिध्यार्थहरु तल्लो भवन मा

बिध्यार्थीहरु नाटक मञ्चन गर्दै

बिध्यार्थीहरु नाटक मञ्चन गर्दै

harelo mela: Welcome Pared Kheldai

हरेलो मेला २०६९ मा Welcome मार्च देखाउदै

स्कुल को कार्यक्रम मा बोल्दै छात्रा

स्कुल को कार्यक्रम मा बोल्दै छात्रा

बिध्योदय  निमा बि का बिध्यार्थी चिमखोला मा क्विज प्रतियोतिगाम भाग लिदै - तेर्सो स्थान मिल्यो वाखेत लाई

बिध्योदय निमा बि का बिध्यार्थी चिमखोला मा क्विज प्रतियोतिगाम भाग लिदै – तेर्सो स्थान मिल्यो वाखेत लाई

महेन्द्र मा बि झी, मा भएको लोक नृत्य प्रतियोगिता को सबै ईभेन्ट मा प्रथम स्थान  हासिल गर्यो बिध्यालयले

महेन्द्र मा बि झी, मा भएको लोक नृत्य प्रतियोगिता को सबै ईभेन्ट मा प्रथम स्थान हासिल गर्यो बिध्यालयले

यहि उत्साह हामीले हाम्रो बिधार्थी मा भर्न सकियो भने वाखेत ले साच्चिकै राम्रो बिध्यार्थि उत्पादन गर्न सक्छ। यस्को लागी जरुरी छ सबै को चासो र एकता।

” एकताले नै बन्छ- हाम्रो वाखेत, राम्रो वाखेत

-स्यानु पाईजा, वाखेत डायरी

शिक्षक प्रशिक्षण कार्यक्रम सुरु- बिध्यालय को भित्ता मा आर्ट रोगन पनि हुदै

शिक्षक प्रशिक्षण कार्यक्रम सुरु- बिध्यालय को भित्ता मा आर्ट रोगन पनि हुदै

शिक्षक अन्तर प्रशिक्षण कार्यक्रम चल्दैछ वाखेत स्कुल मा गलेश्वर ‌माबी +2 अन्तर्गतका हाम्रा वाखेत कै भिमु रोका र सीता रोका को सकृतयता मा जुनियर र सिनियर टिचरहरुको शिक्षक अन्तर प्रशिक्षण कार्यक्रम चल्दैछ ।
बिध्योदय निमाबि को उपल्लो नयाँ भवन मा आर्ट लेखन कार्य हुदैछ।
बेनी सुरेन्द्र आर्ट का आर्टिस्ट सुरेन्द्र राना मगर ले वाखेत स्कुलका भित्ताहरुलाई जिवन्तता दिदै हुनु हुन्छ। हामीले छिट्टै भवन को नयाँ आर्ट को फोटो अपलोड गर्ने छौ।

समचार स्रोत
मनबीर किसान, प्र.अ. बिध्योदय निमाबि वाखेत

शिव पुन को बिबहा मना राम्जाली सँग भयो

Feb 21, 2013 ( फागुन १०, २०६९)
Mero Wakhet Gaun Member Shiva Pun (अनजे लोक ब. पुन को कान्छो छोरा) को बिबहा मना राम्जाली ( मन्दीरमा दुर्गा राम्जाली, ओम कुमारी राम्जाली ) माईली छोरी सँग भयो। सुखमय दाम्पत्य जीवनको शुभकामना उहाँहरुको नवदम्पतीलाई।

स्रोत
तिल प्र. पाईजा वाखेत

सामुदायिक बनमा सामुदायको परिबर्तित सोच

सामुदायिक बनमा सामुदायको परिबर्तित सोच

बन जँगल सामुदायलाई हस्तान्तरण गरे पछि सामुदायलाई यो हाम्रो हो भन्ने लागेको छ र सँरक्षण र उपयोग पनि अचेल बढाएर लगेका छन फलस्वरुप अहिले दुर दराजका सामुदायिक बनले पनि सामुदाय लाई लाभ दिन लागेको छ।

वाखेत

वाखेत कुनै बेला दाउरा को लागी मात्रै पनि जुगे देउराली पुग्नु पर्ने हुन्थ्यो। अव त्यो दिन जमानाको कुरा भएका छन। वाखेतले हरुकुरा मा आफ्नो पुर्बाधार कम्जोर नै छाडे पनि सामुदायिक बन मा भने उल्लेखनिय सुधार गरेको छ। गाबिसका ९०% जँगल एरिया सामुदायिक बन बनेको वाखेत मा अहिले दाउरा को कुनै समस्या छैन। मानिसको परिबर्तित जिवन शैली र सोचले वाखेतलाई साँच्चै कै बनमा आत्म निर्भर को बाटो मा लैजादै छ।

हिउद लागे पछि कहिले औलो (पात्लेखेत) तिर खर ठेक्का कहिले रानी बन (कुँहु) , बसनारा कुना, थामो धुरी, असिलो गौडा नपुगी घाँसको जोगो नहुने वाखेतले यो बर्ष आफ्नै बन को मुडुवा धाँसले गुजरा गर्यो। यति मात्र नभएर मुडुवा घाँसमा १ आँसी १०० कर अभियान ले घाँस  बनसमितिले राम्रो आर्थिक सँकलन पनि गर्यो। भने दाउरा मा जाँजने बनसमितिका उपभोक्तालाई पनि १ आसी १०० को हिसाबले १ महिना सम्म वाखेत को बन मा दाउरा कात्न आनु दिएर ३० हजार भन्दा माथी को कोष जम्मा गर्यो। यो वाखेत कै ईतिहास मा पहिलो खबर हो ।

अहिले बनमा उदारता आएको छ। अव यो बनमा प्रकृतिक जडिबुटी संरक्षण र उपयोग कार्यक्रम ल्याएर जगेर्ना र उपयोग गर्ने हो भने हाम्रो आर्थिक स्थिति अहिले को भन्दा सुधार भएर जाने पक्का छ। यसको लागी कार्यगत एकता र सामुदायको लाभको ब्याख्या सबैले बुझ्ने र लाभ सबै सामुदाय लाई पुग्ने गरि कार्ययोजना सबै सामुदायका सदस्यहरुले बुझ्नु जरुरी छ।

बन समिति को कार्ययोजना छलफल मा छ

बनले सामुदायलाई कसरी माथी उठाउन सक्छ ? भन्ने बुझ्नु नै हाम्रो पहिलो आबस्यकता हो। हामीले हाम्रो प्रकृतिक बन जँगललाई प्रकृतिक रुपमा सुन्दर बनाउन पनि सक्छौ र सामुदायलाई आर्थिक सम्पन्नता मात्रै होईन नयाँ परिचय पनि दिन सक्छौ।

छलफल मा के छ ?

धुपीका रुख

वाखेत का सम्पुर्ण बनहरु पर्खालले घेरिएको छ। पर्खाल को बरिपरि धुपीका रुखहरु लस्करै ६ मिटर को फरक फरकले हुर्काउन सकियो भने यस्ले प्रकृतिक रुप मै नयाँ सुन्दरता थप्ने मात्र नभै भबिस्यमा हामी ले अगरबत्तीको (धुप) को लागी चाहिने कच्चापदार्थको र उद्योग नै सन्चालन मा ल्याउन सक्छौ र सामुदायलाई आर्थिक रुपमा सबल बनाउन सक्छौ। लौ मानौ हामीले धुपीलाई कच्चा पदार्थको रुपमा उपयोग गर्न सकेनौ भने पनि यसको काठ पनि निर्माण समाग्रीमा गुणस्तरकै हुन्छ। यसरी प्रयोग गर्न नसकिए पनि प्रकृतिक रुपमा स्वच्छ हावा र बाटवरण चाहि हामीले निर्माण गर्छौ। यसरी धुपी लगाउने हो भने अवको ५ बर्ष भित्रै हाम्रो बनको सिमाना कोण धारी गार्ड जस्तै धुपीका रुखहरु ले सजिएको हुन्छ।

टिमुरे पाखा मा टिमुर

प्रकृतिकरुप टिमुर को नाम ले नै टिमुरे पाखा नाम पाएको टिमुरे पाखालाई हामीले साँच्चिकै ब्यबसायिक खेती कै रुपमा सामुदायिक टिमुरे खेती पाखा बनाउन सकियो भने हामीले हाम्रो नाम सँगै नाम र दाम जोगाउने पक्का छ। यस्को बारे मा पनि बनसमितिले छलफल कार्यक्रम मा राखेको छ।

आरु पखडा/खुर्पानी को रोपन प्रयोग

अहिले वाखेत का सबै सामुदायिक बन मा चौपाया निषेध गरिएको छ। त्यसैले पनि यो कार्यक्रम सजिलै लागु हुन सक्छ। हाम्रो पुरानो बाटो र मोटर बाटो को ३ मिटर तल र ३ मिटर माथी को भागमा ६ मिटर को फरक फरक मा आरु पखडा/खुर्पानी रोपन गर्ने हो भने बाटो खन्दा निस्केका माटो बग्न बाट पनि रोक्छ र रोपेको ३ बर्ष भित्र नै वाखेतको नयाँ परिचय यस्ले दिन्छ। बराह् थान देखि- देउराली सम्म- पंग्रेनी देखी – भँकसे सम्म- गोट्टेखोर देखि- भेडिखर्क सम्म- हेरालो बस्ने ढुँगा देखी – गाजने बन सम्म – आरु पखडा/खुर्पानी सेतै फुले को फूल कस्तो देखिला ? साँचिकै यस्तो बनाउन सकियो भने यो सबै को आँखा मा पर्छ। ग्रामिण पर्यटनमा पनि नयाँ गन्तब्य बन्छ। सामुदायले आरुपखडा को फल बजार सम्म पुराउन सके भने राम्रो आम्दानी गर्न सक्छन। जाम र ड्राई प्रोडक्ट बनाए भने झन अतिरिक्त लाभ लिन सक्छन। कम्से कम खेर जाने जमिन को  सुन्दरता को साथ साथै केहि गर्न नसके पनि हामीले आरु पखडा/खुर्पानी लाई रक्सी बनाए मात्रै पनि बर्षमा कुहाउने अन्न जोगाउन सक्छौ। लौ मानौ यो सबै गरेनौ भने पनि हामीले हरियाली बनाएर बाटवरण लाई सुन्दर बनाउन सक्छौ। अरु बन्यजन्य उत्पादन को लागी २०-३० बर्ष लाग्छ। जस्तै सल्ला हुर्कनलाई कम्तीमा २० बर्ष लाग्छ तर  आरुपखडा ले ३ बर्ष मै हामीलाई आम्दानी र सुन्दरता दुबै दिन सक्छ।

प्रकृतिक उत्पादनलाई ब्यबसायिक रेखदेख र रुपान्तर

प्रकृति रुपमै उपलब्ध सत्तुवा, तिते, मँगायो, लकायो, धकायो, भ्याकुर र बनतरुल लाई  प्रकृतिक रुपमा रोपेर सामुदायले आर्थीक पातो सबल बनाउन सक्ने प्रबल सम्भावना छ।

दोखर्क मन्दिर देखी मुनि को भागलाई अहिले नयाँ किसिमले सोचौ भन्ने कुरा छलफल मा लगिएको छ। गाउँले सकरात्मक भए भने यस्ले वाखेत को आर्थिक पातोलाई अझै फराकिलो र समाज लाई दरिलो बनाउन सक्छ। वाखेत साच्चिकै ब्यबसायिक उत्साह मा पुग्न सक्छ। प्रकृतिलाई प्रकृति रुपमै प्रयोग र जगेर्ना सहित आर्थिक लाभ मा आधारित कन्सेप्ट मा अहिले वाखेत स्कुलले भोगीरहेको आर्थिक अभाव र स्कुल स्तर उन्नतीलाई पनि जोडिएको छ। वाखेत स्कुललाई स्तर उन्नती गर्न को लागी आत्मनिर्भर आम्दानी स्रोत भए भने यो सजिलो छैन। मागेको रोटी ले मात्रै १ दिन को भोक मेटिन्छ। दिर्धकालिन सोचका साथ आम्दानी को स्रोत नहुने हो भने हामीले वाखेत स्कुललाई भने जस्तो स्तरउन्नती गर्नमा बाधा पुग्छ। सामुदाय मा एकता हुने हो भने एकदमै सजिलो तरिकाले हामीले सामुदायलाई अगाडी लैजान सक्छौ। दोवाखर्क देखी मुनि को प्लट लाई स्कुल बिकास प्लट सामुदायिक बन मा रुपान्तरण गरि त्यो एरियामा जुन अहिले काँडा मात्रै थिए त्यो बनसमितिले सफा गरेको छ। त्यो ठाउमा १० मिटर को दुरिमा काफल र त्यसकै बिच बिचमा दाल चिनी ( तेज पत्ता, करी पत्ता) रोप्ने हो  र त्यसकै अनुपातमा अलैची खेती गर्ने हो भने हामीले अव को ३ बर्ष भित्र मा कतै बाट सहयोग नआए पनि वाखेत स्कुललाई ‌+2 सम्म सजिलै लैजान सकिन्छ।

रोपेको २ बर्ष मा काफल ले फल्न सुरु गर्छ भने तेज पत्ता र अलैचीले पनि उत्पादन दिन सुरु गर्छ। मानौ अलैची र तेजपत्ता त हामीले अझै सम्म बेचेका छैनौ त्यसैले यस्को उत्पादन कति हुन्छ भनेर अनुमान गर्न सक्दैनौ तर काफल लाई मात्रै हेर्ने हो भने पनि हामीले राम्रो आम्दानी को स्रोत देख्न सक्छौ। यो एरिया लाई काफल को  बन को रुपमा हुर्कायौ भने हामीले बर्ष को १ दिन काफल खाने दिन घोषणा गरेर बाहिर का पर्यटकहरुलाई बोलाउन सक्छौ। यो एक दमै नौलो अभियान हुन सक्छ। लौ यो सबै गरेनौ रे भने पनि हामीले हाम्रो बाख्रा, गाई भैसीलाई राम्रो घाँस चाहि उत्पादन गर्न सक्छौ।

यो सबैको लागी जरुरत छ । सामुदाय को एकता र बिकास प्रति को प्रतिबद्वता। संकुचित सोच को अन्त नै परिबर्तन को सुरुवाट हो। हामीले सँकुचित सोचलाई हटाएर हामी भित्रै बाट परिबर्तन ल्यायौ भने हाम्रो सम्पन्नता हाम्रै वरि परि छ। मात्रे हामीले सदुपयोग  गर्नु सक्नु पर्छ। जस्कोलागी सामाजिक एकता को आबस्यकता पर्छ। हामी हरियाली पनि जोगाउन सक्छौ र आत्मनिर्भर पनि हुन सक्छौ।

अहिले चिया खेती को सम्भावना पनि हेरिदैछ। झट्ट हेर्दा यो आकर्षक सम्भावना भए पनि यस्लाई पानी को आबस्यकता पर्छ हामीले पानी को स्रोत र अरु ठाउँ को स्थलगत अध्यान पछि यस्लाई लागु गर्न सक्छौ। फेरी यो स्यानो एरियामा गरेर उपलब्धी हुने बाली होईन। सामुदायलाई ब्यबसाहिक खेती जँगलमा गर्ने पाउने अधिकार छ कि छैन त्यो अलग पाटो हो।

तर चिया बाहेक माथी उल्लेख गरिएका सम्भावनाहरुलाई सामुदायिक बनको नियम ले खासै ठुलो असर गर्दैन किन कि हामीले बन पनि बचाउछौ र आम्दानी पनि सुनिस्चित गर्छौ।

-स्यान पाईजा

आमा समुहहरुले आज बालुवा बोक्दै- भवन प्लास्टरको लागी

Feb 20, 2013 ( फागुन ९- २०६९)

आमा समुहहरुले आज बालुवा बोक्दै- भवन प्लास्टरको लागी

भोली चारै वडा का आमा समुहले मज्जा ( घारमा टिका कान्छौको घर नजिक) बाट बालुवा बोक्दैछन। म त्यहाँ भएको भए म पनि बोक्ने थिए। सबै भोलेन्टिएर जानु होला है बालुवा बोक्नु। खासै टाढा पनि छैन।
Well Done wakhet

बिध्योदय निमाबि- वाखेत लाई ९ कलास यो बर्ष किन थप्नु पर्ने ?

बिध्योदय निमाबि- वाखेत लाई ९ कलास यो बर्ष किन थप्नु पर्ने ? 
– जव वाखेत स्कुलले ६ कलास सुरु गर्यो त्यो बेला हाम्रो बिधार्थी सँख्या मात्रै ५५ को हारा हारी मा थिए। सरकार को नियम अनुसार १ टिचर बराबर ३५ जना बिध्यार्थी भन्ने थियो। स्कुल सँग ५ टिचर दरबन्दीका थिए। भने २०१७ साल मा स्थापना र २०२२ साल मा प्राबि स्वीकृत बिधालय स्थापना को ५० बर्ष सम्म पनि प्राईमेरी मै सिमित थियो। वाखेत स्कुलले जागरुक प्रधानध्यापक नपाएको भए साहेद अहिले वाखेत स्कुल प्राईमेरी पनि रहने थियो या एउटा हराएको ईतिहास बन्ने थियो ? बिध्यालयलाई त्यही रहन दिएको भए यति बेला सबै को लाज मर्दो हुने थियो।

यो बर्ष पनि हामीले ९ क्लास सुरु गरेनौ भने हामी त्यही स्थीतिमा फर्कने छौ जुन ४ बर्ष पहिले थियो हाम्रो अबस्था। अहिले वाखेत स्कुल मा १६५ बिधार्थी छन भने बर्ष मा २० को सँख्यामा नयाँ बिधार्थी थपिन्छन। अव को स्थीति भनेको सबै स्कुलहरुले आफुलाई +2 तहमा पुराई सकेको अवस्था हो हामीले हाम्रो स्कुललाई यति मै छोड्नु भनेको हामी पछि पर्नु नै हो। शिक्षा मा पछि पर्नु भनेको समाज को बिकास रोकिनु सरह नै हो। फेरि सरकारको शिक्षा निति ले १२ लाई माध्यमिक तह मा गाभ्ने तैयारी गरि रहेको छ। यसको मतलव हुन्छ ढिलो चाँडो अव १२ कलास सम्म नै सबैले निशुल्क पढ्न पाउछन। तर हामीले हाम्रो स्कुललाई त्यो लेवल सम्म पुराउनु सकेनौ भने सरकार लौ यो स्कुललाई ‌१२ सम्म पुराउ सरकार दरबन्दी दिन्छ भनेर आफै आउने वाला छैन। त्यसैले जुन उत्साह अहिले बिधार्थी र स्कुल मा छ त्यो उत्साहको निरन्तरता भयो भने १२ कलास सम्न नै पुग्छ यो।

सबै गाउँले ले बुझ्नु पर्ने कुरा

वाखेत ले मात्रै होईन हरेक गाउँले शिक्षामा ठुलो लगानी गरेको छ। २२ बर्ष पहिले खुलेका निजि स्कुलहरु ले अहिले ब्याचलर ३ बर्ष को तह मा आफुलाई पुराई सकेका छन। अर्को कुरा यो साल एसएलसि को लागी लिईने सेन्टअप परिक्षा र एसएलसी परिक्षा समेट यो बर्ष अन्तिम हो। यो कार्यन्वयन हुने हो भने अव निजि स्कुलको लगाव मानिस मा कम हुन्छ। निजि स्कुलको लगाव कम हुनु मा निम्न कारणहरु छन।

आर्थिक पातो

सन्सार भरि महगाई यसरी बढेको छ कि मानिसले कडा मेहेनत गर्नु पर्ने भएको छ । यस्को बिपरित कम तलवमा काम गर्नु पर्ने बाध्यता आईसकेको छ। ‌खाडी मुलुकका देशहरुले ६ बर्ष निति लागु गर्न लागेका छन। अव देखी अरव मुलुकमा काम गर्नेहरुले पनि ६ बर्ष मा उनिहरुले रोजगार गर्ने देश छोड्नु पर्ने हुन्छ। या त तलव मा टेक्स तिर्नु पर्ने हुन्छ। यो दुबै हुनु भनेको हाम्रो हितमा छैन। एकातिर बजार मा एउटा कोठा को भाँडा ३५०० पुगेको छ भने अर्को तिर हाम्रो रोजगारको अनिस्चिता पनि बढेको छ। त्यो भन्दा पनि १५ बर्ष पहिले जस्तो म शहर को एउटा कुना मा ३ लाख मा घडेरी किन्छु यति बर्ष पछि घर बनाउछु उतै सर्छु भन्ने कुरा अब सोच बाहिर को कुरा हुने छ। किन कि १२ लाख भन्दा तल को घडेरीहरु हाम्रो आफ्नै गाउँ को सुबिधा भन्दा पनि सुबिधा नभएको ठाउँ मा पुगि सकेको छ। यस्ले प्रकृतिक रुपमा हामीलाई हाम्रो गाँउ बिकास गर्न प्रेरणा थप्छ। एउटा बच्चालाई पढाउन को लागी शहरमा कम्ती मा १३ लाख रुपैया चाहिन्छ नर्सरी देखी – १० क्लास सम्म पुराउन लाई अव १२ कलासलेमात्र होईन डिग्रीले प्राप्तले सजिलो छैन। ‌+2 भन्दा माथीको पढाई
एउटा गरिव को सामर्थ भन्दा बाहिर को छ। शिक्षा महगो भयो भने त्यो उत्पादन स्थानियमा बिक्न सक्दैन कारण उस्ले पढ्दा खेरि जुन खर्च गरेको छ त्यो अनुसारको तलव नेपाल को जागीर मा पाउला भन्नु सपना मात्रै हो। यस्ले २ बाटो देखाउछ। कि त फेरी १७ -२५ लाख खोजेर बिदेश जाउ। उतै निम्नस्तर को काम गर पैसा कमाउ। फर्सटेशन को शिकार भएर दुर्वेशनि बन। हो हामीले यहि अबस्था को बाट भबिस्यका सन्तानलाई मुक्त गर्नको लागी नै हाम्रो बिध्यालयलाई गुणस्तरीय र +2 सम्म पुराउनै पर्छ।

यस्ले गाउँलेको लाई यसरी गर्छ फाईदा

बिकास को प्राईम फ्याक्टर जनसँख्या हो। हाम्रो स्कुल मा गुणस्तर शिक्षाको ग्यारेन्टी हुने हो भने निजि स्कुलहरुमा जानलाई मानिस खोज्दैनन। अहिले निजि स्कुल प्राय बेनीमा भएको ले बेनी को डेरा बसाई कम हुन्छ। यो कम हुनु भनेको एउटा वाखेतेले बर्ष को १ लाख बचत गर्नु हो। हामी अहिले अरव मुलुक मा मात्रै १३० जना वाखेते छौ। हामीले मात्रै ५ बर्षमा स्कुलको लागी भनेर १५ हजार मात्रै खर्च गर्दा जुन सुबिधा को लागी हामी बसाई सर्छौ त्यहि सुबिधा आफ्नै ठाउँ मा पुराउन सकिन्छ। यसको लागी एकता को आबस्यक छ। बिश्वास को आबस्यकता छ। र हामी त्यहि बिश्वास र एकता नभएकै कारण ले ५० बर्ष सम्म प्राईमेरी स्कुल कै लाजमर्दो स्थिति मा थियौ। र यहि अवस्थामा रोकियौ भने हामीले त्यही ईतिहास दोहोराउने छौ।

अहिले यो कुरा अलि नपच्ने खाले देखिए पनि हामीले हाम्रो गाँउ मै गुणस्तर शिक्षा दिन हैसियत मा हाम्रो स्कुललाई पुरायौ भने १३० जना अरबको कामदार को मात्रै उदाहरण हेरौ १३० x १००००० ‍= 13000000 को बचत हाम्रो गाउँलेको हुन्छ। यो हुनु भने को हामीले लगानी नै गर्ने हो भने एउटा स्यानो उत्पादन मुलक फ्याक्ट्री नै हो मानौ मसला फ्याक्ट्री हामीले हाम्रो १३० जना अरु सन्तानलाई गाउँ मै रोजगार दिन सकिन्छ। यो मात्र १ बर्ष को बचत हो। हामी मा एकता हुने हो भने यस्ता काम त हरेक वाखेते ले १२ बर्ष देखी २० बर्ष पनि गरेका छन। तै पनि हामी किन जहाँ को तही छौ ? किन कि हामीले मात्रै मेरो परिवारलाई राम्रो बनाउछु भन्ने सोचले अझै सम्म काम गरेका छौ। यो सोच ले समाज,देश र जीवन कहिल्यै पनि राम्रो बन्दैन र जीवनस्तर पनि कहिल्यै फेरिदैन। शहर मा मुस्किल ले घर बन्ला खानलाई फेरी अर्का कै काम गर्नु पर्छ। तर हामीले अलिकति मात्रै सोच मा परिबर्तन ल्याउने हो भने गाउँले पनि आफ्नो मालिक आफै हुन सक्छन। यो स्थितिमा आउनको लागी गाउँ मै गुणस्तर स्कुल हुनु पर्छ त्यो भयो भने हाम्रो शिछा मा भएको लगानी कम हुन्छ र हाम्रो बचत हुन्छ। त्यो बचत को लगानीलाई उत्पादन मा लगायौ भने हामीले हाम्रो सन्तानलाई जागीर खोज्न बिदेश पठाउनु पर्ने छैन। जागीर होईन हाम्रो आफ्नै फ्याक्ट्री यहि हाम्रै गाउँमा हुनेछ।

सँस्कारिक पातो

अहिले के भएको छ। बाबा आमाले हाड घोटेर सन्तानलाई स्कुल को खर्च उठाएको छ। एउटा आमाबाबा लाई सन्तान पढाउन ( बेनी- पोखरा- काठमाडौ) बर्ष को १ लाख रुपैया त्यो पनि गुणस्तर नभएको स्कुल र बसाईमा खर्च गर्नु पर्ने भएको छ। अहिले हाम्रो गाउँका बिधार्थिहरु ६० हो हाराहारी मा छन त्यसरी पढेका। 60 x 100000 = 6000000 हरेक बर्ष हामीले खर्च गरि राखेका छौ। हामीले हाम्रो स्कुललाई गुणस्तर को बनाउने हो भने यो पैसा पनि गाउँ मै बचत हुन्छ। यति ले हामीले एउटा प्रडोक्ट को एजेन्सी लिएर प्याकेजिङ प्याक्ट्री मात्रै बनाउने हो भने पुरै गाउले ले १५००० महिना को तलव पाउने जागीर गाउँ मै हुन सम्भव छ।

यस्लाई सँस्कारिक पातो किन भनिएको हो भने एउटा बाबा आमा ले १ लाख रुपैया खर्च गरेर बच्चा पढाउनु पर्छ त्यहि गाउँ को अर्को एसएलसि फेल भएको छोरा अव अरव जान्छ र बर्ष को १ लाख कमाउन सुरु गर्छ भने बाबा आमालाई के लाग्छ पढेर के काम भन्ने भ्रम हुन्छ। हो यहि सँस्कारिक पातो ले नै हामीलाई पछि को पछि पारेको छ। उनिहरुले के बुझेका छैनन भने हामीले स्कुल बनाएनौ र हाम्रा सन्तानलाई हामीले पढाईमा यति धेरै खर्च गर्न परेको छ भन्ने बुझ्न सकेका छैनन या बुझेर पनि हामीले यति खर्च गरियौ अरुलाई किन सजिलो बनाउने भन्ने साँगुरो सोच बोकेका छन।

अहिले सम्म यहि भएको छ। छोरिहरुले ब्याचलर पढदैछन भने छोराहरु +2 कात्न सकेका छैनन। कारण छोरा या छोरी मा बिदेशजाने मानसिकता बढि छ। बिदेश को सम्पन्ता भने को खोक्रो सम्पनता हो भन्ने सबैले बुझ्नु पर्दछ। टाढा को उदाहरण नजाऔ- म आफै उदाहरण छु । बाबा ले २१ बर्ष जागीर गर्नु भयो र मैले १५ बर्ष गर्दैछु। हामी यहि सोच मा बस्ने हो भने मैले मेरो छोरालाई पनि अर्का कै काम गर बिदेश जा भन्नु पर्ने हुन्छ । जागीर ले मानिस लाइ कहिल्यै पनि माथी उठाउदैन। मात्रै हरपेट भर्न मात्रै सिकाउछ। हरे पेट भर्नेहरुले समाज, देश कहिल्यै पनि बनाउन सक्दैनन। यसकारण ले नै हाम्रो गाउँ ३० बर्ष देखि जागिरेको गाउँ भएर पनि हाम्रो समस्या भने को अझै पनि खाना कै छ। अझै पनि शिक्षा कै छ।

अभिभावक मा चरम निराशा

६५ जना पेन्शनर को गाउँ हाम्रो गाउँ। एउटा ले साला खाला बर्ष को १लाख ३० हजार को हाराहारी पेन्सन बुझ्नु हुन्छ। तर यो पैसा सोझै सन्तानको पढाईमा पुग्छ। अभिभावकले न राम्रो खान सक्छन न राम्रो लाउन सक्छन। बुढेशकालमा न पैसा हातमा छन न सन्तान साथमा छ। यस्तो अबस्थामा निराशा नभएर के हुन्छ ? मानौ पेन्शनर आमा-बाबा को यो अबस्था छ भने पेन्सन नपाउनेहरुको अबस्था कस्तो छ कसरी पढाएका छन ? कसरी पढाउन सक्छन ? भोलि गएर १३० जना अरव या बिदेशमा काम गर्ने को अबस्था पनि अहिले को पेन्शनर बाबा-आमा को निरासा भन्दा बिकराल हुन्छ।

बिदेशमा रोजगार ले सोच्नु पर्ने कुरा

हामीले हाम्रो अभिभावक को अबस्था हेरौ। कुन हरु कुन अबस्थामा छन ? न बिमार पर्दा छोरा छोरि वरिपरि छन। न बुढेशकालमा शान्तले बाँच्न पाएका छन। यो सबै को कारण भनेको शिक्षा नै थियो। आफुले नपढेकोले दुख पाए सन्तानलाई पढाउछु भनेर जीवन त लगाए तर गाउँ मै राम्रो स्कुल बनाउछौ भन्ने दिमाग चाही लगाएनन। मात्रै मेरो बच्चालाई अरुले भन्दा राम्रो पढाउछु बन्ने तिर लागे। र अहिले हामी पनि त्यहि गर्दैछौ। अब हामीलाई Exe. Generation चाहिएको छ। एक जनाको कर बल ले केहि पनि हुने वाला छैन। जागरण को लागी एउटा पुस्ता नै आबस्यकता छ।जहिले सम्म हामी ले यस्तो पुस्ता निर्माण गर्न सक्दैनौ हामी हार्छौ।

बिध्योदय निमाबि- वाखेत लाई ९ कलास यो बर्ष किन थप्नु नसक्नु पनि त्यहि हार्नु को सँकेत हो। हामीले हाम्रो सन्तानलाई हाम्रो जस्तै अनिस्चित भबिस्य दिनु हुदैन। उनिहरुको भबिस्य सुनिस्चित गर्नको लागी नै वाखेत स्कुललाई ९, १०,११,१२ गर्दै लैजानु पर्छ।

वाखेत स्कुललाई सन्चालन गर्न आर्थिक कारण देखाईन्छ भने यो एक दमै गलत हुन्छ। ६० भन्दा बढि अभिभावकले आफ्नो सन्तानलाई बर्ष को १ लाख खर्च गरेर शहरमा +2 पढाएका छन भने ८० भन्दा बढि अभिभावकले १ लाख ५० भन्दा बढि खर्च गरेर आफ्ना सन्तानलाई शहर मा पढाएका छन।

यहाँ यसरी भन्दा गलत अर्थ नलागोस। शिक्षा, रोजगार, ब्यबसाय र बसाई ब्याक्तिका नितान्त निजि अधिकारका कुरा हुन। जस्ले जहाँ पढाउन,रोजगार,ब्यबसाय र बसाई गर्न उस्को अधिकारको कुरा हो।

मात्रै सबै मिलेर हाम्रो स्कुललाई हाम्रो पछिल्लो पुस्ताको लागी गाँउ मा गुणस्तर शिक्षा दिन सक्ने सरकारी स्कुल बनाऔ भन्ने मात्र हो।

“शिक्षाले मानिसलाई हरेक प्रबिधमा रुपान्तरण गर्ने शिप दिन्छ”

जस्तै अव ड्राईभिङ लाईसेन्स कै लागी एसएलसी सार्टिफिकेट चाहिने नियम आउदैछ। बिदेशमा ड्राईभिङ लाईसेन्स लिने बेलामा कम्पयुटर बाटै जनरल रुल्स टेस्ट लिईन्छ। त्यसैले पनि वाखेत स्कुललाई अपग्रेड गर्न आबस्यक छ। कम्पयुटर कलास पनि सन्चालन गर्नु पर्छ।

One Night Chef: Founder Surya Ramjali जी ले वाखेत स्कुलको लागी दोस्रो च्यारेटी कार्यक्रम गर्दै हुनु हुन्छ। उहाको च्यारेटी मार्फत यो भन्दा पहिले पनि स्कुले १ लाख ५० हजार सहयोग पाई सकेको छ र दोस्रो पटक उहाले फेरी यो कार्यक्रम दोहराउदै हुनु हुन्छ। यो भने को सबै सबैले एक पटक सुर्य राम्जाली ले जस्तै स्कुल र गाउँलाई बिश्वास गर्नु पर्छ। गाउँ र गाउँलेलाई जागरुक बनाउनु पर्छ।

सधै शँका, अबिस्वास र राजिनितिक सोचले मात्रै स्कुललाई हेर्ने हो भने हामी पछि पर्नु कारण यहि स्कुल हुन्छ। ४ बर्ष पछि को नियम ले हाम्रो गाँउलाई ड्राईवर बन्न नसक्ने हैसियत को गाउँ बनाउदैछ। कम्तिमा यस्तो लाज मर्दो गाउँको बासिन्दा बनेर गर्व गर्नु चाही हामीले हुदैन।

-स्यानु पाईजा

हरेलो मेला: २०६९ को DVD बितरण कार्यक्रम को रिपोर्ट

मिरा राम्जाली र साथीहरुको नृत्य

हरेलो मेला: २०६९ को DVD बितरण कार्यक्रम को रिपोर्ट

हरेलो मेला: २०६९ DVD Concept: Dil Kumari Ramjali

Thanks,
Cemara – Kumar Ramjali, Jay Parshad Purja, You Kumar Roka, Sunil Pun
Dal B. Paija, Ghar Sunna youth Club, School Team, Ama Samuha , All Viewers
Participant , Contributors , Sopnsors & All CD Purchers

बिशेष धन्यबाद – झरि नभनि घर दैलो अभियान मा पुगेर सहयोग गर्ने
भबिन्द्र पाईजा, रिम प्रसाद रोका, मनबीर किसान, कमल पुन, यु कुमार रोका,
राम पाईजा, मन्जु रोका, सीता राम्जाली, डलिमा पुन

सिडि बिक्री को उद्देश्य- 2013-2014 : 14 Computer देश बिदेश सहयोग मा प्रात्त हुने र वाखेत मा कम्पयुटर कलास सुरु हुने भने म्यासेज पुराउने र हरेलो लाई भिडियो मा भए पनि धेरैलाई देखाउने

( भिडियो क्वालिटि राम्रो नहुनु मा धेरै कारण थिए। अनप्रोफेशनल Editing, DC Cam Recording, 22 clip- Capacity भन्दा बढि भिडियो एउटै DVD मा राख्न खोज्नु )

DVD बाट बितरण कार्यक्रम मा सहभागी दाता को नामावली
क्र.सं. नाम वडानं रकम स्टाटस
प्राप्त भएको बाँकी
१ मन कुमारी थापा ६ ११० प्राप्त भएको
२ मन माँया पाईजा ६ ११० प्राप्त भएको
३ कृष्णा पाईजा ६ ११० प्राप्त भएको
४ ईन्द्र कुमारी ६ ११० प्राप्त भएको
५ लिल कुमारी बि.क. ६ १०० प्राप्त भएको
६ भक्ति प्रसाद बि.क. ६ १०० प्राप्त भएको
७ लिल ब. बि.क. ६ १०० प्राप्त भएको
८ चन्द्र बि.क. ६ १०० बाँकी
९ पबित्रा नेपाली ६ १०० बाँकी
१० हिरा ब. रोका ६ १५० प्राप्त भएको
११ मोती लाल रोका ६ १५० प्राप्त भएको
१२ रिम ब. रोका ६ १५० प्राप्त भएको
१३ नर मती पुन ६ १५० प्राप्त भएको
१४ बेगम पाईजा ६ १५० प्राप्त भएको
१५ जय प्र. पुर्जा ६ १०० प्राप्त भएको
१६ गौ नारायाण पाईजा ६ १०० प्राप्त भएको
१७ कमला सेरपन्जा ६ १०० प्राप्त भएको
१८ दल ब. रोका ७ १०० प्राप्त भएको
१९ देउ ब. पाईजा ७ १०० बाँकी
२० ईन्द्र पाईजा ७ २०० प्राप्त भएको
२१ तुल ब. थापा ७ १०० प्राप्त भएको
२२ रत्न ब. पाईजा ७ १०० प्राप्त भएको
२३ रितु पाईजा ७ १०० प्राप्त भएको
२४ प्रेम रोका ७ २०५ प्राप्त भएको
२५ सोम ब. पाईजा ७ १२० प्राप्त भएको
२६ भेष ब. थापा ७ १०० प्राप्त भएको
२७ खड्क ब. थापा ७ २०० प्राप्त भएको
२८ खेम ब. थापा ७ १२० प्राप्त भएको
२९ कमल पुन ७ ५०० प्राप्त भएको
३० कुमारी पुन ७ १०० बाँकी
३१ गीता रोका ७ १०० प्राप्त भएको
३२ दान माँया रोका ७ १०० प्राप्त भएको
३३ नौली पाईजा ७ १०० प्राप्त भएको
३४ तिल प्र. पाईजा ७ १०० प्राप्त भएको
३५ गुन पुर्जा ७ ५०० प्राप्त भएको
३६ सीता रोका ८ १०० प्राप्त भएको
३७ लाल ब. पाईजा ८ १०५० बाँकी
३८ मन्जु रोका ८ १०० प्राप्त भएको
३९ शान्ती रोका ८ १५० प्राप्त भएको
४० गोबिन्द ८ १०० प्राप्त भएको
४१ गणेश राम्जाली ८ २०० प्राप्त भएको
४२ नर माया रोका ८ १०० प्राप्त भएको
४३ माया पाईजा ८ १०० प्राप्त भएको
४४ देउ मायाँ राम्जाली ८ १५० प्राप्त भएको
४५ मिनु थापा ८ १५० प्राप्त भएको
४६ लाल ब. पुन ८ १५० प्राप्त भएको
४७ लक्ष्मी पुर्जा ८ २०० प्राप्त भएको
४८ छक प्रसाद रोका ८ १०० प्राप्त भएको
४९ याम ब. बुढाथोकी ८ १०० प्राप्त भएको
५० तुल ब. राम्जाली ८ २०० प्राप्त भएको
५१ खिम ब. किसान ८ १०० प्राप्त भएको
५२ चन्द्र ब. किसान ८ १०० प्राप्त भएको
५३ पबित्रा किसान ८ १०० प्राप्त भएको
५४ गङगा किसान ८ १०० प्राप्त भएको
५५ पार्बती किसान ८ १०० प्राप्त भएको
५६ दुर्गी माया किसान ८ १०० प्राप्त भएको
५७ मन मायाँ किसान ८ १०० प्राप्त भएको
५८ मिना किसान ८ १०० प्राप्त भएको
५९ मनिषा किसान ८ १०० प्राप्त भएको
६० छक प्रसाद थापा ८ १०० प्राप्त भएको
६१ ओम कुमारी राम्जाली ९ २०० प्राप्त भएको
६२ प ब. सेर्पन्जा ९ १०० प्राप्त भएको
६३ दमन थापा ९ १०० प्राप्त भएको
६४ नर ब. पाईजा ९ २०० प्राप्त भएको
६५ टेक ब. बुढाथोकी ९ १०० प्राप्त भएको
६६ खडक ब. रोका ९ २०० प्राप्त भएको
६७ मन प्रसाद रोका ९ १०० बाँकी
६८ खडक लाल रोका ९ १०० बाँकी
६९ कृष्णा रोका ९ १०० प्राप्त भएको
७० लोक ब. राम्जाली ९ १२० प्राप्त भएको
७१ थिर कुमारी राम्जाली ९ २०० प्राप्त भएको
७२ प्रेम माया राम्जाली ९ २०० प्राप्त भएको
७३ शिव रोका ९ १०० बाँकी
७४ लाल माया रोका ९ १०२० प्राप्त भएको
७५ कृष्ण गर्बुजा ९ २०० प्राप्त भएको
७६ मिन कुमारी रोका ९ ३०० प्राप्त भएको
७७ अशोक रोका ९ ६०० प्राप्त भएको
७८ अनिता बुढाथोकी ९ २०० बाँकी
७९ थिर ब. रोका ९ १०० बाँकी
८० कृष्ण पुन ९ ११० प्राप्त भएको
८१ सक्तलाल राम्जाली ९ ११० प्राप्त भएको
८२ दिल ब. पुन ९ १०० प्राप्त भएको
८३ टेक ब. रोका ९ ५०० प्राप्त भएको
८४ लाल ब. पुन ९ ५०० प्राप्त भएको
८५ गजेन्द्र पुन ९ ५०० प्राप्त भएको
८६ असारी पुन ९ ५०० प्राप्त भएको
८७ नर ब. पुन ९ २०० बाँकी
८८ डेक ब. पुन ९ १५० प्राप्त भएको
८९ लोक ब. पुन ९ १५० प्राप्त भएको
९० भ मायाँ (रायखोर) 10 ७० प्राप्त भएको
जम्मा १६०१५

८ चन्द्र बि.क. ६ १०० बाँकी
९ पबित्रा नेपाली ६ १०० बाँकी
१८ देउ ब. पाईजा ७ १०० बाँकी
२९ कुमारी पुन ७ १०० बाँकी
३७ लाल ब. पाईजा ८ १०५० बाँकी
५७ मन प्रसाद रोका ९ १०० बाँकी
५८ खडक लाल रोका ९ १०० बाँकी
६३ शिव रोका ९ १०० बाँकी
६८ अनिता बुढाथोकी ९ २०० बाँकी
६९ थिर ब. रोका ९ १०० बाँकी
७८ नर ब. पुन ९ २०० बाँकी
जम्मा २२५०

काठमाडौ मा पठाएको Dvd Qty = 35 रकम प्राप्त भए पछि अपडेट हुने

बिबरण Qty Unit Cost Total Cost
Raw/Blank CD Purchased 1st 100 14 1400
Raw/Blank CD Purchased 2st 50 14 700
Raw/Blank CD Purchased 3st 50 20 1000
Total Cost 3100

काठमाडौ बाहेक को नाफा नोक्सान
सिडी किन्दाको लागत ३१००
CD बितरण बाट प्राप्त रकम १६०१५
CD बितरण बाट नउठेको रकम २२५०
५३५० १६०१५
१०६६५
Profit
नोट- काठमाडौ बाट पनि DVD को रकम आयो भने कम्तीमा

(खास मा हामीले हरेलो को DVD बनाउछौ भन्ने सोचिएकै थिएन। हामीले ११ क्लिप युटुव च्यानल मा राख्यौ मेला भरिमा त्यो खबर फेसबुक बाट सबैले हेरे अनि दिल कुमारी राम्जाली ज्यु ले होईन मामा यो भिडियो लाई DVD मा हालेर काठमाडौमा पनि घर घर मा दिनु पर्यो। त्यति बेला नै अचानक लौ हुन्छ भनेर काम गरिएको हो। क्वालिटि बारे, EDiting , concept Script बिना कै DVD Project sakiyo त्यसकारण यस्मा कुनै क्वालिटि छैन। मात्रै बिध्योदय निमाबिले आफ्नो कम्पयुटर कोष मा १० हजार ६ सय ६५ नाफा बचत गरेको छ। काठमाडौ बाट ३५ सिडि को आयो भने अझै थप होला। न आए पनि हामी घाटा मा छैनौ। यो भन्दा बढि नाफा हुन सक्थ्यो तर बिबिध कारण थिए – वाखेत मा सबै को घर मा डिभिडि प्लेयर थिएन। छिमेकी गाउँहरु बिजुलि बिहिन थिए। शहर मा लैजाने खालको क्वालिटि थिएन। अर्को कारण भनेको बिजुली नै थियो रेकर्ड गर्दा गर्दै बत्ति जाने र DVD खेर जाने हुने गर्दथ्यो। ३० को हारा हारी मा यसरी नै खेर गएको छ। )

– प्रयाप्त गृहकार्य बिना िडिभिडि प्रोजेक्ट गरिएको ले गुणस्तर नभएको मा माफी चाहान्छु। तै पनि यस्ले हाम्रो हरेलो को सम्झनालाई सँगालेको छ र नयाँ काम को थालनी गरेको छ।

आमा समुह: वाखेत को भवन यसरी बन्दैछ

आमा समुह को भवन यस्तो छ।

स्थान – वडानं- ८, पहिलेको बिध्योदय प्राबि को भवन भएको ठाउ को १,२ कलास तिर

साईज – १० मिटर x ५ मिटर, उचाई १२ फिट, कलर जस्ता छाना

टाईप – हल, १ ढोका, २ झ्याल

लागत- ३ लाख

ठेक्का – रिम ब. रोका (६), प्रेम रोका (७), भबिलाल राम्जाली(८)

– कमल पुन (७), ईन्द्र पाईजा- ३(७)

श्रमदान – आमा समुह ४ बडा- निर्माण समाग्री ( ढुगा, काठ, वालुवा, सिमेन्ट) गिटि पुग्ने गरी आमा समुह आफै कुट्ने  सडक देखि निर्माण स्थल सम्म पुराउने

बनसमिति – सहुलियत दर मा काठ उपलब्ध गराउने

उद्देश्य – आमा समुह को बैठक, केन्द्र बाट आउने तालिम कार्यक्रम हरु को लागी तालिम केन्द्र, वाखेत को महिला भलिबल को ग्राउण्ड निर्माण, महिला भलिबललाई नयाँ उचाई मा पुराउने।

यस्तो छ फोटो मा आमा समुह को भवन

जग लगाईदै

जग लगाईदै

कर्मिहरु काम गर्दै

कर्मिहरु काम गर्दै

12छाना लगाउने तैयारीमा छाना लगाउने तैयारीमा

यो भवन निर्माण गर्नको लागी जिबिस अनुदान को १लाख ४१ हजार, चारै वडा को आमा सुमहले आफ्नै कोष बाट दामासामी २५ हजार, २५ हजार, वडा मा स्वच्छिक चन्दा, काठमाडौ मा सहयोग मागिएको १२ हजार, देउसी भैलो खेलेको रकम र लाईन्स कल्व पोखराले आँखा शिबिर मा आमा समुह को योगदान को कदर गर्दै दिएको १३ हजार ५ सय लगभग ३ लाख को लागत मा तैयार हुदैछन यो भवन।

भवन निर्माण को लागी खेलिएको सँयुक्त भैलो मा सहयोग गर्ने दाता हरुको नाम

आमा समुहले आफ्नो भवन निर्माण गर्न को लागी खेलिएको देउसी भैलो मा प्राप्त सहयोगको नामा वली

Sl Name Ward Amount
1 चन्द्र बि.क. ६= ५२०
2 भगवती बि.क. ६= २५०
3 बेल ब. बि.क. ६= १००
4 राम बि.क. ६= १००
5 गोबिन दर्जी ६=४५०
6 याम ब दर्जी ६= २०
7 पति राम दर्जी ६= ११०
8 गोरे दर्जी ६ =२२०
9 अम्मर दर्जी ६= १००
10 बाबु राम बि.क. ६= १५५
11 पशुपति बि.क ६= ४०
12 मनसुबी थापा ६= २००
13 भक्ति प्र. बि.क ६ =५००
14 गम ब. सुनार ६= १२०
15 मन ब. बि. क. ६ =११००
16 शान्ता पुर्जा ६ =२९०
17 दुर मती बि.क. ६= ५००
18 गोपाल सुनार ६ =५०
19 लाल ब. बि.क. ६ =९५०
20 मोतीलाल बि.क ६‍‌‍‍‍‍== =+===११०
21 जँग ब. सुनार ६ =२५५
22 बाल कुमारी सुनार ६ =१५०
23 मन ब. सुनार ६ =१४०
24 प्रेम ब. बुढाथोकी ६ =५१०
25 खिम ब. रोका ६ =४३५
26 होम ब. रोका ६ =३००
27 होम ब. बिक ६ =२००
28 मोतालाल रोका ६= १६८५
29 गौ ब. रोका ६ =५०६
30 खडक ब. रोका ६= ५०५
31 (ह.) हर्क ब. रोका ६= ६२५
32 भिम ब. रोका (तुलसीको बा) ६= ५१०
33 जंग ब. रोका (प्रमिलाको बा) ६ =५५०
34 हर्क ब. रोका (चक्र) ६ =१०५०
35 रिम प्र. रोका ६ =११००
36 रेम ब. रोका ६ =२०००
37 हिरा ब. रोका ६ =७००
38 मन माया पाईजा ६= १०७५
39 मँगल पाईजा ६ =११००
40 निल ब. पाईजा ६= २५०
41 बिजय पाईजा ६ =५०५
42 हिरा ब. थापा ६ =११००
43 नर मती पुन ६ =६२५
44 बेगम पाईजा ६ =६००
45 हरिलाल पाईजा ७= ५०
46 ईन्द्र पाईजा (बेनिजको बा) ६‍=== १००५
47 गौ नारायण पाईजा ६ =६५०
48 पोक ब. पाईजा ६ =२००
49 जय प्र. पुर्जा ६ =५५०
50 श्याम ब. रोका ६= ५१०
51 दल ब. रोका ७ =५५०
52 नौलि माया रोका ७ =२५०
53 ईन्द्र ब। पाईजा ( रमेश) ७= ५०५
54 तुल ब. थापा ७ =१०१०
55 तुल ब. पाईजा ७ =१०२०
56 कलि माया सेरपुन्जा ७= १५०
57 लाल ब. राम्जाली ७ =१००५
58 बिनोद रोका ७ =२५०
59 भिम ब. पाईजा ७ =५१५
60 गँग लाल पाईजा ७ =५५०
61 भेष ब. थापा ७ =५०५
62 सपना थापा ७ =५५०
63 टेक ब. थापा ७ =५५५
64 थम ब. थापा ७ =२००
65 खेम ब. थापा ७ =१०२५
66 प्रेम रोका ७ =२०१०
67 राम ब. पाईजा (रितुको बा) ७= ६१०
68 हरिलाल पाईजा (झेप्ले) ७ =१००
69 भबिलाल पाईजा (झी-८) ७ =५००
70 ईन ब. पुन ७ =२०२०
71 काली प्र. पाईजा ७= ५५०
72 किर प्र. पाईजा (झी-८) ७= १७०
73 अमृता पाईजा ७ =१०१०
74 भबिरास पाईजा ७= २५०
75 राम ब. पाईजा (आननको बा) ७= २००५
76 थिर ब. पाईजा ७ =५००
77 राजेन्द्र पाईजा ७ =५००
78 कमला सेरपन्जा ७= ५५०
79 तिल प्र. पाईजा ७ =५५०
80 अमर ब. पुन ७ =२२०
81 पुर्ण ब. पुन ७ =५७०
82 टक ब. पुन ७ =५०५
83 सोम ब. पाईजा ७= ५१०
84 शोभा रोका ७ =५५०
85 गीता रोका ७ =५५०
86 कुल प्र. रोका ७= ३००
87 गौमती रोका ७ =१००
88 राम चन्द्र पुन ७ =५००
89 थर सिं किसान ८ =७२०
90 मनु किसान ८ =१७०
91 मन ब. बिक ८ =२००
92 खिम ब. किसान ८= ५१५
93 गम ब. किसान ८ =५५०
94 धन ब. किसान ८ =२००
95 टक मया बुढाथोकी ८ =२००
96 गुज्जरे किसान ८ =१०२०
97 मनबीर किसान ८ =१५३५
98 नन्द लाल किसान ८= ५५५
99 सिंगा बिर किसान ८ =५३०
100 बुद्वबीर किसान ८ =५५०
101 खडक बिर किसान ८= ५२५
102 राम ब. किसान ८ =१०५०
103 सुर्य ब. किसान ८= ५२०
104 चन्द्र ब. किसान ८= १०१०
105 भिम ब. किसान ८ =४००
106 मन कुमार रोका ८ =१००५
107 जग ब. रोका ८ =११००
108 खिमा रोका ८ =१५५०
109 थर ब. रोका ८ =३५०
110 लाल ब. पाईजा ८= ११२०
111 रामति राम्जाली ८= ५०२
112 भबिलाल राम्जाली ८= २५०
113 गणेश राम्जाली ८ =५०२
114 केशब राम्जाली ८ =५०५
115 मन ब. राम्जाली ८ =२२२०
116 बिरेन्द्र पुर्जा ८ =१०२०
117 पानु पुर्जा ८ =५००
118 तिलक थापा ८ =२०३०
119 खिम ब. बुढाथोकी ८= ५५०
120 छक ब. रोका ८ =६४५
121 बस्त ब. रोका ८ =१००५
122 फक्तिराम रोका ८= ४००
123 स्व. बीर बहादुर राम्जाली ८= ५०००
124 कुमारी गर्बुजा ८ =२५००
125 माया पाईजा ८ =२१००
126 ठगु पाईजा ८ =५००
127 अनुरुपी थापा ८= ५००
128 रास बहादुर थापा ८= १६०
129 याम ब. बुढाथोकी ९ =३००
130 दिल ब. बुढाथोकी + आमा ९= ३७०
131 लाल ब. बुढाथोकी ९ =५२०
132 पो बहादुर सेरपुन्जा ९ =६२५
133 ओम कुमारी राम्जाली ९= ६५०
134 दमन थापा ९ =५००
135 दलबीर पाईजा ९= १०५
136 टेकबीर बुढाथोकी ९= ३५०
137 खडक ब. रोका ९ =५१५
138 मन प्रसाद रोका ९ =२०५
139 खडक लाल रोका ९ =१५५
140 कृष्ण रोका ९ =५००
141 प्रेम माया राम्जाली ९= १०१०
142 छक ब. राम्जाली ९ =३७०
143 लक ब. राम्जाली ९ =५५१
144 लाल माया रोका ९ =५६०
145 शिव रोका ९ =५२५
146 पुनमति गर्बुजा ९= ५५०
147 क्षेत्र ब. पुन ९ =५०५
148 सबिता पुन ९ =१५०
149 बीर ब. रोका ९ =२००
150 आकृति रोका (पुर्ण रोका) ९= ५६०
151 अशोक कुमार रोका ९ =५५५
152 कृष्ण पुन ९ =५००
153 गजेन्द्र रोका ९= ५१०
154 चन्द्र ब. रोका ९= ५२०
155 गुण ब. पुर्जा ९ =७००
156 दिल ब. पुन ९ =३०५
157 लाल ब. पुन ९ =५१०
158 डेक ब. पुन ९ =५००
159 बाल देबी पुन ९= ५००
160 गोपाल रोका ९ =२००
161 लोक ब. पुन ९ =१५००
162 भिम ब. राम्जाली ९= ७०५
163 झमलाल थापा ९ =११७५
164 जसमाया राम्जाली ९= ६५०
165 ओम ब. थापा ९ =२४०
166 सक्तलाल राम्जाली =९ =६००
Total Collection: =१०४८०६

Expenses =१४३०
Net save=१०३३७६

भिडियो साराँश आमा समुह को भैलो कार्यक्रम: २०६९ को

<br><a href=”http://vixy.net”>Download YouTube Video</a><br>

पुस्तकालय भ्रमण बर्ष २०१३ मनाउनु को उद्देश्य

बिध्योदय निमाबि: पुस्तकालय भ्रमण बर्ष २०१३
“Visit-Read-Learn-Share-Update-Upgrade” Your Self & Your Community

पुस्तकालय भ्रमण बर्ष २०१३ मनाउनु को उद्देश्य

भ्रमण आफैमा एउटा सिकाई र अनुभव हो। त्यसमा पनि पुस्तकालय को भ्रमण ले हाम्रा बिधार्थीहरुले अरु बिध्यालयमा कसरी पुस्ताकालय ब्यबस्थापन गरिएको छ। कसरी निर्माण भएको छ। कसरी पुस्तकहरु प्राप्त भएको छ। पुस्तकहरु कस्ता कस्ता हुन्छन। हामीले पुस्तकालय किन जानु पर्छ। जस्ता कुराहरु सजिलै सिक्नेछन। निजि बिध्यालय र सामुदायिक बिध्यालयमा आफ्नो बिध्यार्थीहरुलाई टुर लैजाने चलन हरेक बर्ष दोहरिन्छ। यस्ले बिध्यार्थीले सिक्ने ठाउँ त पाउदछन तर अभिभावकले भने १०-२१ हजार को आर्थिक भार बोक्दछन। जो आर्थिक हिसाबले अझै सम्म बिध्यार्थीलाई टुर मा लैजान नसकेका बिध्यालय प्लस – पुस्तकालय र पुस्तक को महत्व बुझेका बिध्यालयका भाई बैनी र समुदायलाई पुस्तकालय पनि भ्रमण को डेस्टिनेशन हुन सक्छ भन्ने सन्देश दिन कै लागी बिध्योदय निमाबि वाखेत ले पुस्तकालय भ्रमण बर्ष सुरु गरेको हो।
“Visit-Read-Learn-Share-Update-Upgrade” Your Self & Your Community

Like ·  · Unfollow Post · 22 hours ago

Happy Valentine Day 2 Us

Happy Valentine Day 2 Us

प्रेमको शर्त हुदैन
प्रेमको रँग हुदैन
प्रेमको स्वार्थ हुदैन

निशर्त तिमी र म
हामी भयौ भने
Happy Valentine Day 2 Us
No Condition
No Limitation
I Love You
Happy Valentine Day
Happy Valentine Day 2 Us
Happy Sweet Home

(Note – अचेल हरेक कुरा लाई मेरो र तेरो मा बिभाजन गरिन्छ। प्रेम सन्सार कै हो, प्रेमी सन्सार भरिनै छन। प्रेम ले सन्सार बाँधिनु पर्छ। निशर्त, निस्वार्थ, प्रेम जस्तै सुन्दर सँसार बनाउ , सुन्दर सन्सारको पहिलो एकाई प्रेम हो। प्रेम को बिपरित घृणा हुन्छ, घृणाले सन्सार तनहस नहस हुन्छ)

सम्झनाको स्पर्श- आफै सँग झुट बोले जस्तै लाग्ने ति दिन का सम्झनाहरु

बन्दुक नपड्काएको भए के हुन्थ्यो त्यो रात ? रुखका हाँगाहरु भाँचिएको आवाज सँगै ओरालो भाग्यो डरलाग्दो आवाज र अदृस्य (?) — घाँडो लगाएको स्याल ? के थियो ? हामीले देखेको ? हामीले आफै सँग झुट बोले जस्तै हुन्छ। सम्झना भित्र का ति दिनहरु ।
(सम्झनाको स्पर्श- आफै सँग झुट बोले जस्तै लाग्ने ति दिन का सम्झनाहरु बाट )

के थियो होला त्यो ?

असौज को अन्तिम साता टोडके को मुनि को ठुलो रैडाल को बुट्टामा बासरात बसेका बनकुखुराहरु को शिकार को लागी हामी रात छिप्पाएर बसेका थियौ। पानी पर्यो डर्केर। रुख कै जरामा ओत लाग्यौ बिस्तारै रात छिप्पियो बानी पर्न छाड्यो हामीले बासरात बसेका कुखुराहरु पत्ता लगाउन सकेनौ। धेरै बेर खोजे पछि एउटा पिमरा फेला पार्यौ र त्यसैलाई निसाना लगायौ। भबिले आफै बत्ती बाल्यो म सम्भाबित खस्ने ठाउँ मा बसे तर पिमरा मलाई छलेर तल तिर चिप्लियो। खोज्दा निकै रात बित्यो तर त्यो भेटिएन। हामीले बन्दुक फेरी लोड गर्यौ र १२ ओटा कुखुरा यहि कतै छ भनेर खोज्न थाल्यौ।

गुरुम्ले गैरहा का गोठालाहरुले रात को अह हा ई गर्दै कुरुलेको आवाज आयो। उनिहरुले केहि सँकेत पाएको हुनु पर्छ। हामी यो रुख र त्यो रुख सम्भाबित सबै रुख मा खोजी गर्यौ। थकित भए पछि भबि उ एक्लै ला यो बन्दुक समातेर यही बस म अन्तिम पटक हेरेर आउछु भनेर म भन्दा माथी को रुख तिर लाग्यो। म एक्लै बसि रहे। बिस्तारै मलाई तल ति केहि आई रहेको आवाज सुने। काईकुई कराउने र रुखका हाँगाहरु हल्लाएको आवाज प्रस्ट सुनिन्थ्यो भने सधै जस्तै बनमुसाले खु्ट्टा नजिकै पात चलायो। मैले लाईट बालेर भबिलाई सँकेत गरे केहि आएको। उस्ले लाईत ले नै चुप लागेर बस्ने ईसारा गर्यो। क्या र कुक गर्दै तलतिर सुनिने आवाज झन नजिक झन नजिक आउदै गरेको थाहा भयो। म बसे कै तल्लो रुख को फुर्से लहरो ले जेलेको रुख बेसरी हल्लाउन सुरु भयो। यसरी नै बस्यो भने त्यो राती दुल्ने पक्कै जँगली जनवार होला र आक्रमण गर्छ भन्ने डर ले मलाई सतायो। अव मरिन्छ जस्तै लाग्यो। यसै मर्नु उसै मर्नु लौ जा भनेर बन्दुक जुन रुखमा आवाज आएको थियो त्यही रुख तिर नै फर्काएर पड्काई दिए। बन्दुकको आवाज ले पुरै जँगल थर्कियो। अधि सम्म मेरै अगाडी को रुख मा कराउने र हल्लाउने अदृस्य जन्तु चर्को आवाज निस्काउदै र सोर्लाङ सोर्लाङ रुखका हाँगा हल्लाउदै र भाँच्दै तल तिर नै फर्केर गयो।

गुरुमले गैह्रा का गोठालाहरु ले फेरी ओ हा हा हहहा ई गर्दै कुरुले। पसिना पसिनाले खल खलि भएको थिए। केहि छिन मा भबि आयो माथि बाट किन बन्दुक पड्काएको यस्तो त कति आउछ जान्छ। उस्को बाटो आफै जान्छ नि भन्दै मलाई सम्झायो। मलाई चाहि बन्दुक नपड्काएको भए उनिहरुले आक्रमण गर्दथे होला अव गयो भनेर ढुक्कै भयो। तै पनि पिर्ला कि भन्ने डर चाही धेरै पछि सम्म पनि रहि रह्यो।

अचेल यो दिन सम्झने हो भने यदि बन्दुक न पड्काएको भए के हुन्थ्यो होला? त्यो के थियो? भन्ने कौतुहलता मनमा रहि रहन्छ।

सम्झनाका ति पलहरु थुप्रै छन जुन सम्झदा पनि आफैले आफैलाई ढाँटे जस्तो लाग्छ। ति सम्झनाहरु यस्ता छन।

गुरुमले गैह्रा पाएको झाक्री को ढ्याङ्ग्रो बजाएको दिन।

त्यो बेला पाखापानीको बन मा पुगेर फलाट को हलो काट्ने सल्लाह ले तुल प्रसाद रोका, जय प्रसाद पुर्जा र म बाटो लागेको थियो गुरुम्ले गैह्रा को बन मा नयाँ नयाँ पर्खाल लगाईएको थियो। मैले ४ महिना पहिले मात्रै बिहे गरेको थिए। जयले बिबहा गरेको १ महिना मात्रै भएको थियो। गुरुमले गैह्रा को खोला मा पुग्दा बाटो मुनि ढ्याङग्रो देख्यो। गजा पनि थियो ढ्याग्रो पनि थियो। पालै पालो बजाउदै बजाउै निकै पर सम्म गयौ। बनमा दाउरा काटनु जानेहरुले यो कुन झाँक्री को उडेर आएको ढ्याङ्गरो हो तिमीहरुलाई पिर्छ नबजाउ भने पछि हामीले खोला नजिकै बाटो मा नै ढ्याङग्रो छाडेर बाटो लाग्यो। ससे धारा को थान बाट अझै पर पुगे पछि बन्चरो ले नै टाँछेर बनाईएका घर का दारपातहरु देख्यौ। लौ केटा हो यहि नै हो है बेलुका फर्कने निसानी भन्दै हामी पाखापानी को फलाट पाउने जँगलमा पुग्यौ। २-२ वटा हलो को मुढा को गिड बनायौ र बोकेर अलि वर आयौ। बाटो मा उज्यालो मा गयो भने पोल पर्छ हामी अलि रात पारेर जाने भनेर ३ जना गफ मा लाग्यौ। खाजा खायौ। कुहिरो गुम्म लागेको थियो। ३ जना कै हात मा क्यासियो डिजिटल घडी थियो। घडी हेरेको हेरै छुम सबैको घडी ले कसरी धोका दियो हाम्रो धडी मा ३ भन्दा माथी बज्दै बजेन। साझ परेको सँकेत मैले बन कुखुरा बास बसेको भुट्ट भुट्टा को आवाज ले चाल पाए। लौ साथी हो रात परर्यो अब जाम बन कुखरा बास बसि सक्यो। तल गयो भने भिर बाट खसेर मरिन्छ। बरु माथी माथी जाम अनि थामो धुरि को तेर्सो बाटो बाट गयो भने सजिलै जुगे बाट घर पुगिन्छ। नभए पनि कुवालेले पानी खाने नजिक रेशम को बाजे को मा गएर बसे पनि हुन्छ भन्ने सल्लाह गर्यौ। हामी माथी उक्लिदै गर्दा हामीले बिहान देखेको दारपात भेट्यौ। त्यस पछि चाहि हामीले बाटो चाही पायौ तर हलो बोकेर जाने आँत चाहि कसैको पनि आएन सबैले हलो त्यहि फालेर रित्तो बाटो लाग्यौ। बाटो भरि घडी को बट्टी बालेर आईयो। खोला खोला मा कामी काते को चौतरा मा आई पुगे पछि तुल प्रसाद ले ढ्याङ्गरो बजाएको त साँच्चै पिर्यो कि क्या हो? भन्दै थिए। घर बाट जय प्रसाद को आमा, तुल प्रसाद को आमा र मेरो आमा ले पालै पालै तुल प्रसाद, जई प्रसाद ,कान्छा भन्दै कराउनु भएको सुन्दा पनि हामी नबोलि कन घरै आई पुग्यौ घर आई पुग्दा रात को १ बजेको थियो। ३ जना भेटियौ भने हामी जहिले पनि घडी किन सुत्यो ? त्यो पनि ब्याट्रीले चल्ने क्यासियो डिजिटल घडी सम्झेर छक्कै पर्दछौ।

स्याल ले पुछर मा घाँडो(घारो) लगाएको देखेको दिन

माईलो मामा को २ नाले बन्दुक कसैले नदेख्ने गरेर सुटुक्कै निकालेर बनकुखुरा को शिकार मा निस्केको हामी लुगरो काट्ने चौतारा को माथी को कछेर्कामा यहाँ बस्नु पर्छ बासरात हेर्ने मान्छे यहाँ तिल बस, राम चामरेबोट को कछेरका को गुराँस मा बस मा टोड्के मुनि बस्छु भनेर भाग लगाउदै थियो भबि, तिल र म ध्यानले सुन्दै थियौ। चिर्र भाले कराएको आवाज आयो हाम्रो कान र आँखा चनाखो भयो। एउटा भाले हाम्रै अगाडीको बाटो भुर्रभुर्र उड्डै आयो। पछि पछि सुस्त स्वर वा क्ल्टराक क्वलट्राक पुरानो घारो बजे जस्तै सुनियो भबिले भालेलाई निसाना लगाउदै थियो। एउटा स्याल जस्तो, कुकुर जस्तो जनवारले भालेलाई लखेट्दै घाडो बजाउै भिर तिर पुरायो हामी हेरेको हेरै भयौ। पछि भविले यो त पालुवा भाले हो। र यो पक्कै यो भालेको हेरालो हो भन्ने अड्कल लगायो। मेरो मन मा चाही त्यो पुछर मा घन्टी लगाएको कुकुर हो कि स्याल हो झलझली नाँचि रहयो। डाँडा को रैडालमा तिल बासरात कुर्न बस्यो। म भिरगौडा काते को माथी को गुरास को बोट मा बसे। भबि बन्दुक सहित टोडकेको मुनि तिर लाग्यो।

म दिउसो देखेको त्यो स्याल हो कि कुकुर हो सम्झेर डराउदै गुरासको बोटको टुप्पा मा उक्लिए। कचर्याप कचर्याप गुरास को पात कुल्दै कोहि आयो र म बसेको रुख कै जरा मा दिशा गर्न थाल्यो। म रुख को टुप्पा मा बसेको ले उनिहरुले देखेनन। त्यो मानिस एक छिन मा हगेर गयो। रुख निक्कै अल्लो भएको ले गनाउनु चाही गनाएन तर कनी कनी हगेको चाही मैले सुने। त्यो मान्छे गएको १० मिनेट पछि अर्को २ जना मानिस आएर र त्यही रुखको जरामा बसेर बन्दुक भर्न थाले। थक्क गु गनायो भन्दै बोलेको सुनियो। उनिहरु त्यो पहिलो मान्छेले हगेकै ठाउँमा बसेर बन्दुक भरेछन। म चाहि रुख को टुप्पा हाँस्नु न रुनु भएर बसेको थिए। पछि मात्रै थाहा भयो। हग्ने चक्र पुन र बन्दुक भर्ने गोपाल र तुक ब. रोका को टोली रहेछन।

त्यो रात शिकार र शिकारी जुझेको ले १ भाले मात्रै शिकार भयो। घर मा आउदा मामा हरुले बनै भरि खोजेर गाली गर्नुलाई घरै कुरेर बस्नु भएको रहेछ। २ नाले बन्दुक सार पाउदैनन। भनेर चिन्ता लागेको थियो। अब देखि बन्दुक कहिल्यै नछुनु। राती नै बन्दुक बोकेर मामा उकालो लाग्नु भयो। हामीले कुखुरा को सुप खायौ।

सबिताको तौवा मुनि सुतेको रातको सपना हो कि बिपना ?

१०-१२ बर्षको उमेरमा बिहान को दफ्फा लाग्न कति रहर लाग्ने लाग्ने। बेलुकाको खाना ढिलो भयो भने पनि भोकै पनि गईने। अध्यारो भए पनि बाटा को चल्पल लाई आगो मा सल्कायो अने गयो गीत गाउदै। बिहान को दफ्फा तर हामी चाही बेलुका नै कस्को पालो हो उसैको घरमा पुगेर बस्ने। कहिले त गीत पनि गाईन्थ्यो। भने कहिले भूमे पूजा मा नाँच लगाउने भनेर रात भरि जून मा रिहर्सल पनि गरिन्थ्यो।

केटा टोली एका तिर केटी टोली एकातिर लस्करै ओछ्यान लगाई दिएको हुन्थ्यो। त्यति नै बेला हो १ जनालाई लुटो आएको छ भने पुरै बगाललाई नै सर्ने।

त्यो रात त्यस्तै भयो के झोक चल्यो कुन्नी बिनोद रोका, तुल प्रसाद रोका, र म सुरो भएर तौवा मुनि त सुतियो तर डरले हो कि तर्साएर हो रात भरि सुत्न सकिएन। भेष, चुनु, तिल, कुमार, ईन्द्रे, जय चाहि भित्र नै सुतेका थिए् राती हामी डरायौ कि सपना देख्यौ। हामी सुतेको तौवा को माथी पराल कम्ती थियो। बिलाउने को स्याउला ले बारेको तौवा को माथी बाट पटपट फुटेको खाली खुट्टा तल खसालेर हल्लाएको देखेर एउटाले अर्कोलाई अर्को ले अर्कोलाई हल्लाएर उठायौ। त्यसपछि कुकुर ले पुछर खसा्यो त्यही प्वाल बाट जस्मा पहिले खुट्टा खसेको थियो। पछि तौवा खो खम्वा मा कोल्टे ( त्यो बेला को कटुवाल) दमाई ले भुसाह (चिलिममा सुर्ती भरेको) खादै गरेको देख्यौ। ओ कोल्टे किन राती यहाँ तर्साउनु आएको भन्दै ३ जनाले सिद्थान तिर ढुँगाले हानेर लखेट्यौ। धनसारमा भैसीले गोबर हगेको हगै गरेको आवाज आएको आएै छ। भएन तर्सायो अव भित्र उठाएर पस्ने भनेर गएको सबिता को घरको धुरी मा राखेको दुबो फूलको गमला लडेर हाम्रै अगाडी खस्यो। हामी झन डरायौ। कता बाट कुन्नी तुल प्रसाद ले मल खन्नेको बाउँसो लिएर सिरानीमा हाले। अनि मात्र हामी निदाउन सक्यौ।
अहिले ३ जनाले सोच्दछौ त्यो सपना थियो कि बिपना ? सपना थियो भने कसरी सँयोग मिल्यो। ३ जनाले एउटै सपना कसरी देख्यौ ?

अहिले ति पलहरु सम्झदा आफैले आफुलाई झुटो बोले जस्तै हुन्छ। यथार्थ के थियो अहिले पनि सम्झेको बेला मा अल्मलिन्छु।

(जमानाको कुरा: -सम्झनाको स्पर्श- आफै सँग झुट बोले जस्तै लाग्ने ति दिन का सम्झनाहरु )

स्यानु पाईजा, पात्लेखेत-७, वाखेत म्याग्दी

नबिन पाईजा को आज ईस्टमित्र भेट्ने दिन

Feb-11, 2013 ( माघ- २९, २०६९)
नबिन पाईजा को आज ईस्टमित्र भेट्ने दिन
नबिन पाईजा को आज ईस्टमित्र भेट्ने दिन (रक्सी लगाउने) । दमनसिँङको कान्छा दाई को छोरा हो नविन पाईजा। झी बाट जम ब. छोरी बिेहे गरेको छ। बाबै हिजो दग्नाम, आज झी, वाखेते ले त जुता फुकाल्नै पाए छैनन।

अपडेट- स्यानु पाईजा

वाखेते दग्नाम तिर

वाखेत अपडेट

Feb-10, 2013 ( माघ- २८। २०६९)
पल्लो गाँउ को छक प्र. राम्जाली को ईस्टमित्र भेट्ने (रक्सी लगाउने) दिन हो। दग्नाम तिर जाम

मिलन र मिना को छोरा को छैटुङ आज

Post By: Madhu Roka
Feb-10, 2013 ( माघ- २८। २०६९)
 

आज मिलन रोका र मिना भाउजु को छोरा को छैटुङ छ। आउनु नभुल्नु होला्

मिलन रोका हर्क ब. रोका को जेठा छोरा हुन।

 

धनमाया बजै को निधन

वाखेत अपडेट
धनमाया बजै को निधन
दुखद खबर

धनमायाको बजै (झेप्ले दाई को आमा) को आज बिहान निधन भयो। आत्माको शान्तीको लागी प्रार्थाना छ। पाईजा हरुलाई दु:ख पर्यो। दाह सँस्कार को लागी गाउँलेहरु बेनी झर्दैछन।

विद्योदयले सुरु ग¥यो पुस्तकालय भ्रमण बर्ष २०१३

हरि गिरी 

साभार बेनी अनलाईन http://benionline.com.np/21986.html

म्याग्दीको पाप्लेखेत गाविस–८ स्थित वाखेतमा रहेको विद्योदय निमावीले पुस्तकालय भ्रमण बर्ष २०१३ सुरु गरेको छ । पाखापानी स्रोतकेन्द्र अन्तरगत नमुना विद्यालयका रुपमा चिनिएको विद्यालयले सन २०१३ मा पुस्तकालय मार्फत विभिन्न गतिविधि सञ्चालन गर्ने विद्यालयका प्रअ मनविर किसानले बताउनुभयो । जिल्लामै पहिलो पटक सुरु गरिएको पुस्तकाय भ्रमण बर्षमा सहभागिता जनाउन जिल्लाभरका सबै विद्यालयलाई आग्रह गरिएको छ
सन २०१० मा रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा गाजा युवा क्लव बाग्लुङले पुस्तकालय स्थापना गरेपछि शैक्षिक क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको विद्यालयले जनाएको छ । भ्रमण बर्षका अवसरमा पुस्तकालय भ्रमण, पुस्तक उपहार लगाएत पुस्तकालयको महत्वका बारेमा केन्द्रिय रहेर जानकारी गराउने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष इनबहादुर पुनले बताउनुभयो ।
पूस्तकालय स्थापना भएपछि विद्यार्थीमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा समेत उत्साहजनक सहभागिता भइरहेको छ । विद्यालयले विद्यार्थीको जन्म दिन, अभिभावकको जन्मदिन पुस्तकालयमा मनाउने ब्यवस्था गरेपछि अहिले १ सय ५५ जनाले पुस्तकालयमा जन्म दिन मनाएर एक देखि तिन वटासम्म पुस्तक उपहार दिएका छन ।DSC05651
त्यस्तै गाउँमा रहेका पुर्व ब्रिटिस तथा भारतीय सेना कार्यरत भएका अभिभावले बर्षको दुईपटक आफुँलाई मन पर्ने पुस्तक विद्यालयमा ल्याउने गरेका छन । पुस्तकालय दिवस, अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा साताब्यापी कार्यक्रम सञ्चालन गर्ने गरेको छ । विद्योदय निमावीले सुरु गरेको यो अभियान जिल्ला मात्र नभई नेपालकै नमुना सुरुवात भएकाले सफल पार्न सबैको साथ आवश्यकता रहेको जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले बताउनुभयो । “पुस्तकालयको प्रयोग विद्यालय हुदै समुदायसम्म पु¥याउनु आवश्यकता छ” श्रेष्ठले भन्नुभयो,“ जुन प्रयास विद्योदयले सुरुवात गरेको छ ।”
विद्यार्थीले बेलाबेलामा गाउँ तथा आसपासका क्षेत्रमा डोको अभियान अन्तरगत ज्ञानबद्धक पुस्तक समेत संकलन भइरहेको छ । २०१७ सालमा स्थापना भएको विद्यालयले विद्यार्थीको शैक्षिक उपलब्धीमा सघाउन पु¥याउन ई–लाइब्रेरी समेत बनाउने योजनाका साथ पुस्तकालयमा इन्टरनेट जडान गरिएको छ ।
रुम टु रिड नेपालले सन २०११ म उत्कृष्ट पुस्तकायबाट समेत सम्मानित गरेको विद्योदयको पुस्तकालय बर्खे विदामा समेत पुस्तकालय खुल्ने गरेको छ । अगं्रेजी माध्यममा अध्यापन सहित पोसाकको समेत ब्यवस्था गरिएको विद्यालयमा पछिल्लो समय निजी विद्यालय छोडेर विद्यार्थी आउन थालेका छन । पुस्तकाय भ्रमण बर्षले जिल्लाको अन्य क्षेत्रमा रहेका अन्य पुस्तकालयलाई समेत सुधार तथा नयाँ कार्यक्रम सञ्चालन गर्न सहज हुने पुस्तकालय ब्यवस्थापन समितिको दावी रहेको छ । रुम टु रिड नेपालमार्फत म्याग्दीका २२ गाविसका ७९ विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ ।

मैले बचाएको रीत !

मैले बचाएको रीत !

भरिए पछि पोखिन्छ भन्थे बैश पानी जस्तै
तै पनि मैले थोपा थोपा सँगाले शित जस्तै
लेखिए पनि मेटिन्छ भन्थे वालुवाका अक्षर जस्तै
तै पनि मैले शब्द शब्द त्यहि लेखे प्रित उस्तै
तिमीले लेख्न छाडे पछि मैले देख्न छाडे
तिम्रो लेखाई भयो कि प्रेम पत्र जस्तै
लेख्न बन्द नगर जीवन प्रेम पत्र जस्तै
जीवन लेखेर बाँच अमर प्रेम जस्तै
म मन्दीर जान छाडेको छु
भगवान सँग आशा मरेर होईन
मैले टिप्ने फूलहरुलाई बाँच्न दिएको छु
फूल नचढाई पुजा नहुने रीत बचाएको छु
कहि कतै नचढाई प्रित बचाएको छु
भरिए पछि पोखिन्छ भन्थे बैश पानी जस्तै
तै पनि मैले थोपा थोपा सँगाले शित जस्तै
लेखिए पनि मेटिन्छ भन्थे वालुवाका अक्षर जस्तै
तै पनि मैले शब्द शब्द त्यहि लेखे प्रित उस्तै

बेनी अनलाईन ले अझै न्युज बनाएन लायन्स कल्व ले गरेको आँखा शिबिर

बेनी अनलाईन ले अझै न्युज बनाएन लायन्स कल्व ले गरेको आँखा शिबिर

पोखरा हटलाईन ले यसरी लेख्यो। आँखा शिबिर को समचार
तल को फोटो मा क्लिक गरेर हेर्नुहोस

374315_484273288297584_380413116_n

चक्र रोका लाई पुत्र लाभ

चक्र रोका लाई पुत्र लाभ

 

Mero Wakhet Gaun Member Milan Roka जी लाई सुपुत्र लाभ भएको छ। उहाँ र उहाँ को परिवारलाई मेरो वाखेत गाउँ समुह बाट & आफ्नो ब्याक्तीगत तर्फ बाट पनि हार्दिक बढाई दिन चाहान्छौ।

Source News: Ernesh Magar Myagdi, Qatar

चक्र रोका (Milan Roka) तल्लो टोल हर्क ब. रोका को जेठो छोरा हुनु हुन्छ। वाखेत मा अहिले बर्ष को ५० जना को दर ले जनसँख्या बढि रहेको छ। बिकास भन्नु एउटा त जनसँख्या पनि हो। किन कि बजार मा मानिस धैरै भएको ले नै त्यहाँ सम्भावना हरु बढि छ। सुबिधा हरु बढि छ। अबसर हरु बढि छ। यहि क्रमले जनसँख्या बढ्ने हो भने आज को २० बर्ष पछि वाखेत मिनि city बन्छ।

२० माघ देखी ३ दिन सम्म वडा- वडामा हात्तीपाईले रोग र जुँका को औषधी खुवाईदै छ वाखेत मा

 

२० माघ देखी ३ दिन सम्म  वडा- वडामा हात्तीपाईले रोग र जुँका को औषधी खुवाईदै छ वाखेत मा

 

खेतको चारै वडा मा स्वयम सेबिकारहरु बाट हात्तीपाले रोग को र जुँका को औषधी खुवाईदैछ। २ बर्ष भन्दा माथी का कोहि पनि नछुट्नु होला ।

स्वयम सेबिका हरु –
वडा नं – ६ , मनिषा रोका, मनिषा को ममी (जय प्रसाद को श्रीमती)
वाड नं- ७, धनमाया थापा , गीता रोका
वडा नं – ८ कमला रोका, नर मायँ रोका
वडा नङ -९ ओम कुमारी राम्जाली, धन माया रोका

३ दिन सम्म चलेको आँखा शिबिर को आज समापन हुदैछ।

आँखा शिबिर वाखेत अपडेट

३ दिन सम्म चलेको आँखा शिबिर को आज समापन हुदैछ।

हिमालयन आँखा अस्पताल को प्रबिधिक सहयोग , लायन्स कल्व पोखरा को आर्थिक सहयोग र घारशुन्ना युवा कल्ब को ब्यबस्थापन सहयोग र आमा समुहको खानपिन सहकार्यमा माघ १८ -२० गते सम्म चलेको आँखा शिबिर मा आज बिहान ११ बजे सम्म ४८८ जनाले आँखा जचाए। जस मध्ये ४५ जना को अपरेशन गरिएको र अन्य को समान्य चेक जाँच उपचार मात्रै आबश्यक भएको देखिएको छ ।

युवा कल्व, बिधार्थी, आमा समुह र अभिभावको सहकार्य बेजोड को भएको छ। बिरामीको हेरचाह गर्ने खाना खुवाउने, जाडो मा ओड्ने ओछ्याउने को जोगो आमा समुहको सहयोग बिना असम्भव जस्तै थियो। सहकार्यले आखा शिबिर जस्तो जतिल कार्य पनि सहज रुपमा वाखेत ले सम्पन्न गरेको छ।

जस्ले जति योगदान दिनु भयो यसको मुल्यांकन भबिस्यले गर्ने छ र यो एकता को उदाहरण वाखेत कै ईतिहास बन्नेछ।

स्वागत तथा बिढाई कार्यक्रम मा आमा समुह, कल्व , बिधार्थीहरुको लोक नृत्य पनि देखाईएको छ।
बेलुका सम्म मा हामीले तल शिबिर को फोटोहरु अपलोड गरेका छौ। हेर्नुहोला ।

आँखा अपरेशन को लागी पालो पर्खदै

आँखा अपरेशन को लागी पालो पर्खदै

मन ब। पुन- (९), दलभक्त पाईजा (७)

मन ब। पुन- (९), दलभक्त पाईजा (७)

भिजन चेक गर्दै: सहयोगी रबिन थापा पछाडी, आईत ब. थजाली मामा।, माता भाउजु, पोक ब. पाईजा दाई को आमा (ठुलीमा) को चेक हुदै।

भिजन चेक गर्दै: सहयोगी रबिन थापा पछाडी, आईत ब. थजाली मामा।, माता भाउजु, पोक ब. पाईजा दाई को आमा (ठुलीमा) को चेक हुदै।

483713_315844188537082_1410731425_n309973_315843168537184_1930422589_n

भुमे आमा समुहका साथीहरु

भुमे आमा समुहका साथीहरु

युवा र अभिभावक साथीहरु

युवा र अभिभावक साथीहरु

शिबिर का डाक्टर - सेवाकर्मीहरु: समापन समारोह को ग्रुप फोटो

शिबिर का डाक्टर – सेवाकर्मीहरु: समापन समारोह को ग्रुप फोटो

घारसुन्ना लालीगुरास युवाक्लब का साथीहरु

घारसुन्ना लालीगुरास युवाक्लब का साथीहरु

समचार स्रोत- रिम रोका /गुन पुर्जा – वाखेत

आँखा शिबिर आज दोस्रो दिन ३० जना को अपरेशन हुदै

आँखा शिबिर आज दोस्रो दिन ३० जना को अपरेशन हुदै

हिमालय आँखा अस्पताल पोखरा को प्रबिधिक सहयोग, लायन्स कल्ब को आर्थिक सहयोग र घारसुन्ना लालीगुराँस युवा कल्ब को ब्यबस्थापनमा माघ १८ -२० सम्म सन्चालन हुने आँखा शिबिर मा पात्लेखेत , कुहु, पुर्णगाउ, झी, पाखापानी, कोटगाउ, थारा खानी, दग्नाम, राखु  ईत्यादी गाउँ/गाबिस ला सेवाग्राही ले सेवा लिदैछन। मेरो बाबा दलभक्त पाईजा र मामा मन ब. पुन को पनि आजै अपरेशन छ।

फोटो – गुन पुर्जा

आँखा अपरेशन को लागी पालो पर्खदै

आँखा अपरेशन को लागी पालो पर्खदै

आमा समुह का साथीहरु: शिबिर मा खाना को ब्यबस्था गर्दै

आमा समुह का साथीहरु: शिबिर मा खाना को ब्यबस्था गर्दै

शिबिर मा घारसुन्ना युवा कल्बका साथीहरु

शिबिर मा घारसुन्ना युवा कल्बका साथीहरु

दुई बजै.प्रेम माया फुपु को आमा- नौलीमाया भान्जीको आमा

दुई बजै.प्रेम माया फुपु को आमा- नौलीमाया भान्जीको आमा

अपरेशन को लागी कपडा लगाई सहयोग गर्ने दिदी बैनीहरु

अपरेशन को लागी कपडा लगाई सहयोग गर्ने दिदी बैनीहरु

अपरेशन पछि आराम गर्दै

अपरेशन पछि आराम गर्दै

भिजन चेक गर्दै: सहयोगी रबिन थापा पछाडी, आईत ब. थजाली मामा।, माता भाउजु, पोक ब. पाईजा दाई को आमा (ठुलीमा) को चेक हुदै।

भिजन चेक गर्दै: सहयोगी रबिन थापा पछाडी, आईत ब. थजाली मामा।, माता भाउजु, पोक ब. पाईजा दाई को आमा (ठुलीमा) को चेक हुदै।

अपरेशन को पर्खाईमा

अपरेशन को पर्खाईमा

टाढा बाट आएको सेवाग्राही- खाजा खादै।- खाजा वाखेत आमा समुह ६।७।८।९ ले तैयार गरेको छ।

टाढा बाट आएको सेवाग्राही- खाजा खादै।- खाजा वाखेत आमा समुह ६।७।८।९ ले तैयार गरेको छ।

आमा समुह: खाजा- खाना बनाउदै

आमा समुह: खाजा- खाना बनाउदै

खाजा को लागी : रोटी पकाउदै

खाजा को लागी : रोटी पकाउदै

312402_318626088258892_1004480366_n (1)

सेवा ग्राही खाजा खादै

सेवा ग्राही खाजा खादै

मन ब। पुन- (९), दलभक्त पाईजा (७)

मन ब। पुन- (९), दलभक्त पाईजा (७)

रेम ब. थापा को छेबरपास कार्यक्रम हुदैछ वाखेतमा

Feb 01, 2013 ( माघ १९ , २०६९)

रेम ब. थापा को छेबरपास कार्यक्रम हुदैछ वाखेतमा

हाम्रो वाखेत का चिरपरिचित पात्र थम ब. थापा (लतरा) र जालू थापा को छोरा  रेम ब. थापा को छेबरपास कार्यक्रम हुदैछ वाखेतमा ।